Skip to main content

Posts

Showing posts with the label Research

फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा, च्याटमा डि: पी: सँगै हाहा, हेहे, लोल आदि लेख्ने बानी हामी सबैको छ । कसैलाई हाहा लेख्न मनपर्छ त कसैलाई हेहे, कोही भने ईमोजी नै प्रयोग गर्न रुचाउँछन् । कसैलाई भने 'लोल' को प्रयोग पटक्कै मन पर्दैन । स्माइली वा हाँसोको भाषा नराखी सोसल मिडिया मा पोष्ट गर्दा के नपुगेको के नपुगेको लाग्नु स्वभाविक भइसक्यो । यदी जोकमा, च्याटमा स्माईली राखिएको छैन भने, प्रतिक्रिया दिनु अघि सोच्नुपर्ने बेला भइसक्यो, यो जोक नै हो या सिरियस कुरो । यही हाम्रो विभिन्न थरिको हाँसो माथि फेसबुकले अनुसन्धान गरेको थियो, आज त्यही कुरा यहाँ लेख्दैछु । केही महिना अघि न्युयोर्करमा छापिएको एउटा लेखबाट प्रभावित भएर फेसबुक ले, प्रयोगकर्ताहरु फेसबुकमा कसरी हाँस्छन् भन्नेबारेमा अघिल्लो हप्ता रमाइलो तथ्य सार्वजनिक गरेकोछ । मे महिनाको पछिल्लो हप्तामा फेसबुकले, 'पोष्ट्' तथा प्रतिक्रियाहरुमा लेखिएका (हाँसो जनाउने शब्दहरु) 'हाहा' (haha), 'हेहे/हिही' (hehe), 'इमोजी' (emoji), 'लोल' (lol) आदि शब्दहरुको सुक्ष्म विश्लेषण गरेकोथियो । फेसबुकले अमेरिक

पछिल्लो केही दिन यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा सोसल मिडियमा चलिरहेकोछ । १७ वर्षपछि पहिलोपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेकाहुन् । मोदीको ट्विट देखि नेपालको सदनमा दिएको भाषणसम्म हाम्रो लागि चर्चाको विषय बन्यो । मोदीको भ्रमणका कारण कोशीको बाढी पनि सोसल मिडियामा अोझेल परेकोथियो । Nepal trending worldwide with 36K+ Tweets. Maybe Modi's effect! pic.twitter.com/c3tGhUjCNZ — Aakar Anil (@aakarpost) August 3, 2014 मोदीभ्रमणका कारण ट्विटरमा 'नेपाल' वल्डवाइड ट्रेन्डिङ भयो ।सोसल मिडिया एनालिटिक्स  सिम्प्लिफाई ३६० का अनुसार 'मोदीइन नेपाल' भारतमा अघिल्लो दिन ४ घन्टा र पछिल्लो दिन ६ घन्टा ट्रेन्डिङ भएको थियो । सोसल मिडियामा मोदीको नेपाल भ्रमण बारे भएको चर्चाका कारण नेपालले नयाँ उचाइ पाएकोछ, सोमेश वर्मा (@SomeshVerma) ले अंग्रेजी दैनिक रिपब्लिका मा लेख्नुभएकोछ । रिपब्लिका'का अनुसार मोदीको नेपाल भ्रमण सम्बन्धि करिब १० लाखवटा (४ दिनमा) ट्विटहरु  प्रकाशित भएकोथियो । That's why #Nepal is trending on Twitter. Around 40K Tweets o

फेसबुकको लोकप्रियता सँगै "सोसल मिडिया मार्केटिङ"को ट्रेन्ड देखापर्यो । अझ फेसबुकले 'बिजनेस पेज'को अवधारणा ल्याएपछि र इन्टरनेट जनसङ्ख्या फेसबुकमा तानिएपछि, अधिकांश कम्पनी/ब्रान्डहरुले 'फेसबुक'मा आफ्नो उपस्थिति जनाउन थाले । कोकाकोला र रिहानालाई मात्र होइन, नेपाली अनलाइन टिसर्ट स्टोर 'थ्रेडपेन्ट्स' लाई पनि फेसबुक बरदान सावित हुँदैआएकोछ । फेसबुकका अनेकौँ फाइदाहरु हुँदाहुँदै पनि यतिबेला फेसबुक 'लाइक'का बारेमा विभिन्न टिका-टिप्पणीहरु आउने गरेकाछन्, विशेषत 'फेसबुक विज्ञापन'का कारण । सोसल मिडिया मार्केटिङ अहिलेको समयमा ब्रान्ड तथा कम्पनीहरुको लागि अत्यावश्यक कुरा हो । फेसबुक लगायतका केही मार्केटिङ एजेन्सीहरुले सोसल मिडिया मार्केटिङलाई 'फेसबुक विज्ञापन' र 'फेसबुक लाइक' हो भनेर बुझाउने गरेका कारण हिजोआज ब्रान्डहरु कंगाल भइरहेकाछन् । धेरै लाइक/फ्यान ल्याउन कम्पनीहरु फेसबुक विज्ञापनमा लाखौँ खर्च गरिरहेकाछन् तर वास्तविकतामा उनीहरु 'फेक' लाइक किनिरहेकाछन् जसको हुनु र नहुनुमा केही फरक छैन । ब्रान्ड तथा कम्पनीहरुले जा

