Skip to main content

न्हूँ नेपाल

अब उनीहरुले के गर्लान, कसरी अगाडि बढ्लान्, अनि के नाम बाट आफ्नो प्रकाशन सुरू गर्लान भनेर प्रतिक्षारत नेपालीहरुले चाँडै नै, बजारमा “न्हूँ नेपाल” नामक नेपाली दैनिक पत्रिका पढ्न पाउने भएकाछन् । कान्तिपुर पब्लिकेशनबाट आफ्नो शेयर कैलाश सिरोहियालाई बेचेर बाहिरिएको ज्ञावाली समूहले दशैँ पछि लगत्तै आफ्नो पत्रिकाको प्रकाशन गर्ने भएको छ । केही समय काठमाडौँ केन्द्रित भएर परिक्षण गर्ने जनाइएको ज्ञावाली समूहले “न्हूँ गणतान्त्रिक मिडिया” मार्फत “न्हूँ नेपाल” नामक नेपाली दैनिक र एक अंग्रेजी पत्रिका प्रकाशन गर्ने भएको छ । “न्हूँ” नेवारी शब्द हो, जसको अर्थ “नयाँ” भन्ने हुन्छ ।

पत्रिका को प्रकाशन दशैँ पछि देखि हुने भन्ने जानकारी पाइएको, न्हूँ गणतान्त्रिक मिडिया ले बागडोल, ललितपुरमा करिब २५ रोपनि जग्गा लिएर त्यहीँ बाट आफ्नो प्रकाशन सुरु गर्ने भएको छ, तथापी युनाइटेड वी ब्लगले न्हूँ गणतान्त्रिक मिडिया को कार्यालय सुन्धारामा रहने जनाएको छ । न्हूँ नेपाल दैनिक को सम्पादक मा नारायण वाग्ले नियुक्त भैइसकेकाछन् । उनी चर्चित उपन्यास पल्पसा क्याफेका लेखक पनि हुन् ।

हिजोआज कैलाश सिरोहिया, माओवादीको पछि लागेका छन् । ज्ञावाली समूहले पहिले कान्तिपुर लिने निश्चित भैसकेको भएपनि, माओवादीलाई उपयोग गरेर सिरोहियाले कान्तिपुर लिन सफल भए तर अहिले माओवादिले नै सिरोहियालाई उपयोग गरिरहेको छ । स्रोत भन्छ, कान्तिपुर को नयाँ सम्पादक मा युवराज घिमिरेलाई नियुक्ति गरिसकिएको थियो तथापी, माओवादी अध्यक्ष प्रचण्ड को दबाब मा सिरोहियाले सुधिर शर्मालाई कान्तिपुरको नयाँ सम्पादक पदमा ल्याए । सुधिर शर्मा माओवादी समर्थक मानिन्छन् । त्यसैले देख्न सक्छौँ, हिजोआज कान्तिपुर माओवादी पट्टि ढल्केको छ, साथै कान्तिपुरमा पाठकलाई दिइएको पाठकमञ्च पनि आधा कटौति गरिएको छ । पाठकमञ्चलाई पहिले एक पेज छुट्याइएको भएपनि, अहिले कान्तिपुरमा पाठकमञ्च लाई आधा पेज छुट्याइएको छ ।

अन्तिम समयमा आएर कान्तिपुरले आफ्नो निर्णय फेरेको मा सायद युवराज घिमिरे असन्तुष्ट भएका छन् । युवराज घिमिरे व्दारा सम्पादित साप्ताहिक पत्रिका “समय” को केही पहिले निस्किएको अंकमा विनोदराज ज्ञावालीको अन्तर्वार्ता छापेर, घिमिरे ले सिरोहियालाई केही प्रतिक्रिया देखाउन खोजेका हुन् कि भन्ने भान पनि हुन्छ । अन्तर्वार्ता मा कान्तिपुर छाड्नुको कारण ज्ञावाली ले प्रष्ट नपारेपनि, यो व्यवसाय भन्ने चिज चाँहि एक्लैले गर्नुपर्छ भन्ने आभाष भएर कान्तिपुर सिरोहियालाई छाडेर आफू बाहिरिएको बताएका थिए । कान्तिपुरमा छँदा आफूले जहिले पनि जुनसुकै निर्णयलाई पनि चुपचाप समर्थन गरेको बताउने ज्ञावालीले, “समय” ले लिएको अन्तर्वार्ता जीवन कै आफ्नो पहिलो अन्तर्वार्ता, हो भनेका छन् । यस अन्तर्वार्ताका कारण युवराज घिमिरे को समर्थन ज्ञावालीलाई छ कि भन्ने भान पनि हुन्छ , भित्रि कुरा जे भएपनि ।

कान्तिपुर बाट बाहिरिएका गुणराज लुईटेल, प्रतिक प्रधान, अमित ढकाल, डि के जैसी आदि पनि “न्हूँ गणतान्त्रिक मिडिया” मा समाहित भएका छन् । त्यस्तै प्रसिद्ध कार्टुनिस्ट राजेश केसी, पनि नयाँ मिडिया हाउस मा छिरेका छन्, अनि उनी त्यहाँ पत्रिका को डिजाइन सम्बन्धि काम हेर्ने भएका छन् । अर्को कुरा कान्तीपुर टिभी न्युजरुम का सोहन श्रेष्ठ पनि कान्तिपुरबाट बाहिरिएका छन्, साथै, यी दुवै मिडिया बिच कर्मचारी र पत्रकारलाई आ‍-आफ्नो तर्फमा तान्ने ठूलै प्रयास भैरहेको छ ।

खैर, कुरा जेसुकै होस्, नयाँ नेपाल को नयाँ पत्रिका “न्हूँ नेपाल”लाई हार्दिक शुभकामना, प्रेस स्वतन्त्रता अनि मानवअधिकार प्रति सदैव प्रकाशन सचेत रहनसकोस् ।

Comments

  1. article le naya nepal ko naya raatnitik chhalbaaji lai prasta paareko chha,
    patrakaar haru le aafulai raajnitik ruple neutral (tatastha) bhane pani ego ya bhanaun swartha kai laagi pani neta lai use garne ra neta baata use hune kaam ma taalin rahanchhan bhanne kura yo article ko saar -sandesh ho.
    cheers to aakarPOst for this article

    ReplyDelete
  2. कान्तिपुरको धार नै कहाँ रह्यो र अब ! राजेस केसीको कार्टुन पहिलो पृष्ठको शोभा थियो । त्यो नदेख्दा कान्तिपुर पढ्ने इच्छा नै मरेर जान्छ । खैर, पहिलाको कान्तिपुरको जस्तो धार अबको नयाँ पत्रिकामा देख्न पाइयोस् ।

    ReplyDelete
  3. न्हुँ नेपाललाई अझै परिस्कृत रुपमा देख्न पाईयोस ।

    ReplyDelete
  4. nhu nepal:

    Rajesh KC's cartoon will be the main attraction for sure!

    ReplyDelete
  5. यी सुधीर शर्मा पहिला 'नेपाल'का सम्पादक हुँदापनि नेपाल अलि बढीनै माओवादीतिर ढल्केजस्तो लाग्थ्यो। जसले जे भनेपनि 'कान्तिपुर' दैनिक भने निष्पक्ष र पेशागत थियो। यदि माओवादीले कान्तिपुरभित्र आफ्नो 'सूँड' घुसारेर त्यहाँको फुटलाई मलजल गरेको हो भने स्वतन्त्र प्रेसका भावी दिनहरु सजिला छैनन् भन्ने स्पष्ट छ। माओवादीहरु प्रभावशाली संचार-संस्ताहरुलाई सके दमन गर्ने, नसके अनेक तिकडम गरेर फुटाउने गर्नेछन् यसपछि पनि।

    राजेश के सीले पक्कै पनि धेरै ग्राहक तान्नेछन् 'न्हूँ नेपाल'का लागि। अनि अर्को कुरो, यो कान्तिपुरको नयाँ ब्यबश्थापनले पाठक-मञ्चलाई गिँडेको पनि पटक्कै चित्त बुझेको छैन मलाई। पाठक-मञ्च देशका समस्याहरुको बारेमा वहस गर्ने एउटा लोकप्रिय डबली बनिसकेको थियो। यसलाई गिँडेर के पाउँछु भन्ठानेका होलान्?

    'न्हूँ नेपाल' एउटा निष्पक्ष र लोकप्रिय राष्ट्रिय पत्रिकाको रुपमा अगाडि बढ्न सकोस् भन्ने शुभकामना!

    ReplyDelete
  6. मैले बुझेको सोझो कुरा के हो भने राजनैतिक दलले पत्रिका पत्रिका चलाउन त सक्छ तर बिकाउन सक्दैन । पत्रिका बिकाउन र लोकप्रिय बनाउन पाठक कै भर पर्नु पर्छ।

    कान्तिपुर जस्तो पत्रिकाले यसरि पाठक-मञ्चलाई घटाएर र कुनै यौटा दल वा गुटतर्फ झुकाव राखेर चल्दा कालान्तरमा आफैलाई घाटा लाग्ने प्रष्ट छ ।

    फुटको स्वागत गर्न त सकिन्न तर जब छुट्टिने कार्य भईसक्यो, म पनि आशा गर्छु 'न्हूँ नेपाल' एउटा निष्पक्ष पत्रिकाको रुपमा अगाडि बढोस।

    ReplyDelete
  7. जुनसुकै राष्ट्रिय पत्रीकाहरु निष्पक्ष हुनु पर्छ.....
    'न्हूँ नेपाल' निष्पक्ष र लोकप्रिय पत्रिकाको रुपमा सफलताको साथ अगाडि बढ्न सकोस् भन्ने शुभकामना!

