Skip to main content

Posts

Showing posts with the label Travelogue

तपाई अब दोस्रो देखि चौधौँ शताब्दीमा प्रवेश गर्दैहुनुहुन्छ भन्ने आशय लेखिएको स्वागतव्दारबाट भित्र प्रवेश गरियो । दोस्रो देखि चौधौँ शताब्दी भन्ने बित्तिकै मन यसै रोमाञ्चित भइसकेको थियो । पहाडको फेदीमा रहेको बुजाङ पुरातात्विक संग्राहलयको हातामा पुग्दा, सोचेको भन्दा बेग्लै समय र परिवेशमा पुगियो । शान्त, हरियाली, शताब्दीऔँ लामो ईतिहास बोकेको संग्राहलय लगभग खाली थियो, मान्छेको भिडभाड थिएन । तर त्यहाँ देखिएका र भेटिएका पुरातात्विक वस्तुहरुले भने एउटा अनौठो किसिमको तरङ्ग छाडिरहेको थियो। मलेसियामा एक हप्ते लामो बसाइका क्रममा, जुनको अन्तिम साता बुजाङ भ्यालीमा रहेको पुरातात्विक संग्राहलय गइएको थियो । कम्बोडिया, थाइल्यान्ड लगायत देशमा पुराना हिन्दू मन्दिरहरु छन् भन्ने सुनेको थिँए, तर मलेसिया मुस्लिम देश भएका कारण मैले यस किसिमको संग्राहलयको आशा राखेको थिँइन । मैले हिन्दुहरुको बारेमा बखान गर्न खोजेको होइन, तर हिन्दु धर्मको प्रवाह धेरै पहिले देखि नै रहेको थाहा पाउँदा छक्क परियो, अनि छाती पनि ढक्क फूल्यो । दोस्रो शताब्दी देखि चौधौँ शताब्दीको बिचमा बनेका मन्दिरहरुका भग्नावशेष, त्यस समयमा प्रयोग ह

डिल्लिबजारको ओरालो झरेका गाडीहरु पुतलीसडक चोकमा रोकिएका थिए, ट्राफिक प्रहरीबाट बाटो खुलेको ईशारा पर्खदैँ। त्यहाँ उडेको धुलो अनि खनिएको सडकमा जमेको पानीले आफू कुनै युद्दभूमीमा भएको आभास दिन्थ्यो। तिनकुने वानेश्वर क्षेत्रको सडक सार्क सम्मेलनको तयारीमा जुटिसक्दा पनि पुतलीसडक चोकमा भने धुलो उडिरहेको थियो। पुतलीसडक चोकको धुलो छल्दै अलि अघि बढेँ, ट्याक्सी कुर्न। दिल्ली जानको लागि एयरपोर्ट तीन, साँढे तिन भित्र पुग्नु पर्ने कुरा भएको थियो, "सेक्युरिटी कडा" छ भन्ने सुनिएको थियो सार्क'का कारण। आफूलाई हतार भएको बेला, सबै कुरा ढिलो भए झैँ लाग्छ। करिब १० मिनेट कुरेपछि बल्ल एउटा खाली ट्याक्सी देखियो, हातले ईशारा गरेँ, केही पर गएर ट्याक्सी रोकियो। ट्याक्सी रोकेर चढ्न पनि कहिलेकाँही महाभारत नै पर्छ, फलाना ठाउँ जाने, चिलाना ठाउँ नजाने, यति भन्दा घटि नजाने भनेर अड्को थाप्ने टन्नै ट्याक्सी गुड्छन् काठमाडौँमा। त्यही ट्याक्सीको महाभारत सोचेर, पहिले कलंकी देखि एयरपोर्टसम्म चल्ने साझा यातायातमा एयरपोर्ट जाने प्लान गरेको थिँए तर आफू पौने ३ बजेसम्म पुतलीसडकमै थिँए। साझाको रुट नमिल्ने भए

अघिल्लो वर्षको जनवरीमा लेखिएको " एउटा फेक ट्विटर एकाउन्टको नाममा " ब्लग  वर्षैभरि  अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु । १. म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"। २. एक जन

