Skip to main content

Posts

Showing posts with the label Opinion

समाचार पढ्न छोडिएको लगभग सात महिना हुनलाग्यो, ट्विटर र फेसबुकमा साथीहरुले पोष्टगर्ने 'हेडलाइन' बाहेक । त्यसो त 'रिकमेन्ड' गरिएको लेखहरु पढिन्छ, तर पहिले जस्तो दिनैपिच्छे समाचार साइटहरु हेरिँदैन, हेर्न मन पनि लाग्दैन । समाचार नपढ्दा, नसुन्दा, र नहेर्दाको फाइदाहरु के हुँदा'रहेछन् कुनै दिन लेखौँला । तर हिजो र आज अकास्मात चकित पर्ने समाचारका 'हेडलाइन' देखियो, फेसबुक र ट्विटर तिर, नहेरी, नपढी र नबोली बस्न सकिएन । Shame! MT @kcdipendra : Youth in Nepal detained for his Facebook comment against police. http://t.co/EtQaEuCse0 #SocialMedia — Aakar Anil (@aakarpost) June 19, 2014 हिजो एउटा समाचार थियो, सप्तरीमा प्रहरी विरुद्ध फेसबुकमा कमेन्ट गर्ने एक युवकलाई १८ दिन हिरासतमा राखेर, साइबर क्राइम अन्तर्गत मुद्दा चलाउनको लागि काठमाडौँ पठाइयो । खुल्दुली निकै बढ्यो, कस्तो किसिमको प्रतिक्रिया दिएछन् भनेर। ती युवाले सप्तरीमा प्रहरीको छवी सुध्रियो शीर्षकमा फेसबुकमा सेयर भएको फोटो (समाचार) मा आफ्नो प्रतिक्रिया दिएका रहेछन् "के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्क

फेसबुकमा पाँच हजार साथी पुगे अब आफ्नो "पेज" बनाउँछु भनेर हिजोआज धेरै साथीहरु तम्सिएको देखेकोछु । तपाईलाई थाहा नहुन सक्छ, तर हिजोआज प्रायजसो व्यक्तिगत 'पेज'को जरुरतलाई 'प्रोफाइल'ले नै पुरा गरिदिन्छ ।  तपाईको प्रोफाइल तपाई आफैँले मात्र चलाउनुहुन्छ भने, तपाईको लागि 'फेसबुक पेज' खर्चिलो र झन्झटिलो मात्र हुनजान्छ । तर तपाईको 'सोसल मिडिया' उपस्थिति म्यानेज गर्ने टिम नै छ भने, पेज सही विकल्प हुनसक्छ । जस्तो एउटा उदाहरण हेरौँ: यदि तपाईंले पेज पनि बनाउनु भयो र उक्त पेज आफैँले म्यानेज गर्नुपर्छ भने सोच्नुस्, तपाईका फलोअरहरु दुई तिर बाँडिनेछन् पेज र प्रोफाइलमा । दुबैमा अपडेट दिनुपर्यो, कतिपय प्रसंगमा त एउटै कुरा दुई तिर पोष्ट गर्नुपर्छ। फेरि दुईटैमा नियमित हुनुपर्यो। दुबैमा आएका, कमेन्ट र म्यासेज पनि हेर्नुपर्यो । यस हिसाबले मात्रै पनि एउटा कामको लागि समय दोब्बर लाग्छ । अर्को कुरा, तपाईको आफ्नै प्रोफाइललाई पेजमा परिवर्तन गर्नुभयो भने पनि, तपाईका सबै डाटाहरु मेटिन्छन् । आफ्ना चिनेका साथीहरुको सर्कल दुई तिन सयको हाराहारीमा छ र अरु धेरै साथीहरु नबनाइ

