Skip to main content

Posts

Showing posts with the label Picovico

फेसबुक, इन्स्टाग्राम, फ्लिकर, पिकासा लगायतका साइटहरुमा दैनिक लाखौँ फोटोहरु अपलोड हुने गर्छन् । यसका अतिरिक्त इन्टरनेटमा अन्य सयौँ फोटो सेयरिङ साइटहरु पनि छन् । भर्खरै पनि फेसबुकले फोटो सेयरिङ मोबाइल एप्स इन्स्टाग्रामलाई महंगो मुल्य तिरेर किनेकोछ । हामीले खिच्ने प्रत्येक फोटोले कुनै न कुनै कथा बोकेको हुन्छ, चाहे त्यो प्रोफेशनल क्यामराले खिचिएको होस् वा साधारण मोबाइलबाट खिचिएको होस् । हामीले ती फोटोका कथाहरु फेसबुक, ट्विटर, फ्लिकर, पिकासा, मुभी मेकर, आईफोटो आदि विभिन्न साइट र विभिन्न टुलहरु मार्फत सेयर गर्ने गरेकाछौँ । यही फोटोहरुको कथा भन्ने भन्ने मेसोमा नेपाली सफ्टवेयर ‘पिकोभिको’ पनि थपिएकोछ । मुभी मेकर, पिकासा, आईफोटो आदि चलाइरहेका प्रयोगकर्ताहरुलाई भर्खरै बजारमा आएको नेपाली सफ्टवेयर ‘पिकोभिको’ (Picovico) बारेमा भने खासै जानकारी नहुन सक्छ ! पिकोभिको (Picovico) फोटोहरुलाई भिडियो (Photos to Videos) मा छिटो र छरितो सँग बदल्ने फ्रि “वेब वेस्ड एप्लिकेशन” (Web based Application) हो, जसबाट सजिलोसँग आफूले चाहेको थिम (theme), संगित (Music) र शब्द (Text) राखेर फोटोहरुलाई भिडियोमा बदल्न सकिन्छ