Skip to main content

Posts

Showing posts with the label Politics

Krishna Prasad Bhattarai Passed away at 11:26pm (NST) on Friday Night . Former Prime Minister and Maverick Leader of Nepali Congress (NC) Krishna Prasad Bhattarai, passed away at 11:26 pm on Friday (4th March 2011). Bhattarai died at the age of 87. Krishna Prasad Bhattarai’s Assistant Amita Kapali and  Dr. Bharat Rawat who was involved in the treatment of Bhattrai has confirmed Bhattarai’s death. Krishna Prasad Bhattarai was admitted in Norvic hospital, three weeks ago due to multiple health problems. Born on 1924 in “Kashi”, was appointed Prime Minister of Nepal two times and he was the first speaker of the country too. He was also the founding president of Federation of Nepali Journalists (FNJ). Bhattarai was seen as respectable figure in and outside the political circle. Bhattarai’s body will be kept at Dashrath Stadium on Sunday for offering the last tribute.Then his body procession will be carried out from Dasharath Stadium to Pashupati Aryaghat for the last rites. His...

निर्वाचन पछि जे होला भन्ने डर थियो, आखिर त्यही नै भयो ! नजाँनिदो रुप मा काठमाडौँ विश्वविद्यालय (केयु) मा पार्टिगत राजनिती ले जरा गाडिसकेको छ र यो झांगिने क्रम बढ्दो छ । वर्ष मा १ एक पटक केयु मा राजनितिक दल समर्थित विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने, क्याम्पस बन्द गर्ने कुरा अब कुनै नौलो घटना रहेन । एउटा समूह ले जित्ता अर्को ले आन्दोलन गर्ने नराम्रो परिपाटि त काठमाडौँ विश्वविद्यालय मा बसि नै सकेको छ । विश्वविद्यालयलाई राजनिति मुक्त गराउनु पर्ने बेला मा, विश्वविद्यालय मा राजनितिक चलखेल बढ्दा, बन्द र आन्दोलन जस्ता घटना सामान्य बनिसकेका छन् । काठमाडौँ विश्वविद्यालय ले केयु मा राजनिति गर्न कुनै पनि राजनितिक विद्यार्थी संगठन स्विकार गरेको छैन । तर बाहिर बाहिर जति, विद्यार्थी को चुनाव भनिन्छ, त्यति नै भित्री रुप मा पार्टिहरु को चलखेल बढ्ने गरेको छ । यहाँ को चुनाव पनि ‘टियु’ मा हुने विद्यार्थी चुनाव जस्तै बनिसकेको छ, फरक यत्ति हो ‘टियु’ मा झन्डै बोकेर निर्वाचन मा ओर्लन्छन् भने, ‘केयु’ मा झन्डा लुकाएर निर्वाचन मा ओर्लन्छन् तर त्यही लुकाइएको झन्डा नै ओढेर यहाँ राजनितिक गतिविधि हुने गरेको छ । ...

अन्तत: २५ जनवरी देखि इजिप्ट मा सुरु भएको आन्दोलन १८ दिनपछि टुङ्गिएको छ । १८ दिन को लगातार को आन्दोलन पछि, बाध्य भएर उपराष्ट्रपति ओमार सुलेमान ले घोषणा गरे, राष्ट्रपति होस्नी मुवारकले राजिनामा दिएर सत्ता आर्मीलाई हस्तान्तरण गरिएको छ । उक्त घोषणा सँगै इजिप्ट का जनता को आन्दोलन टुंगिएको छ भने, देशमा मात्र नभइ फेसबुक , ट्विटर र यु्ट्युब जस्ता साइटमा विजय उत्सव मनाइरहिएको छ । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा वेवसाइट, ब्लग र युट्युब जस्ता साइटहरु को कति सम्म शक्ति हुँदो रहेछ, इजिप्ट मा भएको आन्दोलन ले देखाएको छ । सबैलाई थाहा नहुन सक्छ तर फेसबुकमा एउटा ग्रुप को निर्माण गरेर इजिप्ट मा आन्दोलन को शंखघोष गरिएको थियो । ट्युनिसिया मा महिना दिन अघि भएको आन्दोलन बाट प्रेरित हुँदै इजिप्ट का जनताहरु पनि राष्ट्रपति होस्नि मुवारक को ३० वर्षे लामो शासन को अन्त्य को माग गर्दै आन्दोलन मा होमिएका थिए । फेसबुक को ग्रुप मा केही दिन भित्रैमा लाखौँ हजारौँ सदस्यहरु थपिएका थिए । र तिनै ग्रुपका सदस्यहरुले पहिलो पल्ट राजधानी सहर कायरो मा आन्दोलनको सुरुवात गरेका थिए । फेसबुक बाट सुरु भएको आन्दोलन मा त...