"सिमित मात्रामा बजारबाट विज्ञापन लिने र न्यूनतम पाठक शुल्क पनि उठाउने । सेतोपाटीमा आजैदेखि विज्ञापन खुल्ला गरिएको र निश्चित समयपछि पाठकबाट मासिक शुल्क उठाउने जानकारी गराउन चाहन्छौँ ।व्यवसायीक रूपमा अघि बढ्दै गएपछि सेतोपाटी अन्ततः एउटा पब्लिक लिमिटेड कम्पनीको रूपमा अघि बढोस् भन्ने हाम्रो चाहना छ ।" - सेतोपाटीले आफ्नो नोट मा लेखेकोछ । यो नोटसँगै सेतोपाटीको चर्चा अनलाइनमा चुलिएकोछ । फेसबुक, ट्विटर लगायतका साइटमा सेतोपाटीले लिन लागेको अबको कदमका बारेमा मिश्रित प्रतिक्रियाहरु आइरहेकाछन् । सेतोपाटी लाई मैले डिजिटल मिडिया स्टार्टअपको रुपमा हेरेकोछु । एक दर्जन पत्रकार आबद्ध रहेको डिजिटल मिडिया स्टार्टप सेतोपाटीले छोटो समयमा नै लोकप्रियता हासिल गरेकोछ । स्टार्टअप भनेको 'ट्रेडिसनल' तौर तरिकालाई च्यालेन्ज गर्दै, समस्याको समाधान नयाँ तरिकाले निकाल्ने र त्यसैको वरिपरि आफ्नो बिजनेस मोडल बनाउने आइडिया हो भनेर बुझ्दा हुन्छ । सेतोपाटी, आरभिएल रेडियो, पिकोभिको, क्लाउड फ्याक्ट्री, बर्थडे फरेस्ट, क्यास अन एड, थ्रेड पेन्ट्स लगायतका स्टार्टअपहरु नेपालमा देखिएकाछन् । केहीलाई छाड

फेसबुक र ट्विटरमा अनगिन्ती गुनासाहरु पोखिएकाछन् । सामाजिक सञ्जालमा अपडेहरु हेर्दा यस्तो लाग्छ हामीलाई “नमर्ने रिस उठेकोछ”, आफू माथि,  भ्रष्ट नेताहरु माथि, मन्त्रीपरिषद अध्यक्ष, राष्ट्रपति, अनि लोकमान माथि । आफ्नै आँखा अगाडी अराजकताको राज चलिरहेकोछ, अनि हामी टुलुटुलु हेरिरहेकाछौँ । हामीसँग विकल्प छैन भन्दै आफ्नै पुर्पुरोमा हात लगाएर बसिरहेकाछौँ । चारदलहरुले नै यस्तो नचाहिँदो निर्णय गरेपछि अनि राष्ट्रपतिले नै लालमोहर लगाइदिसकेपछि लोकमानलाई मात्र गाली गरेर हुनेवाला पनि केही छैन । यदि यो गलत कदम हो भने, लोकमान भन्दा कयौँ गुना दोषी, माओवादी, कांग्रेस, एमाले लगायतका दलहरुछन् । यी तिनै दलहरु हुन् जो चुनावको समयमा हामीसँग हात पसार्दै आइपुग्छन् भोटको लागि । अनि हामी तिनै भ्रष्टहरुलाई चुनेर पठाउछौँ, हामीमाथि शासन गर्न । अनि उही प्रवृत्ति दोहोरिन्छ, कम्तिमा मैले यही देखेँ विगत १८-२० वर्षको समयमा ।   मलाई के लाग्छ भने, यी दलहरुका नेतृत्व विरुद्ध ती पार्टिका युवा नेताहरु जाग्नुपर्छ । लोकमान नियुक्तीको विरोधमा नेपाल बन्द गरेर सर्वसाधारण जनतालाई दुख दिनुभन्दा, आफ्ना पार्टि कार्यालय घेराउ गर्नुपर

पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन । मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन। दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान

Can a game or a sport bring people together? Unite them as one? Making them forget their demography in their country, their caste, their community, their religion and of course their gender. If that happens can we call that a phenomena. Especially for a country like ours, Nepal, which is torn apart with all these factors.  We witnessed this phenomena, if I can call that a phenomena, in the modest yet beautiful cricket ground at the Tribhuwan University here in Nepal. Nepal was gearing to fight against the most talked about nation around the world media; Afghanistan. Stadium was packed beyond its capacity just like our micro buses during peak hours in the city. People, mostly students found places in top of the tress, roof of the nearby building and where ever a human eye could find an space inside the stadium people occupied it. The metal sheet that was erected around the compound as a fence was kicked down by the crowd to make space for them to sit on top of the compound. Crowd woul