"आज मसँग चानचुन भएन, चिया खानुपर्नेथियो?” एकजना बूढाबा आफू बसेको कुर्सी नजिकै आएर नजाँनिदो किसिमले 'चानचुन' दिन आग्रह गर्छन् । उनको 'चानचुन'को आग्रह सुनेर हामीबिच हाँसोको फोहोरा छुट्छ, काकाबाले ती बुढाबालाई केही चानचुन दिनुहुन्छ, हामी फेरि 'चानचुन' बाको कुरा काट्दै चिया सुरुप्प पार्छौँ । चानचुन'बा पनि अघिल्लो महिना इन्द्रदह हाइकिङ जाँदा भेटिएका 'कान्छा काका' बिर्साउने किसिमका रहेछन्, तर उनलाई हामीले धेरैबेर अल्मल्याएनौँ । पावर हाउसबाट पोखरी जाने उकालो सिँढि चढ्दै गर्दा केही अघि तिनै बूढाबा भेट भएका थिए । ती बूढाबा ओरालो झर्दैथिए, हामी उकालो चढ्दै थियौँ । ३ घन्टा घाममा सेकिँदै हिँडेका हामीलाई भोक लागिसकेको थियो, काकाबाले ती बूढाबालाई सोध्नुभयो, “यता खाने ठाउँ कता छ?” । ती बूढाबाले हातले ईशारा गर्दै, 'एउटा उ तल छ, एउटा यता घर माथि छ' भने । चित्तबुझ्दो जवाफ नभेटेकोले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदियौँ । १० – १२ वटा खुड्किलो के चढिएको थियो, ती बूढाबाले घरपछाडी भनेर ईशारा गरेको घरको पछाडी देखियो, भोज भतेरको लागि धमाधम पकाउ

इन्द्र दह नाम सुन्दा, एउटा सुन्दर पोखरीको कल्पना गरेको थिँए । डाँडाको माथि जंगलमा छ भनेपछि, दहको कल्पना झनै सुन्दर बनेको थियो । जंगलको बिचमा पोखरी, रङ्गी बिरङ्गी माछाहरु, मन्दिरहरु आदि आदि । हिँड्न भनेपछि रमाईलो लाग्छ, केही हप्ता पहिले मात्रै पनि घान्द्रुक सम्म पुगेर आइयो । अस्तिको शनिबार इन्द्र दह हाइकिङ जाने प्लान बनेको थियो, केहि दिन अघि मात्रै । काठमाडौँको भिडभाड, अझ भनौँ पछिल्लो समय बढेको धुँवा धुलोबाट केही छिनको लागि भने पनि प्रत्यक्ष राहत मिल्ने, हाइकिङ जाने प्लान अन्तर्गत साँढे सात बजे कलंकी चोक पुगियो । तर सबै साथीहरु जम्मा हुन करिब १ घन्टा नै लाग्यो, बिहान कलंकीको पुल छेवैको चियापसलमा चिया पिउँदै बिताइयो । दिउँसो डाँडाको माथि पुगियो, बलम्बुको रिन्छेन गुम्बा, तोरीबारीहरु, चियापसल र जंगल हुँदै । माथि पुग्दा हाम्रा @kakabaa का साथीले खानेकुराको बन्दोबस्त गरिसक्नुभएको रहेछ -- लोकल कुखुरा । पुग्ने बित्तिकै खाजा अनि दह घुमेर आएपछि खाना खाने सहमति भयो तर खाजा नै यति धेरै खाइयो कि खाना बल्लतल्ल सकाइयो । सँधै हाइकिङ गइरहने हामीलाई, यो पटक पिकनिक गएझैँ रमाईलो भयो । नेपाल एकिकरण

१. सस्तो खाना बल्खुबाट सुमो गुढेको करिब अढाई घन्टापछि देउराली भन्दा पर तलतिर गढीमा खाना खानको लागि रोकियो । सिटमा सँगै रहेका एकजना सिस्नेरी नपुग्दै देखि ड्राइभरलाई खाना खाने ठाउँ सोधिरहन्थे, उनको बोली सुन्दा सुन्दा मलाई पनि झर्को लागिसकेकोथियो । ड्राइभर पनि कुनै कुरा नसुनेको झैँ उडाइदिन्थे, म पनि ड्राइभरले ठिकै गरे भनेर मनमनै भन्थेँ। ती सिटका व्यक्ति यतै सिस्नेरीमा खाउँ, कुलेखानीमा खाउँ, देउरालीमा खाउँ भन्थे, ड्राइभरले गढीमा खाना खाने गरिएकोछ भन्दै गढीमा पुर्याए । बाटो हिँड्दा होटलमा प्राय: खाना खान मनलाग्दैन, खाजासम्म भने खाइन्छ । दश बज्दैथियो, भोक लागेजस्तो भयो, खाना नै खाउँ भनेर खाना खान बसियो, मैले माछा खाना मगाएँ । दाल, भात, तरकारी, अचार, माछा खाना निकै मिठो लाग्यो, थपेर नै बजाइयो । खानाको पैसा तिर्न काउन्टरमा पुग्दा माछा खानाको १६० रुपैयाँ भयो भने, मैले एउटा पानी पनि किने १५ रुपैँयामा । १६० रुपैँयाको खाना भन्दा, आफूलाई पोखरा जाँदा घाँसीकुवाको रेष्टुरेन्टमा एउटा २५० एमएल कोकको ५० रुपैँया तिरेर खाएको सम्झना भयो। नौबिसे/धार्केमा १८० रुपैँयाको खाजा चना/भुटेकोभात खाएको याद आयो । रा

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो । साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो