Skip to main content

Posts

Showing posts with the label Video

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

चित्र बनाउन भनेपछि, सबैलाई गाह्रो लाग्छ । हुन पनि हो, चित्र कोर्नलाई गाह्रो नै छ, सबैले गर्न सक्दैनन् । म केही पहिलेसम्म स्केच कोर्थेँ, तर अहिले तिनै स्केच कोर्न पनि म नसक्ने भएको छु, अत: चित्र कोर्न निरन्तर अभ्यास जरुरी छ भन्ने लाग्छ । आज यहाँ यस्तो 'टेक्निक' को चर्चा गरिएको 'टेड' भिडियो राख्दैछु, यो भिडियो हेरिसकेपछि जस्तोसुकै व्यक्तिले पनि चित्र कोर्न सक्नेछन् । चित्र कोर्ने भन्ने बित्तिकै, एकदम 'पर्फेक्ट', जेसुकै, जुनसुकै कुराको पनि चित्र बनाउन सकिन्छ भनेको चाँहि होइन, त्यसको लागि त निरन्तर अभ्यास नै आवश्यक पर्छ । तर यति चैँ भन्न सकिन्छ कि, यो भिडियो हेरिसकेपछि तपाईले 'अल्बर्ट आइन्सटाइन'को स्केच चैँ सजिलै बनाउन सक्नुहुन्छ । वाँयाबाट दाँया क्रमैसँग । कागज र कलम तयारी अवस्थामा राखेर, चित्र बनाउन सिकाउने तलको टेड टकको भिडियो हेरौँ । टेड टक'को यो भिडियोमा ग्राम स्‌ ले भनेजस्तै सजिलै चित्र कोर्न सकिन्छ । एकपटक अवश्य बनाउनुहोस् ।

आफ्ना ट्याक्सीहरु नभएको यातायात कम्पनी 'उबर' (Uber), आफ्ना घर/होटलहरु नभएको तर घर भाडामा दिने कम्पनी 'एयर बि एन बी' (Airbnb) आदि 'अन डिमान्ड सर्भिस' (चाहिएको बखत तुरुन्तै सेवा) दिने कम्पनीहरुले अहिले विश्व बजारमा तहल्का मच्चाइरहेका छन् । आफैँ खाना नबनाउने तर विगत १ सय २५ वर्ष देखि आफ्ना ग्राहकलाई निरन्तर खाना ख्वाँउदै आइरहेको कम्पनी 'मुम्बई डब्बावाला'ले पनि आफ्नो सेवाबाट सबैलाई चकित तुल्याउँदै आएको छ । मुम्बई डब्बावालाका डा. पवन अग्रवालको कुरा मान्ने हो भने, न त डब्बावालाहरु पढे लेखेका छन्, न त प्रविधिकै उपयोग गर्छन् तर निरन्तर १ सय २५ वर्ष देखि काम गरिरहेकाछन्, न त कहिले डब्बा साटिन्छन्, न त डब्बावालाहरु ढिलो नै पुग्छन्, न त कहिले काम नै रोकिएको छ, डब्बावालाहरु कामलाई 'भगवान' मान्छन् । को हुन् मुम्बईका डब्बावाला? मुम्बई सहरमा, बिहान घरमा बनेको खाना, दिउँसो अफिसमा पुर्याउने व्यक्तिहरु डब्बावाला हुन् । अफिसमा काम गर्ने धेरैजसो व्यक्तिहरु घरकै खाना खान रुचाउँछन्, तर उनीहरुको अफिस २-३ घन्टा रेल चढेर जानुपर्ने हुन्छ । अत: ९ बजे अफिस पुग्न, धेर

