Skip to main content

Posts

Showing posts with the label Notebook

हिजो स्कुल गइएन । स्कुलमा अनुपस्थित हुन्छु भनेर निवेदन पनि लेखिएन । निवेदन लेखिएको भए, साथीले पहिलो घन्टी हाजिर गर्ने सरलाई निवेदन दिन्थ्यो होला। अघिल्लो महिना लक्ष्मणले निवेदन लेखेर पठाएको थियो, उसको बुवाको हस्ताक्षर सहित । तर पनि भोलिपल्ट उसले पहिलो घन्टीमा बाँसका सिर्कनाले कुटाइ खाएको थियो । सर सहित, हामी सबैले, उसको बुवालाई  नरेश भनेर चिन्थ्यौँ,  तर हस्ताक्षरमा राम नरेश लेखिएको थियो । अरुलाई नक्कली हस्ताक्षर गराएर ल्यायो भनेर, उसले पिटाइ खाएको थियो । भोलिपल्ट लक्ष्मणले आफ्नु बुवालाई स्कुलमा लिएर आयो, मैले हस्ताक्षर गरेर पठाउँदा पनि मेरो छोरालाई कुट्ने भनेर नरेश काकाले सरहरुलाई गाली गरेपछि, सुरेश सरले केही दिनका लागि कसैलाई कुनै कार्वाही गरेनन् । तर दोस्रो, तेस्रो हप्ता देखि नै नभनी बिदा बस्ने, निवेदन नपठाउनेहरु, अनि फर्जी हस्ताक्षर गराउने विद्यार्थीहरुले कुटाइ खान थालेका थिए । आज पालो मेरो थियो, कुटाइ खाने। निर हालेर धोएको सेतो सर्ट, सेतो पाइन्ट अनि कपडाकै सेतो जुत्ता, तेलले चिपिक्क पारेर वाँया फर्काएर कोरिएको-कलप लगाइएको कालो कपाल, सर्टको खल्तीमा रातो र कालो कलम, निधारमा रातो अव

अल्छे भइएको हो, वा व्यस्त भइएको हो, यसै भन्न सक्दिन तर ब्लगमा भने सोचेजस्तो र भनेजस्तो रहेन । तरपनि वर्षको अन्त्यमा भने सँधै अघिल्लो वर्षको समिक्षा गर्ने हुटहुटी चल्छ, हुन त महिनै पिच्छे गरे हुने हो आत्मसमिक्षा। एउटा प्रयोग २०१३ को डिसेम्बर अन्तिमतिर एकजना साथीले 'नेपालको राजनैतिक/सामाजिक समाचार पढ्नुभनेको, आफ्नो बिपी मात्र बढाउनु हो' भन्ने आशयको ट्विट गरेकाथिए । मलाई उनको कुरा ठिकै लाग्यो, अनि मैले पनि वर्षभरि नै समाचार नपढ्ने/नसुन्ने/नहेर्ने वाचा गरेँ आफैँसँग । आफूले फलो गरिएका र लाइक गरिएका अधिकांश समाचार पोर्टललाई अनफलो र अनलाइक गरियो। हरेक रात ८ बजेको टिभी समाचार हेर्ने बानी परेको मैले, यो वर्ष मुस्किलले ५-६ वटा समाचार हेरेँ होला टिभीमा । बिहानको रेडियोको समाचार पनि सुन्न छोडियो । पत्रिका पढ्न छोडियो । ट्विटर र फेसबुकमा साथीहरुले सेयर गरेर, पढ्नैपर्ने भनेर रिकमेन्ड नगरेका बाहेक कुनै लेख सायदै पढियो । समाचारबाट सय प्रतिशत नै टाढा बस्न त सकिएन तर पनि कहिले समाचार खोज्दै कुनै समाचार पोर्टल धाइएन । यतिसम्म भयो कि, पश्चिममा पसेको बाढीसमेत मैले पछि मात्र थाहा पाएँ -- फिल द

