Skip to main content

Posts

Showing posts with the label Society

समाचार पढ्न छोडिएको लगभग सात महिना हुनलाग्यो, ट्विटर र फेसबुकमा साथीहरुले पोष्टगर्ने 'हेडलाइन' बाहेक । त्यसो त 'रिकमेन्ड' गरिएको लेखहरु पढिन्छ, तर पहिले जस्तो दिनैपिच्छे समाचार साइटहरु हेरिँदैन, हेर्न मन पनि लाग्दैन । समाचार नपढ्दा, नसुन्दा, र नहेर्दाको फाइदाहरु के हुँदा'रहेछन् कुनै दिन लेखौँला । तर हिजो र आज अकास्मात चकित पर्ने समाचारका 'हेडलाइन' देखियो, फेसबुक र ट्विटर तिर, नहेरी, नपढी र नबोली बस्न सकिएन । Shame! MT @kcdipendra : Youth in Nepal detained for his Facebook comment against police. http://t.co/EtQaEuCse0 #SocialMedia — Aakar Anil (@aakarpost) June 19, 2014 हिजो एउटा समाचार थियो, सप्तरीमा प्रहरी विरुद्ध फेसबुकमा कमेन्ट गर्ने एक युवकलाई १८ दिन हिरासतमा राखेर, साइबर क्राइम अन्तर्गत मुद्दा चलाउनको लागि काठमाडौँ पठाइयो । खुल्दुली निकै बढ्यो, कस्तो किसिमको प्रतिक्रिया दिएछन् भनेर। ती युवाले सप्तरीमा प्रहरीको छवी सुध्रियो शीर्षकमा फेसबुकमा सेयर भएको फोटो (समाचार) मा आफ्नो प्रतिक्रिया दिएका रहेछन् "के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्क

सँधै राजनितिको कुराले तात्ने सोसल नेटवर्कहरुमा २-३ दिन यता नेपाल प्रहरीको नयाँ हर्कतले तातेकोछ । अपराध नियन्त्रणको निहुँमा कपाल पाल्ने, मुन्द्रा लाउनेहरुलाई प्रहरीले पक्राउ गर्दै कारवाही गर्न थालेकोछ ।  समाचार अनुसार “नियन्त्रणमा लिएकाहरुको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य सुरु गरिएको छ। लामो अशोभनिय कपाल पालेकाको कपाल काटिएको छ तथा, अब उपरान्त त्यस्ता प्रकारको गतिविधि पहिरन र हुलिया बनाइ नहिँड्ने चेतावनी दिइकोछ।” नेपाल प्रहरीको ज्यादतिको विरोधमा फेसबुकका भित्ताहरु स्टाटस र फोटोहरुले भरिएकाछन् । प्रहरीको अभियान देखेर आफैँलाई लाज लागेकोछ । राजनैतिक दलहरुका वरपर रहेका डनहरु, अपराधिहरु खुल्लमखुल्ला हिँडिरहेकाछन्, तर प्रहरीले अपराध नियन्त्रण गर्ने निहुँमा लामो कपाल भएका युवाहरुको कपाल काट्ने अभियान थालेकोछ । संगठित अपराधीहरुबाट जनताले दु:ख व्यहोरीरहेका बेला, जनताको ध्यान मोड्न र पपुलिस्ट हुन, एउटा “वाहियात” अभियान सञ्चालन गरिरहेछ । आफ्नो असक्षमता ढाक्न कपाल लामो भएका युवाहरु अपराधी हुन् भन्ने कुरा प्रमाणित गर्न लागिपरेकाछन् । केही समय पहिले भारतमा, एकजनाले “चाउमिनका कारण बलत

