Skip to main content

Where the mind is without fear

-By Rabindranath Tagore


Where the mind is without fear and the head is held high;
Where knowledge is free;
Where the world has not been broken up into fragments by narrow domestic wars;
Where words come out from the depth of truth;
Where tireless striving stretches its arms towards perfection;
Where the clear stream of reason has not lost its way into the dreary desert sand of dead habit;
Where the mind is led forward by thee into ever-widening thought and action -
Into that heaven of freedom, my Father, let my country awake.

भारतीय कवि रविन्द्रनाथ टेगोर ले भने जस्तै, म पनि यस्तै वासस्थान को कल्पना गरिरहेछु, तर अहँ सुन्दर र शान्त देश अब कहिले पनि पाउन सक्दिन जस्तो लागरे आउँछ । हामी नेपाली जनता सँधै ठगिएका छौँ, नेतृत्व वर्गबाट अथवा भनौँ शासक वर्गबाट । कहिले काँही सोच्छु, यो ब्रम्हाण्ड कति विशाल छ, पत्यार गर्न पनि गाह्रो छ कि, यो ब्रम्हाण्ड प्रति सेकेन्ड हजारौँ किलोमिटरको दरले फैलिरहेको छ । ब्रम्हाण्ड को आकार कति मात्रा मा छ, अनुमान गर्न पनि सँकिदैन, अनि यहाँ कति तारा, ग्रह र उपग्रहहरु छन्, कसैलाई थाहा छैन । हामीले विश्वास गर्ने गरेका छौँ कि पृथ्वि एउटा सानो ग्रह मात्र हो, यस्ता ग्रहहरु त अनगिन्ति छन् । तर पनि हामी आफैँ बिच लडाई गरिरहेका छौँ, मेरो र तेरो भन्दै यो पृथ्विमा रहन को लागि । यो हामी सबैको साझा घर हो, भन्ने कुरा हामी बिर्सदैँ गइरहेको आभास हुनथालेको छ ।

दिनहुँ सुनिने गरेका हत्या हिंसा का घटना ले मनमा एक प्रकार को वितृष्णा पैदा गरेको छ, मेरो मन मा । कुनै नजानिँदो भार ले थिचिरहेको छ । १२ वर्ष नेपाल मा रगत को खोलो बगेको सबैलाई थाहा छ, त्यसबाट कति नेपाली को घर उजाड भयो, कति को जीवन बर्दाद भयो, त्यसको लेखाजोखा नै छैन । कोही दुश्मन का नाम मा, कोही सुराकी का नाम मा, कोही शोषकी को नाममा त कोही सामन्ति, शाषक को निहुँमा अपहरण गरिए,कुटिए,हत्या गरिए । जो जाने गइहाले बाँच्ने पनि चैन ले बाँच्न पाएनन् ।

१२ बर्षको जनयुद्ध को कारक मानिएको माओवादी शान्ति प्रक्रिया मा आऊँदा, कुन चाँही नेपाली जनताले शान्त र समुन्नत नेपाल को कल्पना गरेन होला र ? तर अझैसम्म पनि हाम्रो कल्पना ले आकार पाएको छैन । संविधान सभाको चुनाव पनि भयो, र परिणामत: माओवादी एक ठूलो दल पनि भयो । तर उसको कृयाकलाप भने सुध्रन सकेन, उनीहरु सुध्रन नचाहेका हुन् या सुध्रन नसकेका हुन् भन्न चाँही कठिन नै छ । अझै पनि दिनहुँ ज्यादती का घटनाहरु सुन्न र पढ्न पाइन्छ, लाग्छ कानुनीराजको ठाडो उपहास भैरहेको छ ।

जेठ १५ गते नेपाल गणतन्त्रात्मक राज्य घोषणा हुँदैछ त्यसबेला प्रतिक्रान्ति हुनसक्ने खतरा औँल्याउँदै नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले सबै जनतालाई सडकमा ओर्लन आग्रह गरेकाछन् । विश्वास गरौँ, प्रतिक्रान्ति हुँदैन । जनताले विश्वास गरेर साथ पनि दिन्छन् तर किन माओवादीले तिनै जनतालाई पिडा दिन्छन् ? किन उनीहरु कानुन सबै आफ्नो हातमा लिएर वितण्डा मच्चाउँछन् ? उनीहरु सबैको मन जित्ने काम किन गर्दैनन् ?