डिल्लिबजारको ओरालो झरेका गाडीहरु पुतलीसडक चोकमा रोकिएका थिए, ट्राफिक प्रहरीबाट बाटो खुलेको ईशारा पर्खदैँ। त्यहाँ उडेको धुलो अनि खनिएको सडकमा जमेको पानीले आफू कुनै युद्दभूमीमा भएको आभास दिन्थ्यो। तिनकुने वानेश्वर क्षेत्रको सडक सार्क सम्मेलनको तयारीमा जुटिसक्दा पनि पुतलीसडक चोकमा भने धुलो उडिरहेको थियो। पुतलीसडक चोकको धुलो छल्दै अलि अघि बढेँ, ट्याक्सी कुर्न। दिल्ली जानको लागि एयरपोर्ट तीन, साँढे तिन भित्र पुग्नु पर्ने कुरा भएको थियो, "सेक्युरिटी कडा" छ भन्ने सुनिएको थियो सार्क'का कारण। आफूलाई हतार भएको बेला, सबै कुरा ढिलो भए झैँ लाग्छ। करिब १० मिनेट कुरेपछि बल्ल एउटा खाली ट्याक्सी देखियो, हातले ईशारा गरेँ, केही पर गएर ट्याक्सी रोकियो। ट्याक्सी रोकेर चढ्न पनि कहिलेकाँही महाभारत नै पर्छ, फलाना ठाउँ जाने, चिलाना ठाउँ नजाने, यति भन्दा घटि नजाने भनेर अड्को थाप्ने टन्नै ट्याक्सी गुड्छन् काठमाडौँमा। त्यही ट्याक्सीको महाभारत सोचेर, पहिले कलंकी देखि एयरपोर्टसम्म चल्ने साझा यातायातमा एयरपोर्ट जाने प्लान गरेको थिँए तर आफू पौने ३ बजेसम्म पुतलीसडकमै थिँए। साझाको रुट नमिल्ने भए

"आज मसँग चानचुन भएन, चिया खानुपर्नेथियो?” एकजना बूढाबा आफू बसेको कुर्सी नजिकै आएर नजाँनिदो किसिमले 'चानचुन' दिन आग्रह गर्छन् । उनको 'चानचुन'को आग्रह सुनेर हामीबिच हाँसोको फोहोरा छुट्छ, काकाबाले ती बुढाबालाई केही चानचुन दिनुहुन्छ, हामी फेरि 'चानचुन' बाको कुरा काट्दै चिया सुरुप्प पार्छौँ । चानचुन'बा पनि अघिल्लो महिना इन्द्रदह हाइकिङ जाँदा भेटिएका 'कान्छा काका' बिर्साउने किसिमका रहेछन्, तर उनलाई हामीले धेरैबेर अल्मल्याएनौँ । पावर हाउसबाट पोखरी जाने उकालो सिँढि चढ्दै गर्दा केही अघि तिनै बूढाबा भेट भएका थिए । ती बूढाबा ओरालो झर्दैथिए, हामी उकालो चढ्दै थियौँ । ३ घन्टा घाममा सेकिँदै हिँडेका हामीलाई भोक लागिसकेको थियो, काकाबाले ती बूढाबालाई सोध्नुभयो, “यता खाने ठाउँ कता छ?” । ती बूढाबाले हातले ईशारा गर्दै, 'एउटा उ तल छ, एउटा यता घर माथि छ' भने । चित्तबुझ्दो जवाफ नभेटेकोले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदियौँ । १० – १२ वटा खुड्किलो के चढिएको थियो, ती बूढाबाले घरपछाडी भनेर ईशारा गरेको घरको पछाडी देखियो, भोज भतेरको लागि धमाधम पकाउ

