Skip to main content

Posts

Showing posts with the label No Petrol

पेट्रोल को लाइन.... जम्काभेट..... देखा देख..... माया प्रेम..... आधि घन्टा.... अलविदा.... अलविदा.....

पछिल्ला वर्षमा युवाहरू आफ्नो अध्ययन, अनुसन्धान र प्रतिभालाई सार्वजनिक गर्दै आएका छन् । चर्चा सुनिरहँदा कसैलाई अपत्यारिलो पनि लाग्छ । तर, वैज्ञानिक अनुसन्धानलाई अविश्वास गर्ने कुरै रहेन । यतिखेर तीन विद्यार्थी भावुक कोइराला, अनुराग रिजाल र बरुण प्रधान केही नयाँ कुरोको खोजीमा छन् । उनीहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बायोटेक्नोलोजी विषयको स्नातक अन्तिम वर्षका विद्यार्थी हुन् । साथमा छन्, गुरुद्वय अनुरूप मानन्धर र हेमन्तराज मैनाली । उनीहरूको प्रोजेक्ट वर्क झन्डै सात महिनाको अन्तरालमा आकार लिन खोज्दैछ । काठ खानु नै धमिराको अवगुण हो । 'तर, यसमा पाइने जीवाणुलाई उपयोग गर्नसके इथानोल तेल उत्पादन सम्भव छ,' भन्ने प्रमाणित गर्दै उनीहरू प्रयोगशालामा जुटिरहेका छन् । यो पेट्रोलियम पदार्थको विकल्प खोजी हो । त्यसैले पाँच जनाको यो समूह झन्डै सात महिनादेखि प्रायः त्यही प्रयोगशालामा व्यस्त छन् । अनुसन्धान सफल भए काम नलागेर फ्याँकिएका काठजन्य वस्तुबाट इथानोलको औद्योगिक उत्पादन गर्न सकिनेछ र जुन जैविक इन्धनको रूपमा पेट्रोलियम मिसाएर गाडीमा प्रयोग गर्न सम्भव हुनेछ ।  इथा...

Kathamandu Cycle City 2020 ले आज नोभेम्बर २१, २००९ का दिन साइकल र्‍याली को आयोजना गरेको थियो । काठमाडौँलाई सन् २०२० सम्म मा साइकल मैत्री सहर को विकास गर्नु अभियान को मुख्य लक्ष रहेको छ । Kathamandu Cycle City 2020 ले आज गरेको साइकल र्‍याली मा प्रोफेसनल र ननप्रोफेसन गरि करिब २०० जना जति को सहभागिता रहेको थियो । बिहान ७ बजे र्‍याली सुरु गर्ने भनिएको भएपनि करिब ८ बजे र्‍याली सुरुभएको थियो । जावलाखेल मा Kathamandu Cycle City 2020 का एम्बास्डर समेत रहनुभएका साइकल यात्री पुष्कर शाह ले र्‍याली को उद्‍घाटन गर्नु भएको थियो । जावलाखेल बाट सुरु भएको र्‍याली लगनेखेल, पाटन दरबार स्क्वायर, पाटनढोका, कुपन्डोल, त्रिपुरेश्वर, जमल हुँदै, टुँडिखेललाई एक फन्को लाएर, न्युरोड हुँदै, वसन्तपुर मा पुगेर सभा मा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले, सबैले साइकल को महत्ता तथा वातावरण सम्बर्धन मा साइकल चढ्दा हुने फाइदाहरु को बारेमा चर्चा गर्नुभएको थियो । र्‍यालीका केही झलकहरु तल राखिएकाछन् :

“हामी त गाउँका मान्छे, ठूलै बिरामी पर्दा मात्रै काठमाडौँ आइन्छ । ठूलै बिरामी भन्दा को मतलब, यसो अप्रेसन नै गर्नुपर्ने व्यथा लागेको भए काठमाडौँ आइन्छ, नभए त गाउँ मै छ सबैथोक । बर्षौँ मा आइने काठमाडौँ हाम्रो लागि अपरिचत छ, तर हामीलाई काठमाडौँ हेप्छ, अलि कालो देखे “मधिसे”, टोपी लगाएको, मुजा परेर घुँडा माथि पुगेको सुरुवाल लगाएको देखे भने काठमाडौँ हामीलाई “पाखे” भन्छ, अनि दौरा-सुरुवाल लगाएको देखे भने सामन्ति नै ठान्छ । सायद, चिटिक्क परेर सुटबुट लगाउनुपर्थ्यो होला, अनि घाँटिमा दाम्लो भिर्नुपर्थ्योहोला । अनि जता पनि ठग्छन् हामीलाई हाम्रो अनुहार हेरेरै । काठमाडौँमा हाम्रा मान्छे छन्, कहिलेकाँहि आउँदा त्यहीँ नै बसिन्थ्यो, तर अस्ती काठमाडौँ आउँदा त हाम्रा मान्छे पनि टाढा भएछन्, उनीहरु शहरीया भएछन्, अनि उनीहरुकालागि हामी पाखे नै भएछौँ । यसै भन्दैथिए, उनी । तर यसो यता-उता आँखा डुलाएँ प्राय: सबै नै यही भनिरहेका थिए, आफन्त भनेर गएको थिँए तर तुरुन्तै फर्किहालोस् भन्ने पो गर्यो, अनि फर्किँए । हामी काठमाडौँ आउँदा केही दिन आउने पाहुनालाई पनि त्यसो गर्ने हो ?”- उनी झोक्किए । म छक्क परेँ उनको कुराले । घरम...