Skip to main content

Posts

Showing posts with the label Valentine day

Listen to Bulbul Episode-181 सम्बन्धहरु स्वर्गबाटै बनेर आएका हुन्छन् (Relations are made from heaven)। यो वाक्यलाई पुष्टि गर्ने हाल अमेरिका रहेकी एउटी नेपाली युवतीको वास्तविक प्रेम कथा आजको बुलबुलमा । शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Happy Valentine

(प्रेम दिवस या भनौँ भ्यालेन्टाइन डे आउन एकहप्ता बाँकी छ । यसै सेरोफेरोमा आज हामीले साथी निशांकको “भ्यालेन्टाइन डे” नामक कथा प्रकाशित गरेकाछौँ । - आकारपोष्ट) अ स्ति ट्वीटरमा अनन्त सरले ‘मेन्सन’ गरेपछि बल्ल धेरै भएछ नलेखेको जस्तो ‘फिल’ भयो। अझ सरले #Feb लागेछ भन्नु भयो, सार्‍है घत लाग्यो। कतै म पनि भर्खर बैंसले छोएका अनि भ्यालेन्टाइन-डेको व्यग्र प्रतिक्षा गर्दै बसेका फुच्चे लभरब्वाइहरु जस्तै देखिएको पो छु कि जस्तो लागेर आयो। भित्रभित्रै त हल्का प्रतीक्षा त जसले पनि गर्छ, नदेखियोस् भन्ने मात्र मनसाय हो। यो कुरामा मै मात्र बिटुलो छुइन होला, यहाँ जम्मै सिंगल उस्तै परे मिङ्गलहरु पनि ‘फोट्टिन फेब्रुअरी’ कहिले आउला र प्रपोज गरौँला/गर्लान भनेर 'फिंगर क्रस' गरेर बसिरहेका होलान्। होलान् के भन्नु, छन् नै। नेपालमा यसरी चर्कै भ्यालेन्टाइन मनाउन थालिएको कहिले देखि हो कुन्नि, मैले चाहिँ डाइरेक्ट कलेज पुगेपछि यो घटना र 'हेल्लो पुजा, के छ मैया' गीत सुनेपछि बल्ल थाहा पाएको हूँ।  सानैमा एसएलसी पास गरियो, स्कुलमा जसरी कलेजमा पनि सँधै फुच्चे मै गनिइयो, फुच्चेहरुलाई कसैले हेर्दारहेनछन्।