सँधै राजनितिको कुराले तात्ने सोसल नेटवर्कहरुमा २-३ दिन यता नेपाल प्रहरीको नयाँ हर्कतले तातेकोछ । अपराध नियन्त्रणको निहुँमा कपाल पाल्ने, मुन्द्रा लाउनेहरुलाई प्रहरीले पक्राउ गर्दै कारवाही गर्न थालेकोछ ।  समाचार अनुसार “नियन्त्रणमा लिएकाहरुको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य सुरु गरिएको छ। लामो अशोभनिय कपाल पालेकाको कपाल काटिएको छ तथा, अब उपरान्त त्यस्ता प्रकारको गतिविधि पहिरन र हुलिया बनाइ नहिँड्ने चेतावनी दिइकोछ।” नेपाल प्रहरीको ज्यादतिको विरोधमा फेसबुकका भित्ताहरु स्टाटस र फोटोहरुले भरिएकाछन् । प्रहरीको अभियान देखेर आफैँलाई लाज लागेकोछ । राजनैतिक दलहरुका वरपर रहेका डनहरु, अपराधिहरु खुल्लमखुल्ला हिँडिरहेकाछन्, तर प्रहरीले अपराध नियन्त्रण गर्ने निहुँमा लामो कपाल भएका युवाहरुको कपाल काट्ने अभियान थालेकोछ । संगठित अपराधीहरुबाट जनताले दु:ख व्यहोरीरहेका बेला, जनताको ध्यान मोड्न र पपुलिस्ट हुन, एउटा “वाहियात” अभियान सञ्चालन गरिरहेछ । आफ्नो असक्षमता ढाक्न कपाल लामो भएका युवाहरु अपराधी हुन् भन्ने कुरा प्रमाणित गर्न लागिपरेकाछन् । केही समय पहिले भारतमा, एकजनाले “चाउमिनका कारण बलत

हामी सबै स्वतन्त्र छौँ, आफ्ना विचार अभिव्यक्त गर्न र हामी आफूलाई विभिन्न माध्यमबाट अभिव्यक्त गर्न सक्छौँ । म आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र छु, मनलागेको काम गर्न स्वतन्त्र छु, अनि जान चाहेको ठाउँमा जान स्वतन्त्र छु । म आफूलाई जुनसुकै माध्यमबाट अभिव्यक्त गर्न सक्छु, चाहे लेखाइबाट होस्, चाहे गित संगितबाट होस्, वा कलाका माध्यमबाटै किन नहोस्, एक नागरिक’को हैसियतले यी कुराहरु मैले नेपालमा गर्न पाउँछु । अहिले एउटा कलाकारले बनाएको ‘पेन्टिङ’ अनि त्यसको प्रतिकारमा ‘हिन्दु संगठन’ ले कलाकारलाई दिएको धम्की, अनि कलाकारले बनाएको ‘पेन्टिङ’ को पक्ष अनि विपक्षमा बहस भइरहेकोछ । ती बहसहरु हेर्दा मलाई लाग्यो, हामी सबैजना आफ्नो अनुकुल हुने ‘स्वतन्त्रता’को वकालत गरिरहेकाछौँ । यही ब्लगमा पनि मैले ‘आफू अनुकुल स्वतन्त्रताको वकालत’ गरेको तपाईहरुलाई लाग्न सक्छ । हामीहरु आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र भएका कारण कलाकारले आफ्नो स्वतन्त्रताको उपभोग गर्दै, आफूलाई उक्त चित्रहरु मार्फत व्यक्त गरे, आफ्ना बुझाइ चित्रमार्फत देखाउने कोशिस गरे । यो उनको स्वतन्त्रता थियो । चित्रहरुको प्रदर्शनी पछि रुष्ट बनेको एउटा समूहमा