हिजोआज सबैभन्दा सजिलो काम भनेको ‘बन्द’ गर्ने काम हो । बन्द गर्ने त सडकमा उर्लिहाल्छन्, अनि उनीहरुलाई सुरक्षा दिन र बन्द सफल बनाउन स्थानिय प्रशासन पनि लागिपर्छन् । जुनसुकै बाहनामा गर्न सकिने, प्रहरी प्रशासनले पनि सहयोग गर्ने, अनि निरिह जनतामाथि रवाफ देखाउन पाइने, सबैभन्दा सजिलो काम भनको “बन्द” हो । ईकान्तिपुरमा प्रकाशित सन्जोग मानन्धरको फोटो, फेसबुकका भित्ताहरुमा निरन्तर ‘सेयर’ भइरहेकाछन् । मैले के भन्नु, फोटो आफैँ बोलिरहेछ । एकजना मोटरसाइकल चालक केही नगर्नुस् भनेर ‘हात’ जोडिरहेकाछन्, बन्दकर्ताहरु ती मोटरसाइकल चालक माथि जाइ लाग्दैछन् । यो माथि’को फोटो सुन्दरीघाटमा सुकुम्वासीलाई बसाउने सरकार’को निर्णयको विरोधमा गरिएको बन्द’को हो । यस्ता ज्यादतिका दृश्यहरु आन्दोलनका नाम’मा गरिने बन्दमा सामान्य भइसकेकाछन्, भन्दा पनि परक नपर्ला । जनताको लागि भन्दै जनतालाई नै दुख दिने, जनता कै सम्पत्ति’को विनाश गर्ने यो कुन किसिमको आन्दोलन हो? बन्दकर्ताहरु त जनतालाई दु:ख दिने भइहाले, हिजोआज सुरक्षाकर्मीहरु पनि बन्दमा जनतालाई नै सास्ति दिन्छन् । बन्दकर्ताहरुलाई कारवाही गर्नुपर्ने बेलामा बन्दको दिन हिँड्न

नेपाल मा करिव ४ लाख दृष्टिविहिनहरु छन् । देशमा सयौँको सङ्ख्यामा स्कुल कलेज पनि छन् । तर पनि नेपालका दृष्टिविहिन दाजुभाइ दिदीबहिनीहरुले ती कलेजहरुबाट उच्च शिक्षा लिन सक्ने वातावरण छैन । कक्षा १० या भनौँ एसएलसी सम्म पढ्नको लागि केही संघसंस्थाहरुले ब्रेललिपीमा पाठ्यसामाग्री निर्माण गरिदिएकाछन् । तर त्यसपछि उच्च शिक्षा हासिल गर्न खोज्ने दृष्टिविहिनहरुको लागि अगाडि बढ्ने बाटो सजिलो छैन, उच्च शिक्षाका लागि आवश्यक पाठ्यपुस्तकहरु ब्रेललिपीमा छैनन् ।  उनीहरुले आफ्नो पाठ्यपुस्तक आफ्न साथिभाइ र परिवारलाई पढाउन लाउनु पर्ने अवस्था छ । तपाई ती दृष्टिविहिनहरुलाई उच्चशिक्षा को लागि सहयोग गर्नसक्नुहुन्छ । आँखाका अपाङ्गता भएका या भनौँ दृष्टिविहिनहरुका लागि सुन्ने किताव बनाऔँ (Lets build audio books for visually impaired persons) भन्ने उदेश्य लिएर काठमाडौँ, अनामनगरमा रहेको “राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज” ले सुन्ने किताव बनाउने अभियान सञ्चालन गरिरहेकोछ । सुन्ने किताव बनाउने अभियान अन्तर्गत  अभियानका स्वयंसेवकहरुले उच्चशिक्षाका पाठ्यपुस्तकहरुलाई रेकर्ड गरेर सहयोग गरिरहेकाछन् । कसरी सहयोग गर्ने?

नयाँ संविधान जारी गर्न को लागि, अब १ महिना  समय पनि बाँकी छैन । विगत मा समय थप्दा पनि, राजनितिक पार्टिहरुले संविधान बनाउन ध्यान दिएनन्, बरु सत्ता बाँडफाँड मै सबै अल्झिएर बसे । लाजमर्दो कुरा दर्जनौँ पटक प्रधानमन्त्री को निर्वाचन भयो । तलब/भत्ता चाँही खाने तर संविधान भने नबनाउने सभासदहरुलाई खबरदारी गर्न, केही युवाहरुले फेसबुक बाट संविधान समयमै जारी गर्न दवाव अभियान प्रारम्भ गरेकाछन् । “परिवर्तनका लागि हामी नेपाली एक” नामक नाम दिइएको फेसबुक पेजमा “ज्याला पूरा लियौ, अब संविधान देऊ” भन्ने नारा सहित संविधान समय मै बनाउन सम्वन्धित पक्षलाई आग्रह गरिएको छ ! फेसबुक बाट चालिएको यो कदमलाई समर्थन गर्दै, ३ सय जना भन्दा बढि व्यक्तिले यो पेजलाई ‘लाइक’ गरिसकेकाछन् र यो क्रम जारी रहेको छ। सबैको साथ र समर्थन हुने हो भने, फेसबुक मा जम्मा भएका समूहले साँच्चिकै भौतिक रुपमै उपस्थिति जनाएर दवाव दिएको खण्डमा अभियानले सफलता पाउने देखिन्छ । पोहोर माओवादीले गरेको अनिश्चितकालिन बन्द तोड्न पनि फेसबुक मा जम्मा भएको समूहले ठूलो भूमिका खेलेको थियो । अझ त्यसको नजिर र भर्खरै ट्युनिसिया र इजिप्टमा भएको कुरालाई

