Skip to main content

Posts

Showing posts with the label Travelogue

पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन । मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन। दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान

सन् २०१२ को अन्तिम हप्ता, घर जाने मन भयो । मन लागेको मात्र के थियो, शनिबार बिहानै बल्खु पुगियो, टिकट लिएर 'टाटा सुमो'मा हुँइकिइयो । बल्खु - हेटौँडा सडकबाट आफू हिँड्न थालेको लगभग चार वर्ष हुनलाग्यो, एक हिसाबले भन्दा मुग्लिन - भरतपुरको बाटो पछिल्लो दिनहरुमा खासै हिँडिएकोछैन ।  साधारणतया मुग्लिनको बाटो गयो भने, बसले दिनभर जसो लगाउँछ । बाटो आधा छोटो पर्ने, अनि ४-५ घन्टामा नै घर पुगिने भएका कारण, बल्खु - हेटौँडा सडक हुँदै घर जान लागेको लगभग चार वर्ष पुग्यो । सुमो फर्पिङ, दक्षिणकाली, सिस्नेरी हुँदै देउराली पुगेर खाजा खानको लागि रोकियो। खाजा खान, सबैले अलि बढि नै समय लगाएका कारण, आफूले देउरालीको एक चक्कर लगाइयो भन्दा फरक पर्दैन । घाम लागेको अनि आकाश खुलेका कारण देउरालीबाट हिमालका मनमोहक दृश्य देखियो, जुन यसअघि मैले कहिले अनुभव गरेको रहेनछु । चारैतिर घुमिघुमि हेरियो, खुबै रमाइलो महशुस भयो, अनि साथैमा भएको मोबाइलबाट केही फोटोहरु खिचेँ ! बोनस: सिमखोलाबाट उकालो लाग्दै, केही घुम्ती पार गरेपछि एउटा जाममा फसियो । हामीभन्दा केही पहिले आएको गाडीको पछाडीको स्प्र

I visited two finest places in Kathmandu valley for the first time this weekend. I always wanted to visit the Bhaktapur Durbar Square and Garden of Dreams (Kaiser Mahal), but... On Saturday, my newest tweepal Chiran on Twitter invited us to visit Bhaktapur, when we (I & Ananta ) were busy deciding the place to have coffee. And then we’d the unplanned coffee meet with Chiran there. I’m very thankful to him for guiding us all the way through the Bhaktapur Durbar Square. On Sunday, I’d no specific plans for the day. As soon as I left my flat, I planned to go to Pashupati and my luck, I was ended up in the Keshar Mahal (Kaiser Mahal) famously known as ‘The Garden of Dreams’. Well, that’s it. I had a great weekend. ;) Check out photos below. Bhaktapur Drubar Square: Garden of Dreams:

करिव १ वर्ष पहिले, पहिलोपटक बेङ्लोर पुगिएको थियो, रेल चढेर । नेपाल देखि भारतको बेङ्लोर सम्मको अनुभवहरु यहाँ , यहाँ , यहाँ , यहाँ , यहाँ र यहाँ छन् । नेपाल देखि बेङ्लोरसम्म पुग्न रेलमा मात्रै पटना देखि बेङ्लोर सम्म लगातार ४८ घन्टाको यात्रा तय गरिएको थियो । पढ्न अल्छि नमान्ने, साथीहरुले मेरा यात्रा अनुभवहरु पढ्नसक्नुहुन्छ । बेङ्लोरमा रहँदा बस्दा, दाइहरु सँग केही ठाउँहरु पुगिएको थियो, आफूसँग भएको मोबाइलले केही फोटो पनि खिचिएको थियो तर ब्लगमा भने न बेङ्लोर बसाइको अनुभव लेखियो न कुनै फोटो नै राखियो । आज कम्प्युटरमा आफ्ना फोटो एल्बमहरु हेर्दै जाँदा बेङ्लोर बसाइको क्रममा खिचिएका केही फोटोहरु देखेँ । फेसबुकमा अपलोड गरौँ भने, अलि पुराना लाग्ने भए, अत: ब्लगमै केही फोटोहरु राख्नुपर्ला जस्तो लाग्यो । सायद, शनिवार वा आइतबारको दिन थियो । पानी पर्ला पर्ला झैँ हुँदै थियौँ, हामी ( म र लक्ष्मी दाइ), बेङलोरको एच ए एल रोडमा (HAL Road – Bangalore) रहेको संग्राहलयमा भारतमा निर्माण गरिएका, नयाँ तथा पुराना प्लेनहरु हेर्न गयौँ । एच ए एल (HAL) को अर्थ हुन्छ, हिन्दुस्तान एरोनटिक्स लिमिटेड ( Hindustan Aeronaut

