Skip to main content

Posts

Showing posts with the label Internet

हामीलाई अहिलेसम्म सबैभन्दा बढि पिरोलेको कुरा भनेको 'बन्द' नै होला । बन्द, हडताल या भनौँ आन्दोलनको प्रकोप हामीले धेरै झेलेका छौँ । अब संविधान बन्छ है, बन्छ है भनेका बेला, धमिलो पानीमा माछा मार्ने धेरै निस्किए । कोही अखण्ड र कोही बिखण्डको माग लिएर सडकमा ओर्लिए । जातीयताको नाममा ओर्लनेहरुले त केही सिमित नेताहरुको निर्देशनमा कसैलाई बजाउन बाँकी राखेनन् बन्दको निहुँमा । बन्द हाम्रो दिर्घरोग त बनिसकेकै छ, तर अब यो कुरा अफलाइन र सडकमा मात्र सिमित छैन । हिजोआज त बन्दको कुरा गर्यो भने नि रमाइला नतिजाहरु देखिन्छन् गुगलमा । एक पार्टिका अध्यक्षलाई ई-वे मै बिक्री गर्न राखिएको सन्दर्भमका आज गर्न लागेको बन्दको कुरा अलि असरदार नहुनसक्छ । जब जब बन्दको हल्ला चल्न थाल्छ तब सबैलाई कौतुहलता जाग्न थाल्छ, आज बन्द हो वा होइन भनेर । साँच्चै भन्ने हो भने, फेसबुक र ट्विटरमा त उक्त बिहान आज बन्द हो कि हैन भन्दैमा बित्छ । यही कुरा गुगलमा खोजेर हेर्नु भा'को छ? यदि आज बन्द हो भन्ने खोजेर हेर्नुभयो भने तपाईलाई गुगलले थर्काउने छ । गुगलमा "आज नेपाल बन्द हो?" भनेर सर्च गर्नुभयो भने, उत्तर आउँछ ...

दुई दुई पटक सञ्चालन भएर रोकिएको हिमालखबर मिडियाको अनलाइन न्युज पोर्टल "हिमाल खबर डटकम " जेठ १० गते देखि फेरि सञ्चालनमा आएको छ । केही दिन पहिले फेसबुक मार्फत, हिमालखबर दैनिक रुपमा निरन्तर प्रकाशित हुने घोषणा गरिएकोथियो । यही कुरालाई अनुमान गर्दै, धेरैले हिमालखबर पत्रिका पाक्षिकबाट दैनिक भएको भनेर चर्चा गरेका थिए । नागरिक, रिपब्लिकाका सम्पादकको राजिनामा भएकै दिन, हिमालखबरको दैनिक खबर पस्किने सूचना फेसबुकमा आएको, कारणले पनि अधिकांशले यसलाई आ-आफ्नै रुपमा बुझेका थिए । तर बजारमा चलेको जस्तो हिमालखबर, दैनिक पत्रिकाको रुपमा नभइ, अनलाइनमा चाँहि दैनिक रुपमा आएको छ । पश्चिमी देशमा पत्रिकाहरु इन्टरनेट (अनलाइन पोर्टल) व्दारा विस्थापित हुँदै गएको सन्दर्भमा, यसलाई नेपालमा पनि सकरात्मक रुपमै हेर्नुपर्छ भन्ने लाग्छ । हिमालखबरले इन्टरनेट संस्करणलाई आफ्नो प्राथमिकतामा राख्नु र हिमाल खबरपत्रिकाको समाचार कक्षबाटै सञ्चालन हुनुले हिमाल खबर अन्य समाचार पोर्टल भन्दा पृथकहुने अनुमान गरेकोछु । नागरिक, ईकान्तिपुर, कारोबार आदि समाचार पोर्टल सञ्चालनमा आएपनि, समाचार बाहेक, लेख र विचारहरु सबै पत्रिकामा...