इन्द्र दह नाम सुन्दा, एउटा सुन्दर पोखरीको कल्पना गरेको थिँए । डाँडाको माथि जंगलमा छ भनेपछि, दहको कल्पना झनै सुन्दर बनेको थियो । जंगलको बिचमा पोखरी, रङ्गी बिरङ्गी माछाहरु, मन्दिरहरु आदि आदि । हिँड्न भनेपछि रमाईलो लाग्छ, केही हप्ता पहिले मात्रै पनि घान्द्रुक सम्म पुगेर आइयो । अस्तिको शनिबार इन्द्र दह हाइकिङ जाने प्लान बनेको थियो, केहि दिन अघि मात्रै । काठमाडौँको भिडभाड, अझ भनौँ पछिल्लो समय बढेको धुँवा धुलोबाट केही छिनको लागि भने पनि प्रत्यक्ष राहत मिल्ने, हाइकिङ जाने प्लान अन्तर्गत साँढे सात बजे कलंकी चोक पुगियो । तर सबै साथीहरु जम्मा हुन करिब १ घन्टा नै लाग्यो, बिहान कलंकीको पुल छेवैको चियापसलमा चिया पिउँदै बिताइयो । दिउँसो डाँडाको माथि पुगियो, बलम्बुको रिन्छेन गुम्बा, तोरीबारीहरु, चियापसल र जंगल हुँदै । माथि पुग्दा हाम्रा @kakabaa का साथीले खानेकुराको बन्दोबस्त गरिसक्नुभएको रहेछ -- लोकल कुखुरा । पुग्ने बित्तिकै खाजा अनि दह घुमेर आएपछि खाना खाने सहमति भयो तर खाजा नै यति धेरै खाइयो कि खाना बल्लतल्ल सकाइयो । सँधै हाइकिङ गइरहने हामीलाई, यो पटक पिकनिक गएझैँ रमाईलो भयो । नेपाल एकिकरण

सन् २०१३ ले विदा माग्ने सुर कस्दैछ, दिन बित्दै जाँदैछ, ब्लग बुढो हुँदै जाँदैछ । दिनहुँ नयाँ कुरा सिकिँदैछ, नयाँ परिवर्तनको अनुभव गरिँदैछ । 'गुगल किप'मा हरेक दिन जसो केही न केही टिपोट गरिन्छ, ब्लगको लागि भनेर तर सँधै भोलि भनेर पन्छिएको धेरै समय भयो । यही अनिमियतताको विच पनि गत १ वर्षमा ६५ वटा ब्लग प्रकाशित गरिएछ, केही ड्राफ्टमै थन्किएकाछन् । पछिल्लो १ वर्षलाई नियाल्दा ब्लग नियमित नभएपनि सँधै केही न केही चैँ लेखिनै रहिएको रहेछ भन्ने लाग्यो  । त्यो भन्दा महत्वपूर्ण कुरा, ब्लगमा प्रकाशित कुन र कस्तो ब्लगपोष्टहरुलाई रुचाइएको रहेछ भनेर जान्ने मौका पनि मिल्यो । यसले ब्लगमा आगामी दिनमा कस्ता सामाग्री प्रकाशन गर्नु पर्ने रहेछ भनेर एक किसिमको सन्देश पनि मलाई दियो । धेरैले भन्ने गर्छन्, ब्लग आफ्ना लागि लेखिने हो । सायद सही नै होलान् तर पढ्ने पाठक नभइदिए, ब्लगहरुको काम छैन भन्ने लाग्छ । केही वर्ष पहिलेसम्म ब्लग भनेका व्यक्तिगत गुनासा पोख्नेठाउँ मात्र हुन् भन्ने लाग्थ्यो तर अहिले ब्लगको परिभाषा मेरा लागि फेरिँदै आएकोछ । अत: ब्लगमा आफूले जानेका, आफ्नो पेशासँग सम्बन्धित र अरुलाई उपयोगी

सन् २००८ तिर म नोकिया ६३०० फोन बोक्नेगर्थेँ । त्यसबेला मलाई नोकिया जत्तिको फोन अरु कुनै छैन र नोकियाको बजारलाई कसैले हल्लाउन सक्दैन जस्तो लाग्थ्यो । तर करिब ३-४ वर्षको अन्तरालमै पासा पल्टियो । माइक्रोसफ्ट कर्पोरेसनले आज नोकियाका सम्पूर्ण 'डिभाइस', 'प्याटेन्ट लाइसेन्स' तथा 'नोकिया म्यापिङ सर्भिस' ७.२ बिलियन डलरमा किनेको घोषणा गरेकोछ । घोषणा सँगै नोकियाको 'नाम'मा अब नयाँ स्मार्टफोन नबन्ने भएकोछ । सहमति अनुसार "आशा" र "लुमिया" फोनको ट्रेडमार्क माइक्रोसफ्टमा निहित रहनेछ, भने "नोकिया" फिनिस कम्पनीकै "ब्रान्ड"को रुपमा रहनेछ, र नोकियाले आफ्नो फिचर फोन मात्र 'नोकिया' ब्रान्डको रुपमा निकाल्न पाउनेछ। टेक्नोलोजी साइट द भर्जका अनुसार , भविष्यमा बन्ने सबै विन्डोज फोनहरुलाई, माइक्रोसफ्ट ब्रान्डिङ गरिनेछ ।यसको अर्थ भनेको भविष्यमा हामीले 'नोकिया' ब्रान्डेड कुनै पनि स्मार्टफोन चलाउन पाउनेछैनौँ । Microsoft buys Nokia for $7.2 billion. Crazy stat: In 2007 Nokia's market share was 48.7%. By 2012 it had sli