देशमा गणतन्त्र आयो भन्दै, देशकै प्रतिनिधित्व गर्ने झण्डा पनि फेर्न उनीहरु पछि परेनन् । झण्डा जसरी व्याख्या गरे पनि मिल्ने रहेछ । झण्डा फेर्नुपर्छ भन्नेहरु ले पनि, झण्डा को विपक्ष मा निकै खोट देखाए । उनीहरुले झण्डा को आकार देखि रुप र रङ्ग अनि झण्डा मा भएका चिन्हहरु मा समेत खोट पाए । झण्डा मा रातो, सेतो र निलो रङ्ग को व्याख्या आफ्नो अनुकल गरिदिए अनि झण्डा मा भएका चिन्हहरु सूर्य र चन्द्र मा को सम्बन्धमा पहिले रहेको व्याख्यालाई पनि अतिरञ्जित बनाएर, झण्डा प्रति वितृष्णा फैलाउने व्याख्या गरिदिए । महिनौ को झगडा र अडान अनि बार्गेनिङ हुँदै मुलत काम्रेडहरु राष्ट्रिय झण्डालाई यथावत नै राखिने सहमति मा पुगे । राष्ट्रिय झण्डा यथावत हुने भएपनि, झण्डामा प्रयुक्त भएका र, रुप र चिन्ह को नयाँ व्याख्या गरिने भएको छ । नयाँ व्याख्या त गरिने भएको छ तर कसको व्याख्या मान्ने मा भने अझै झगडा होला भन्ने अनुमान छ । अब काम्रेडहरु भन्लान हाम्रो व्याख्या मान्नुपर्छ, उता कांग्रेसीहरु हाम्रो व्याख्या मान्नुपर्छ भन्लान, कमल थापाहरु पनि व्याख्या मा आफ्नो हिसाब खोज्न आउलान् । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ भन...

१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । १५ वर्ष सानो समय हैन । यही १५ वर्ष मा धेरै कुरा भइसके ! आफूले नि उहिले बच्चा बेला देखि नै समाचार मा ‘आङ सान सुकी’ भन्ने सुन्याँथिए । आफूलाई त नामै सुनेर अचम्म लाग्थ्यो कस्तो नाम होला, को होला भनेर ! अनि पछि त जहिले वर्मा को नाम सुन्यो कि, ‘आङ सान सुकी’ मात्रै याद आउँथ्यो । आज तिनै नेतृ सैनिक सरकार को नजरवन्द बाट मुक्त भइछिन् ।  संसार भरका टेलिभिजन, रेडियो र वेवसाइट मा आङसाङ सुकी नै छाइरहेकी छिन् । टुविटरमा त अझ, ‘आङ सान सुकी’ ट्रेन्डिङ टपिक नै बनिसकेको छ । ‘आङ सान सुकी’ सबैभन्दा धेरै पटक आफूले सुनेको नाम होला । सन् १९९१ नोबेल शान्ति पुरस्कार की बिजेता तथा प्रजातन्त्रवादी नेतृ को नजरवन्दमुक्त भएको घोषणा सँगै, संसार भर नै खुशीयाली छाएको छ । तर उनको यो रिहाइ का सम्बन्ध मा अहिले नै केही भनिहाल्न सक्ने ठाउँ छैन । साँच्चै भन्दा, सैनिक सरकार को कुरा मा भर गर्न सकिँदैन । विगत मा पनि, नजरवन्द मुक्त गर्ने भन्दा भन्दै नगरिएको धेरै घटनाहरु छन् । अन्त...