ट्विटर चलाउने नेपालीहरुको एक समूहले आज काठमाडौँ बसुन्धारा मा रहेको पवित्र समाज सेवालाई सहयोग गरेको छ । दीक्षा चापागाईँ व्दारा सञ्चालित पवित्र समाज सेवालाई ‘Tweet For Cause Nepal’ नामक नेपाली युवाहरुको ट्विटर समूहले करिब पन्ध्र हजार बराबर को आर्थिक सहयोग गरेको हो । समूहले चिनी, चिउरा, तेल, जुत्ता चप्पल, स्टेशनरी सामान, भाँडाकुँडा आदि विभिन्न कुराहरु उक्त अनाथालयलाई सहयोग गरेको थियो । पवित्र समाज सेवामा बिस जना साना बालबालिकाहरु आश्रित रहेका छन् ।  विगत ६ वर्ष देखि दिक्षा चापागाईले पवित्र सेवा समाज चलाइरहनु भएको छ । आजको कार्यक्रममा १५ जना नेपाली ट्विटर प्रयोगकर्ताहरु को उपस्थिति थियो ।  ट्विटरमा रम्ने नेपाली युवाहरुको समुह ले “ट्विटर बाट समाजसेवा गरौँ” भन्ने अभियान केही महिना अघि देखि सुरु गरेका थिए ।  माइक्रो ब्लगिङ साईट ट्विटर बाट सम्भवत पहिलो पटक नेपाल मा यस्तो अभियान गरिएको हो । ट्विटर मार्फत ‘बारक्याम्प’ जस्ता कार्यक्रमहरु पहिले पनि काठमाडौँ आयोजना गरिसकेको भएपनि, यसरी प्रत्यक्ष समाज सेवा गरेको भने पहिलो पटक नै हो । नेपाली युवाहरु विच लोकप्रिय हुँदै गएको माइक्रो ब्लगिङ साइट ट्

ट्विटर माइक्रो ब्लगिङ साइट, अनि त्यही माइक्रोब्लगिङ साइटमा पछिल्लोपटक रम्दै गएका युवाहरुको सपना, हामीले केही त गर्नैपर्छ समाज र देशको लागि ! करिब १ हप्ता अघि देखि ट्विटरका माध्यमबाट केही गरिनुपर्ने चर्चा चल्यो, अनि हिजो देखि सुरुनै भयो ‘A mission to bring smile on every faces’ भन्ने नारा सहित ‘Tweet For Cause’ अभियान ! Tweet For Cause के हो ? Tweet For Cause भनेको एउटा अभियान हो, जसमा ट्विटर का प्रयोगकर्ताहरुले प्रतिट्विट २० पैसा यस अभियान को लागि जम्मा गर्नेछन् । अनि यसरी नेपाली ट्विटर ‘सर्कल’ बाट उठेको रकम  सामाजिक काम मा लगाइने छ । केही गर्नको लागि सरकारको मुख मात्रै ताकिरहेको अवस्था मा, ट्विटर चलाउने व्यक्तिहरुले सामाजिक कामका लागि, किन केही नगर्ने भन्ने सोच अनुसार यस अभियान को जन्म भएको हो । कसरी सहभागिता जनाउने ? यस अभियानका लागि @tfcNepal नामक ट्विटर खोलिएको छ । अनि यस अभियानमा आफ्नो पनि सहभागिता जनाउन चाहने व्यक्तिहरुले @tfcNepal लाई ‘फलो’ गर्नुपर्नेछ । ‘फलो’ गर्ने व्यक्तिहरुले आफ्नो ‘टविट’ अनुसार को पैसा यसअभियानलाई दिनेछन् । यस अभियानबाट उठेको रकमले वृद्दाश्रम, बा

