Skip to main content

Posts

Showing posts with the label Nepal

इन्टरनेट विनाको ईमेल ? 🤔 ५९ औँ प्रहरी सञ्चार दिवसको अवसरमा आइतबार नेपाल प्रहरीले इन्टरनेट बिनाको ईमेल प्रविधिको सुरुवात गरेकोछ । हाइ फ्रिक्वेन्सी रेडियो डाटा (H.F. Radio Data) को प्रयोग गरेर यस किसिमको प्रविधि सुरु गरेको नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । यो मिलिट्री स्ट्यान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड रेडियो ( Software-defined radio ) प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै ईमेल पठाउन सकिन्छ । यो प्रविधिलाई ईन्टरनेट सर्भर सँग जडान गरिने हो भने, इन्टरनेट चलाउन सकिन्छ । त्यस्तै ईमेल सर्भर सँग जडान गरिने हो भने व्यक्तिगत ईमेल ठेगानामा, यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । ईन्टरनेट नपुगेको ठाउँबाट अब प्रहरीले यसै प्रविधि मार्फत ईमेल, फोटो पठाउन सक्नेछन् । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि भएकोले नेपाल प्रहरीका लागि यो प्रविधि उपयोगी हुने देखिन्छ । यसका साथै दैवी प्रकोप र अन्य विपत्तीहरुमा सूचना आदान प्रदान गर्न यो प्रविधि प्रयोग गरेको खण्डमा निकै लाभदायक हुने देखिन्छ । स्रोत: नेपाल प्रहरीको फेसबुक पेज

विकी लभ्स अर्थ २०१७ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१७ देखि ३१ मे, २०१७ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकिमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । सन् २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । सन् २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट मात्रै सन् २०१४, २०१५ र २०१६ गरी करिब ८,३०० भन्दा बढी चित्रहरू यस प्रतियोगितामा अपलोड भएका छन् । उत्कृष्ट ३ फोटो सहित उत्कृष्ट योगदान दिनेलाई नगद पुरस्कार दिइने छ । प्रथम पुरस्कार: रु १५,००० दोस्रो पुरस्कार: रु १०,००० तेस्रो पुरस्कार: रु ५,००० उत्कृष्ट योगदानकर्ता (फोटो अपलोडको आधारमा): रु ५,००० साथै, शीर्ष १० योगदानकर्ताहरू (फोटो अपलोडको आधारमा) लाई एक-एक विकी लभ्स अर्थ टि-सर्ट दिइने छ भने प्रति

भर्चुअल रियालिटि गेम पोकेमन गो'को संसारभर व्यापक चर्चा भइरहँदा, गुगल 'ले "भर्न : द हिमालयज" नामक एन्ड्रोइड एप सार्वजनिक गरेको छ । सगरमाथा तथा आसपासका क्षेत्रहरुको थ्रिडी म्याप समेटेर बनाइएको यो खेलमा 'भर्न' नाम गरेको यति सँगै सगरमाथा तथा खुम्बु क्षेत्रको यात्रा गर्न सकिन्छ । ५ सय फिट अग्लो भर्न (Verne) नामक ' यति ' सँगै सगरमाथाको टुप्पामा कुद्दै जान सकिन्छ । भर्न सँगै कहिले याक धपाउन सकिन्छ भने, कहिले 'जेटप्याक' लाएर त कहिले ग्लाइडर लिएर हिमालको माथि माथि उड्न सकिन्छ । थ्रिडीमा सगरमाथा तथा आसपासका हिमाल, बजार, गुम्बा, ताल, जिवजन्तु आदिबारे यो एपबाट सजिलोसँग जान्न सकिने, घुम्न सकिने कुरा गुगल म्यापले आफ्नो ब्लगमा उल्लेख गरेको छ। गुगल म्यापमा विश्वका केही चर्चित ठाउँहरु थ्रिडीमा समेटिएकाछन् । यसैको निरन्तरता स्वरुप सगरमाथा तथा आसपासका क्षेत्रहरु बारे थ्रिडीमा सहज रुपमा जानकारी दिने उदेश्यले, यो एप बनाइएको हो । सन् २०१३ मा गुगलले सगरमाथा क्षेत्रको ३६० डिग्री तस्विरहरु गुगल म्यापमा सार्वजनिक गरेको थियो भने गत वर्ष गुगल स्ट्रिट भ्युमा सगरमाथ