बिहान झिसमिसे मै निन्द्रा खुल्यो । कुदिरहेको रेलबाट बाहिर हेरेँ । रेल पूर्व कि पश्चिम तिर गइरहेको छ, पत्तो पाउन गाह्रो पर्यो । तर बाहिरको दृश्य मलाई नौलौ लागिरहेको थियो । टाढा टाढा सम्म भर्खर जोतिएको झैँ लाग्ने खेतबारीहरु थिए । आफूलाई आफू कुन ठाउँमा आइपुगेँ केही थाहा थिएन । म्याप निकालेर पल्टाएँ, अहँ थाहा पाउन सकिन । रेल गुडिरहेको थियो, सायद ती गाउँका मान्छेहरु नै होलान्, बिहानै सबै 'मैदान’ गर्न मा व्यस्त थिए । बारीमा टाढा टाढा सम्म ती गाउँलेहरुको लस्कर देखियो, जो बिहानै ‘शौच’ गरिरहेका थिए, अनि उनीहरुको शौचालयको छत खुल्ला आकाश थियो । म उठेको केही समयपछि सबै साथिहरु उठे ! हामी ४ नेपालीहरु सँगै थियौँ, मैले पटनामा रेल चढिसकेपछि ३ जनालाई भेटेको थिँए । एकजना हुनहुन्थ्यो भक्तपुरमा टायल फ्याक्र्टि चलाउनु हुने ‘प्रजापति’ दाइ, अनि उहाँ को छोरा, अनि अर्को एकजना राजमाझी थरको कलाकार (मुर्तिकार) हुनहुन्थ्यो । हामी ४ जना बिहान उठेर, ‘चायवाला’ ले ल्याएको चिया पियौँ । पटनाको प्लेटफार्म मै बनाइएको साथि पनि सँगै थियो, उ जवलपुर भन्ने ठाउँमा झर्नेवाला थियो । अब ५-६ घन्टा मा जवलपुर पुगिन्छ भन्थ्यो ।

आफ्नो ट्रेनको नाम थियो, दरभंगाबाट बेङ्लोर चल्ने ‘बाग्मती एक्सप्रेस’ ! ‘बाग्मती एक्सप्रेस’ हप्तामा एकपटक मात्र चल्ने रहेछ, बाँकी दिन पट्नाबाट ‘संघमित्र एक्सप्रेस’ चल्ने रहेछ । ‘स्लिपर क्लास’ मा जाने यात्रुहरु भएको ठाउँमा गएर बसेँ । त्यस प्रतिक्षालयमा बस्न नाम, ठेगाना, ट्रेन नम्बर सबै टिपाउनु पर्ने रहेछ, भित्रै बाथरुम पनि रहेछ । म सँगै एउटा केटा पनि थियो, उ पनि बारम्बार भित्तामा टाँगिएको मनिटरमा हेर्थ्यो । राती १२ बजेसम्म छुट्ने ट्रेनको नाम दिइसक्यो, आफ्नु ८:२० मा छुट्ने भनेको ट्रेन को कुनै अत्तोपत्तो छैन । सायद, उसको मुखबाट कुनै बेला ‘बाग्मती’ भन्ने शब्द सुनेको थिँए होला, धेरै बेर आफू चुपचाप एक्लै रहेको मैले उसलाई एक्कासी सोधेँ । “आपका भि बाग्मती एक्सप्रेस हे क्या” – मैले सोधेँ । “हाँ, बाग्मती एक्सप्रेस ही है” – उसले जवाफ दियो । उसलाई जवलपुर भन्ने ठाउँ जानुपर्ने रहेछ । पट्नाबाट उसको दिउँसोको ट्रेन रहेछ, तर १५ मिनेट ढिलो भएर ट्रेन छुट्यो भन्दै निन्याउरो अनुहार लाएर उ बसिरहेको थियो । गंगामाथि भएको पुलमा जाममा पर्दा, उसको ट्रेन छुटेको रहेछ । अनि उसले त्यो ट्रेनको टिकट ‘क्यान्सिल’ गरेर, अ