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

पोखराबाट उडेको विमान जोमसोममा दुर्घटना (Agni Air Plane crashed in Jomsom) भएको खबर माइक्रोब्लगिङ साइट ट्विटर (Microblogging site Twitter) मा परालको आगो झैँ फैलियो । अस्ति भर्खर सिन्धुलीमा विमान दूर्घटना भयो भन्ने झुटो खबर फैलिएका कारण खबर झ्वाट्ट सुन्नेले पहिले त पत्याएनन्, तर एकैछिनमा ट्विटर प्रयोगकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले प्लेन दूर्घटना भएको खबर पुष्टि गर्दै ट्विट गर्न थाले । माइक्रो ब्लगिङ साइट ट्विटर समाचार ब्रेक गर्ने तथा समाचार र सूचना छिटो भन्दा छिटो संसारभर फैलाउने टुलको रुपमा परिचित हुँदै आएकोछ । अनि यही शिलशिलाको नियमितता स्वरुप,जोमसोममा भएको विमान दुर्घटनाको खबर पनि क्षणभर मै ट्विटरको माध्यमबाट विश्वभर फैलिएको थियो, यति मात्र होइन नेपाल ट्विटर ट्रेन्डमा पनि केही क्षणका लागि देखिएको थियो । अर्थात भनौँ, नेपाल ट्विटरमा विश्वव्यापी ट्रेन्ड (Nepal Trends Worldwide on Twitter ) भएको थियो, यसको अर्थ हुन्छ नेपाली समयअनुसार दिउँसो ११-१२ बजेतिर नेपाल सम्बन्धि हजारौं ट्विटहरु एकैसाथ संसारभरबाट ट्विटरमा ओइरिएको थियो । निश्चय पनि विमान दुर्घटना हामील...

हामीलाई डरलागेको वा गर्न नसक्ने जस्तो कुरा आफ्नो सामुन्ने आउँदा हामी नेपालीको मुखबाट फुत्कने शब्द हो, आबुई ! आबुई वा आब्बुइ वा अबुइ जे भने’पनि मैले भन्न खोज्या कुरा त बुझ्नु भो होला । म चैँ आबुई (Abui) भन्छु है । त्यही हामीभित्र रहको डर जनाउने शब्द ‘आबुई’लाई समेट्दै र हामी भित्रको शब्दको डर हटाउन ‘ आबुई डटकम’ आइपुगेकोछ । कुनै नेपाली शब्दको अर्थ आएन वा उखान टुक्काको अर्थ बुझ्न सकिएन भने अब त्यसको समाधान प्राय आबुई डटकममा भेट्न सकिन्छ । गतसाल पुषदेखि सञ्चालनमा आएको ‘आबुई डटकम’ नै ‘अनलाइन नेपाली शब्दकोष’ (Online Nepali Dictionary) हो। आबुई डटकममा नेपाली शब्दका अर्थका साथै नेपाली उखानहरुका अर्थ भेट्न सकिन्छ । नेपाली ब्लगका ब्लगर नेपाली ले निर्माण गरेको आबुई डटकममा दैनिक रुपमा एउटा शब्दलाई “आजको शब्द” भनेर त्यसको अर्थ दिने गरिएकोछ । आबुई डटकम कसरी चलाउने? आबुई डटकमको गृहपृष्ठमा टेक्स्टबक्स रहेकोछ । टेक्स्टबक्स माथि ‘शब्द कोरे कोरे जस्तो गरौँ’ भन्ने वाक्य राखिएकोछ, त्यहाँ भनिएजस्तै टेक्स्टबक्स भित्र गएर शब्द कोरे जस्तो गर्नुस अर्थात कुनै शब्द लेखेजस्तो गर्नुस्, तपाईले रोमनमा ...