सोसल मिडियाको प्रयोगबाट अहिले नै कसैले नेपालमा चुनाव जिते भनेर भन्नु गलत प्रचार हुन्छ । तर सोसल मिडियाको अधिकतम प्रयोग भएको यो नेपालकै पहिलो चुनाव भने "संविधान सभाको दोस्रो चुनाव" हो। उम्मेदवार तथा मतदाताहरुले आफ्नो कुरा राख्न, सोसल मिडियाको राम्रैसँग प्रयोग गरे । सोसल मिडिया एनालिटिक्स कम्पनी सिम्लिफाई ३६० ले चुनावको समयमा सोसल मिडियाको अनुगमन गरेको थियो । सिम्लिफाइको रिपोर्ट अनुसार संविधान सभा निर्वाचनबारे सबैभन्दा धेरै बहस ट्विटरमा भएको थियो । त्यसो त #NepalVotes लेखिएका ट्विट मात्रै पनि ५० औँ हजार भन्दा धेरै गरिए, पछिल्लो १ महिनामा । रिपोर्टको सन्दर्भमा सिम्प्लिफाइ ३६० का सिइओ, भुपेन्द्र खनाल भन्छन् ,"सबैभन्दा धेरै डिस्कसन ट्विटरमा भएबाट पनि, ट्विटरको प्रयोग र महत्व नेपालीहरु माझ बढ्दै गएको प्रस्ट हुन्छ । त्यसबाहेक अन्तराष्ट्रिय क्षेत्रबाट पनि संविधान सभा निर्वाचनलाई निकै महत्वसाथ हेरिएको पाइयो।" Read: Nepal CA Election Happened Both in Ballot And in Social Media [Buzz Analysis Report] चुनाव अघि वैद्य समूहले नेपाल बन्द गरेको थियो भने ठाउँ ठाउँमा

H ave you ever given a thought to the fact that if you were not what you are today due to your qualification, where would you be? This is perhaps a recurring question for most of us. With me, it is always an alternate query hopping on my mind at times- “What if I was not provided with the opportunity of achieving a formal education?” and the response I get is- certainly not what I am today! (He is certainly wondering about something!) Admissibly true, I have been one of those lucky ones who were showered with utmost care and understanding of my parents that their girl is equally capable and deserves to be educated which is what, paved my path to a secure independent future. Nonetheless, another fact still pinches my heart that not everyone has had this basic but essential opportunity- there are still thousands of kids still on street or abandoned to survive on their own due direct or indirect harassment. Wouldn’t this world be a better place if every child was provided with education a

पछिल्ला वर्षमा युवाहरू आफ्नो अध्ययन, अनुसन्धान र प्रतिभालाई सार्वजनिक गर्दै आएका छन् । चर्चा सुनिरहँदा कसैलाई अपत्यारिलो पनि लाग्छ । तर, वैज्ञानिक अनुसन्धानलाई अविश्वास गर्ने कुरै रहेन । यतिखेर तीन विद्यार्थी भावुक कोइराला, अनुराग रिजाल र बरुण प्रधान केही नयाँ कुरोको खोजीमा छन् । उनीहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बायोटेक्नोलोजी विषयको स्नातक अन्तिम वर्षका विद्यार्थी हुन् । साथमा छन्, गुरुद्वय अनुरूप मानन्धर र हेमन्तराज मैनाली । उनीहरूको प्रोजेक्ट वर्क झन्डै सात महिनाको अन्तरालमा आकार लिन खोज्दैछ । काठ खानु नै धमिराको अवगुण हो । 'तर, यसमा पाइने जीवाणुलाई उपयोग गर्नसके इथानोल तेल उत्पादन सम्भव छ,' भन्ने प्रमाणित गर्दै उनीहरू प्रयोगशालामा जुटिरहेका छन् । यो पेट्रोलियम पदार्थको विकल्प खोजी हो । त्यसैले पाँच जनाको यो समूह झन्डै सात महिनादेखि प्रायः त्यही प्रयोगशालामा व्यस्त छन् । अनुसन्धान सफल भए काम नलागेर फ्याँकिएका काठजन्य वस्तुबाट इथानोलको औद्योगिक उत्पादन गर्न सकिनेछ र जुन जैविक इन्धनको रूपमा पेट्रोलियम मिसाएर गाडीमा प्रयोग गर्न सम्भव हुनेछ ।  इथा