युट्युबमा आजबाट नेपालमा ट्रेन्डिङ भइरहेका भिडियोहरु हेर्न सकिने भएकोछ । गुगल'ले नेपाललाई लक्षित गरेर युट्युब सञ्चालन सुरु गरे सँगै युट्युबमा यो सुविधा उपलब्ध भएको हो । गुगलको एसिया प्यासेफिक ब्लग का अनुसार नेपाल सहित पाकिस्तान र श्रीलंकामा पनि यसै प्रकारको सेवाको सुरुवात गरेको जनाएको छ । युट्युबको लोगोमा NP लेखेर, गुगल'ले, युट्युब नेपाल को जनाउ दिएको छ। युट्युबको नेपाल संस्करणले नेपाल र नेपालीलाई लक्षित गरेर भिडियो बनाउने युट्युबप्रयोगकर्ताहरुलाई, धेरै नेपाली प्रयोगकर्ताहरु सम्म पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तै युट्युबमा भिडियो हेर्ने नेपाली प्रयोगकर्ताहरुले पनि नेपालमा रुचाइएका, धेरैले हेरेका, भिडियोहरु हेर्न पाउनेछन् । अब ट्रेन्डिङ भिडियो सेक्सनमा नेपालमा रुचाइएका, चलिरहेका भिडियोहरु देखिनेछ । तपाईले हेर्ने भिडियोहरु या भनौँ तपाईको भिडियो हेर्ने शैलीको अनुसन्धान गरेर, गुगल'ले तपाईलाई मनपर्न सक्ने भिडियोहरु देखाउँदै आएकोछ । अब यो लिस्टमा नेपालमा प्रचलनमा रहेका भिडियोहरु पनि थपिनेछन्। नेपाललाई लक्षित गरेर गतवर्ष नै युट्युबले नेपाली भाषामा उपलब्ध गराइसकेक

नेपाली ईन्टरनेट प्रयोगकर्ताहरु माझ, बहुप्रतिक्षित, ईन्टरनेटविना भिडियो हेर्न सकिने "युट्युब अफलाइन प्लेब्याक" फिचर अब नेपालमा सुरु भएकोछ । युट्युबमा आफूलाई मनलागेका भिडियोहरु "सेभ" गरेर आफ्नो अनुकुल समयमा, विना इन्टरनेट हेर्न सकिन्छ। युट्युब अफलाइन भिडियो कसरी हेर्ने? युट्युबको मोबाइल एपमा, आफूले सेभ गरेका भिडियोहरु, ईन्टरनेट नभएको समयमा पनि हेर्न सकिन्छ । युट्युबमा भिडियो अफलाइन हेर्न, ईन्टरनेट भएको समयमा, युट्युबमा उपलब्ध भिडियोहरु सेभ गरेर राख्नुपर्छ । युट्युबमा अपलोड गरिएका भिडियोहरुमा दायाँ तर्फ, "डाउनलोड" बटन देख्न सकिन्छ। डाउनलोड बटन क्लिक गरेपछि, भिडियोको गुणस्तर आफूले छान्नु पर्छ। भिडियो डाउनलोड भइसकेपछि, विना इन्टरनेट फेरि त्यही भिडियोहरु आफ्नो युट्युब एपमा हेर्न सकिन्छ । युट्युबका अनुसार, एकपटक डाउनलोड गरेको भिडियो, ४८ घन्टा सम्म मात्र अफलाइन हेर्न मिल्छ । साथै, भिडियो अपलोडकर्ताले भिडियो अफलाइन हेर्नको लागि डाउनलोड गर्न दिने वा नदिने 'अप्सन'मा 'डाउनलोड गर्न नदिने' पनि भनेका हुनसक्छन् । यस्तो अवस्थामा, उक्त भिडियो डाउनलोड