विगत केही महिना देखि, हाम्रो देशमा प्रधानमन्त्री छान्ने नाटक भइरहेको छ । अब त्यो नाटक पनि नौटंकी भइसक्यो, अनि नौटंकी पनि धेरै नै भयो । ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्याजस्तो, तिनीहरु का नौटंकी ले आजित भइसकियो, दिक्क भइसकियो । प्रधानमन्त्री का एक्ला उम्मेदवार ले १२ पटक सम्म निर्वाचन मा भाग लिएको सम्म थाहा छ तर हिजो गाइँगुँइ सुनेको, अब १७ औँ पटक को निर्वाचन पो हुँदै छ रे ! ठूला दल भनाउँदाहरुलाई मादल झैँ बजाए ठिक हुन्थे कि ? न हात्तिवन ले केही लछारपाटो लायो, न गोकर्ण ले नै केही लछारपाटो लायो ! अब मन नै नमिलेपछि, गोप्य वार्ता भन्दै मा सबै कुरा मिल्ने हैन क्यारे ! हैन, किन हामीलाई गोप्य वार्ता को निहुँ गरेर, उल्लु बनाइरहेकाछन्, यी पाजीहरुले । कति न, देश को अवस्था प्रति चिन्तित भए जस्तो नि देखाउँछन्, अनि सहमति त हरदम भन्छन् । हिजो पनि गोकर्ण मा सहमति गर्नु चाँहि पर्छ, तर कसरी गर्ने भन्ने कुरा चाँडै टुंगो लगाइनेछ भन्ने सहमति भो रे ! हुन त लाज पचेपछि, शरम नलागेपछि, जे भने नि भो, जे गरे नि भो । जनताप्रति र देशप्रति उत्तरदायी भएको भए न सोच्थे, देशको हित मा ! अब कहाँ उनीहरु को नजर प्रधानमन...

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजन...

जब जब परिवर्तनको लहर सुरु हुन्छ, इतिहास हेर्ने हो भने, बलिया वर्लिनका पर्खालदेखि निरंकुश शासनको पतन निमेषमै हुन पुग्दछ । नेपालको राजनितिक इतिहासमापनि प्रजातन्त्रको लडाँई, पञ्चायती व्यवस्थाको अन्त्य तथा गणतन्त्रको स्थापना यसका उदाहरण हुन । नेपाली राजनितिमा परिवर्तनको निम्ति युवा शक्तिको अग्रणी भूमिका रहन्छ । शाहीकालको अस्तपछि नेपाल मेटामोरफोसिसको स्तिथिमा छ जुन आमूल राजनितिक परिवर्तनको प्रक्रियउ हो । यस संक्रमणकालमा राजनितिक अस्थिरता, सामुदायिक द्वन्द, दण्डहिनताले गर्दा हिंसा तथा असुरक्षा बढ्दै ज्ञानुका साथै अर्थतन्त्र धरासायी बन्दै गएको छ। युवा जमात देश विकासको मेरुदण्ड हो, नयाँ विचारको केन्द्रविन्दु हो तर यसलाई हरेकपटक पार्टीगत नितिमात्र लादेर निहित स्वार्थको निम्ति तोडफोड तथा उच्छृङखल कार्य, युद्धमा प्रयोग गरिनु हामीमाझ विडम्वना छ । आजभोलि बढिरहेको एजुकेशनल ड्रिफ्टलाई हेर्ने हो भने बौद्धिक समाजको पलायन लगातार भइरह्यो भने एउटा थप समस्याको सुरुवात निश्चित छ जसलाई विश्लेषण गर्दा राजनितिक अस्थिरताको शिकार, अस्तव्यस्त शैक्षिक निति, शिक्षाक्षेत्रमा राजनितिक हस्तक्षेप तथा अवसरको कमि मा...