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ

फोटो खिच्न महंगो क्यामेरा होइन, 'कन्सेप्ट'को जरुरी पर्छ । मोबाइल फोनबाटै खिचिएका फोटोहरु ले पनि बेला - बेलामा तहल्का मच्चाउने गरेकाछन् । आज यस ब्लगमा भने, मोबाइलबाट सम्भवत पहिलो नेपाली म्युजिक भिडियो खिचिएको चर्चा गरिँदैछ। २०१२ को सेप्टेम्बरमा ठूलो तामझामका साथ, नोकियाले "लुमिया ९२०" विन्डोज फोन सार्वजनिक गर्यो । नोकियाले लुमिया ९२० को ८ मेगापिक्सल क्यामेरालाई 'प्योर भ्यु'को विशेषण दिएर, आफ्नो क्यामेरा उत्कृष्ट भएको बताएको थियो। फोन सार्वजनिक गर्ने क्रममा, नोकिया लुमिया ९२० बाट खिचिएको भिडियो भन्दै केही भिडियोहरु पनि देखाइएको थियो, तर पछि थाहा भयो, ती भिडियोहरु मोबाइलबाट खिचिएका थिएनन् । नोकियाको कर्तुतको आलोचना हुनथालेपछि, नोकियाले आफ्नो ब्लग मार्फत माफी नै माग्नुपर्यो । माथि नोकियाको प्रसंगले थाहा हुन्छ, ३ वर्ष अघिसम्म मात्रै पनि व्यवसायिक भिडियो खिच्नका लागि मोबाइलहरु उपयुक्त थिएनन् । तर विगत ३ वर्षमा आइफोन, एन्ड्रोइड तथा विन्डोज फोनका सफ्टवेयर र हार्डवेयरमा ठूलै परिवर्तन भइसकेकोछ । अब स्मार्टफोनबाट भिडियो खिच्नु, बनाउनु ठूलो कुरो रहेन, दिनहुँ आन्दोलनक

विगत १७ वर्षमा गुगलको लोगो धेरै पटक परिवर्तन भइसक्यो । महिना दिन पहिले एल्फाबेटको घोषणा पछि, गुगलको लोगो फेरि परिवर्तन भएकोछ । पहिलेको झैँ निलो, रातो, पहेँलो र हरियो गरि चार प्रकारको रङ्गहरु प्रयोग भएको लोगोको बनोटमा स्यान्स सेर्‌फ समूह अन्तर्गतको 'प्रडक्ट स्यान्स' फन्ट प्रयोग गरिएकोछ। गुगलका सबै प्रडक्टमा गुगलको नयाँ लोगो प्रयोग हुनेछ, सानो ठाउँ तथा फेभिकनको लागि 'जि' मात्रै लेखिएको लोगो प्रयोग हुनेछ भने, मोबाइलमा सर्च गर्नुपर्दा 'डटहरु'को एनिमेसन देखिनेछ । गुगलको नयाँ लोगोको डिजाइनबारे विस्तृत कुरा यहाँबाट पढ्न सकिन्छ । गुगलको होमपेजमा गुगल डुडलको रुपमा गुगलको नयाँ लोगो राखिएको छ। गुगलको नयाँ लोगोलाई अधिकांशले मन पराएकाछन् ।

तपाई अब दोस्रो देखि चौधौँ शताब्दीमा प्रवेश गर्दैहुनुहुन्छ भन्ने आशय लेखिएको स्वागतव्दारबाट भित्र प्रवेश गरियो । दोस्रो देखि चौधौँ शताब्दी भन्ने बित्तिकै मन यसै रोमाञ्चित भइसकेको थियो । पहाडको फेदीमा रहेको बुजाङ पुरातात्विक संग्राहलयको हातामा पुग्दा, सोचेको भन्दा बेग्लै समय र परिवेशमा पुगियो । शान्त, हरियाली, शताब्दीऔँ लामो ईतिहास बोकेको संग्राहलय लगभग खाली थियो, मान्छेको भिडभाड थिएन । तर त्यहाँ देखिएका र भेटिएका पुरातात्विक वस्तुहरुले भने एउटा अनौठो किसिमको तरङ्ग छाडिरहेको थियो। मलेसियामा एक हप्ते लामो बसाइका क्रममा, जुनको अन्तिम साता बुजाङ भ्यालीमा रहेको पुरातात्विक संग्राहलय गइएको थियो । कम्बोडिया, थाइल्यान्ड लगायत देशमा पुराना हिन्दू मन्दिरहरु छन् भन्ने सुनेको थिँए, तर मलेसिया मुस्लिम देश भएका कारण मैले यस किसिमको संग्राहलयको आशा राखेको थिँइन । मैले हिन्दुहरुको बारेमा बखान गर्न खोजेको होइन, तर हिन्दु धर्मको प्रवाह धेरै पहिले देखि नै रहेको थाहा पाउँदा छक्क परियो, अनि छाती पनि ढक्क फूल्यो । दोस्रो शताब्दी देखि चौधौँ शताब्दीको बिचमा बनेका मन्दिरहरुका भग्नावशेष, त्यस समयमा प्रयोग ह