जनवरी १८ लाई इन्टरनेटमा कालो दिनको रुपमा मनाइएकोछ ! “पाइरेसी रोक्न” अर्थात “स्टप अनलाइन पाइरेसी” (Stop Online Piracy Act –SOPA) “सोपा” नामक विधेक अमेरिकी संसदले “पास” गर्न लागेका कारण, इन्टरनेटका हजारौँ साइटहरुले, “सोपा” को विरोध गर्दै उक्त दिनलाई कालो दिनको रुपमा मनाएका थिए ! विरोध स्वरुप विकिपेडिया, रेडिट, बोइबोइङ लगायतका साइटहरुले आफ्नो पेजलाई कालो बनाएका थिए भने अन्य हजारौँ साइटहरुले “स्टप सोपा” सहितका व्यानर आफ्नो साइटमा राखेका थिए ! इन्टरनेटका कारण गितसंगित, चलचित्र लगायतका कुराहरुको पाइरेसी बढिरहेको कुरामा दुइमत नहोला ! यसर्थ अमेरिकी सरकारले ल्याउन लागेको कुरा, “पाइरेसी” का विरुद्ध भनेकाले राम्रो झैँ देखिएपनि, यथार्थमा यो नियम लागु भएको खण्डमा प्राय सबै साइटहरु बन्द हुनेछन् ! साइटहरु बन्द भएको खण्डमा इन्टरनेट कस्तो हुन्छ भन्ने कुरा त, हिजो गरिएको “इन्टरनेट ब्ल्याकआउट” ले पनि प्रस्ट पारेकोछ ! खोजेका सबै कुराहरु पाइने, विकीपेडियाका पेजहरुमा हिजो केही भेटिँदैन थियो ! बोइङबोईङ नेट, वायर्ड म्यागजिनहरुमा लेखिएका कुराहरु पढ्न पाइएको थिएन ! सोपा लागु भएको खण्डमा, विकिपेडिया, फेसबुक ,...

माइक्रोब्लगिङ साइट ट्वीटर गत बिहीबार देखि नयाँ स्वरुपमा (New Twitter) आएकोछ । नयाँ आएको ट्वीटरको डिजाइनमा व्यापक परिवर्तन गरिएकोछ भने केही नयाँ “फिचर”हरु पनि थपिएकोछ। ट्वीटरको वेव भर्सन मात्र होइन, आइफओन (iPhone) र एन्ड्रोइड (Android) को लागि पनि नयाँ “ट्वीटर एप” ( Twitter App) को निर्माण गरिएकोछ भने ट्वीटरले केही महिना पहिले किनेको “ट्वीटडेक” (TweetDeck) को डिजाइनमा पनि हेरफेर गरिएकोछ । ट्वीटर होमपेजमा देखिने होम (Home), प्रोफाइल (Profile), म्यासेज (Message) आदिलाई होम (Home), कनेक्ट (@Connect), डिस्कभर (#Discover) आदिले विस्थापित गरिदिएकाछन् भने म्यासेज (Direct Message) ड्रपडाउन मेनुमा गएर लुकेकोछ । ट्वीटरको वाँया तिर देखिने टाइमलाईन ट्वीटरको दाँया तिर सरेको छ । नयाँ ट्वीटरको माथिल्लो भागमा होम, कनेक्ट, डिस्कभर, सर्चबार, प्रोफाइल र ट्वीट बटन रहेकोछ  । होमपेजको वायाँ साइडमा आफ्नो प्रोफाइल छ, जहाँबाट नयाँ ट्विट लेख्न सकिन्छ । त्यसको तल क-कसलाई फलो गर्ने भनेर ट्वीटरले सल्लाह दिन्छ । त्यसको तल भने, ट्वीटरको ट्रेन्डिङ टपिक रहेको छ । त्यस्तै ट्वीटरको दायाँ साइडमा आफ्नो टाइमल...

तपाईको फेसबुकका साथीहरुको स्काइप (Skype) मा खाता (account) छैन भने पनि अब तपाईले स्काइप मार्फत सिधै आफ्ना फेसबुक का साथीहरु सँग कुरा गर्नसक्नुहुने भएको छ । ३ दिन अघि घोषणा गरिएको यो सुविधा स्काइपको पछिल्ला भर्सनहरु ( Skype 5.4 Beta for Mac र Skype 5.7 Beta for Windows ) मा उपलब्ध रहेको छ । अत: स्काइपबाट फेसबुकमा भएका साथीहरु सँग सिधै कुरा गर्नको लागि, तपाईहरुले स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ । स्काइपमा आफ्नो फेसबुक प्रोफाइल ‘कनेक्ट’ गरेका प्रयोगकर्ताहरुले, स्काइपबाटै फेसबुकमा भिडियो कल पनि गर्न सक्नेछन् । साथै, स्काइपको ड्यासबोर्डबाट, फेसबुकमा को को साथी अनलाइन बसेका छन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ !  साथीहरुको फेसबुक स्टाटस अपडेट पनि स्काइपबाटै हेर्न सकिन्छ । पुनश्च: फेसबुकका साथीहरु सँग स्काइपबाटै च्याट गर्नको लागि स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ ।