अन्तिम समय मा आएर गरिएको दौडधुप स्वरुप, आर्यघाट मा पुगिसकेको 'संविधान सभा' फेरि ब्युँतेर आएको छ । २ वर्ष भनेर तोकिएको आयु लम्बिएर ३ वर्ष को भएको छ । जेठ १४ गतेको राती दलहरु ले मरेर, सहमति गरेका छन् । सहमति अनुसार, संविधान सभा को म्याद १ वर्ष थपिएको छ । प्रधानमन्त्री माधब कुमार नेपाल को राजिनामा को अडान मा माओवादी थियो भने, प्याकेज मा सहमति गर्ने अडान मा एमाले र कांग्रेस रहेका थिए । संविधान सभा को म्याद त थपियो तर के, यो थपिएको १ वर्षमा संविधान बन्ला त ? प्राय: सबै को चासो यसैकुरा मा गएर अल्झिएको छ । अनि साँच्चै, भन्ने हो सरकार का र हाम्रा कुनै पनि राजनितिक दलहरुका प्रतिबध्दता मा भर गर्ने ठाउँ कहिँ देखिँदैन । बितेको २ वर्ष, "हरुवा र जितुवा" भन्ने दोहोरी मै बित्यो । संविधान बनाउन भनेर गएका सबै पार्टिहरु, संविधान भन्दा पनि सरकार बनाउने र गिराउने तर्फ लागे । माओवादी को नेतृत्व मा रहेको सरकार ९ महिना मै ढल्यो, त्यसपछि एमाले को नेतृत्व मा सरकार बन्यो । सरकार त बन्यो तर यस्तो प्रकार ले बन्यो कि, सरकार मा हारेकाहरु को बहुमत भयो । जनता बाट चुनिएका कुनै पनि प्रतिनिधहरु सरकार मा...

माओवादी देखि कति जनालाई रिस उठेको होला, बेला न कुबेला थाल्न लागेको आन्दोलन ले ! निर्णायक आन्दोलन को लागि भन्दै, विभिन्न ठाउँमा माओवादी ले सैन्य तालिम सञ्चालन गरिरहेको छ । निजी  विद्यालय को शुल्क को निहुँ मा, माओवादी को विद्यार्थी संगठन ले अनिश्चितकालिन स्कुल बन्द गरिरहेको छ । शान्ति प्रक्रिया मा पनि माओवादी ले भाँजो हाल्दैछ, विभिन्न निहुँहरु निकालेर । संविधान समय मा नबन्ने भइसकेको छ, उनीहरुको एकोहोरो रटले गर्दा, संविधान सभा पनि उनीहरुले गर्दा स्थगित भएको छ । माओवादी का कारण स्कुल, कारखाना बन्द छ । अरु दल का कार्यकर्ताहरुलाई पिटिरहेकाछन् । यसले गर्दा भन्न सकिन्छ कि, माओवादी रचनात्मक शक्ति हुँदै होइन । तर यो कुराहरु म भन्दै छैन, यी सबै कुराहरु प्रधानमन्त्री माधव कुमार नेपाल भन्दैछन् यो तलको भिडियो मा । भिडियो मा निकै आक्रोशित देखिएका प्रधानमन्त्री नेपाल ले माओवादी को खोइरो खनेकाछन् । उनी भन्दैछन्, माओवादी शान्ती को पक्ष मा छैन, युद्ध मा लाग्न खोजिरहेको छ, सहमति को राजनितिलाई समाप्त गर्न खोज्दैछ । जसले सारा देशमा युद्ध  मच्चायो, त्यो मान्छे कसरी मान्य हुन्छ ? उनको प्रतिप्रश्...

