Skip to main content

Posts

Showing posts with the label Traffic

डिल्लिबजारको ओरालो झरेका गाडीहरु पुतलीसडक चोकमा रोकिएका थिए, ट्राफिक प्रहरीबाट बाटो खुलेको ईशारा पर्खदैँ। त्यहाँ उडेको धुलो अनि खनिएको सडकमा जमेको पानीले आफू कुनै युद्दभूमीमा भएको आभास दिन्थ्यो। तिनकुने वानेश्वर क्षेत्रको सडक सार्क सम्मेलनको तयारीमा जुटिसक्दा पनि पुतलीसडक चोकमा भने धुलो उडिरहेको थियो। पुतलीसडक चोकको धुलो छल्दै अलि अघि बढेँ, ट्याक्सी कुर्न। दिल्ली जानको लागि एयरपोर्ट तीन, साँढे तिन भित्र पुग्नु पर्ने कुरा भएको थियो, "सेक्युरिटी कडा" छ भन्ने सुनिएको थियो सार्क'का कारण। आफूलाई हतार भएको बेला, सबै कुरा ढिलो भए झैँ लाग्छ। करिब १० मिनेट कुरेपछि बल्ल एउटा खाली ट्याक्सी देखियो, हातले ईशारा गरेँ, केही पर गएर ट्याक्सी रोकियो। ट्याक्सी रोकेर चढ्न पनि कहिलेकाँही महाभारत नै पर्छ, फलाना ठाउँ जाने, चिलाना ठाउँ नजाने, यति भन्दा घटि नजाने भनेर अड्को थाप्ने टन्नै ट्याक्सी गुड्छन् काठमाडौँमा। त्यही ट्याक्सीको महाभारत सोचेर, पहिले कलंकी देखि एयरपोर्टसम्म चल्ने साझा यातायातमा एयरपोर्ट जाने प्लान गरेको थिँए तर आफू पौने ३ बजेसम्म पुतलीसडकमै थिँए। साझाको रुट नमिल्ने भए

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो । साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो

पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन । मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन। दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान

निकै तामझाम सँग नागरिक सुरक्षा जनचेतना अभियान दिवस २०६८ मनाइयो । कार्यक्रममा गृहमन्त्री को पनि उपस्थिति थियो, उनले माइक्रोबसमा स्टिकर टाँसेर कार्यक्रम को उद्घाटन गरे । अनि उनी अघि लागे, सबै उनको पछि पछि लागे ! उनको पछि नेपाल जनपद प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी आदि को सांगितिक टोली ब्यान्ड बाजा बजाउँदै अघि बढ्यो । त्यसको पछि प्रहरीका अन्य टोलीहरु थिए, कोही तालमा ताल मिलाउँदै हिँडे कोही हामी जस्तै साधारण तरिकाले हिँडे । अनि उनीहरुको पछि उनीहरुको करिव २ दर्जन गाडि थियो ।  उनीहरुले रानीपोखरी, बागबजार पुतलिसडक, सिंहदरवार, भद्रकाली, न्युरोड हुँदै वसन्तपुर पुगे रे, नागरिक सुरक्षा जनचेतना अभियान २०६८ मनाइयो ! बिहान को समय अफिस पुग्नलाई सँधै हतार ! सँधै भन्दा केही समय पहिला रानीपोखरी पुगेको थिँए, आज त अफिस चाँडै पुगिने भइयो भनेर मन खुशी थियो । तर जब बागबजार चोक को पुल तरेर सँधै आफ्नो बस लाग्ने ठाउँमा गएँ, आफ्नो बस थिएन ! कुनै गाडि गुडेका थिएनन् । त्यहाँ त मन्त्री, कर्मचारी र प्रहरीहरुका गाडि थिए । बाटो ठप्प थियो, ट्राफिक प्रहरी को स्पिकर बजिरहेको थियो । ट्राफिक प्रहरी को स्पिकर ले ट्र

प्याँप्याँ र ट्याँट्याँ को दोहोरी उस्तै छ भिड पनि फुटपाथ बाट हुँकिदैछन् बाइकवाला र स्कुटिवालीहरु सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   रातो र हरियो बत्ति एकैचोटि पिलिक्क बाटो काट्ने को हुल निस्कन्छ फुत्त न जेब्रा क्रसिङ न ट्राफिक लाइट गाडि ले हरन लाउँछ झ्वाट्ट !   कोलाहाल धुवाँ र धुलो फोहोर थुारिएको साँघुरो बाटो उकुसमुकुस साह्रै सकस समय को सँधै सत्यानाश !   वाइकवाला र निजी कारलाई सँधै हतार गाडि बढेपनि बाटो नबढ्दा जाम झेल्न सँधै लाचार सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   ( नोट: कथा लेख्ने प्रयास गर्दैथिँए, कविता जस्तो बन्दै गएछ तर यो कविता को व्याकरण मा मिल्यो कि मिलेन थाहा भएन । जे सुकै होस्, आफना मन मा उठेका भाव पोख्ने कोशिस गरेको छु है!)

आज तिनै बाटोहरु हिँड्दैछु, जुन बाटो विगत मा पनि धेरै पटक हिँडिएको थियो तर पनि आज को हिँडाइ बेग्लै लाग्यो, खै किन किन आज यही बाटो को बारेमा पनि धेरै सोच्न मन लाग्यो । हुन त यो बाटो सँग मेरो के नै सम्बन्ध छ र, तर पनि आज मलाई केही छुटेको जस्तो, केही बिराए जस्तो, खै कस्तो कस्तो लागिरहेछ । त्यही बाटो को छेउछाउ, वरिपरि हेर्दै हिँड्दा लाग्यो, काठमाडौँ विरानो भइसकेछ । केही महिना या भनौँ हप्ता अघि सम्म देखिएका घरहरु थिएनन्, त्यस ठाउँ मा ठूला ठूला घरहरु बन्दै रहेछन् । केही हप्ता अघि सम्म फुलेका त्रिचन्द्र छेउ का शिरिष का फूलहरु फुलेका थिएनन् । हुन त यो प्राकृतिक कुरा भयो, तर पनि मलाई काठमाडौँ विरानो लाग्यो । साँझ पर्न अझै केही घन्टा बाँकि छ अनि मेरो आँखा घरिघरि मोबाइल मा पुगिरहन्छ । मैले ट्विटर मा लेखेँ, ‘एट काठमाडौँ’ । बागबजार माथि को पुल, धेरै नै व्यस्त छ, अनि पुलमुनि त्यत्तिकै भिडभाड छ । ट्राफिक घोडा मा चढेर जाम खुलाउने प्रयास गर्दैछन् । म नियाल्दै छु, त्यो सडक, त्यो घन्टाघर, रानीपोखरी अनि शिरिष का फूल का बोटहरु । थाहा छैन, के सोच्दैछु तर पनि मेरो मन मा आशा को सञ्चार भइरहेको छ । बाटो हिँ