तर एउटा कुरा के प्रष्ट हो भने उनीहरुको सय राम्रो कामलाई एउटा नराम्रो कामले मेटिदिने गरेको छ, उनीहरुलाई पनि यसैलाग्दो होला, तर किन त्यो एउटा गल्ति सँधै दोहोर्याइरहन्छन् ? अरुले जति नै भनेपनि आफ्ना संगठनहरुलाई विघटन नगर्ने भएका छन्, विघटन नगरुन् कम्तिमा नियन्त्रण त गर्न सक्छन् होला ? तर अहँ, उनीहरु त झन् हौसला पो थपिरहेकाछन्, तिमीहरुले राम्रो काम गय्रौ भन्दै !

अब आशा गरौँ, जेठ १५ पछिका दिनमा कमरेडहरु सत्ताको पछि मात्र नदगुरी, आफ्ना बोलीलाई व्यवहारमा उतार्नेछन् । आफ्ना संगठनलाई नियन्त्रण मा राखी साँच्चैको नयाँ नेपाल बनाउने छन् र हत्याहिंसाको राजनितीबाट टाढै रहनेछन् अनि मुख्य कुरो जनताको मानवअधिकार को ग्यारेन्टि गर्नेछन् । टेगोरले कवितामा भने जस्तै हाम्रो देश यस्तो ठाउँ बनोस जहाँ जनताले कहिले डर लिएर बाँच्नु नपरोस, जनता स्वतन्त्र भएर बाँच्न पाउन ! हामीले चाहेको शान्ती हामीलाई कहिले दिने त कामरेड ???

Comments

  1. great analysis!!
    जनताले विश्वास गरेर साथ पनि दिन्छन् तर किन माओवादीले तिनै जनतालाई पिडा दिन्छन् ? किन उनीहरु कानुन सबै आफ्नो हातमा लिएर वितण्डा मच्चाउँछन् ? उनीहरु सबैको मन जित्ने काम किन गर्दैनन् ?

    The reason is that maoist wants only the power and rule to the people of Nepal.....nothing more than that....

    ReplyDelete
  2. आफ्ना संगठन, जसको बलबुताको कारण आज उनिहरु शक्तिमा छन, त्यसको विघटन त पक्कै पनि गर्दैनन् यिनिहरुले । तर तपाईले भने जस्तै नियन्त्रण वा निगरानी मात्रै गरे पनि राम्रै हुन्थ्यो ।

    होईन भने क्षणिक रुपमा माओबादिलाई यो 'उग्र झुण्ड' को 'उग्रता' ले आफ्नो हैकम र दबदबा कायम राखे जस्तो लागे पनि कालान्तरमा यहि 'उग्रता' ले पुरै दललाई नै डुबाउने कुरो चाहिँ पक्का छ।

    ReplyDelete
  3. आफ्ना संगठन, जसको बलबुताको कारण आज उनिहरु शक्तिमा छन, त्यसको विघटन त पक्कै पनि गर्दैनन् यिनिहरुले । तर तपाईले भने जस्तै नियन्त्रण वा निगरानी मात्रै गरे पनि राम्रै हुन्थ्यो ।

    होईन भने क्षणिक रुपमा माओबादिलाई यो 'उग्र झुण्ड' को 'उग्रता' ले आफ्नो हैकम र दबदबा कायम राखे जस्तो लागे पनि कालान्तरमा यहि 'उग्रता' ले पुरै दललाई नै डुबाउने कुरो चाहिँ पक्का छ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो ।


नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो भन्…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने ।

त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न ।


एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएमएस त छँ…

यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी - मेरो लागि एपमा

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ ।


मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ ।

किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावेश गरिए…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

Subscribe to Aakar Post