H ave you ever given a thought to the fact that if you were not what you are today due to your qualification, where would you be? This is perhaps a recurring question for most of us. With me, it is always an alternate query hopping on my mind at times- “What if I was not provided with the opportunity of achieving a formal education?” and the response I get is- certainly not what I am today! (He is certainly wondering about something!) Admissibly true, I have been one of those lucky ones who were showered with utmost care and understanding of my parents that their girl is equally capable and deserves to be educated which is what, paved my path to a secure independent future. Nonetheless, another fact still pinches my heart that not everyone has had this basic but essential opportunity- there are still thousands of kids still on street or abandoned to survive on their own due direct or indirect harassment. Wouldn’t this world be a better place if every child was provided with education a

The CNN HEROES profile of Anuradha Koirala is scheduled to premiere THURSDAY, APRIL 29, 2010 at some point during the hour of Larry King Live (9-10pm EST) and re-air during the slotted times, EST, listed below. Beginning Friday (4/30/2010--EST), the story will also be available and viewable online at www.cnn.com/heroes . AIR SCHEDULE, CNN HEROES: ANURADHA KOIRALA FRIDAY (4/30) EST CNN: 8-9a, 11a-12p, 2-3p *may get extra airing in 3p hr HLN: 6:30-7a, 1:30-2p, 5-6p, 8-9p/10-11p/1-2a *may also air in 7:30a hr CNNI: 2a, 7a, 12p, 8p SATURDAY (5/1) EST CNN: 10-11a, 3-4p, 5-6p, 11p-12a/2-3a HLN: 8-8:30a, 2-2:30p CNN en Espanol Monday (5/3): Premiere in Panorama Mundial 9pm EST Tuesday (5/4/2010): - Al Dia 7am EST - Nuestro Mundo 2pm EST - Encuentro 6pm EST - Directo 7pm EST Sunday (5/2/2010): Mirador Mundial 7pm EST Anuradha Koirala   is a widely recognized activist and lecturer who has dedicated her life to combatin

हुन त कुरा समय समय मा उठिरहेको छ , निजी विद्यालयहरुले असुल्ने विद्यार्थी शुल्क को बारेमा । तर 'काग कराउँदैछ, पिना सुक्दैछ' भने झैँ भइरहेछ । अनि हामी सँग शिक्षा नियमावली नभएको पनि होइन, तर त्यो कार्यान्वायन भए-नभएको हेर्ने निकाय कान मा तेल हालेर बसेको आभाष हुन्छ । कुरा, निजी विद्यालय ले असुल्ने विद्यार्थी शुल्क कै बारेमा हो । हिजो राती एभिन्युज टेलिभिजन को रिपोर्ट हेरेको थिँए, निजी विद्यालय ले उठाइरहेको विद्यार्थी शूल्क को विषय मा । आज को कान्तिपुर दैनिक मा पनि "नियमविपरीत भर्ना शुल्क/ ४१ हजारसम्म असुल्छन्" भन्ने शिर्षक मा समाचार छापिएको रहेछ, यही विद्यार्थी शुल्क को बारेमा । समाचार मा लेखिएको छ: विद्यालयले भर्नाबापत १० देखि ४१ हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क शुल्कका नाममा उनीहरूले १० देखि १७ हजार र धरौटीबापत १ हजार देखि २० हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क, भर्ना र धरौटीबापतको शुल्क सञ्चालकले निजी प्रयोग गर्छन् । मासिक शुल्क करिब २ हजार रहेको राजधानीको चेल्सी एकेडेमीले कक्षा १ को भर्ना शुल्क ३५ हजार लिने गरेको छ भने चाँदबागले २८ हजार रुपैयाँ शुल्क लिने गरेको छ