In an exclusive interview with Avenues TV Former King Gyanendra Shah said, “First of all I do not think that monarchy has come to an end. This is hypothetical proposition”. Ex-king Gyanendra has strongly hinted that the monarchy could be revived in the federal democratic republic of Nepal. In an Interview he said, “First, I do not think that the institution of monarchy has come to an end. I feel this is a hypothetical question. If we turn the pages of history, such ups and downs and exits and entries are common. Let the people decide what they want, shouldering their grave responsibility”. Surely, it will create a wave in Nepali Politics. After 3 three years and the death Of Girija Prasad Koirala, Gyanendra speak for the first time in public. This is a coincidence or preplanned step ? Could Monarchy will be back in Nepal ? Suman Giri of Avenues TV has interviewed Ex-King Gyanendra in Janakpur. Watch Video of Gyanendra Shah’s interview of Avenues TV. Nepal Former King Gyane...

विगत मा सबैभन्दा आलोचित व्यक्ति थिए गिरिजा प्रसाद कोइराला । तर आज तिनै कोइराला अब हामी सामु छैनन्, केबल छ त तिनका भनाइहरु । उनको निधन सँगै, शान्ति प्रकृया अनि संविधान निर्माण कार्य के हुन्छ होला भन्ने कुरा प्रत्येक नेपाली का मगज मा खेलिरहेका छन् । नेपाली कांग्रेस मात्र नभइ सम्पुर्ण पार्टि तथा जनताहरु ले एउटा अभिभावक गुमाएकाछन् । उनको उचाइ सुहाँउदो अन्य नेताहरु नभएबाट पनि सबैले उनलाई मानेका थिए अनि सबै उनकै भरमा थिए । कोइराला एउटा राजनितिक शक्तिकेन्द तथा राजनितिक खेलाडि भएबाट, जसरी पनि शान्ति प्रकृया टुंगो मा पुग्नेछ, जनता ले जसरी पनि नयाँ संविधान पाउनेछन्, भनेर सबै विश्वस्त थिए । तर अब चाँहि के हुन्छ त ? देशलाई समेटेर कसले अघि लैजाला भन्ने व्दिविधा सबै मा रहेको छ । समग्र मा भन्दा अब शान्ति प्रकृया अनि संविधान के हुन्छ, सबैको खुल्दुलि को विषय नै यही रहेको छ तर यसको प्रस्ट जवाफ कोही सँग छैन । ११ वर्षे जनयुद्ध लडेको माओवादी लाई राजनितिक मुलधार मा ल्याइ, शान्ति सम्झौता गराउन सफल भएपछि, कोइराला को चर्चा एकाएक चुलिएको थियो, उनी एकाएक नायक बनेका थिए । उनी भन्थे, ‘यो मेरो जिम्मेवारी हो, म ...

लोकतान्त्रिक आन्दोलन का शिखर पुरुष गिरिजा प्रसाद कोइराला को अवसान सँगै, अब देश को राजनिति ले कुन मोड लेला ? शान्ति प्रकृया र संविधान निर्माण कार्य के होला भनेर सर्वत्र विभिन्न शंका उपशंकाहरु उठिरहेको छ । आफ्ना जिवनकाल मा धेरै राम्रा तथा नराम्रा कामहरु का कारण सँधै चर्चा मा रहेका कोइराला, जिवन को पछिल्लो क्षण मा, शान्ती प्रकृयालाई तार्किक निश्कर्ष मा पुर्याइ, जनतालाई नयाँ संविधान दिने इच्छा भने अधुरै रह्यो । माओवादी जस्तो, ११ वर्ष जनयुद्ध गरेको पार्टिलाई शान्ति प्रकृया मार्फत राजनितिक मुलधार मा ल्याए बाट कोइराला को राजनितिक उचाइ निकै बढेको थियो । पछिल्लो समय मा “सहमति , सहकार्य  र एकता” लाई विशेष जोड दिँदै आएका कोइराला को निधन बाट देशलाई अपुरणिय क्षति पुगेको छ । सबैलाई मिलाएर लान सफल, राजनिति का सर्वोच्च तथा वरिष्ठ नेता कोइराला को निधन सँगै, शान्ति प्रकृया तथा संविधान निर्माण मा ब्रेक लाग्ने त हैन भन्ने शंका पनि उठिरहेको छ । पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन सँगै एउटा युग, ‘कोइराला युग’ को अन्त्य भएको छ । मजदुर आन्दोलन मार्फत राजन...