नेपाल टेलिकमका प्रिपेड मोबाइल प्रयोगकर्तालाई खुशीको खबर छ, आज भाद्र १ गतेबाट नेपाल टेलिकमको जिएसएम प्रिपेड मोबाइल फोनमा पहिलो पटक डाटा प्याकेज मार्फत ईन्टरनेट उपलब्ध हुनेभएकोछ । नेपाल टेलिकमले प्रिपेड मोबाइलको लागि, २ सय एमबी देखि १० जिबी सम्मका, ६ प्रकारका डाटा प्याकेजहरु सार्वजनिक गरेकोछ । अब ईन्टरनेट चलाउन प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले आफ्नो आवश्यकता अनुसारको डाटा प्याकेज किन्न सक्नेछन्। डाटा प्याकेजको फाइदा भनेको, अब ईन्टरनेट चलाउन पहिलेको भन्दा झनै सस्तो हुनेछ । #Nepal Telecom Introduces the most awaited Data Package for GSM Prepaid. Thanks NT. ;) pic.twitter.com/iz45E6nXY3 — Aakar Anil (@aakarpost) August 17, 2015 प्रिपेड डाटा प्याकेजको दर Plan Package Price (Rs.) Validity Bronze 200 MB 130 1 Month 500 MB 300 1 Month Silver 1 GB 500 1 Month 3 GB 1,290 2 Months Gold 5 GB 1,800 3 Months 10 GB 2,800 6 Months

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

भूकम्प लगत्तै गर्नुपर्ने उद्दार, राहत वितरण आदि कामहरु सकिएकोछ । अब हामीलाई पुरानै स्थितिमा फर्कनको लागि, महाभूकम्प पछि सृजित समस्याहरुको दीर्घकालिन समाधान खोज्नुपर्ने बेला आएकोछ । केही हप्ता अघिसम्म सबैको ध्यान उद्दार र राहतमा केन्द्रित थियो, तर अब समस्यालाई कसरी अवसरको रुपमा लिने, कस्तो पून: निर्माण गर्ने भनेर सोच्ने बेला आएकोछ । इन्डोनेसियामा २००४ मा आएको सुनामी तथा हाइटीमा आएको विनाशकारी भूकम्प पछि ति देशहरु पून:निर्माण गर्न 'इनोभेटिभ' आइडिया कम्पिटिसिन गरिएकोथियो । सोही शैली पच्छ्याउँदै, नेपालमा पनि भूकम्पबाट सृजित समस्याहरुको पहिचान गरि, त्यसको दीर्घकालिन समाधान खोज्न, पूल्चोक इन्जिनियरिङ क्याम्पस अल्मुनाई तथा जानकी टेक्नोलोजीको अगुवाइमा ' ह्याक द क्वेक - आइडिया कम्पिटिसन ' सुरु भएकोछ । शुद्ध खानेपानी, अस्थायी-स्थायी घर/आवास, सूचना, विद्युत, अत्यावश्यक स्वास्थ्योपचार सेवा आदि विभिन्न विषयमा कसरी दीर्घकालिन काम गर्न सकिन्छ भनेर आफ्ना 'आइडिया'हरु पेश गर्न सकिनेछ । उत्कृष्ट ३ आइडिया/योजनका प्रस्तावकलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ । आइडिया भन्

म भूकम्पविद होइन तर आज बिहानबाट भारतिय अनलाइनहरु हिन्दु, हिन्दुस्तान टाइम्स आदिमा प्रकाशित भएका ठूला भूकम्प जानसक्ने भन्ने व्यहोराको समाचारका कारण फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालहरुमा भय व्याप्त भएको देखिएपछि यो ब्लग लेख्दैछु । हामी सबैलाई थाहा भइसक्यो, भूकम्पको भविष्यवाणी वैज्ञानिक, ज्योतिष लगायत कसैले पनि गर्न सक्दैनन् । बैशाख १२ तथा बैशाख २९ मा भुँइचालो गएका कारण त्रसित भएका हामी सामान्य जिवनमा फर्कन कोशिस गर्दैछौँ । तर च्याउसरी उम्रिएका अनलाइनमा प्रकाशित हुने सामाग्रीहरुका कारण हामी अझै भयभित छौँ। अघिल्लो हप्ता ज्योतिषहरुले गरेको भविष्यवाणीले हामीलाई भयभित बनायो, ज्योतिष विज्ञान फेल खायो, हामीले राहतको महसुस गर्यौँ । भूकम्प पछिका आफ्टरसक / पराकम्पन, सामान्य हो भनेर बुझिसकियो, यो अझै केही हप्ता, महिनासम्म आउन सक्ने रहेछ भनेर पनि बुझियो । तर अहिले फेरि विभिन्न मिडियामा USGS को 'आफ्टरसक' रिपोर्टको हवाला दिँदै प्रकाशित समाचारहरुका कारण भयभित देखिएका छौँ। भूकम्प गएदेखि USGS ले आफ्टरसकको सम्भाव्यता देखाउने किसिमका रिपोर्टहरु प्रकाशित गरिरहेकोछ, गतहप्ता मे १३ मा पनि प्र

