Skip to main content

Posts

Showing posts with the label Microsoft

अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर  निशुल्क चलाउन सक्नेछन् । - - - सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन । विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि  वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ । यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा

माइक्रोसफ्टले, ४३ करोड प्रयोगकर्ता रहेको प्रोफेशनल सोसल नेटवर्किङ साइट लिङ्क्डइन २६ अर्ब डलरमा (करिब २६ खर्ब नेपाली रुपैँया) किन्ने घोषणा गरेको छ ।  माइक्रोसफ्टका अनुसार , लिङ्क्डइन छुट्टै (आफ्नै) ब्रान्डको रुपमा रहनेछ । अहिलेका लिङ्क्डइनका सिईओ जेफ विनर नै माइक्रोसफ्ट अन्तरगत रहने लिङ्क्डइन सिईओको रुपमा रहनेछन् । माइक्रोसफ्ट प्रोफेशनल क्लाउड र लिङ्क्डइन प्रोफेशनल नेटवर्क भएको उल्लेख गर्दै, लिङ्क्डइनका सिइओ जेफ विनरले माइक्रोसफ्टसँग मिलेर अझै धैरै काम गर्न सकिने कुरा आफ्नो  ब्लगमा  उल्लेख गरेकाछन् । लिङ्क्डइनका सिइओको ब्लगमा आएका कमेन्टहरु सर्सर्ती हेर्दा, लिङ्क्डइनका प्रयोगकर्ताहरु उत्साहित भएको देखिँदैन । सत्य नडेला माइक्रोसफ्टको सिइओ भएसँगै, माइक्रोसफ्टले मोबाइल, वेबमा आफ्नो पुरानो स्थान खोज्दै आएको छ ।  हालैका वर्षहरुमा आइफोन तथा एन्ड्रोइडमा रहेका पपुलर एप्सका साथै एन्ड्रोइड ओएस आदिमा लगानी गर्दै माइक्रोसफ्ट, मोबाइलमा छिरेको छ (माइक्रोसफ्टको आफ्नै मोबाइल सफल हुन सकेको भने छैन) । यसैलाई निरन्तरता दिँदै सोसल मिडिया मार्फत आफ्नो बजार बिस्तार गर्न माइक्रोसफ्टले लिङ्क्डइन किनेको

न्युयोर्कमा आयोजना गरिएको, "माइक्रोसफ्ट विन्डोज १० डिभाइसेज" कार्यक्रममा, माइक्रोसफ्टले "सर्फेस बुक" ल्यापटप सार्वजनिक गरेको छ । सर्फेस बुक'लाई माइक्रोसफ्ट आफैँले बनाएको पहिलो ल्यापटप भनेको छ। १३.५ इन्च डिस्प्ले, ग्लास ट्रयाकप्याड, ब्याकलिट किबोर्ड आदि सहित आएको सर्फेस बुकलाई एप्पलको म्याकबुक प्रो, ल्यापटप सँग तुलना गरिएको छ । माइक्रोसफ्टका अनुसार, इन्टेलको नयाँ कोर प्रोसेसर, एनभिडियाको ग्राफिक्स सहित आएको सर्फेस बुक, अहिलेसम्मकै सबैभन्दा छिटो चल्ने (फास्टेस्ट) ल्यापटप हो । माइक्रोसफ्टले, सर्फेस बुक'को ब्याट्रि १२ घन्टा टिक्ने दावी गरेको छ । सर्फेसबुक ल्यापटपको मुल्य १५ सय डलर राखिएकोछ । हार्डवेयर र सफ्टवेयरको मामला'मा सँधै मजाक बनाइने, माइक्रोसफ्टले यस पटक भने सबैलाई चकित बनाइदिएकोछ । सर्फेस बुक, सर्फेस प्रो ४, सर्फेस पेन, नयाँ लुमिया फोन, डिस्प्ले डक, होलोलेन्स आदिको सार्वजनि गरिएसँगै माइक्रोसफ्टको चर्चा चुलिएकोछ । सर्फेस बुक'को भिडियो हेर्नुस् ! ➤ आकारपोष्ट एप् डाउनलोड गर्नुस् ।