जब उनी प्रधानमन्त्री भए, अधिकांश नेपालीले धेरै राम्रा कुराहरुको अपेक्षा उनीबाट गरे । आफूले नि खुबै वकालत गरियो, भ्याएजति ठाउँमा । मुस्ताङ गाडि चढ्ने देखि, ‘इकोनोमि क्लास’को हवाइ टिकटले उनको कद बढाउन मद्दत गर्यो । उनको सुरुवाती भनाइहरु, गरिएका भाषणहरु सुन्दा हेर्दा, उनलाई अविश्वास गर्ने ठाउँ कहिँ थिएन । अन्य राजनितिक दलहरुलाई पहिले देखि नै उनका कुरा नपचेको हुनसक्छ तर जनताको हिसाबले, हामीले हाम्रो ठाउँबाट हेर्दा बाराभले भनेका र गरेका हरेक कुराहरुलाई सकरात्मक अर्थमा हेरियो । हामी यो कारण पनि खुशी थियौँ कि, कम्तिमा यी प्रधानमन्त्री पहिलेका अरुजस्ता छैनन् । कोइराला, नेपाल, खनाल, दाहाल, आदि देखिसकेका हामीले भट्टराईबाट केही पृथक र केही राम्रा कामहरुको अपेक्षा राख्यौँ । तर आज सरकारको नेतृत्व गरेको करिब १ वर्ष हुँदै जाँदा उनी सबैतिर उनका अलोकप्रिय निर्णय र मिचाहा स्वभावका कारण आलोचित बन्दै गइरहेकाछन् । सत्तामा आफूलाई जोगाइराख्न, ईतिहासकै ठूलो मन्त्रीमण्डल बनाउने देखि लिएर संविधान भंग गर्ने सम्मका काम गरेबाट उनी आलोचित त भइरहेकाछन् नै, त्यसबाहेक अन्य विभिन्न दर्जनौँ निर्णयबाट पनि आफ्नो साख गुम

केही साता अघिसम्म एसएलसीको चर्चा र परिचर्चा थियो । करिब १० दिन जति पहिले एसएलसीको रिजल्ट निस्कियो , पोहोरको भन्दा अलि धेरै विद्यार्थी असफल भएछन्, असफल हुने केहीले आत्महत्या गरे । घर, परिवार अनि समाजले एसएलसीलाई फलामे ढोका (Iron Gate) भनेर भन्ने गरेकाछन्, अनि पास हुनेलाई संसार जिते झैँ हुन्छ अनि फेल हुनेलाई संसार सकिए झैँ लाग्छ । असफल हुँदा कति, कति गाह्रो हुन्छ भन्ने कुरा, जसले भोगिरहेकोहुन्छ, उसले मात्रै थाहा पाउनसक्छ । फेल भएकाहरुले त फेरि परिक्षा देलान् अब तर पास भएकाहरुलाई पनि अर्को चटारो थपिएकोछ, कुन कलेज पढ्ने, के पढ्ने? प्लस टु कलेजका विज्ञापनहरुले अहिले नेपालका सबै मिडियाहरु भरिएकाछन् । च्याउसरी कलेज खुलिरहेकाछन्, आकर्षक फोटो राखेर विद्यार्थी तान्ने कसरतमा सबै जुटिरहेकाछन् । कलेजका नामपनि थरिथरिका छन्, अनि सबैको दावी छ, गुणस्तरमा नम्बर १ कलेज हो । अरुलाई कस्तो लाग्छ भन्न सक्दिन, तर अहिले मलाई चाँही ति विज्ञापन र कलेजहरु देख्दा पारो तातेर आउँछ । कुनै पनि पत्रिका पढियो वा टिभि हेरियो भने अधिकांश ‘स्पेश’ प्लस टु का विज्ञापनहरुले खाइरहेकाछन् । बाहिर एकदम राम्रो भनेर देखाउन, निकै

हामीकहाँ दैनिक लोडसेडिङ हुन्छ, तर लोडसेडिङ हुँदै गर्दा पनि विद्युतिकरणको कार्य भने रोकिएको छैन रे, रोकिनुपनि हुँदैन । लोडसेडिङ भइरहेको छ, अहिले त बिजुलीको माग धान्न सक्या छैन, अन्यत्र विद्युतिकरण किन गर्नुपर्यो भन्ने तर्क नि हुँदो हो । तर मेरो विचारमा विद्युतिकरण सँगसँगै हुँदै जानुपर्छ, हाइड्रोपावरहरुको निर्माण छिटो छिटो हुँदै जानुपर्छ । बिजुलीको खम्बा उभ्याइसकेपछि, तार टाँगिसकेपछि, लोडसेडिङ नै हुने भएपनि घरमा बिजुली बल्न कति समय लाग्ला? १ महिना, १ वर्ष ? तर होइन बिजुलीको खम्बा गाडेको दशौँ वर्ष पछि पनि बिजुली नबल्न सक्छ । हो, नबल्न सक्छ? कारण, हाम्रो नेताहरुको राजनितीक दाउपेच । “विकास” भन्ने कुरा, राजनितिक दल र नेताहरुको राजनितिक अस्त्र । माथि फोटोमा बिजुलीका खम्बा र तारहरु देख्न सक्नुहुन्छ । तपाईहरु अनुमान गर्नसक्नुहुन्छ? यो खम्बा कहिले गाडियो? किन गाडियो? निश्चय नै बिजुलीको खम्बा बिजुलीका लागि नै हो । तर बिजुलीको खम्बा गाडिनु चुनावमा भोट माग्ने काइदा रहेछ भनेर, म बल्ल बुझ्दैछु । यो कुरा कुनै दुर्गम गाउँको होइन, यो कुरा धेरै टाढाको पनि होइन । हप्ता दिन पहिले, घरजाँदा आफ्नो जन्मस्थ