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

फेसबुकको लोकप्रियता सँगै "सोसल मिडिया मार्केटिङ"को ट्रेन्ड देखापर्यो । अझ फेसबुकले 'बिजनेस पेज'को अवधारणा ल्याएपछि र इन्टरनेट जनसङ्ख्या फेसबुकमा तानिएपछि, अधिकांश कम्पनी/ब्रान्डहरुले 'फेसबुक'मा आफ्नो उपस्थिति जनाउन थाले । कोकाकोला र रिहानालाई मात्र होइन, नेपाली अनलाइन टिसर्ट स्टोर 'थ्रेडपेन्ट्स' लाई पनि फेसबुक बरदान सावित हुँदैआएकोछ । फेसबुकका अनेकौँ फाइदाहरु हुँदाहुँदै पनि यतिबेला फेसबुक 'लाइक'का बारेमा विभिन्न टिका-टिप्पणीहरु आउने गरेकाछन्, विशेषत 'फेसबुक विज्ञापन'का कारण । सोसल मिडिया मार्केटिङ अहिलेको समयमा ब्रान्ड तथा कम्पनीहरुको लागि अत्यावश्यक कुरा हो । फेसबुक लगायतका केही मार्केटिङ एजेन्सीहरुले सोसल मिडिया मार्केटिङलाई 'फेसबुक विज्ञापन' र 'फेसबुक लाइक' हो भनेर बुझाउने गरेका कारण हिजोआज ब्रान्डहरु कंगाल भइरहेकाछन् । धेरै लाइक/फ्यान ल्याउन कम्पनीहरु फेसबुक विज्ञापनमा लाखौँ खर्च गरिरहेकाछन् तर वास्तविकतामा उनीहरु 'फेक' लाइक किनिरहेकाछन् जसको हुनु र नहुनुमा केही फरक छैन । ब्रान्ड तथा कम्पनीहरुले जा

Bhim Niroula's latest video ' Sunday Morning Love you ' is going viral on the internet. Sunday morning love is popular among Nepalis generating 350K+ views within a week, few are skeptical about his song though. Watch: Hitler Reacts to Sunday Morning Love As usual, our Hitler is not happy with Bhim Niroula, as Saturday has been missing from the song. Hitler becomes furious when an Officer tells him that Nepalis are using a new chemical weapon called 'Sunday Morning Love' to win the world war. Hitler orders Bhim to add Saturday Morning Love in his song. Hitler video is also going viral on the web after Sunday Morning Love. Hitler's reaction to Sunday morning love has been watched more than 30K times within two days.

१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित " सन्डे मर्निङ लभ यु " ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । गएको ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएकोछ भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ । रमाइलो शब्द, लय अनि कम्मर मर्काइ मर्काइ नाचेका कारण भिडियोले अनलाइनमा छोटो समयमै लोकप्रियता हासिल गरेकोहो । सिम्प्लिफाइ ३६० का अनुसार  यो भिडियोबारेमा ६ हजार भन्दा धेरै ट्विट गरिएकोछ।यो गितले कोलाभरी डी तथा ग्याङनाम स्टाइल झैँ अनलाइनमा तहल्का मच्चाउने आकंलन गरिएकोछ । भिडियोको चर्चा १-२ दिन यही गतिमा हुने हो भने संसार भरि यही सन्डे मर्निङको बारेमा चर्चा हुने कुरालाई नकार्न सकिन्न । लगभग ६ सयवटा भिडियो अपलोड गरेका भिम निरौलाको सबैभन्दा चर्चित गित नै यही बन्न पुगेकोछ । भिडियोमा लगातार कमेन्टको वर्षा भइरहेकोछ, अधिकांशले भिडियोबाट भरपुर मनोरन्जन लिएको उल्लेख गरेकाछन् । भिडियो भाइरल भएसँगै, "Sunday Morning Love You" भन्ने पेजहरु फेसबुकमा धमाधम बन्न थालेकाछन् यसका साथै "Bhim was born in Nepal" भन्ने भनाइहरु पनि अनलाइनमा

