डिल्लिबजारको ओरालो झरेका गाडीहरु पुतलीसडक चोकमा रोकिएका थिए, ट्राफिक प्रहरीबाट बाटो खुलेको ईशारा पर्खदैँ। त्यहाँ उडेको धुलो अनि खनिएको सडकमा जमेको पानीले आफू कुनै युद्दभूमीमा भएको आभास दिन्थ्यो। तिनकुने वानेश्वर क्षेत्रको सडक सार्क सम्मेलनको तयारीमा जुटिसक्दा पनि पुतलीसडक चोकमा भने धुलो उडिरहेको थियो। पुतलीसडक चोकको धुलो छल्दै अलि अघि बढेँ, ट्याक्सी कुर्न। दिल्ली जानको लागि एयरपोर्ट तीन, साँढे तिन भित्र पुग्नु पर्ने कुरा भएको थियो, "सेक्युरिटी कडा" छ भन्ने सुनिएको थियो सार्क'का कारण। आफूलाई हतार भएको बेला, सबै कुरा ढिलो भए झैँ लाग्छ। करिब १० मिनेट कुरेपछि बल्ल एउटा खाली ट्याक्सी देखियो, हातले ईशारा गरेँ, केही पर गएर ट्याक्सी रोकियो। ट्याक्सी रोकेर चढ्न पनि कहिलेकाँही महाभारत नै पर्छ, फलाना ठाउँ जाने, चिलाना ठाउँ नजाने, यति भन्दा घटि नजाने भनेर अड्को थाप्ने टन्नै ट्याक्सी गुड्छन् काठमाडौँमा। त्यही ट्याक्सीको महाभारत सोचेर, पहिले कलंकी देखि एयरपोर्टसम्म चल्ने साझा यातायातमा एयरपोर्ट जाने प्लान गरेको थिँए तर आफू पौने ३ बजेसम्म पुतलीसडकमै थिँए। साझाको रुट नमिल्ने भए