‘एप्पल’ (Apple) का सह-संस्थापक (Co-Founder) तथा भूतपूर्व कार्यकारी प्रमुख (CEO), स्टिभ जब्स (Steve Jobs) को ५६ वर्ष को उमेर मा गएराती अमेरिकामा निधन भएको छ । म्याकिन्टोस् (Macintosh), आइपड (iPod), आइफोन (iPhone), आइप्याड  (iPad) जस्ता युगान्तकारी ग्याजेटहरुको निर्माण गरेर, चर्चाको शिखरमा रहेको ‘एप्पल’ ले एक कुशल अभिभावक गुमाएको छ भने, विश्वले एउटा दूरदर्शी व्यक्ति गुमाएको छ । सन् १९५५ मा सुरु भएको स्टिभ पल जब्स (Steve Paul Jobs) को जिवन सन् २०११ मा आएर टुङ्गिएको छ । स्टिभ को निधन पछि उनको परिवारले एप्पल मार्फत प्रेस वक्त्व्य जारी गर्दै, “परिवारहरु का विच शान्त वातावरण मा आज उनको को निधन भयो”  (Steve died peacefully today surrounded by his family) भनेर उल्लेख गरेकाछन् । सन् १९५५ को फ्रेवुअरी २४ मा सन-फ्रान्सिस्को मा जोन्ने (Joanne Schieble) र अब्दुलफत्ताह (Abdulfattah Jandali) को घरमा जन्म भएको उनलाई पल (Paul) र क्लारा जब्स (Clara Jobs) ले धर्मपु्त्र को रुपमा ग्रहण गरेका थिए । ओरेगन रिड कलेज (Oregon’s Reed College) को पढाइ विचैमा छोडेर स्टिभ जब्स क्यालिफोर्निया  फर्क...

नेपाली युवा फोटोग्राफरहरु को संगठन नेपालफोटोग्राफी डट ओआरजी (Nepalphotography.org) ले एनपीफोटो ( www.npfoto.com ) नामक वेवसाइट आजबाट सञ्चालन मा ल्याएकोछ । साइटलाई, नेपाली फोटोग्राफरहरु को अनलाइन फोटो ग्यालरी को रुपमा  सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।   ‘वेटा भर्सन’ को रुपमा सार्वजनिक गरिएको साइटमा हाललाई साइटका सदस्यहरुले मात्र फोटो अपलोड गर्न पाउँछन् । साइटलाई नेपाली फोटोग्राफरहरुले खिचेका उत्कृष्ट फोटोहरु को संग्रह बनाउने लक्ष्य रहेको कुरा, नेपालफोटोग्राफी डटओआरजी का एक सदस्य गौरवध्वज खड्का बताउँछन् । नेपालफोटोग्राफी ले सञ्चालन गरेको साइट ‘एनपी फोटो’ को निर्माण स्वप्निल आचार्य ले गरेका हुन् । उनका अनसार यो साइट फोटो संग्रह मात्र नभइ, नयाँ प्रतिभाहरु को आफ्नो प्रतिभा देखाउने उपयुक्त ‘प्लेटफर्म’ पनि हो  । नेपाली फोटोग्राफरहरु को लागि सुनौलो अवसर तपाई फोटोग्राफी गर्नुहुन्छ भने, ‘ एनपी फोटो’   तपाई को लागि उपयुक्त ‘प्लेटफर्म’ हुनसक्छ । हाललाई निमन्त्रणाबाट मात्र प्रयोग गर्न मिल्ने यस साइटमा यहाँबाट साइनअप गर्नसक्नुहुन्छ । साइट को ‘ ग्यालरी ’ मा गएर, अहिले...