Former Prime Minister and Nepali Congress (NC) President Girija Prasad Koirala died at 12:10 p.m. on Saturday (20 March 2010). Political parties, leaders, People and leaders of different nations are expressing condolences towards late Girija Prasad Koirala, Former Prime Minister and President, Nepali Congress (NC)  . Nepal Government has decided to fly the national flag half-mast for three days and announce Sunday as national holiday to mourn Koirala’s death. Meanwhile Local Television, Radio and Paper are giving news continuously. Radio stations and Television stations of Nepal are not broadcasting their regular program.  The United States of America extended their condolence to the family and the Nepalis on the demise of Nepali Congress President Girija Prasad Koirala on Saturday. According to eKantipur The U.S. Embassy said, "The best way to honor Mr. Koirala’s legacy is to accelerate the peace process and finalize the new constitution as quickly as possible....

Former Prime Minister and Nepali Congress (NC) President Girija Prasad Koirala passed away at 12:10 p.m. on Saturday (20 March 2010). Girija Prasad Koirala was 86 years old. The NC leaders and the doctors involved in his treatment confirmed Koirala's death following an emergency central committee meeting of the party at 1:45 at Sujata's residence in Mandikatar. Koirala's body will be kept at Dashrath Stadium at 8:00am tomorrow (Sunday) for offering the last tribute. Then his body procession will be carried out from Dasharath Stadium to Pashupati Aryaghat for the last rites. His body will be cremated as per the Hindu rituals. Until then, the body will be kept at his daughter, Deputy Prime Minister Sujata Koirala´s residence at Mandikhatar where people can pay their last homage on Saturday He was appointed Prime Minister four times and acting head of the state after monarch was abolished. RIP Former Prime Minister Girija Prasad Koirala.

Happy Holidays भनेर बिदा मागेरै हिँडिसकेको भएपनि फेरि आइपुगेँ,केहि गन्थन गर्नलाई ! काठमाडौँ, प्राय: सबैलाई सपना को सहर नै लाग्छ, हुन पनि काठमाडौँ त्यस्तै नै छ, नेपाल मा पाइने सबै सुविधाहरु काठमाडौँ मा उपलब्ध छ, अनि ७५ जिल्ला कै मान्छे को जमघट छ काठमाडौँ मा ! करिब १ महिना पछि हिजो,धुलिखेल बाट काठमाडौँ आएँ । भक्तपुर को सूर्यविनायक देखि धुलो खाइँदै आइयो कोटेश्वर सम्म । सडक विस्तार गर्ने काम जोडतोड कै साथ चलिरहेको छ। बाटोभरि धुलो उडेकोछ, अलि कस्तो कस्तो असजिलो महशुस हुन्छ । नयाँ वानेश्वर मा गाडि बाट झर्ने बित्तिकै, फोहोर को डंगुर ले स्वागत गरिरहेथ्यो । गाडि बाट झर्ने बित्तिकै नाक थुन्नुपर्‍यो । कैयौँ दिन देखि काठमाडौँ का सडकबाट फोहर उठ्न सकेको रहेनछ, सँधै को आन्दोलन, सबैको आन्दोलन सम्झेर पनि दिक्क लागेर आउँछ । फोहोर उठाउनेहरु को आन्दोलन, उता कुर्सी को लागि माओवादी को आन्दोलन, उता एक प्रदेश एक मधेस भन्ने को आन्दोलन, उता वाइसिएल ले पिटेको विरुद्ध मा आन्दोलन, उता अर्को को, त्यता अर्को को । काम चाँहि गर्नु छैन सँधै आन्दोलन ले मात्र देश उँभो लाग्ला त ? सायद हामी पनि भेडै हौँ, संघियता को न...