एउटा इमेल-छलफल समूहमा प्रेषित यो अपिल प्रेषकको अनुमति सहित यहाँ जस्ताको त्यस्तै प्रकाशित गरिएको छ। हस्ताक्षकर्ताहरु मध्ये केहि व्यक्ति निकै चर्चित अनुहारहरु छन्। Captain Vijaya Lama भट्टराई गठबन्धन-सरकारका पक्षधरहरुले प्रचार गर्नेजस्तो उनीहरुको विचारसँग सहमत नहुने सबै संघियताका विरोधी होइनन् र सबै त्यस्ता मानिसहरु उनीहरुले नै भन्ने गरेजस्तो शोषकहरु पनि होइनन् भन्ने कुराको यो एक प्रमाण हो। हुन त यस्ता धेरै प्रमाणहरु पहिल्यै उपलब्ध छन्, तर झुठको व्यापारलाई ती कुराहरुबाट खासै फरक पर्दैन। सबैलाई यी विचारहरु पुन:प्रकाशन गर्न अनुरोध छ । ट्विटर, फेसबुक वा ब्लगहरु मार्फत सक्दो सेयर गरौँ। धन्यवाद । जरुरी नागरिक अपिल,१४ जेठ २०६९ “संबिधानसभाले संघियताको परिभाषा अहिले नगरोस" संबिधानसभामा संघियताको परिभाषा गर्ने कार्य ४/४ वर्षसम्म अगाडी नबढेको संदर्भमा अंतिम घडीमा आएर अस्वस्थ बन्दै गएको हामी नागरिकले पाएका छौं । यसले नेपालका समुदायहरु बिचको सौहार्दता तथा सुसम्बन्धमा असर पर्ने, अंतरजातीय सदभाव खल्बलिने तथा नेपालको आर्थिक अग्रगमन र समाजिक बिकासमा धक्का लाग्ने हुंदा हामीले यो बक्तब्यको

दुई दुई पटक सञ्चालन भएर रोकिएको हिमालखबर मिडियाको अनलाइन न्युज पोर्टल "हिमाल खबर डटकम " जेठ १० गते देखि फेरि सञ्चालनमा आएको छ । केही दिन पहिले फेसबुक मार्फत, हिमालखबर दैनिक रुपमा निरन्तर प्रकाशित हुने घोषणा गरिएकोथियो । यही कुरालाई अनुमान गर्दै, धेरैले हिमालखबर पत्रिका पाक्षिकबाट दैनिक भएको भनेर चर्चा गरेका थिए । नागरिक, रिपब्लिकाका सम्पादकको राजिनामा भएकै दिन, हिमालखबरको दैनिक खबर पस्किने सूचना फेसबुकमा आएको, कारणले पनि अधिकांशले यसलाई आ-आफ्नै रुपमा बुझेका थिए । तर बजारमा चलेको जस्तो हिमालखबर, दैनिक पत्रिकाको रुपमा नभइ, अनलाइनमा चाँहि दैनिक रुपमा आएको छ । पश्चिमी देशमा पत्रिकाहरु इन्टरनेट (अनलाइन पोर्टल) व्दारा विस्थापित हुँदै गएको सन्दर्भमा, यसलाई नेपालमा पनि सकरात्मक रुपमै हेर्नुपर्छ भन्ने लाग्छ । हिमालखबरले इन्टरनेट संस्करणलाई आफ्नो प्राथमिकतामा राख्नु र हिमाल खबरपत्रिकाको समाचार कक्षबाटै सञ्चालन हुनुले हिमाल खबर अन्य समाचार पोर्टल भन्दा पृथकहुने अनुमान गरेकोछु । नागरिक, ईकान्तिपुर, कारोबार आदि समाचार पोर्टल सञ्चालनमा आएपनि, समाचार बाहेक, लेख र विचारहरु सबै पत्रिकामा