घर पुग्नै लागेको थिँए, उखुले भरिएको (उखु लोड गरिएको) एउटा ट्रक धुलो उडाउँदै आइपुग्यो । धुलोले बाटो डम्म ढाकियो, भिजिबिलिटि मुस्किलले १-२ मिटर हुँदो हो तर दिमागमा एक्कासी बत्ति बलेझैँ भयो । ए! उखु काट्ने सिजन हो भनेर काठमाडौँबाट घर जाँदा यादै नगरेको । अंग्रेजी नयाँ वर्ष त उखु खाएरै मनाइने भो, घर जो पुगिएको थियो । गाउँमा सबैभन्दा धेरै उखुबारी बैदे बुढाको थियो । सबैले बैदे, बैदे भन्या भएर आफूले नि बैदे भनेर चिनियो, उनको नाम धेरै पछि मात्र मलाई थाहा भयो । बैदेको घर नेपालको दक्षिणी सिमा नजिक थियो तर हाम्रो गाउँमा नि एउटा ठूलो घर थियो, खेतबारी थियो, साँच्चै भन्दा हाम्रो गाउँ उसको लागि आराम घर जस्तो थियो । वर्षमा २-३ महिना जति हाम्रो गाउँमा आएर बस्थे अनि बाँकी समय आफ्नै गाउँमा बिताउँथे । हाम्रो गाउँको मध्यभागमा, पूर्व फर्किएको एउटा ठूलो घर थियो, त्यसलाई “नौगोल घर” भनिन्थ्यो । घरको पूर्व-उत्तरमा एउटा ठूलो गोठ थियो, जसलाई मकै, गहुँ आदि थन्क्याउन प्रयोग गरिन्थ्यो । त्यस्तै दक्षिणतिर छुट्टै भान्साघर थियो, अनि अलि अगाडी इनार थियो । सय मिटर जति गहिरो इनार गाउँका सबैजनाको पानीको स्रोत थियो । आँख

हिजोआज ब्लग लेखनमा केही कमी आएकोछ ! दिनहुँजसो लेख्ने मलाई, हिजोआज हप्तामा एउटा लेख्न नि गाह्रो पर्दैछ ! अनि नियमित लेख्न नसकिएको बारेमा नै ब्लग लेख्दैछु ! जागिरे जिवन सुरु भएपछि, धेरै नै व्यस्त भइने रहेछ, त्यसको बाबजुद पनि समय निकालेर ब्लग लेख्नु भनेको, एउटा ठूलै युद्द जिते जस्तो हुनेरहेछ ! लेख्ने सामाग्रीको कमी भएको होइन तर पनि खै के मिलिरहेको छैन, भन्न मुस्किल नै छ ! आज करिब २-३ वर्ष अघि आफूले लेखेका ब्लगपोष्टहरु पढेँ ! ती ब्लगहरु पढेपछि लाग्यो, हिजोआज मैले ब्लगिङ बिर्सेछु ! अनि तिनै पुराना ब्लगहरु पढ्दा पढ्दै, आज त केही लेख्छु लेख्छु ब्लगमा भन्ने लाग्यो! अहिलेसम्म १ हजार भन्दा बढि ब्लगहरु लेखिसकिएकाछन् त्यसमध्ये करिब नौ सयवटा ब्लग आफूले नै लेखेको छु ! बाँकी ब्लग कहिँबाट साभार गरिएकोछ, अरु केही ब्लग साथीहरुले लेख्नुभएकोछ ! विगत केही महिना देखि ब्लगको रङ्गमा परिवर्तन गरौँ कि भने झैँ पनि लागिरा’कोछ तर पनि अहिलेसम्म फेरि केही गर्ने हिम्मत जुटेको छैन, समय पनि मिलेको छैन ! तत्काल ब्लगको रुपरङ्ग परिवर्तन गर्न नसकिए पनि आजबाट ब्लगको लोगो भने परिवर्तन गरिएकोछ ! ब्लगको लोगो बनाइदिनुहुने क