सन् २००८ तिर म नोकिया ६३०० फोन बोक्नेगर्थेँ । त्यसबेला मलाई नोकिया जत्तिको फोन अरु कुनै छैन र नोकियाको बजारलाई कसैले हल्लाउन सक्दैन जस्तो लाग्थ्यो । तर करिब ३-४ वर्षको अन्तरालमै पासा पल्टियो । माइक्रोसफ्ट कर्पोरेसनले आज नोकियाका सम्पूर्ण 'डिभाइस', 'प्याटेन्ट लाइसेन्स' तथा 'नोकिया म्यापिङ सर्भिस' ७.२ बिलियन डलरमा किनेको घोषणा गरेकोछ । घोषणा सँगै नोकियाको 'नाम'मा अब नयाँ स्मार्टफोन नबन्ने भएकोछ । सहमति अनुसार "आशा" र "लुमिया" फोनको ट्रेडमार्क माइक्रोसफ्टमा निहित रहनेछ, भने "नोकिया" फिनिस कम्पनीकै "ब्रान्ड"को रुपमा रहनेछ, र नोकियाले आफ्नो फिचर फोन मात्र 'नोकिया' ब्रान्डको रुपमा निकाल्न पाउनेछ। टेक्नोलोजी साइट द भर्जका अनुसार , भविष्यमा बन्ने सबै विन्डोज फोनहरुलाई, माइक्रोसफ्ट ब्रान्डिङ गरिनेछ ।यसको अर्थ भनेको भविष्यमा हामीले 'नोकिया' ब्रान्डेड कुनै पनि स्मार्टफोन चलाउन पाउनेछैनौँ । Microsoft buys Nokia for $7.2 billion. Crazy stat: In 2007 Nokia's market share was 48.7%. By 2012 it had sli

Microsoft corp.’s search engine Bing has feathered Nepal on its background, today. In photo, there is a home above the clouds. Background photo was taken at Tharepati, which lies at the Helambu trekking circuit. I’ve found one similar photo in photo sharing site Flickr. According to Flickr, Whit Richardson has taken this photo at Therapati on December 2, 2009 using a Canon PowerShot G11. In Flickr, he wrote “A lodge at sunset above the clouds on the Helambu circuit trek in Nepal. Lodge above the clouds at Tharepati at sunset along the Helambu trekking circuit, Nepal”. Whit Richardson is a full time professional photographer. Check Bing homepage today!

सुरक्षा को कारण देखाउँदै, गुगल ले अब देखि आफ्ना कम्प्युटर सिस्टमहरुमा माइक्रोसफ्ट विन्डोज नगर्ने घोषणा गरेको कुरा, फाइनान्सियल टाइम्स ले जनाएको छ । ह्याकरहरु ले विन्डोज बाट नै गुगल का सिस्टम मा आक्रमण गरेको र पटक पटक गुगल का सिस्टमलाई ह्याक गरेको कारण, गुगल ले माइक्रोसफ्ट विन्डोज को प्रयोग नगर्ने घोषणा गरेको हो । गुगल ले माइक्रोसफ्ट विन्डोज को सट्टा मा “म्याक र लिनक्स” अपरेटिङ सिस्टमहरु आफ्नो सिस्टम मा राख्ने भएको छ । गएको जनवरी २०१० मा चिन बाट माइक्रोसफ्ट विन्डोज र माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर को प्रयोग गरेर ह्याकरहरुले गुगल को सिस्टम मा क्षति पुर्याएका थिए भने, केही मानवअधिकारवादी र पत्रकार का जिमेल एकाउन्टहरु ह्याक गरिएको थियो । पत्रिका ले जनाएअनुसार, गुगल का अधिकारीहरु ले यसलाई सुरक्षात्मक रणनिति भएको बताएकाछन् । उनीहरुले भनेका छन्, ‘गुगल का सर्भिसहरु को विश्वसनियता बढाउनलाई हामीले यो कदम चालेका हौँ, हामी के कसरी गर्छौ भन्ने कुरा मा भने प्रश्न नउठाउनुहोला’ । गुगल ले आफ्ना सिस्टम मा विन्डोज नराख्ने भनेको भएपनि, आफ्ना सिस्टमहरुलाई चाँहि गुगल ले विन्डोज मा निरन्तर परिक्षण गरिरहने