घरमा प्लम्बिङ, इलेक्ट्रिकल रिपेयरिङ, फर्निसिङ आदि गर्नुपर्दा, यो विषय सँधै टाउको दुखाइ हुन्छ। मर्मत सम्हार गर्ने मान्छे कहाँ, कता खोज्ने? यस्तै विविध घरायसी समस्याहरुलाई समाधन गर्न, घर मर्मत सेवा सजिलो, छिटो-छरितो र भरपर्दो बनाउन 'डोरस्टेप्स'को ' होम रिपेयर एप ' आइपुगेकोछ । घरमा धारा, इन्भर्टर, टेबल - कुर्सी, झ्याल - ढोका आदि बिग्रियो भने के गर्ने भनेर अलमल पर्दै हुनुहुन्छ भने, अब ढुक्कसँगले  रिपेयर लेखेर २२०० मा एसएमएस ( SMS REPAIR to 2200)  पठाउनुस् । तपाईले फोन वा एसएमएस मार्फत रजिष्ट्रर गरेपछि, होम रिपेयर एपका एक्सपर्टले तपाईको घरमा आएर निशुल्क समस्याको जाँच गर्छन् । आफूले दिने सेवा भए, होम रिपेयर एपका एक्सपर्टले नै मर्मत सम्हार गरिदिन्छन्, आफ्नो भन्दा बाहिरको काम भए, अरुलाई रिकमेन्ड गरिदिन्छन् । होम रिपेयर एप, व्यक्ति/घर र अफिसको लागि गरि दुईवटा छुट्टाछुट्टै स्किममा उपलब्ध छ । होम रिपेयरले घरको लागि बार्षिक २,००० रुपैँयाको 'प्रिपेड' सर्भिस पनि सुरु गरेकोछ, जसमा वर्षभरिमा ३,००० रुपैयाँ बराबरको सेवा पाइने कम्पनीको दाबी छ । निरिक्षण निशुल्क गरिदिँदै आ

गुगल'ले खुम्बु क्षेत्रलाई आजबाट गुगल स्ट्रिट भ्यु'मा समावेश गरेकोछ, अब जो कोहीले गुगल स्ट्रिट भ्यु'मार्फत सिधै सगरमाथा सहित विभिन्न ठाउँहरुको अवलोकन/भ्रमण गर्न सक्छन् । आप्पा शेर्पा फाउन्डेसन तथा  स्टोरी साइकल को सहकार्यमा गुगल स्ट्रिट भ्यु'मा खुम्बु क्षेत्रको लुक्ला, नाम्चे बजार, थामे, खुम्जुङ, फोर्चे आदि क्षेत्र र त्यस क्षेत्रमा भएका विभिन्न सम्पदाहरुलाई समेटिएकोछ भनेर गुगलले आफ्नो  गुगलम्याप्स ब्लग मा उल्लेख गरेकोछ । त्यस क्षेत्रमा भएका स्कुल, संग्राहलय, होटल, लज, गुम्बा, हिमाल, नदिनाला आदि विविध कुराहरु गुगल स्ट्रिट भ्यु'मा समावेश गरिएकोछ । यसअघि सन् २०१३ मा गुगल'ले खुम्बु क्षेत्रमा भएका केही गुम्बाहरु र सगरमाथा बेसक्याम्प गुगल म्यापमा  (स्ट्रिट भ्यु) समावेश गरेको थियो ।  खुम्बु क्षेत्रलाई गुगल स्ट्रिट भ्यु'मा राख्न १३ जना सम्मिलित स्टोरी साइकल 'टोलीले १० दिने पदयात्रा तय गरेको थियो । उनीहरुले १० दिनमा ५ वटा गाउँबाट १ हजार भन्दा धेरै 'डेटा पोइन्टस' लिएका थिए । गतवर्ष अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै

झम्सिखेलको एक रेष्टुरेन्टको भित्तामा एउटा 'क्युआर' (QR) कोड टाँसिएको थियो, खानेकुरा अर्डर गर्नु भन्दा पहिले नै मैले मोबाइलमा 'क्युआर ड्रोइड' एप खोलेर उक्त 'क्युआर' कोड स्क्यान गरेँ, १२ प्रतिशत छुट भनेर स्क्यानरले देखायो । मेनु हेरेर केही खानेकुरा अर्डर गरियो, बिल तिर्नेबेला एउटा डिस्काउन्ट कार्ड देखाएँ, वेटरले १२ प्रतिशत छुट दिएको बिल ल्याए। मनमा केही शंका - उपशंका रहँदा रहँदै, एउटा इन्टरनेट कम्पनीले निकालेको डिस्काउन्ट कार्ड लिएकोथिँए, सोचेभन्दा सरल र सहज रुपमा काम गर्यो । अर्को पटक, जावलाखेलको एउटा डिपार्टमेन्ट स्टोरमा छिर्दा पनि त्यही कार्ड देखाएँ, त्यहाँ झन् गजब भयो । डिपार्मेन्ट स्टोरमा हरेक 'क्याटगोरी'का लागि फरक फरक छुट रहेछ, कार्ड मार्फत । कपडाको लागि छुट्टै, इलेक्ट्रोनिक्स सामानको लागि छुट्टै, ग्रोसरीका लागि छुट्टै छुटको व्यवस्था रहेछ। त्यसअघि उक्त डिपार्टमेन्ट स्टोर छिर्दा १ रुपैयाँ पनि छुट पाइएको थिएन। छुट पाउनु के थियो, 'दिल गार्डेन गार्डेन' भने झैँ भो । केही अघिसम्म छुटका कार्डहरुमा खासै विश्वास थिएन तर आफूले चाहेको ठाउँमा का

तपाईले गुगलको होमपेज याद गर्नुभएको छ? गुगलले केही दिन देखि आफ्नो होमपेजमा सर्चबक्सको तलपट्टि 'एन्ड्रोइड वान' को विज्ञापन (Introducing Android One. A new kind of smartphone) राखेकोछ । विज्ञापनमा राखिएको लिंक क्लिक गर्नुभयो भने, तपाई एन्ड्रोइड वानको नेपाल पेज मा पुग्नुहुन्छ । गुगलले सार्वजनिक रुपमा नेपालमा एन्ड्रोइड वान कहिले उपलब्ध हुन्छ नभनेपनि, विज्ञापन मार्फत जनवरी दोस्रो साता (माघ पहिलो साता) भित्रै उपलब्ध हुने संकेत दिएकोछ । बाहिर १०० डलर भनेर चर्चा गरिएको फोनको नेपाली मूल्य निर्धारण गरिएको छैन, तर इन्टरनेटमा चलेको हल्ला अनुसार एन्ड्रोइड वान फोन ५ देखि १० हजार नेपाली रुपैयाँमा नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसो त नेपालमा एन्ड्रोइड वान भन्दा कम मुल्यमा विभिन्न ब्रान्डका एन्ड्रोइड फोनहरु पहिले नै उपलब्धछन् । तर अपरेटिङ सिस्टम, डिजाइन अनि हार्डवेयरका कारण ती सेटहरु भन्दा गुगलको एन्ड्रोइड वान उत्कृष्ट भएका कारण, धेरैको रोजाइ हुनजानेछ । एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम सहित नेपाली बजार छिर्ने योजनामा रहेको एन्ड्रोइड वानले, तुरुन्तै एन्ड्रोइडको ललिपप अपडेट पाउनेछ, य