“मेरो सर्वस्वै भयो” भन्ने शिर्षक मा हिजो चैत १६ को कान्तिपुर दैनिक  को प्रमुख पृष्ठ मा उनको समाचार छापिएको थियो । पेशा ले कृषक तर आफ्नो जमिन को नाउँ मा उनको जम्मा ६ कठ्ठा रहेछ । हाइब्रिड जात को मकै लाउँदा प्रशस्त आम्दानी हुने देखेर, उनले अरु को जग्गा समेत ठेक्का मा लिएछन्, अनि रिनपान गरेरै बिउबिजन, मलखाद हालेछन् ।  जग्गा सबै हरियो देखियो, लहलहाउँदो मकै को बोट ले, सबै मकै का बोट मा ठूला ठूला मकै का घोगा लागे । तर अफसोच, कुनै पनि घोगा मा दाना लागेन । धेरै सपना साँचेर, खेति गरेका उनी मकै नफलेपछि मर्नु न बाँच्नुको अवस्था मा रहेकाछन् । उनी अर्थात शंकरपुर-९, सर्लाही  का मकैपीडित किसान हिरा कोइराला । मकै को घोगा मा दाना नलागेपछि, छट्पटिएका उनले भने “मनले हरेस खाएपछि क्षतिपूर्तिको आन्दोलनमा आफ्नो पीडा पोख्न निस्केको हुँ । केही नभएको बुंगोले जे गरे पनि भयो । साह्रै विचलित र निरीह महसुस गरेको छु । सरकारले पनि किसानलाई त्यति ध्यान दिँदैन । मकैमा दाना लागेन मात्र भन्ठान्या छ । तर मेरो सर्वस्वै हुने अवस्था छ । मैले र छरछिमेकले जसरी अरूले यो पीडा कसरी बुझून्”! सरकारले के, कति र कुन हिसाबले र

“Campaign To Help Rural Nepal” को नारा साथ गत वर्ष देखि स्थापना भइ सामाजिक सेवा मा अग्रसरता देखाउँदै आएको Kathmandu University का विद्यार्थीहरु को समूह Student United Mission KU ले १३ मार्च मा  बाग्लुङ को रायाडाँडा गाउँ को श्री महा विद्यार्जन माध्यमिक विद्यालय को पुस्तकालय को लागि पुस्तकहरु वितरण गरेका छन् । Student United Mission KU  का २८ जना विद्यार्थीहरु को समूह बाग्लुङ को रायाडाँडा पुगी विद्यालय पुस्तकालय को लागि पुस्तकहरु प्रदान गरेका थिए । काठमाडौँ विश्वविद्यालय इलेक्ट्रिकल तेस्रो वर्ष का विद्यार्थी रविन्द्र जी सी को सभापतित्व मा  श्री महा विद्यार्जन माध्यमिक विद्यालय रायाडाँडा, बाग्लुङ मा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । केयु का विद्यार्थीहरु ले कक्षा १ देखि १० सम्म का दर्जनौँ पाठ्यपुस्तकहरु जम्मा गरेर, उक्त विद्यालय को लागि पुस्तक वितरण गरेका हुन् । यसका साथै, कार्यक्रम मा ४० वटा सिएफएल चिम पनि निशुल्क बाँडिएको थियो । स्थानीय कृषकहरु को लागि भर्मि कम्पोष्ट ट्रेनिङ  गरि करिब ४०० वटा गँड्यौला पनि वितरण गरिएको थियो । श्री महा विद्यार्जन माध्यमिक विद्यालय  मा सञ्चालन गरिए

पहिलोपटक धरहरा चढेर फटाफट फर्कदैँ गर्दा कसैले पछाडि बाट बोलायो ‘दाइ सुन्नुस् त’ भन्दै । म टक्क रोकिँए, एउटी राम्री केटी मेरो अगाडि आइपुगी । उसले भन्नथाली, ‘दाइ, हामी पश्चिम बाट आएका पढ्न, अनि पैसा को लागि, हामी यो नोटबुक, कलमहरु बेचिरहेका छौँ, हाम्रो ठूलो समूह छ, हामी पढ्नलाई, सामान बेचिरहेका छौँ, तपाई पनि केही लिइदिनु न’ । म अक्क न बक्क परेँ, अनि एकछिन पछि भने, मैले त भर्खर किनेँ भनेर टार्न खोजेँ, तर उसले धेरै अनुनय विनय गर्न थालेपछि, एउटा कलम किनेँ अनि टेम्प चढ्न हिँडे । सोचेँ मैले राम्रै काम गरेछु, सबैले यसै गरे भने त पढिहालछन नि तिनीहरु । करिब ४-५ वर्ष अघि को सुन्धारा अनुभव थियो यो । जुन समय मा म काठमाडौँ भर्खर भर्खर छिरेको थिँए । त्यहाँ बाट कलम किनेर हिँडेको थिएँ म तर सबैतिर काठमाडौँ मा उनीहरु कै भिड पो देखेँ । रत्नपार्क, वानेश्वर, कोटेश्वर सबैतिर उनीहरु त्यसैगरि बाटो हिँड्नेलाई रोकेर, आग्रह गरिरहेकाथिए । लाग्यो २-३ दिन को उनीहरु को अभियान होला । तर के को, २-३ दिन को अभियान हुन्थ्यो त्यो त तिनीहरु को काम नै रहेछ, सामान बेच्ने । उनीहरु को काम नराम्रो भन्न खोजेको हैन । तर काठमाडौ

