Skip to main content

Posts

Showing posts with the label Love

तिमी, एउटा सोच अनि कल्पना एउटा परिवेश त्यही निमिशेश तिमी, एउटा आकार फरक प्रकार तिमी नै आधार अनि स्तम्भ तिमी, मेरो आशा अनि निराशा एउटा भावना अनि करुणा तिमी, दृश्य अनि अदृश्य फक्रिने फूल ऊठ्ने छाल तिमी, आजको आरम्भ अनि तिमी नै लेखिएको अन्त्य एवमस्तु !!

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल

(प्रेम दिवस या भनौँ भ्यालेन्टाइन डे आउन एकहप्ता बाँकी छ । यसै सेरोफेरोमा आज हामीले साथी निशांकको “भ्यालेन्टाइन डे” नामक कथा प्रकाशित गरेकाछौँ । - आकारपोष्ट) अ स्ति ट्वीटरमा अनन्त सरले ‘मेन्सन’ गरेपछि बल्ल धेरै भएछ नलेखेको जस्तो ‘फिल’ भयो। अझ सरले #Feb लागेछ भन्नु भयो, सार्‍है घत लाग्यो। कतै म पनि भर्खर बैंसले छोएका अनि भ्यालेन्टाइन-डेको व्यग्र प्रतिक्षा गर्दै बसेका फुच्चे लभरब्वाइहरु जस्तै देखिएको पो छु कि जस्तो लागेर आयो। भित्रभित्रै त हल्का प्रतीक्षा त जसले पनि गर्छ, नदेखियोस् भन्ने मात्र मनसाय हो। यो कुरामा मै मात्र बिटुलो छुइन होला, यहाँ जम्मै सिंगल उस्तै परे मिङ्गलहरु पनि ‘फोट्टिन फेब्रुअरी’ कहिले आउला र प्रपोज गरौँला/गर्लान भनेर 'फिंगर क्रस' गरेर बसिरहेका होलान्। होलान् के भन्नु, छन् नै। नेपालमा यसरी चर्कै भ्यालेन्टाइन मनाउन थालिएको कहिले देखि हो कुन्नि, मैले चाहिँ डाइरेक्ट कलेज पुगेपछि यो घटना र 'हेल्लो पुजा, के छ मैया' गीत सुनेपछि बल्ल थाहा पाएको हूँ।  सानैमा एसएलसी पास गरियो, स्कुलमा जसरी कलेजमा पनि सँधै फुच्चे मै गनिइयो, फुच्चेहरुलाई कसैले हेर्दारहेनछन्।

“मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन।” अदितिसँगको मेरो पहिले गुनासो यही थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि । उ बायोलोजी ग्रुपमा रहिनछे । मेरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भइदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा अंग्रेजी कक्षा मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, फिजिक्स ट्युसन, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए । टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ व्यक्त नभएका माया कतिले नै प

Suddenly I have an urge to go back to that place again To the heavenly darkness i truly never really feared My own lil' room filled with nothing but candles of love Back to my "Mother's Womb" which was so mesmerizing n divinely real.... I felt magically Blessed when i was inside of You Mother Listening to your heartbeat, surrounded by angels from up above How proud you were to carry me around for nine Tough months Made me feel bold,extremely safe n very much loved..... Even though I'm all grown now,settled in my own world I miss your embrace,kisses on my forehead all the gestures n the care How you protected me from every Thunderstorm that came my way I miss you holding me in your arms n saying everything will be okay dear.... How can I ever thank you enough Mom For my first word,my first step n everything you've done You're the reason I’m here today breathing and smiling You r the power in my prayers n the melody to my so

विछोडका दिन प्राय अप्रिय नै हुन्छन, प्राय नभनौ सबै अप्रिय नै हुन्छन तर अप्रियाताको हद फरक हुनसक्छ, परिस्थिती अनुसार । जुन ३०, २०१० को विछोड मेरो लागि सबै भन्दा अप्रिय बिछोड हो, एउटा अत्ती नराम्रो   सपना जस्तो दिन  मेरो जीवनको  ।  हुन त  बिछोड  मेरो  लागि  नौलो  कुरा  हैन, पहिला   पनि  प्यारो  घर  छोडेर यात्रामा  निस्कनु  नपरेको हैन । पहिला धेरै गाह्रो  भए  पनि  पछी  सामान्य  नै  लाग्न   थालेथ्यो  वियोग  पनि  । त्यो अप्रिय वियोग उनीसँगको वियोग, हुन त त्यो दिन पनि पहिला जस्तै म पुरै घर सँगको वियोगमा थिँए तर घरसँग  छुटिनुको पिडा नौलो थिएन, पिडा नयाँ हुँदा त्यसले बढि पिरोल्ने रहेछ, घर सँग त मैले  कयौँ बिछोड अनी फेरी मिलन अनी फेरी विछोड सँगाली सकेको थिए। उनी सँगको विछोड पहिलो थियो त्यसैले पिडा पनि बढी  नै थियो। पहिलो चोटि घरबाट टाढा हुँदाको पिडा जती नै, अझ बढि  नै होला शायद। वियोगको पिडा, कसैसँग टाढिँदाको पिडा, आफ्नो मान्छेलाई छोडेर जाँदाको  पिडा । त्यो दिन म कसैसँग नभै  आँफैसँग टाढिँदै  थिए, आफ्नै मुटुलाई छोडेर जादै  थिए कसैलाई। र उनको  मुटु लिएर। उनको याद लिएर यी आँखा भरी ! आफुलाई छोड

"Men always wanted to be women's first love and women always wanted to be men's last love." The very idea of moving on from platonic friendship to a romantic relationship always seemed absurd to me. Little did i know that i would one day end up in the same category, my mind gets hunted with scary thoughts. My maiden attempt, (and the last too), taking that short but risky leap with a friend of three years, failed bitterly. But, wait, there's more- There and then i gave up my intention to mingle and consoled myself that single Dom was far better. The girl with whom I happened to distort my ‘whatsoever remained friendship’ by forcefully dragging her into so called “contemporary love relationship”, was a good friend of mine for more than 3 years. Even today, what strikes my mind is our lengthy chit-chat till my cell-battery goes down. It was funny listening to her giving proxy justification to her dad over alarmingly increasing phone bill in her home. Her end

घडि हेरेँ ३ बजिसकेछ, आज डिसेम्बर १८ मलाई एयरपोर्ट पुग्न हतार भइरहेको छ । क्लास भए पनि आशालाई भेट्ने हतार ले म होस्टेल बाट आफ्नो सानो झोला लिएर निस्किँए, होस्टल मा भनिदिएँ, ‘आज म आउँदिन है, बाहिरै बस्छु’ । के गर्नु होस्टल बसेपछि कहाँ जान्छु, के गर्छु नभने पनि बाहिरै बस्ने भएपछि त भन्नै पर्यो नि, फेरी हाम्रो होस्टल मा यो जाडो महिना मा बेलुका साँढे छ बजे भित्र नै भित्र छिरिसक्नुपर्छ । हप्ता मा एकपटक बाहिर बस्न जान पाइन्छ अनि यसमा नि कुनै गडबढ भयो भने, होस्टल बाट फस्ट टाइम लास्ट वार्निङ पाइन्छ । आशा भन्दैथिइ साँढे चार बजेको फ्लाइट छ । कति वर्ष पछि म भेट्दैथिएँ, मेरो सबैभन्दा मिल्ने साथि, मेरी फुपुकी छोरी, मेरी दिदी आशालाई । म पुल्चोक क्याम्पस को गेटबाट हतार हतार निस्किएँ हिमालयन होटललाई दाहिने पारेर । हतार मा छु म, यो अफिसबाट फर्कने टाइम त हैन तर पनि थापाथली पुल मा जाम लागेको छ गाडिहरुको । जहिले आफूलाई हतार हुन्छ त्यहिले नै किन यस्तो जाम साम हुनु परेको होला, कहिले काँहि त यो हाम्रो देश को सिस्टम देखेर पनि दिक्क लाग्छ, मलाई नि आशा जस्तै बाहिर जाउँ जाउँ लाग्छ । सायद अब को २-३ वर्ष पछि चाँह

आरोप लाग्यो प्रत्यारोप नि भयो बकवास रे ! आश्वासन नि भन्देको मात्र हो रे महत्वहिन ! गल्ति गरियो विश्वास र माया ले धोका भएछ ! बेफुर्सदी रे अब महत्व छैन खेलौना जस्तो ! माया र प्रेम अवस्था अनुकुल मलाई बाल ! जागिरदार आफ्नै संसार छ टाइमपास ! अब को प्रण छ मेरो आफ्नो बाटो सम्बन्ध छैन ! टाढा भाग्नुछ सपना टुक्र्याएर धन्यवाद है !