Listen to above Podcast - Fall of the Berlin wall. ब्रिटेन बाट प्रकाशित हुने साप्ताहिक नेपाली पत्रिका एभरेष्ट टाइम्स का सम्पादक शशी पौडेल को आवाज मा २० वर्ष अगाडि बर्लिन को पर्खाल ढलेको विवरण सुन्नुहोस् । शशी पौडेल यो पोडकास्ट मा आफूले देखेको कुराहरु वर्णन गर्दैछन् । हुन त यो पोष्ट नोभेम्बर ९ कै दिन पोष्ट गर्नु पर्ने थियो होला तर पनि आज पोष्ट गर्दैछु । जर्मनी अनि त्यसमाथि बर्लिन को पर्खाल भनेर धेरै नै सुनिएको भएपनि म चाँहि प्राय: बर्लिन को पर्खाल ढालिएको प्रंसग सँग चाँहि अलि बेखबर नै रहेछु । साँच्चै यो बर्लिन को पर्खाल ढालिएको घटना त एउटा ऐतिहासिक घटना रहेछ । जर्मनी भन्नासाथ मलाई त हिटलर को मात्र याद आउँथ्यो तर त्यसबाहेक यो बर्लिन को पर्खाल पनि ऐतिहासिक रहेछ । यो बर्लिन को पर्खाल ले सहरलाई मात्र नभइ, जर्मनीलाई नै पूर्वि र पश्चिम जर्मनी मा विभाजन गरेको थियो । सन् १९६१ को अगस्ट १३ देखि पूर्वी बर्लिनलाई घेरेर पर्खाल बनाउन थालियो । त्यो १३ फिट अग्लो १ सय ७ किलोमिटर लामो कंकि्रटको पर्खालको नजिक पुग्नेलाई देख्ने बित्तिकै गोली ठोकिन्थ्यो । भत्कने बेलासम्ममा पश्चिमतिर भाग्न खोज्ने ...

अपडेट: केयु का विभिन्न क्लबहरु र पुरुष तथा महिला छात्रावासका प्रतिनिधिहरुको मध्यस्थता मा आन्दोलनरत पक्ष र प्रशासन विच ७ बुँदे सहमतिहरु भएको छ । काठमाडौँ विश्विद्यालय आज दोश्रो दिन पनि बन्द रहेको छ । SWC (Student Welfare Council) ले विभिन्न माग राखि गरिएको आन्दोलन ले आज उग्र रुप लिएको छ । यसअघि हिजो SWC ले आफ्नो माग को सुनवाइ नभएको भन्दै सबै डिपार्टमेन्टहरु मा ताला लगाएको थियो भने उता रजिष्ट्रार को कार्यालय ले ताला नखुले कारवाही गरिनेछ भन्दै आज प्रशासन आफैँले ताला फुटाएका कारण स्थिति असमान्य बनेको छ । सो क्रम मा झडप भएर केही विद्यार्थीहरु घाइते भएका छन् भने, झडप कै क्रम मा केही सिसा र गमला तोडफोड भएको छ । केहीबेर अघिसम्म पनि प्रशासन ले वार्ता मा नबोलाएको ले, विद्यार्थीहरु झनै आक्रोशित देखिएकाछन् । केही दिन यता, प्रशासन र SWC बिच दूरी बढ्दैगएको थियो । CR हरु को राजिनामा पछि, SWC को कार्यक्षमता मै प्रशासन ले औँला ठड्याएपछि, स्थिति जटिल बन्दैगएको हो । एकातिर मागहरु सुनुवाइ हुनुपर्ने माग उठिरहँदा विद्यार्थीहरुकै अर्को समूह पढाइ सुचारु गर्न दबाब दिइरहेको छ । विद्यार्थीहरु नै विभिन्न गुट र स...