अहिले राजधानी र ठूला शहरहरूमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा ललितपुरको मापिखेल, गुर्दङ गाउँका ३० घर तथा काभ्रेको भीमखेरी गाविस, तल्लो केराबारीका ३२ घरमा चौबीसै घण्टा बिजुलीबत्तीको सुविधा छ। गुर्दङमा ६ महिनाअघि र केराबारीमा पुसको अन्तिम साता बत्ती बलेपछि यहाँका मानिसले टुकीको धूवाँबाट मुक्ति पाएका छन्। यो परिवर्तन कसरी त? पत्याउन गाह्रो पर्ला― भर्खरै टिनएज (किशोरवय) पार गरेकी एक नेपाली युवतीले करिब साढे १२ लाख रुपैयाँको खर्चमा ३/३ किलोवाटको दुई साना जलविद्युत् योजना कसैलाई पत्तै नदिई पूरा गरेकी छन्। यो काम अमेरिकामा अध्ययनरत् काठमाडौं, कुलेश्वरकी २१ वर्षीया दृष्टि श्रेष्ठ ले आफ्नो मोडल माइक्रो हाइड्रो पावर प्रोजेक्ट पूरा गर्न कुनै सरकारी, गैरसरकारी संस्थाबाट खर्च जुटाएकी हैनन्, न त अमेरिकामा चन्दा सङ्कलन नै गरेर। अमेरिकाको भर्मोण्टस्थित मिडलबेरी कलेजमा लिवरल आर्टस्तर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत् उनले अन्तरकलेज प्रतिस्पर्धाका लागि विद्यार्थीहरूमाझ् आह्वान गरेको प्रोजेक्टको पेपरवर्क हेरेर कलेजले नै १० हजार अमेरिकी डलर दिएको हो। उनको सोही प्रोजेक्टले ७ हजार अमेरिकी ड

बिहानी भाले को डांक संगै, सुतिरहेको राजधानी मा अव्यवस्थित कृयाकलाप को कुइरीमण्डल अराजकता फैल्याउंदै दिनचर्या सुरु हुनु कुनै नौलो कुरा होइन। त्यही पनि राजधानी मौन नै छ, किनकी उ निर्जिव छ। यथास्थानमा छ र यावत सल्बलाहट भोग्न बाध्य छ। रोड देखिन बोर्ड सम्म,जाली देखि घर को पाली सम्म, फटाहा देखिन चोटाह सम्म इत्यादी सम्पूर्ण को सर्म नमानी कर्म गर्न पाइने कर्मथलो भैदिएको छ राजधानी। विश्वमान चित्र को ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको मुलुक को यस राजधानी कत्तिनै पो ठुलो होला भन्ने सामान्य ठोकुवा त जो कोहिले पनि लगाउनु कुनै ठुलो कुरा भएन यध्यपि यहाँ हुने अराजकता कसैको ज्ञान चछु सम्म नपुगेको पनि हुन सक्दछ। यदि पुग्थ्यो होला त समाधान पनि निक्लिने थियो होला। वर्तमानलाई हाँक्न नसेके पनि भविष्य छर्लङै दृष्‍टिगोचर गर्न सक्ने भविष्यवक्ता पनि नजन्मिएका होइनन् यस राजधानी मा। भविष्यलाई छर्लङै देखि नाम राख्न सिपालु महापण्डितहरु ले न्वारन गरिदिएका कतिपय संघ संस्थाहरु का नाम र काम आज पनि पूर्णिमा को जून झैँ छर्लङै पाउन सकिन्छ। वायुसेवा निगम, टेलिकम, आयलनिगम,वन विभाग इत्यादी इत्यादी, अरु पनि धेरै छन् त्यो पत्ता