Skip to main content

इन्टरनेटको अज्ञात समूहले सोनी विरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने ! #OpSony #Hacktivist [With Video]

सोनीले ह्याकर ‘जिओहट’ (Geohot) का विरुद्ध अदालत मा मुद्दा हालेपछि सोनीका विभिन्न वेवसाइटहरु माथि आक्रमण गर्दै आएको अज्ञात (Anonymous) समूहले १६ अप्रिल का दिन  भने सडक मै ओर्लिएर ‘सोनी’ को विरुद्ध मा विरोध प्रदर्शन गर्ने भएकोछ ।

हामीलाई अज्ञात समूहबाट प्राप्त भएको जानकारी अनुसार काठमाडौँ मा पनि सोनी कम्पनी को विरुद्ध १६ अप्रिल मा प्रदर्शन गरिने भएको छ ।

घटना विवरण : के भएको थियो ?

आइफोन को जेलब्रेक गरेर चर्चामा आएका ह्याकर ‘जिओहट’ ले आफूले किनेको सोनी को ‘Sony Play Station console’ (गेम डिभाइस) लाई ह्याक गरेका थिए । जिओहट ले ‘रिभर्स इन्जिनियरिङ’ गरेर सोनी को उक्त ‘डिभाइस’ मा अन्य ‘एप्लिकेशन’ हरु चलाएका थिए । पछि उनले कसरी ह्याक गरे भन्ने कुरा आफ्नो साइट geohot.com मा राखिदिएका थिए ।

सोनी को गेम स्टेशनलाई ह्याक गर्ने तरिका ‘साइट’ मा राखेपछि सोनीले जिओहट विरुद्ध Digital Millennium Copyright Act (DMCA) को उल्लंघन र कम्प्युटर ठगी (computer fraud) तथा प्रतिलिपी अधिकार हनन (copyright infringement) गरेको भन्दै सोनी कम्पनीले अदालत मा मुद्दा दर्ता गरेको थियो । सोनी कम्पनीले उनका विरुद्ध मुद्दा हाल्ने मात्र नभइ उनको युट्युब (youtube), पेपल (paypal), सोसल मिडिया साइट (social media) आदि का सम्बन्धमा सम्बन्धित कम्पनीहरु सँग ‘डिटेल’ जानकारी माग गर्‍यो । साथै जिओहट को साइट हेर्ने सबैको आइपी (IP) मागियो ।  सोनी ले माग मात्र के गरेको थियो, पेपल ले जिओहट को सम्पूर्ण जानकारी सोनीलाई दियो । अदालत ले जिओहट ‘भिजिट’ गर्ने सबैको IP Address हेर्न निर्देशन दियो ।

Anonymous

तर जिओहट ले वास्तविकता मा ‘आइफोन अनलक’ गरे झैँ सोनी को गेम स्टेशन ह्याक गरेका थिए । जस्तो कि, एकपटक फोन किनेपछि, फोन आफ्नो हुन्छ, र त्यसलाई जे पनि गर्न सकिन्छ । जिओहट ले पनि त्यसै गरेका थिए, उनले सोनी को गेम स्टेशन किनेर ल्याएपछि ‘रिभर्स इन्जिनियरिङ’ गरेर अन्य कुरा पनि चलाउन सक्ने बनाएका थिए, अनि त्यो काम कसरी गरियो भनेर इन्टरनेट मा राखेका थिए ।

जिओहट ले सोनी PS3 को जेल ब्रेक गरेका थिए, पाइरेसी हैन । आफूले सामान किनेर ल्याइसकेपछि त्यो सामान स्वत आफ्नो हुन्छ, आफ्नो सामान, आफूले प्रयोग गर्न पाउनुपर्छ । सोनीले बिनाकाम को बखेडा झिकेर इन्टरनेट प्रयोगकर्ताहरु को ‘प्राइभेसी’ (गोप्यता) को उपहास गरेको छ । सोनीले जिओहटको Paypal एकाउन्ट हेर्ने, साइटका भिजिटरका IP Address हरु हेर्ने काम गरेर इन्टरनेटमा प्रयोगकर्ताको गोपनियता को खिल्ली उडाएको छ । अत: सोनीका विरुद्ध अज्ञात समूहले विगत केही हप्ता देखि आन्दोलन गरिरहेको छ । साइटलाई अत्यन्तै लोड दिएर साइट डाउन गरिने टेक्निक DDoS (Distributed denial of service attacks) का माध्यमबाट सोनीका साइटहरु डाउन गरियो ।

स्मरणिय रहोस् विकिलिक्स का जुलियन असाञ्ज विरुद्ध पेपल, मास्टरकार्ड  लगायत ले सेवा नदिएपछि उनीहरुको साइट अज्ञात समूहले ‘अपरेसन पेव्याक’ भन्दै DDoS बाट डाउन गराएका थिए । मास्टरकार्ड, भिजा, पेपल लगायत दर्जन साइटहरु अज्ञात समूहले डाउन गराइसकेको छ । मानवहित र इन्टरनेट स्वतन्त्रता भन्दै उनीहरुले आफ्ना कामहरु गरिरहेकाछन् । अत: उनीहरु आफूलाई ‘hacktivist’ (ह्याकर+अभियानकर्ता) भन्न रुचाउँछन् ।

अज्ञात समूहले निम्न तथ्यहरु उजागर गर्दै सोनीलाई आफ्नो कदम फिर्ता लिन चेतावनि दिएका थियो ।

1.) jailbreaking the iphone is legal, and a challenge to the court was rejected

2.) the xbox360 modder case was also dismissed, and both geohot and 360  modder are charged with the same "crime," a violation of the DMCA that  is questionable at best.