नेपालका खाना/रेष्टुरेन्ट पारखीहरुका लागि लक्षित गरि अनिश श्रेष्ठ र मनिषा कर्माचार्य ले सुरु गरेको ' यल्लो नेपाल ' स्टार्टअप, गुगल बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। यल्लो नेपाल एप मार्फत,  मोबाइलबाटै खानाको मेनु हेर्न, आफ्नो नजिक'को रेष्टुरेन्ट खोज्न, सस्तो डिल्स तथा डिस्काउन्ट भेट्टाउन, काठमाडौमा भइरहेका पार्टि आदि बारेमा थाहा पाउन सकिन्छ । गुगल बिजनेस ग्रुप (जिबिजी)ले केही महिना अघि सुरु गरेको बिजनेस स्टोरी कम्पिटिसनमा ५० भन्दा धेरै देशका सयौँ कम्पनीहरुलाई पछि पार्दै यल्लो नेपाल एप, कम्पिटिसनको फाइनलमा पुगेको हो। यस कम्पिटिसनको फाइनलमा यल्लो नेपाल सँगै अन्य देशका आठवटा स्टार्टअपले प्रतिस्पर्धा गर्दैछन् । गुगल'ले ९ वटा फाइनलिस्टबाट ३ वटा उत्कृष्ट स्टार्टअप पब्लिक भोटिङबाट छान्नेछ । छानिएका ३ उत्कृष्ट स्टार्टअपले गुगलबाट ५ हजार डलरको फन्डिङ पाउनेछन्, जसले स्टार्टअपलाई अघि बढ्न ठूलो भरथेग गर्नेछ । नेपालमा स्टार्टअपको कल्चर भर्खर भर्खर सुरु भएको समयमा, गुगल जस्ता ठूलो कम्पनीले साना लोकल कम्पनीलाई यसरी प्रोत्साहन गर्नु स्वागतयोग्य कुरा हो । तर गुगलका

स्मार्टफोन र इन्टरनेट सेवा विस्तार सँगै नेपालमा फेसबुक प्रयोगकर्ताहरुको सङ्ख्या बढ्दै गएकोछ । ३ वर्ष अघि २०११ मा करिब ९ लाख फेसबुक प्रयोगकर्ता हरु थिए भने अहिले नेपालमा ४० लाख फेसबुक प्रयोगकर्ताहरु छन् । फेसबुक एडबाट लिइएको तथ्यांक अनुसार ४० लाख मध्ये अधिकांश प्रयोगकर्ताहरु पुरुषछन्, पुरुषको दाँजोमा महिलाको संङ्ख्या न्युन छ । नेपालमा करिब २८ लाख फेसबुक प्रयोगकर्ता पुरुष छन् भने करिब १३ लाख महिला प्रयोगकर्ताहरु छन् । Facebook Users in Nepal [INFOGRAPHIC] नेपालबाट अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताहरुले मोबाइलबाट फेसबुक चलाएकाछन्, जसमा एन्ड्रोइड स्मार्टफोन अग्रपंक्तीमा छ । १८ लाख प्रयोगकर्ताहरुले एन्ड्रोइड फोन तथा ट्याबलेटबाट फेसबुक चलाएको देखिन्छ ।त्यस्तै १३ लाख प्रयोगकर्ताहरुले अझै पनि 'फिचर फोन'बाट फेसबुक चलाउँछन् । एन्ड्रोइडको दाँजोमा आइफोन र विन्डोज फोन प्रयोगकर्ताको सङ्ख्या अत्यन्त न्युन छ । करिब २ लाखले आइफोन - आइप्याड आदिबाट फेसबुक चलाउँछन् भने करिब ३२ हजारले विन्डोज फोनबाट फेसबुक चलाएकाछन् । There are 4 Million Facebook users in #Nepal --> http://t.co/lmW2QlS