    ReplyDelete
  8. 'न्हूँ नेपाल' को पाइला राम्ररी टिकोस भन्ने कामना । माथि साथीहरुले भन्नुभएको कुरामा मेरो फुर्ण समर्थन छ । साथमा केही कुरा मात्रै थप्छुः पहिलेको कान्तिपुरले पाठक मञ्चको नाममा पैसा जोगाउँने मेलो पनि त गरेकै थियो । नयाँ लेखकहरुले पठाएका लामा लामा लेखहरुलाई पनि पाठक प्रतिक्रियामा छपाउने गरेको थियो । यदि त्यही लेख दृष्टिकोण पातोमा छापिएमा पारिश्रमिक दिनुपर्ने हुन्थ्यो । अनि अर्को कुरा पाठक मञ्चको प्रयोग पाठकवर्गले कम, डेस्क र पब्लिकेशनभित्रैबाट बढी उपयोग हुने कुरा पनि बारम्बार आउँने गरेको थियो । कति साँचो हो त्यो चाहि मैले यहाँ प्रष्ट पार्न सकिन है । यदि साँचो हो भने आधा स्पेस घटाएर पूर्ण रुपमा पाठकहरुकै लागि राखेको हो भने राम्रै पो हो कि।

    ReplyDelete
  9. 'न्हूँ नेपाल' को पाइला राम्ररी टिकोस भन्ने कामना । माथि साथीहरुले भन्नुभएको कुरामा मेरो फुर्ण समर्थन छ । साथमा केही कुरा मात्रै थप्छुः पहिलेको कान्तिपुरले पाठक मञ्चको नाममा पैसा जोगाउँने मेलो पनि त गरेकै थियो । नयाँ लेखकहरुले पठाएका लामा लामा लेखहरुलाई पनि पाठक प्रतिक्रियामा छपाउने गरेको थियो । यदि त्यही लेख दृष्टिकोण पातोमा छापिएमा पारिश्रमिक दिनुपर्ने हुन्थ्यो । अनि अर्को कुरा पाठक मञ्चको प्रयोग पाठकवर्गले कम, डेस्क र पब्लिकेशनभित्रैबाट बढी उपयोग हुने कुरा पनि बारम्बार आउँने गरेको थियो । कति साँचो हो त्यो चाहि मैले यहाँ प्रष्ट पार्न सकिन है । यदि साँचो हो भने आधा स्पेस घटाएर पूर्ण रुपमा पाठकहरुकै लागि राखेको हो भने राम्रै पो हो कि।

    ReplyDelete
  10. यी सुधीर शर्मा पहिला 'नेपाल'का सम्पादक हुँदापनि नेपाल अलि बढीनै माओवादीतिर ढल्केजस्तो लाग्थ्यो। जसले जे भनेपनि 'कान्तिपुर' दैनिक भने निष्पक्ष र पेशागत थियो। यदि माओवादीले कान्तिपुरभित्र आफ्नो 'सूँड' घुसारेर त्यहाँको फुटलाई मलजल गरेको हो भने स्वतन्त्र प्रेसका भावी दिनहरु सजिला छैनन् भन्ने स्पष्ट छ। माओवादीहरु प्रभावशाली संचार-संस्ताहरुलाई सके दमन गर्ने, नसके अनेक तिकडम गरेर फुटाउने गर्नेछन् यसपछि पनि।

    राजेश के सीले पक्कै पनि धेरै ग्राहक तान्नेछन् 'न्हूँ नेपाल'का लागि। अनि अर्को कुरो, यो कान्तिपुरको नयाँ ब्यबश्थापनले पाठक-मञ्चलाई गिँडेको पनि पटक्कै चित्त बुझेको छैन मलाई। पाठक-मञ्च देशका समस्याहरुको बारेमा वहस गर्ने एउटा लोकप्रिय डबली बनिसकेको थियो। यसलाई गिँडेर के पाउँछु भन्ठानेका होलान्?

    'न्हूँ नेपाल' एउटा निष्पक्ष र लोकप्रिय राष्ट्रिय पत्रिकाको रुपमा अगाडि बढ्न सकोस् भन्ने शुभकामना!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी - मेरो लागि एपमा

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ ।


मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ ।

किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावेश गरिए…

हाम्रो पात्रो नयाँ डिजाइनमा

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा!
नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रोको नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् ।
डिजाइन मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्याभिगेसन बार…

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

Subscribe to Aakar Post