बेलुका ८:२० बजेको रेल चढ्न म पट्ना बसपार्कमा बिहान साँढे चार बजे ओर्लिएँ । बिहानको समय भएर होला, मौसम ठन्डा थियो । नौलो ठाउँ भएको र आफूले जिन्दगीमा कहिले रेल नदेखेको र नचढेको कारण आफ्नो रेल राती छुट्ने भएपनि बिहानै पट्ना आइपुगेको थिएँ । ‘गंगा’ पार गर्दै गर्दा पट्ना शहरमा बलेका बत्तिहरुले मलाई पट्ना शहर ठुलो होला भन्ने आभाष गराएको थियो । त्यति ठूलो शहरमा कहाँ जाने, स्टेशन कता छ, केही थाहा थिएन । तर पनि मेरो मनमा भने कुनै किसिम को प्लान थिएन, कुनै डर थिएन (अहिले सम्झिँदा आफैँलाई अचम्म लागिरहेको छ) । म त्यही बत्तिहरु हेर्दै शहर ठूलो होला भन्ने अनुमान गर्थेँ, अनि कुनै पनि चोकमा पुग्दा, रेल्वे स्टेशन पुग्ने बाटो त्यो होला भने जस्तो लाग्थ्यो । फेरि निरजले, हनुमान मन्दिर नजिक स्टेशन छ भनेको थियो, अनि हनुमान मन्दिर भनेपछि आफ्नो दिमागमा अर्कै किसिमको छाप परेको थियो । मलाई सर्लाहीको हरिऔनमा भएको हनुमानको मुर्ति जस्तै मुर्ति भएको हनुमान मन्दिर पट्नामा होला भन्ने लागेको थियो, र यो मेरो कोरा कल्पना थियो । हनुमान मन्दिर नजिक स्टेशन नभइ, स्टेशन नजिक हनुमान मन्दिर रहेछ भन्दा फरक नपर्ने रहेछ । बिहा

टिकट काटिसकेका कारण, पट्ना पुगिन्छ भन्नेमा विश्वस्त थिँए । बाटो के कस्तो हुने हो, कहाँ बाट जाने हो, कता पुग्ने भन्ने कुनै पनि किसिमको कुरा दिमाग आएको थिएन, एकहिसाबले भन्दा मनमा कुनै किसिमको डर लागेको थिएन । त्यसमाथि निरजले, पट्ना हनुमान मन्दिर नजिक नै ट्रेन स्टेशन छ भनेको कारण, एक किसिमको ढुक्क जस्तो पनि थिँए, तर पनि मलाई के हनुमान मन्दिर, के ट्रेन स्टेशन, केही थाहा थिएन । हुन त निरज र भोजराज दाइले दिएको सल्लाह कै आधारमा रक्सौलबाट पट्ना ‘नाइट बस’ मा जाने सोच घरमै बनाएको थिँए । त्यसमाथि साथि प्रदिप मार्फत पट्ना कै एक स्थानियलाई पनि फेसबुक मार्फत साथि बनाएको थिँए । अनि पट्नामा उ सँग भेट्ने सबै चाँजोपाँजो मिलाइसकेको थिँए, उसको फोन नम्बर म सँग थियो, अनि फेसबुकबाटै ३-४ पटक म्यासेज आदानप्रदान भएको थियो, अत: एककिसिमको ढुक्क थिँए । बस काउन्टर सँगै राखिएको सोफामा सुतिरहको मलाई ‘भाइसाब, उठिए’ भन्दै काउन्टरमा बस्ने व्यक्ति ले ब्यँझायो । ‘अब मे काउन्टर बन्द करके घर जा रहा हुँ’ । राती ८:२० को बस छ, बेलुका ५ बजे काउन्टरको मान्छे घर जान्छु भन्छ, ठगियो कि क्या हो जस्तो लाग्यो । तर लगत्तै उसले भन्यो

“आपको आइसी, साट्ना हे तो, आगे साट्लो” सिर्सिया खोलाको पुल तरेर दक्षिणतिर लागेपछि टाङ्गावालाले भन्यो । टाँगामा एक्लै छु, रक्सौल बजार छिरिसकेको छु, पैसा साट्ने बहानामा यसैले पो पैसो लुट्ने हो कि भन्ने शंकाले एक्कासी मनमा वास गर्‍यो । खल्तिमा ८-९ सय नेपाली रुपैयाँ र केही भारतिय रुपैयाँ थियो । भै’गो नेपाली पैसो पनि संगै लान्छु भन्ने सोचेर, ‘हमारे पास आइसी हे’ मैले भनेँ । त्यही नि टाङ्गावालाले दोहोर्‍यायो, ‘फिर आपको आगे साट्नेका जगा नहिँ मिलेगा’ । जति जति म सँगै टाङ्गा रक्सौल बजारको धुलोभित्र हराउन खोज्दै थियो, त्यति त्यति सबै कुरा विरानो लाग्दै आइरहेको थियो । मन ओइलाएको थियो, घरमा फोन गर्ने विचार गरेँ तर मोवाइलमा नेटवर्क सिग्नल थिएन । रेलको लिक कटे पछि भने अकस्मात टाङ्गावालालाई टाङ्गा रोक्न इशारा गरेँ । खल्ति छामछाम छुमछुम पारेजस्तो गरि पर्सबाट यस्तै ८-९ सय निकालेँ । बाटोको वायाँ छेउमा लस्करै भारु साट्नेहरु बसेका थिए, एक-एकवटा टेबल राखेर । उनीहरु भारत तिर जाँदै गरेकालाई आइसी साट्लो भन्थे अनि नेपाल तिर आउँदै गरेकालाई एनसी साट्लो भन्थे । मैले पनि टाङ्गा रोक्ने ईशारा गरेर भारु साटेँ । त्यसल