Nepal's leading private telecommunication company Ncell has unveiled the "Ncell App Camp" -- a mobile app development competition for mobile app developers and enthusiasts. Mobile app developers and enthusiasts can take part in the competition for free by registering their teams and ideas around the four thematic areas -- Agriculture, Education, Tourism, and Corporate solution. The app can be created for any platforms, including Android, Apple iOS, Windows. The thematic winners would win a cash prize of Rs. 250,000 each, and the overall winner will bag additional Rs. 500,000 in cash along with Ncell sponsorship to participate in a similar overseas app camp. Read More on our Tech Blog >>

समाचार पढ्न छोडिएको लगभग सात महिना हुनलाग्यो, ट्विटर र फेसबुकमा साथीहरुले पोष्टगर्ने 'हेडलाइन' बाहेक । त्यसो त 'रिकमेन्ड' गरिएको लेखहरु पढिन्छ, तर पहिले जस्तो दिनैपिच्छे समाचार साइटहरु हेरिँदैन, हेर्न मन पनि लाग्दैन । समाचार नपढ्दा, नसुन्दा, र नहेर्दाको फाइदाहरु के हुँदा'रहेछन् कुनै दिन लेखौँला । तर हिजो र आज अकास्मात चकित पर्ने समाचारका 'हेडलाइन' देखियो, फेसबुक र ट्विटर तिर, नहेरी, नपढी र नबोली बस्न सकिएन । Shame! MT @kcdipendra : Youth in Nepal detained for his Facebook comment against police. http://t.co/EtQaEuCse0 #SocialMedia — Aakar Anil (@aakarpost) June 19, 2014 हिजो एउटा समाचार थियो, सप्तरीमा प्रहरी विरुद्ध फेसबुकमा कमेन्ट गर्ने एक युवकलाई १८ दिन हिरासतमा राखेर, साइबर क्राइम अन्तर्गत मुद्दा चलाउनको लागि काठमाडौँ पठाइयो । खुल्दुली निकै बढ्यो, कस्तो किसिमको प्रतिक्रिया दिएछन् भनेर। ती युवाले सप्तरीमा प्रहरीको छवी सुध्रियो शीर्षकमा फेसबुकमा सेयर भएको फोटो (समाचार) मा आफ्नो प्रतिक्रिया दिएका रहेछन् "के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्क

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

म जहिले सोच्थेँ, सगरमाथा बेसक्याम्प कस्तो छ, खुम्बु आइसफल कहाँ छ, हिलारी स्टेप कस्तो देखिन्छ आदि इत्यादि । फोटो र चलचित्रमा धेरै पटक सगरमाथा हेरियो तर सगरमाथाको खासै भेउ पाउन सकिएको थिएन । अप्रिल तेस्रो साता खुम्बुमा हिमपहिरो गएसँगै 'डिस्कभरी'ले केही हप्ता पहिले 'एभरेष्ट अभलान्चे ट्याजिडी' साइट सार्वजनिक गरेकोछ , जसबाट घरै बसेर सगरमाथा चढेको अनुभव (थ्रिडी अनुभव) गर्न सकिन्छ। सगरमाथा बेसक्याम्पबाट सुरु हुने ट्रेक, खुम्बु आइसफल, हिलारी स्टेप हुँदै  सगरमाथाको टुप्पामा पुगेर टुंगिन्छ । सगरमाथाको टुप्पाबाट हिमालहरुको दृश्यावलोकन पनि मज्जाले गर्न सकिन्छ, सायद यसै कारण पनि होला, सबैजना सगरमाथा चढ्न मरिहत्ते गरेका । साइटमा, खुम्बुमा गएको हिमपहिरोको पनि वर्णन गरिएकोछ, ब्याकग्राउन्डमा मान्छेहरु बोलेको, अनि हिमालको चिसो स्याँठको आवाजको अनुभव गर्नसकिन्छ, ट्रेकभरि नै । साइटको वाँया भागमा उचाइको जानकारी देखिन्छ, बाटोलाई रातो धर्सोले देखाइएको छ । बेसक्याम्प देखि टुप्पासम्मको यात्रा कठिन रहेछ भन्नेकुरा डिस्कभरीको थ्रिडी ट्रेक गरेपछि अनुभव भयो । खुम्बुमा गएको हिमपहिरो