Skip to main content

Posts

Showing posts with the label Yeti

“यति प्रोजेक्ट जापान” नामक जापानीजहरु को एकटोलीले, नेपाल र तिब्बत बिचको हिमाली क्षेत्रमा बसोबास गर्ने विश्वास गरिएको हिममानव “यति” को पदचाप भेटेको दाबी गरेकाछन् । यति प्रोजेक्ट जापान का लिडर योसितेरु ताकाहासी भन्छन् - “हिममानव ‘यति’ को पैताला को लम्बाइ लगभग २० सेन्टिमिटर (८ ईन्च) छ भने पैताला मान्छे कै जस्तो देखिन्छ” । हिममानव यतिको खोजीमा हिँडेको सात सदस्यीय उक्त टोली ले तेस्रो पटक को यात्रा मा हिममानवको पैताला (पदचाप) भेटेका हुन् । ७,६६१ मिटर (२५,१३५ फुट) अग्लो द्यौलागिरी चौथो हिमाल मा ४२ दिन बिताएका उनीहरुले, काठमाडौँ फर्किएपछि यी कुराहरु सार्वजनिक गरेका हुन् । विगतका “यति” सँग सम्बन्धित विभिन्न कुराहरु आफूहरुले भेटेको, देखेको र अनुभव गर्न पाएको दावि उनीहरुले गरेकाछन् । तर यससम्बन्धी कुनै फिल्महरु भने खिचिएको छैन । तर ताकाहासी भन्छन्, “यति को पैताला नै यति रहेको कुरा का प्रमाणका लागि पर्याप्त छन्” । उनी अघि थप्छन् – “म र मेरो टिम हिमाली क्षेत्रमा घुमेको धेरै वर्ष भैसकेको छ र हामी हिमाली भालु, ब्वाँसो, चितुवा आदिका पैतालाहरु चिन्छौँ, तर यो पैताला यी मध्ये कसैको पनि होइन” । “भेटिएको ...