आज फेरि आकाश बाट गडाङ गुडुङ को आवाज आइरहेको छ । काकाकुल को जिवन त पानी परेपनि रहिनै रहन्छ तर पनि पानी पर्ने छाँटकाँट देख्दा मात्रै पनि, मन फुरुङ्ग हुन्छ । पानी को न्यास्रो त्यति सारो लागेको पनि हैन । फागुन महिना नै भएपनि पानी पर्यो भने चिसो बढ्छ, मलाई त्यो चिसो पनि चाहिएको छैन । मलाई पानी मा रुझ्न मन छैन, रुघाखोकी ले सताइहाल्छ । कहिलेकाँही रुझिने भएपनि, झरी मा भिज्दैमा ‘रोमान्टिक फिल’ पनि हुँदैन । अरुबेला गडाङ गुडुङ गरेको सुन्दा नै सातो जाने मलाई  तर आज फेरि आकाशमा कालो बादल मडारिएको देख्दा, गडाङ गुडुङ को आवाज सुन्दा, डर लागेको छैन, मलाई त वेपत्तै खुशी लागेको छ । बादल गडाङ गुडुङ गर्न थालेपछि पानी पर्छ नै जस्तो लाग्छ तर पनि ‘भुक्ने कुकुर ले टोक्दैन’ भनिने हुँदा, बादल देख्दै मा र गडाङ गुडुङ सुन्दैमा पानी पर्छ भन्ने त हुँदैन । तर पनि पानी पर्ने कुरा ले रमाइलो लाग्छ, ‘मेन्टोस मोमेन्ट’ भएर दिमाग को बत्ति जले झैँ, केही कुरा झ्वाट्ट सम्झना मा आउँछ । अत: आज पनि कालो बादल देख्ने बित्तिकै  पानी परिदियोस भने झैँ लाग्दैछ । कलकारखाना का मजदुर ले हड्ताल गरेको खबर पनि सुनिएन, कुनै कारखाना बन्द गर

१. उसका बा ले नयाँ रेडियो किनेर ल्याएका थिए । ३ वटा ठूलो ‘साइज’ को ब्याट्री लाग्ने ‘इण्डियन’ रेडियो को आवाज पनि ठूलै थियो । एफएम ब्याण्ड लाग्ने भएपनि, उसका बा रेडियो नेपाल मात्र सुन्थे । उ भर्खर ८ कक्षामा पढ्दै थियो भने, उसका बा ले पढेकै थिएनन् । त्यही पनि उसका बा सामान्य  नेपाली अक्षर भने पढ्न सक्थे । रेडियो मा गित बजिरहन्थ्यो तर उसका बा लाई केही मतलब लाग्दैन थियो । उसका बा रेडियो ध्यान दिएर सुन्दैनथे तर हरबखत रेडियो बजाइ नै रहन्थे । टाँइ, टुँई, साईँ, सुँई गरेर पनि रेडियो नेपाल बजिरहन्थ्यो । बिहान उठेर गोबर सोहर्ने, धन्दापात गरे देखि बजेको रेडियो राती अबेरसम्म बजिरहन्थ्यो, कहिलेकाँही उसका बा ले रेडियो बन्द गर्न बिर्सिँदा त रातभरि रेडियो स्याँ गरेको सुनिन्थ्यो । उसका बा रेडियो का सौखिन थिए तर पनि उसलाई थाहा थियो, उसका बा ले, रेडियो मा बजेका कार्यक्रम खासै बुझ्दैनन् र बुझ्नलाई खासै जोड पनि दिँदैनन् । बा ले रेडियो बजाएको देखेर कहिलेकाँही उसलाई साह्रै झर्को पनि लाग्थ्यो । बेलुका को ७ बज्दै थियो, टुकी बत्ति को उज्यालो मा, उ आफ्नो परीक्षा को तयारी गर्दै थियो । रेडियो नेपाल मा ८ बजे