चलचित्र भनेको 'दृश्य' हो भन्ने कुरा चलचित्र मौन हेरेपछि अनुभव भयो । संवाद थोरै छन् (सवटाइटल राखिएकोछ), अत: सबै भार दृश्यमा परेकोछ,  ती संवादहिन दृश्यहरु हामीलाई हलमा सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल छन् । "मौन" नामक किताब र त्यसकी लेखिका वर्षा (नम्रता श्रेष्ठ) को परिचय सँगै चलचित्रको कथा सुरु हुन्छ । सुन्न र बोल्न नसक्ने वर्षा अमेरिकामा आफ्नो बुवासँग बस्छिन् । उनी केही समयको लागि नेपाल फर्केर आएकिछिन् र उनीजस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि व्यक्तित्व विकासको वर्कसप आयोजना गर्छिन् । व्यक्तित्व विकासको वर्कसपमा वर्षा र अमन (अर्पण थापा)को भेट हुन्छ । यही भेट पछि प्रेमा रुपान्तर हुन्छ, बिचमा केही उतारचढावहरु आउँछन्, साना-साना कुरामा उनीहरु छुट्टिन्छन् अनि फेरि भेटिन्छन् ! वर्षा सबै परिवार सहित अमेरिका फर्कने क्रमा हुन्छिन् तर उनको जिवनमा अकास्मात नसोचिएको घटना घट्न पुग्छ ।अमन सुरुमा देख्दा अलि 'साइको' पाराको लाग्छ तर वर्षासँगको सामिप्यतासँगै उसमा केही परिवर्तनहरु देखिनथाल्छन् ।अमनलाई सँधै एउटा सपनाले बारम्बार सताउने गर्छ, उक्त सपनाको रहस्य फि

ट्विटरमा सबैभन्दा धेरै "पपुलर" भएको फोटो, ट्विट, भाइन भिडियो आदिबाट आफ्नो ट्विट भिडियो बनाउन मिल्छ । भिजिफाइ सँगको सहकार्यमा, आफ्ना "पपुलर" फोटो, भाइन भिडियो, ट्विट, फलोअर आदिलाई समेटेर केही मिनेटमै फलोमी ( #FollowMe ) भिडियो बनाउनमिल्ने सुविधा ट्विटरले हिजोबाट सुरु गरेकोछ  । यति मात्र होइन भिडियोबाट, आफूले ट्विट गर्ने विषय र समय पनि थाहा पाउन सकिन्छ । भिडियो बनाउन, भिजिफाईमा ट्विटरबाट साइनइन गर्नुस । त्यसपछि भिजीफाईले अटोमेटिक रुपमा केही मिनेट भित्रैमा तपाईको ट्विटहरुको फलोमी भिडियो तयार पारिदिन्छ । भिडियो तयार भइसकेपछि, आवश्यकता अनुसार आफूले सम्पादन पनि गर्न मिल्छ । Hey @KakaBaa , @Lohsirk , @anantabrt , you've got a starring role in my video: https://t.co/wL9iSnup1a #FollowMe #Vizify — Aakar Anil (@aakarpost) June 13, 2013 फरक प्रसंग हिजो देखि ट्विटरले ट्विटर एनालिटिक्स सबैको लागि खुला गरेकोछ । आफ्नो कुन ट्विट कति "ईंगेजिङ" छ, कुन लिंक कति पटक क्लिक भयो, कति पटक रिट्विट भयो, मेन्सन भयो, फेव भयो आदि विविध कुराहरु यसबाट जान्न सकिन्छ ।

गतहप्ता फ्रान्सेली केन्द्रमा भएको कार्यक्रममा मैले एउटा प्रश्न सोधेको थिँए, "जनयुद्धका विषयमा बनेका चलचित्रहरु किन हेर्ने वा भनौँ उमा किन हेर्ने?", उत्तर थियो "उमा 'वार मुभी' होइन तर तत्कालिन जनयुद्धका कारण उब्जिएका विभिन्न समस्याहरु मध्यको एउटा पाटोको चित्रण हो । वास्तवमा भन्ने हो भने, 'उमा' मानविय सम्बन्ध र सम्वेदना कथा हो ।नेपाल प्रहरी सेवामा रहेको दाजु र माओवादी जनयुद्धमा होमिएकी बहिनी बिचको सम्बन्धको कथा नै उमाको कथा हो।" दाजु मिलन कुँवर (सौगात मल्ल) प्रहरी सेवामा छन्, बहिनी उमा (रिचा शर्मा) प्लस टुको पढाइ पछि काठमाडौँ गएर नर्सिङ पढ्ने  चाहना छ, अनि आमा (मिथिला शर्मा) बिरामी छिन्। गाउँमा सुनिल सर (प्रकाश घिमिरे) छन्, उनी क्रान्तिका कुरा गर्छन्, सामाजिक विभेदका विरुद्ध आवाज उठाउन प्रेरित गर्छन्, साहित्यका माध्यमबाट राजनैतिक चेत युवाहरूमा बाँड्ने कोशिस गर्छन् । सुनिल सरको अभियानमा सहभागी हुन, दिल्लीमा इन्जिनियरिङ पढिरहेका सुनिल सरका पुराना विद्यार्थी अनिल (प्रविण खतिवडा), सुनिल सरकै गाउँमा आउँछन् । सुनिल सर माओवादी भएको निहुँमा प्रहरीबाट मारि