फेसबुक को ‘एफ एट’ (f8) ‘डेभ्लपर कन्फ्रेन्स’ मा फेसबुक का सहसंस्थापक तथा कार्यकारी प्रमुख मार्क जकरवर्ग ले फेसबुकमा हुन लागेको नयाँ परिवर्तनहरु बारे जानकारी दिएकाछन् । अब हिजो अस्ति सम्म चलाइँदै आएको फेसबुक को हुलिया केही दिनभित्र नै परिवर्तन हुने भएको छ । बारम्बार आफ्नो डिजाइन परिवर्तन गरिरहने फेसबुक ले यसपटक पनि आफ्नो डिजाइन मा आमुल परिवर्तन गरेको छ । सानफ्रान्सिस्को मा भइरहेको कन्फ्रेन्स मा बोल्दै, मार्क जकरवर्ग ले ‘फेसवुक प्रोफाइल’ मा आमूल परिवर्तन गरिएको बताएकाछन् । फेसबुक मा ‘टाइमलाइन’ भन्ने ‘फिचर’ थप गरिएको छ, ‘टाइमलाइन’ को अर्थ हुन्छ, तपाईले गरेका कामहरु, बिताएका पलहरु, कहाँ जानुभयो, के गर्नुभयो भन्ने कुरालाई समय क्रम मा राखिने छ । समग्रमा भन्दा ‘टाइमलाइन’ ले अब आफ्नो इतिहास बताउने छ । फेसबुक मा इतिहास भइसकेका हाम्रा फोटोहरु, स्टाटस अपडेटहरु र आफ्ना कार्यक्रमहरुलाई अब फेसबुकले ‘अटोमेटिक’ रुपमा ‘टाइमलाइन’ मा देखाउने छ । यसलाई आफ्नो ‘इतिहास’ वा आफ्नो ‘जिवनकथा’ को रुपमा बुझ्न सकिन्छ । फेसबुकमा लेखिएका स्टाटसहरु हेर्न हामीसँग, ‘ओल्डर पोष्ट’ स्क्रोल गर्दै आफ्ना पुरानाकुराहरु हेर...

Microsoft corp.’s search engine Bing has feathered Nepal on its background, today. In photo, there is a home above the clouds. Background photo was taken at Tharepati, which lies at the Helambu trekking circuit. I’ve found one similar photo in photo sharing site Flickr. According to Flickr, Whit Richardson has taken this photo at Therapati on December 2, 2009 using a Canon PowerShot G11. In Flickr, he wrote “A lodge at sunset above the clouds on the Helambu circuit trek in Nepal. Lodge above the clouds at Tharepati at sunset along the Helambu trekking circuit, Nepal”. Whit Richardson is a full time professional photographer. Check Bing homepage today!

आजभोलि मानिसले सानो सानो कुरा बिर्सन थालेका छन्। जो कसैलाई पनि आजभोलि केहि कुरा सोध्नु बेकार जस्तो हुन्छ। तपाईहरुले दैनिक जीवनमा जो कुनै ब्यक्ति कम्युटरको नजिक धेरै समय बिताएको हुन्छ, उसलाई केहि कुरा सोध्नु भएको खण्डमा उसले त्यसको सहि जवाफ दिनुको साटो त्यसको जवाफ कहाँ छ र कहाँ गएर हेर्नु पर्छ भनेर भन्ने गर्छ। मानिसहरु आजको दिनमा प्रविधिसँग यति बिधि नजिक भइसकेका छन कि त्यो प्रविधि बिना तिनिहरुको जीवन अपुरो जस्तो भइसकेको छ। पहिला जब प्रबिधि सबैको पहुँचको विषय थिएन त्यो बेला मानिसहरु विहान उठेर नित्यकर्म गर्न तिर लाग्थे तर आजभोलि मानिसको दिनचर्यानै बदलि दिएको छ यो प्रविधि भन्ने जातले। तर मैले मानिसको दिनचर्या भन्दा पनि स्मरणशक्तिको कुरा गर्दै छु। प्रविधिले गर्दा कसरि मानिसको स्मरणशक्तिमा अतुलनिय ह्रास हुदै गएको छ भन्ने कुराको लागि अब वैज्ञानिक तथ्याङ्क भन्दा पनि आफुले दैनिक जिवनमा गर्ने कुराहरुले नै बताउने गर्दछ। सबै भन्दा पहिले कुरा गरौँ सबैले सधैजसो प्रयोग गर्ने मोबाईल फोनको। पहिला मानिसले सबैको फोन नम्बर याद गर्नु पर्त्थो या कुनै डायरिमा टिपोट गरेर राख्न पर्थ्यो। तर आजभोलि हात हातम...

इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोक क्याम्पस को साइट ह्याक भएको छ । आइतवार राती ह्याक भएको थाहा भएपनि, कसले साइट ह्याक गरेको भन्ने कुरा खुल्न सकेको छैन । साइटलाई ह्याकरहरु ले आफ्नो नियन्त्रणमा लिएर भिन्न भिन्न दुइ ‘पोर्न’ साइटहरु (पोर्नहव र रेडट्युब) मा रिडाइरेक्ट गराइदिएका हुन् । IOE को वेवसाइट ioe.edu.np लाई एउटा पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ भने, www.ioe.edu.np लाई अर्को पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ । साइटमा कोही छिरेर भन्दा पनि, साइटको कन्ट्रोल प्यानल नै ह्याक गरेर साइटलाई ३०१ रिडाइरेक्ट गरिएको हुनु पर्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ । भर्ना को सिजन मा साइट ह्याक हुनु, अझ त्यो पनि इन्जिनियरिङ इन्स्टिच्युटकै साइट ह्याक हुनु अत्यन्त लज्जाजनक कुरा हो । हामीले साइट ह्याक भएको थाहा पाउने बित्तिकै फेसबुक बाट पुल्चोक क्याम्पस का केही प्रतिनिधिहरुलाई खबर गरिसकेका छौँ । साथै पुल्चोक क्याम्पसबाट कोही यो ब्लग पढ्दै हुनुहुन्छ भने, पुल्चोक क्याम्पस को सम्बन्धित निकायलाई तुरुन्त कामकारवाही बढाउन  खबर गरिदिनुहोला । पुल्चोक क्याम्पसलाई हामीले गुगलक्यास मा यस्तो देख्यौँ ...

A website designed by Nepali Web Designer Swapnil Acharya was featured in an International Publication called “ The Web Designer’s Idea Book ” among other designs from across the world. Written by Patrick McNeil, Book was published by How Publishing, Cincinatti USA in 2010. Website CUCWeb.org (website now offline, though), design of Acharya has been featured in this book. And possibly it’s the highest recognition a Nepali web design work has received so far. It again proves that, there are potential web designers in Nepal, who designs visually appealing websites. Further more its an honor for us that one website, from a small market of a small country, stands tall and proud together with almost best name in the industry around the globe. Not only this, the same website has been also featured in other various prestigious websites like CSSMania.com, 101BestWebsites.com, OnePageLove.com  etc.  Acharya’s same design has been also featured in book titled "Web Typography...

फेसबुक मा ‘डिसलाईक’ बटन ‘इनेबल’ गर्नुस् अर्थात "Enable Dislike Button"  भन्ने म्यासेज ‘वाल’हरुमा फैलिरहेको छ । फेसबुक चलाउँदा, कसैलाई ‘डिसलाइक’ गरिदिउँ झैँ लाग्दो हो, कसैको स्टाटस, लिङक, फोटो वा भिडियो मा डिसलाइक गर्न पाए हुन्थ्यो भन्ने लाग्दो हो । तर ‘डिसलाइक बटन’ भन्ने बित्तिकै ‘क्लिक’ नगर्नुहोला, किनकी अहिले सम्म फेसबुकमा ‘डिसलाइक’ बटन आएको छैन है । सेक्युरिटि एक्सपर्ट ‘ सोफोज ’ ब्लग ले ‘डिसलाइक बटन’ को म्यासेज फेसबुक मा तिव्र रुपमा फैलिरहेको जनाएको छ । सोफोज का अनुसार निम्नानुसार को म्यासेज फेसबुक मा फैलिरहेको छ । Facebook now has a dislike button! Click 'Enable Dislike Button' to turn on the new feature! फेसबुक मा ‘डिसलाईक’ बटन ‘क्लिके’ पछि, तपाई अर्को पेज मा पुग्नुहुन्छ तर त्यतिबेला सम्म तपाईका दर्जनौँ साथीहरु को ‘वाल’ मा अटोमेटिक रुपमा उक्त म्यासेज ‘पोष्ट’ हुन्छ । ‘वाल’ मा ‘म्यासेज’ पोष्ट हुनु को साथै, एकाउन्ट ह्याक हुने, भाइरस लाग्न सक्ने सम्भावना पनि रहन्छ भनेर, सोफोज ले जनाएको छ । याद गरिराख्नुस् अहिले सम्म फेसबुक ले, आधिकारिक रुपमा ‘डिसल...