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो । नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममी

बिहान को ८ बजिसकेको थियो, अनि कालिन्चोक हाइकिङ जानेभएकोले आज म चाँडै ६ नै बजे उठेको थिँए ! तर पनि काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले ढोका मा आएर कराउन थालेपछि, ढोका खोलेको थिँए । काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले होस्टेल का सबै साथीलाई उठायो । ९ बजे उठ्ने बानी लागेका केटाहरु, के समय मा उठ्थे ! धुलिखेलबाट ९ बजे नै चरिकोट को लागि बस चढिसक्ने भनिएको भएपनि, साथीहरु ढिलो उठ्दा र सबैलाई जम्मा पार्दा पार्दै होस्टल मै सवा नौ बजिसकेको थियो । २-३ जना को समूह गर्दै वनेपा मा १८ जना जम्मा भइयो र बस चढियो । १८ जना को समूह, अनि बस पनि कहाँ पो खालि छ र ? अत: केही साथीहरु धुलिखेल कटेपछि छत मा चढ्यौँ । छत मा बसेर कराउँदै, फोटो खिच्दै, सुत्दै जाँदा खाडिचौर मा पुगेपछि माछा र च्युरा खाजा को रुप मा खाइयो । खाडिचौर बाट बस उकालो लाग्न सुरु गर्यो, अघि पहिले बसभित्र बसेका साथीहरु पनि छत मा आए, सायद भित्र भन्दा उनीहरुलाई बाहिरै रमाइलो लाग्यो होला ।  नागबेली सडक, उकालो बाटो मा फन्को लगाउँदै बस अघि बढ्यो । हामी बस को छतबाट डाँडाकाँडा र बाटो नियालीरह्यौँ । पर-पर डाँडाहरुमा हिउँ परेझैँ देखिन्थ्यो । कोशौँ पर हिउँ

घडि ले साँढे ८ बजाइसक्यो, स्टप बाट अझै गाडी हिँडाउने चालचुल छैन । ८ बजे हिँड्ने भनेको टाटा सुमो, करिब ९ बजे रिङरोड, बल्खु छोडेर फर्पिङ जाने बाटो समाउँछ । २०० मिटर जति मात्र हिँडेको हुँदो हो, ड्राइभर ले गाडि घ्याच्च रोक्छन्, कर तिर्नु पर्ने रहेछ, बल्खु मै ! गाडि मा ड्राइभर समेत गरेर १२ जना छन् । पछाडि को सिट मा ४ जना, बिचको सिट मा ४ जना अनि ड्राइभर सँगै अगाडि ३ जना ! यो यात्रा मा आफू चाँहि खलासी बनिएको छ । म नओर्लिसम्म, गाडि का कोही ओर्लिन पाउँदैनन् अनि म नै अन्तिम मा चढ्नुपर्छ । बल्खु बाट हेटौँडा निस्कने यो बाटो म हिँडेको धेरै वर्ष नै भइसक्यो । टाटा सुमोहरु चल्न थालेदेखि, म प्राय: यही बाटो बाट हिँड्न थालेको छु, एक त बाटो छोटो छ, अनि चाँडो पुगिन्छ, त्यसमाथि बाटो छेउछाउ का डाँडाकाँडा पनि रमाइला छन् । अहिले को सिजन मा बाटोभरि नास्पाती फलेका देखिन्छन, अनि आरु पनि पाकिरहेको हुन्छन् । सुन्तला को सिजन मा सुन्तलाहरु ले नै भरिए झैँ लाग्छन सबै डाँडाहरु नै ! यो कति औँ यात्रा हो भन्न त सक्दिन, तर पनि आज रमाइलो लागिरहेको छ, सायद आफ्नो जन्मदिन को दिन मा यात्रा गरिरहेको भएर पनि यस्तो लागेको होला !