Skip to main content

Posts

Showing posts with the label YouTube

युट्युबमा आजबाट नेपालमा ट्रेन्डिङ भइरहेका भिडियोहरु हेर्न सकिने भएकोछ । गुगल'ले नेपाललाई लक्षित गरेर युट्युब सञ्चालन सुरु गरे सँगै युट्युबमा यो सुविधा उपलब्ध भएको हो । गुगलको एसिया प्यासेफिक ब्लग का अनुसार नेपाल सहित पाकिस्तान र श्रीलंकामा पनि यसै प्रकारको सेवाको सुरुवात गरेको जनाएको छ । युट्युबको लोगोमा NP लेखेर, गुगल'ले, युट्युब नेपाल को जनाउ दिएको छ। युट्युबको नेपाल संस्करणले नेपाल र नेपालीलाई लक्षित गरेर भिडियो बनाउने युट्युबप्रयोगकर्ताहरुलाई, धेरै नेपाली प्रयोगकर्ताहरु सम्म पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तै युट्युबमा भिडियो हेर्ने नेपाली प्रयोगकर्ताहरुले पनि नेपालमा रुचाइएका, धेरैले हेरेका, भिडियोहरु हेर्न पाउनेछन् । अब ट्रेन्डिङ भिडियो सेक्सनमा नेपालमा रुचाइएका, चलिरहेका भिडियोहरु देखिनेछ । तपाईले हेर्ने भिडियोहरु या भनौँ तपाईको भिडियो हेर्ने शैलीको अनुसन्धान गरेर, गुगल'ले तपाईलाई मनपर्न सक्ने भिडियोहरु देखाउँदै आएकोछ । अब यो लिस्टमा नेपालमा प्रचलनमा रहेका भिडियोहरु पनि थपिनेछन्। नेपाललाई लक्षित गरेर गतवर्ष नै युट्युबले नेपाली भाषामा उपलब्ध गराइसकेक

नेपाली ईन्टरनेट प्रयोगकर्ताहरु माझ, बहुप्रतिक्षित, ईन्टरनेटविना भिडियो हेर्न सकिने "युट्युब अफलाइन प्लेब्याक" फिचर अब नेपालमा सुरु भएकोछ । युट्युबमा आफूलाई मनलागेका भिडियोहरु "सेभ" गरेर आफ्नो अनुकुल समयमा, विना इन्टरनेट हेर्न सकिन्छ। युट्युब अफलाइन भिडियो कसरी हेर्ने? युट्युबको मोबाइल एपमा, आफूले सेभ गरेका भिडियोहरु, ईन्टरनेट नभएको समयमा पनि हेर्न सकिन्छ । युट्युबमा भिडियो अफलाइन हेर्न, ईन्टरनेट भएको समयमा, युट्युबमा उपलब्ध भिडियोहरु सेभ गरेर राख्नुपर्छ । युट्युबमा अपलोड गरिएका भिडियोहरुमा दायाँ तर्फ, "डाउनलोड" बटन देख्न सकिन्छ। डाउनलोड बटन क्लिक गरेपछि, भिडियोको गुणस्तर आफूले छान्नु पर्छ। भिडियो डाउनलोड भइसकेपछि, विना इन्टरनेट फेरि त्यही भिडियोहरु आफ्नो युट्युब एपमा हेर्न सकिन्छ । युट्युबका अनुसार, एकपटक डाउनलोड गरेको भिडियो, ४८ घन्टा सम्म मात्र अफलाइन हेर्न मिल्छ । साथै, भिडियो अपलोडकर्ताले भिडियो अफलाइन हेर्नको लागि डाउनलोड गर्न दिने वा नदिने 'अप्सन'मा 'डाउनलोड गर्न नदिने' पनि भनेका हुनसक्छन् । यस्तो अवस्थामा, उक्त भिडियो डाउनलोड

पाकिस्तानी सरकार ले पाकिस्तान मा ‘ फेसबुक र युट्युव ’ माथि प्रतिबन्ध लगाएको छ । ती दुवै वेवसाइटहरु पाकिस्तान मा अनिश्चितकाल का लागि बन्द गरिएका छन् । फेसबुक को Everybody Draw Mohammad Day — May 20 नामक पेज मा मुस्लिमहरु का आस्था का केन्द्र तथा ईश्वर का दुत ‘मोहम्मद’ को कार्टुन बनाएर, ‘मोहम्मद’ र सम्पुर्ण मुस्लिम समुदाय को धार्मिक आस्था माथि प्रहार गरिएको भन्दै, पाकिस्तान मा प्रदर्शन चर्केपछि, पाकिस्तानी सरकार ले बुधबार देखि फेसबुक माथि प्रतिबन्ध लगाएको हो । उक्त फ्यान पेज मा हालसम्म करिब १० हजार वटा मोहम्मद का विकृत कार्टुनहरु राखिएको छ । मोहम्मद माथि आस्था राख्ने जो कोहीलाई ती कार्टुनहरु सह्य नहुने किसिम का रहेका छन् । अघिल्लो दिन, त्यो पेज मात्र बन्द गरिएको भएपनि बुधबार दिउँसो देखि भने, फेसबुक पुर्ण रुपमा बन्द गरिएको थियो । त्यस्तै, पाकिस्तानी सरकार ले बिहिबार देखि भिडियो साटिने साइट ‘युट्युब’ लाई पनि अनिश्चितकाल का लागि पाकिस्तान मा प्रतिबन्ध लगाएको छ । युट्युब बन्द गर्नु को कारण, स्पस्ट रुपमा नखुलाइएको भएपनि, युट्युब मा ‘आपत्तिजनक’ भिडियोहरु रहेका कारण युट्युबलाई प्रतिबन्ध लगा