3.) Geohot is in CIVIL court, not criminal court

4.) the judge is trying to move the trial from new jersey, where geohot  lives, to California, where Sony knows there are more right leaning  judges to hear the case

5.) geohots mod only re-enabled the option to install Linux, a feature that was present when the system was purchased.

6.) geohot never signed into the PlayStation network with his PS3, and  never agreed to the terms of service that changed AFTER he already  purchased the system

हुनत अस्ति को दिन देखि नै सोनी र जिओहट को मुद्दा टुंगिएको छ । जिओहट ले अब देखि सोनी कम्पनीका कुनै पनि उत्पादन मा रिभर्स ईन्जिनियरिङ नगर्ने र गरेमा जरिवाना तिर्ने सहमति भएको छ । साथै सोनी कम्पनीका साइटहरुमा जिओहट ले आक्रमण गरेका छैनन् भन्दै उनलाई सफाइ दिइएको छ  ।

तर संसारभर फैलिएको अज्ञात समूहले भने, सोनी कम्पनी ले चालेको कदम कुनैपनि हालत मा न्यायसंगत नभएको भन्दै सोनीको विरुद्ध आन्दोलन जारी राख्ने भएको छ । युट्युब लगायत का साइटहरु तथा जिओहट को साइट हेर्ने लाखौँ प्रयोगकर्ताहरुको गोपनियता सोनीले उल्लंघन  गरेको भन्दै सोनीलाई कुनै पनि हालतमा माफी दिइन नसक्ने बताएको छ । हालै जारी गरेको नयाँ भिडियोमा ‘शनिबार’ को विरोध कार्यक्रम पछि, सोनीमा झनै ठूलो आक्रमण गर्ने चेतावनी अज्ञात समूहले दिएको छ ।

अज्ञात समूह को नयाँ भिडियो :

Anonymous Message to Sony

 

We have got following Press Release :

u5iEt

#OpSony update, GeoHot settlement, and April 16th IRL protest

Greetings. We are Anonymous.

On April 16th, we will take the protests against Sony to the streets. We encourage anyone who is able to come to a nearby Sony Store to support the cause, even if you are not usually involved with Anonymous. This is not just about Anonymous - this is about your rights.

If you wish to attend, be sure to check on your local laws and regulations regarding hiding your face during protests and, if allowed, cover your face, whether it is the usual Guy Fawkes masks or some other form of facial covering. Of course you can always wear a mask, even if it's prohibited by law - but be aware that this can pose a serious legal risk. You should also be aware of potential 'saboteurs', whether from police forces / corporate security, or Sony itself.

If needed, get into contact with others in your area that are going to protest (for example through IRC or the Facebook page), and make preparations before the actual protest takes place. Set up a 'legal team' that consists of at least 1 person that does not take part in the protest itself, who is in contact with a lawyer. Make sure the phone number of the 'legal team' is written on your arm with something like permanent marker, to make sure you cannot lose it in a full body search - better safe than sorry. It is also a good idea to make sure your 'legal team' stays in contact with other anons, to keep everyone updated about the running protests, as well as possible arrests.

For more important information on protests, you can refer to http://www.urban75.org/mayday02/legal.html (here you can also find important tips to keep yourself safe). While this document is aimed at the United Kingdom, the situation in other countries will often be similar, however, it is always a good idea to check your local laws and regulations. If you have any questions, you can always ask them in the IRC (chat) channel.

Let us show Sony that all information is free and that we own the things we buy, now and forever.

We are Anonymous.

We are Legion.

We do not forgive.

We do not forget.

Expect us.


Further Readings:

#OpSony update, GeoHot settlement, and April 16th IRL protest

Operation Payback

Geohot’s website

Sony Settles with GeoHot in PS3 Hacking Lawsuit

Anonymous Promises Biggest Attack Ever on Sony

P.S. ईमेल तथा ट्विटर मा प्राप्त जानकारी मा आधारित

Comments

  1. if there aren't any hackers in the world then Technology would be 10 years back. Hackers are the base for the Tech development.

    ReplyDelete
  2. काठमाण्डुको कुन ठाँउमा हो ??

    ReplyDelete
  3. खै, यही ठाउँ भनेर त भनेको छैन । सोनी कम्पनीको सामान आयात गर्ने कम्पनिहरुको अगाडि हुनसक्छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने ।

त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न ।


एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएमएस त छँ…

Subscribe to Aakar Post