'इन्टरनेट स्वतन्त्रता' को नाम मा इन्टरनेटमा 'पे व्याक अपरेसन' गर्दै आएको 'अज्ञात' अर्थात 'Anonymous Operations' नामक समूहले आज नेपाल सरकार को आधिकारिक वेवसाइट  http://www.nepalgov.gov.np/  लाई हमला गरेर 'डाउन' गराइदिएको छ । ट्विटर मा एक ट्विट मार्फत 'Anonymous Operations' नामक अज्ञात समूहले नेपाल सरकारको साइट डाउन गरेको बताएको छ । ट्विट मा भनिएको छ : " #OpEverest : http://www.nepalgov.gov.np/ seems to be DOWN! We are #Anonymous . Expect us! more info: ::: https://pastee.org/skq59 #Nepal " राजनितिक अस्थिरता, बढ्दो अपराधिक कृयाकलाप, इन्टरनेमा गरिएको सेन्सरसिप आदि विभिन्न कारण देखाउँदै 'अज्ञात' समूहले एक विज्ञप्ति मार्फत नेपाल सरकारलाई सम्बन्धित विषयहरुमा ध्यानाकर्षण गराउन साइट डाउन गराइएको उल्लेख छ । राजनितिक दलहरु प्रति आक्रमक देखिएको अज्ञात समूहले माग पुरा नभए, नेपाली राजनितिक दलहरुको साइट पनि 'डाउन' गराइने कुरा उल्लेख गरेको छ । इन्टरनेटमा बाँडिएको 'अज्ञात' को विज्ञप्ति यस प्रकार छ : EXPECT US....

नयाँ संविधान जारी गर्न को लागि, अब १ महिना  समय पनि बाँकी छैन । विगत मा समय थप्दा पनि, राजनितिक पार्टिहरुले संविधान बनाउन ध्यान दिएनन्, बरु सत्ता बाँडफाँड मै सबै अल्झिएर बसे । लाजमर्दो कुरा दर्जनौँ पटक प्रधानमन्त्री को निर्वाचन भयो । तलब/भत्ता चाँही खाने तर संविधान भने नबनाउने सभासदहरुलाई खबरदारी गर्न, केही युवाहरुले फेसबुक बाट संविधान समयमै जारी गर्न दवाव अभियान प्रारम्भ गरेकाछन् । “परिवर्तनका लागि हामी नेपाली एक” नामक नाम दिइएको फेसबुक पेजमा “ज्याला पूरा लियौ, अब संविधान देऊ” भन्ने नारा सहित संविधान समय मै बनाउन सम्वन्धित पक्षलाई आग्रह गरिएको छ ! फेसबुक बाट चालिएको यो कदमलाई समर्थन गर्दै, ३ सय जना भन्दा बढि व्यक्तिले यो पेजलाई ‘लाइक’ गरिसकेकाछन् र यो क्रम जारी रहेको छ। सबैको साथ र समर्थन हुने हो भने, फेसबुक मा जम्मा भएका समूहले साँच्चिकै भौतिक रुपमै उपस्थिति जनाएर दवाव दिएको खण्डमा अभियानले सफलता पाउने देखिन्छ । पोहोर माओवादीले गरेको अनिश्चितकालिन बन्द तोड्न पनि फेसबुक मा जम्मा भएको समूहले ठूलो भूमिका खेलेको थियो । अझ त्यसको नजिर र भर्खरै ट्युनिसिया र इजिप्टमा भएको कुर...