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t

अखण्ड सुदुरपश्चिमको माग गर्दै सुदुरपश्चिममा आन्दोलन चर्केको हप्ता दिन हुनलागिसकेकोछ । अखण्ड सुदुरपश्चिमको माग हुँदै गर्दा, थरुहटको माग गर्दै अर्को समूह थारु संयुक्त संघर्ष समिति पनि आन्दोलनमा उत्रिएकोछ । सुदुरपश्चिम बन्दको चपेटामा परेको, हप्ता दिन भइसक्यो तर खै, अहिलेसम्म कुनै पक्षबाट समाधानको पहल वा वार्ताको पहल गरिएको थाहा छैन । उता जनकपुर लगायतका क्षेत्रमा पनि आमहड्ताल आह्वान गरिएकोछ । साना साना जातीय समूहरुले आफ्ना पकड क्षेत्र मानेका ठाउँहरुमा पनि बन्द र विरोध गरिरहेकाछन्, आजैपनि बाहुन क्षेत्री लगायतका व्यक्रिहरुले पोखरामा जातिय संघियताको विरोधमा ठूलो सङ्ख्यामा सडकमा ओर्लिएर जनप्रदर्शन गरेछन् । सुदुरपश्चिममा आमहड्ताल चलिरहँदा, झडप र मुठभेडको खतरा बढिरहँदा, दिनहुँ विशाल जनप्रदर्शन भइरहँदा, काठमाडौँमा सरकार परिवर्तन गर्ने कुराले नेताहरुलाई तताएकोछ । देश संघियतामा जाने भएकोछ, तर राजनैतिक दलहरुको अदुरदर्शिता र सस्तो लोकप्रियताको लागि बाँडेको जातिय संघियताको नाराले जनताहरु विच आपसमा मुठभेडको जोखिम बढ्दै गएकोछ । कैलालीका प्रमुख जिल्ला अधिकारीले त त्यहाँ कुनै पनि बेला जे पनि हुनसक्ने

केही हप्ता र महिना भएको थियो, पड्किएको, पड्काइएको खबर नसुनिएको तर आज फेरि एउटा दुखद घटना घट्यो ! पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्दिको बाहना देखाएर संयुक्त जातिय मोर्चाले केही निर्दोष व्यक्तिहरुको अनाहकमा ज्यान लिए ! जुनसुकै बाहनामा पड्काइएको भएपनि, यो अत्यन्तै निन्दनिय काम हो, यसै ब्लगमार्फत त्यस्तो जघन्य अपराधको घोर भत्सर्ना गर्दछौँ ! एकपटक मात्र पाइने मान्छेको जिवन सस्तो छैन, मान्छे जिवनको अगाडि त्यो पेट्रोलको मुल्य के नै छ र? तर होइन उनीहरुले पेट्रोल महंगो र मान्छेको जिवन सस्तो देखे ! मान्छे मारेर, कुनै क्रान्ति हुँदैन, कुनै विरोध हुँदैन, कुनै आन्दोलन हुँदैन, सहरमा बम र बारुद पड्काएर, मान्छे मारेर क्रान्ति गरेँ भन्नु मुर्खता मात्र हो ! सहरको बिचमा बम पड्काएर, मान्छेको जिवन हरेर, सान सँग आफूले पड्काएँ भन्छन् तर सोच्दैनन्, जो मारिए तिनका आफन्तलाई कति पिडा भएको होला ! जो मारिए, उनीहरु गइगए ! न उनीहरुलाई अब कुनै पिडा हुन्छ, न कुनै किसिमको दुख वा अभाव नै हुन्छ ! जति पिडा हुन्छ बाँच्नेलाई हुन्छ ! मान्छेका कति सपना अनि आशाहरु हुन्छन्, के सोचेर जिवनमा अघि बढिरहेकोहुन्छ तर अनाहकमा ज