Skip to main content

Posts

Showing posts with the label Makar Mela

परीक्षा सकियो, के गर्ने ? एउटा बाहाना त चाहियो, अनि केही साथि सहित लागियो पनौती तिर मकर मेला को नाम गरेर ! १२ वर्ष मा मनाइने मकर मेला देशभर कै प्रख्यात मेला भन्दा फरक नपर्ला । काठमाडौँ, पनौती चल्ने मिनिबस को छत मा बसेर पनौती पुगियो । यति नजिकै रहेर पनि, पनौती मेरा लागि नौलो थियो, पहिलो पटक म पुग्दैथिँए पनौती, दर्जनौँ स्वागत व्दारहरु पार गर्दै । सायद मकर मेला कै कारण होला, भिड धेरै थियो । मान्छेहरु को भिड त थियो नै, उसमाथि हिन्दी, अंग्रेजी र नेपाली गितहरु चर्को स्वरमा घन्किरहेका थिए । पसल पिच्छे नै, फरक फरक गित बजे पछि कस्को के लाग्छ र ? सायद मेला भनेको यही होला, मान्छे को भिड अनि बाटो नै ढाक्ने गरि राखिएका अस्थायी पसलहरु, खाजा नास्ता को लागि खोलिएका अस्थायी टहराहरु । सायद, मेला को रौनक अहिले को समय मिल्दो अलि भएन होला । १२ वर्ष अघि यही मेला को पनि आफ्नो विशिष्ट महत्व थियो होला तर अहिले प्रविधि सँगै बदलिएका हामीहरुलाई, यो मेला संस्कति बचाउने काम भन्दा अरु केही लागेन । सँस्कृति बचाउनु त राम्रो कुरा हो तर अब युग सुहाउँदो तरिका अपनाउँदा राम्रो हुन्थ्यो होला । भिड छिचोल्दै, झोलुङ्गे ...