If you want to understand today, you have to search yesterday.  ~ Pearl Buck पर्ल बक ले भनेझैँ, आजलाई बुझ्न इतिहास खोज्नु पर्ने हुन्छ ! तर हामी यस्तो कालखण्ड मा आइपुगेका छौँ कि जहाँ हामी इतिहासलाई लत्याउँदैछौँ । हामी इतिहास का विर विरंगनाहरु ले बगाएको रगत र पसिना को अवमुल्यन गर्दैछौँ । तत्कालिन समय मा सही ठहरिएका र ठहराइएका कदमहरुलाई हामी अहिले ईतिहास को कालो धब्बा भनेर, हाम्रा पुर्खाहरुलाई तथानाम गाली गरिरहेका छौँ । उनीहरु को योगदान को कदर हामीले खै, गरेको ? आज पुष २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस  तर हामी आज आएर उनै राष्ट्रनिर्मातालाई दोषी ठहर्याइरहेका छौँ । अनि यो ‘एकता’ भन्ने शब्दै मात्र पनि हामीलाई कुन चरा को नाम हो भन्ने भइसक्यो ! राजतन्त्र फ्याँकेर मुलुक लोकतन्त्र हुँदै गणतन्त्र मा प्रवेश गर्यो । अघिल्लो वर्ष सम्म ‘एकता दिवस’, ‘पृथ्वी जयन्ती’ मनाइरहेकालाई, पछिल्लो वर्ष देखि पृथ्वी जयन्ती मनाउनु भनेको, महापाप हो भन्ने झैँ लाग्यो । पृथ्वी जयन्ती कै दिन एकता दिवस मनाइएको पनि, उनीहरुलाई चित्त बुझेन, कारण पृथ्वीनारायण शाह शाहवंशिय राजा थिए, अनि अहिले देशमा गणतन्त्र आएर रा

१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । १५ वर्ष सानो समय हैन । यही १५ वर्ष मा धेरै कुरा भइसके ! आफूले नि उहिले बच्चा बेला देखि नै समाचार मा ‘आङ सान सुकी’ भन्ने सुन्याँथिए । आफूलाई त नामै सुनेर अचम्म लाग्थ्यो कस्तो नाम होला, को होला भनेर ! अनि पछि त जहिले वर्मा को नाम सुन्यो कि, ‘आङ सान सुकी’ मात्रै याद आउँथ्यो । आज तिनै नेतृ सैनिक सरकार को नजरवन्द बाट मुक्त भइछिन् ।  संसार भरका टेलिभिजन, रेडियो र वेवसाइट मा आङसाङ सुकी नै छाइरहेकी छिन् । टुविटरमा त अझ, ‘आङ सान सुकी’ ट्रेन्डिङ टपिक नै बनिसकेको छ । ‘आङ सान सुकी’ सबैभन्दा धेरै पटक आफूले सुनेको नाम होला । सन् १९९१ नोबेल शान्ति पुरस्कार की बिजेता तथा प्रजातन्त्रवादी नेतृ को नजरवन्दमुक्त भएको घोषणा सँगै, संसार भर नै खुशीयाली छाएको छ । तर उनको यो रिहाइ का सम्बन्ध मा अहिले नै केही भनिहाल्न सक्ने ठाउँ छैन । साँच्चै भन्दा, सैनिक सरकार को कुरा मा भर गर्न सकिँदैन । विगत मा पनि, नजरवन्द मुक्त गर्ने भन्दा भन्दै नगरिएको धेरै घटनाहरु छन् । अन्तराष्

आज हामीले एकजना साथि “ राजन कठेत ” को ६ दिन को डायरी लिएर आएका छौँ ! पढ्दा लामो लाग्नसक्छ भनेर मैले सबै डायरीलाई बेग्ला बेग्लै प्रकाशन गर्ने योजना अघि सारेको थिँए । तर राजन ले भन्यो, एउटै मा प्रकाशन गर्दा राम्रो ! मैले फेरि एकपटक पढिहेरेँ, आफूलाई पनि त्यस्तै लाग्यो, कारण यो सबै आपस मा सम्बन्धित छन् । अत: केही लामो भएपनि सबै डायरीलाई एकैपटक प्रकाशन गरेको छु है ! यो ब्लग मा एउटा गर्न लागिएको नाटक, कसरी गर्ने सुर कसियोम अनि के गरियो, कसरी नाटक पुरा भएन भनेर राजन को अनुभव लेखिएको छ । वैचारिक व्दन्द अगस्ट २२, २०१० आइतबार आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो । सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परि