गुगल का फ्यानहरुलाई अर्को दुखद खबर छ । गुगल रिडर बन्द गर्ने घोषणा गरेको केही हप्ता पछि नै गुगलले हिजो युट्युब बन्द गर्ने घोषणा गरेको छ । युट्युबमा राखिएको भिडियो सन्देशमा युट्युब आफ्नो लक्ष्य भन्दा बाहिर गएकोले बन्द गर्नुपरेको उल्लेख गरिएकोछ । आठ वर्ष अघि सन् २००५ मा युट्युब भिडियो कम्पिटिसन साइटको रुपमा सुरु भएको थियो । युट्युब बन्द गरिने घोषणा सँगै ह्याकरहरुको एक समूहले गुगल म्याप ह्याक गरिदिएकाछन् । यो आठ वर्षको दौरानमा करोडौँ भिडियोहरु युट्युबमा अपलोड भएका थिए । युट्युबका अनुसार आठ वर्ष अघि सुरु भएको भिडियो कम्पिटिसन हिजो सकिएकोछ । भिडियो कम्पिटिसन सकिएपछि युट्युबको कुनै अर्थ नभएको गुगलले जनाएकोछ । Watch Video: Google to shutdown YouTube Bye bye YouTube. युट्युबमा ‘पोस्ट’ गरिएका भिडियोहरु मध्येबाट उत्कृष्ट भिडियो छानेर पुरस्कृत गरिने भएकोछ । त्यसका लागि युट्युबले चलचित्र समिक्षक, युट्युब प्रयोगकर्ताहरू, युट्युब सेलिब्रेटिहरु आदि रहेको निर्णायक मण्डलको गठन गरेकोछ । गठन गरिएको निर्णायक टोलीको मुख्य काम भनेको युट्युबले विगत आठ वर्ष देखि सञ्चालन गरेको भिडियो कम्पिटिसनबाट उत

शीर्षक झ्वाट्ट पढ्दा, अहिलेको राजनितिक परिस्थितिको बारेमा लेखिएको ब्लग जस्तो लाग्नसक्छ, तर सुरु मै भनौँ यो ब्लग दिल भुषण पाठकले साहित्यकार जगदीश घिमिरे सँग टेलिभिजन कार्यक्रम ‘टफ टक’मा गर्नुभएको कुराकानीमा आधारित छ। केही महिना अघि प्रकाशित “सकस” आख्यानका सम्बन्धमा धेरै कुराहरु सुन्दै आएको भएपनि, पढ्ने मौका अहिलेसम्म जुरेको छैन । घिमिरेको आख्यान “सकस” पढ्न नै “सकस” छ भन्ने भनाइ सुनेको भएर पनि, सायद पढ्ने हिम्मत नजुटेकोहोला । तर युट्युबमा ‘टफटक’ हेर्दै गर्दा, र “सकस” को कुरा सुन्दै गर्दा लाग्यो, रणबहादुर शाह देखि अहिलेसम्म पनि समाज त उस्तै रहेछ, टाउके राजनिति उस्तै रहेछ, बर्बरता उस्तै रहेछ, क्रुरता उस्तै रहेछ । घिमिरेले “सकस”मा लेख्या कुरा त इतिहासका कुरा भए, तर आफ्नै समयकालमा बर्बरताको समाचार पढ्दा आफूलाई पनि “सकस” भएर आउँछ । दुई दिन सम्म सिस्नुपानी लगाउँदा नि प्राण नगएपछि, जिउँदै खाल्डोमा गाडेँ भनेर पिडकले बयान दिएको समाचार आयो, हत्या भएको आठ वर्षपछि । अनि प्रधानमन्त्री आफ्ना कार्यकर्ताको बचाउ गर्न लागिपरेकाछन्, कारवाही नगर्न निर्देशन दिइरहेकाछन्, ओहो कस्तो यो लोकतन्त्र । साँच्चै “टफ

Mustang, known as forbidden kingdom is largely insulated from the outside world. It is believed that there’re thousands of unexplored caves in Mustang. The National Geographic team; legendary climber Peter Athans, archaeologist Mark Aldenderfer and Photographer Cory Richards unearth the hidden relics of Nepal's ancient and remote caves and reveals the treasures waiting to be discovered within the sky caves of Nepal — stunning murals, deteriorating manuscripts, and ancient artifacts. National Geographic team talks about Mustang Sky Caves in the following videos. Video was released on YouTube few days back. Watch: National Geographic Live! Sky Caves of Nepal       Image via National Geographic