Skip to main content

Posts

Showing posts with the label Monalisa

सायद तपाईहरु मोनालिसा को मुस्कान देखेर छक्क पर्नुभएको होला । अहिले सम्म कै अद्वितिय मानिएको मोनालिसा को फोटो नदेख्ने सायद कमै होलान् । सायद तपाईहरुले नियालेर हेर्नुभएको याद गर्नु भएको होला, एकैछिन हाँसिरहेको लाग्ने मोनालिसा अर्को पटक सिरियस भएको देख्नुहुनेछ । एउटै फोटो हेर्दा पनि हामी किन यतिसारो झुक्कीरहेका छौँ । कहिले मोनालिसा हाँसेको भान पर्छ भने, कहिले गम्भिर भएको भान हामीलाई पर्छ । यस्तो किन लागेको होला त ? भै’गो धेरै नसोच्नुहोस्, मोनालिसा को तस्विर को रहस्य खुलिसकेको छ । हाम्रो आँखाहरु ले मष्तिष्कलाई पठाउने मिश्रित संकेत का कारण हामीलाई मोनालिसा कहिले हाँसेको त कहिले गम्भिर लागेको भ्रम पर्छ । हाम्रो आँखा को रेटिनामा हुने विभिन्न कोषहरुव्दारा भिन्न भिन्न समूहका सुचना ‘च्यानल’ को रुपमा मष्तिष्क मा एकैसाथ प्रवाह गर्नेगर्दछ । ती च्यानलहरु ले object's size, clarity, brightness and location in the visual field बारे का सुचनाहरु एकैसाथ प्रवाह गर्छ । Diego Alonso Pablos सँग मिलेर यसकुरा को अध्ययन गरिरहेका Institute of Neuroscience in Alicante, Spain का न्युरोविशेषज्ञ Luis Martinez...