Listen to Bulbul Episode-13 [November 25,2009]. आइतबार बज्दै आएको बुलबुल आज देखि बुधबार बज्न सुरु गरेको छ । आज बुधबारे बसाइ को पहिलो बुलबुल ! आज को बुलबुल मा केही रात्री गन्थन को साथ मा पंकज उदास का गजलहरु लिएर आएका छौँ  । शरीर बिरामी भएर मात्र मान्छे बिरामी हुँदैन । मन बिरामी भए पनि बिरामी हुन्छ मान्छे । तर मन बिरामी भएको कमै मात्र देख्न सकिन्छ । त्यो त केवल त्यही व्यक्तिले देख्छ जसको मन बिरामी भएको छ । अरुहरुले त त्यही देख्छन्, जे देखिएको छ । मनको बिरामी शरीरमा उतार्न सकिने भए सारा अन्तरमुखी मान्छेले अरुहरुको करुणा बटुल्न आफ्नो मनको बिरामीपनलार्इ शरीरमा उतारिदिन्थ्यो । मनको बिरामी अध्ययन गर्नका लागि सिग्मण्ड फ्रायडको अध्ययन गर्छौं हामी भने, सिग्मण्ड फ्रायडले कति अध्ययन गरे होला त मनहरुको ? मन आखिर मनै हो । कहिले खुशी हुन्छ, पुलकित हुन्छ - लाग्छ अब मुक्त छ हर दु:खदेखि । कहिले फेरि यही मन एक्लै एक्लै कुँडिन्छ । उ आफैं बुझ्दैन, किन दुखेको हो मन । मन त्यसै व्यग्र भइदिन्छ, मान्छे त्यसै चिन्तित भइदिन्छ अनि समय त्यसै अप्ठ्यारो भइदिन्छ । एक थोपा पानीको मूल्य रेगिस्तानमा पुगेपछि था

भो लिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको । अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ : “मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,

बन्द छ हृदय शिथिल छ शरीर श्वास फेरिदिने कोशिश नगर संसार भुलिदिएछु तिमीलाई चाहन खोज्दा आफूलाई बिर्सिदिएछु तिमीलाई खोज्न चाहदा सपना मै छ संसार अन्धकार मै छ तिम्रो अस्तित्व ब्युँझाईदिने कोशिश नगर यसमा दोष तिम्रो हैन मेरो नै छ अञ्जान समबेगलाई परिभाषा दिने जुन प्रयास मैले गरें बान्छना त कुन हृदयमा पलाउदैन होला तिम्रो अस्तित्वलाई अँगाल्ने जुन भुल मैले गरें लज्जित छ अभिलाषा दोषी छ हृदय माफि दिने कोशिश नगर लाग्थ्यो आँखाको अभिन्न अंश हो तिम्रो स्वरूप तिम्रो सुन्दरताको ओजस्बिले बन्थें म कुरुप रसाईसकेछन नयन बगिसकेछ त्यो आकृति आँखा खोलिदिने कोशिश नगर चिसो आगो र निराश आशा छ मनमा भाग्यलाई दोषी देख्ने सामर्थ्य छैन दु:खी राख्ने चोट र अनन्त तिमी बोकी बाँचिराख्ने जीवन देख्ने ईक्षा छैन पार्थिब छ शरीर आगो छ तिम्रा चाहनाको समबेदना दिने कोशिश नगर । -अनिल शिवाकोटी कुपन्डोल ।

त्यो चन्द्रमा आकाशमा नभए पनि ,औँशी परेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। बाँच्ने इच्छा थियो मेरो तिमीलाई मनको ढुकढुकी भनि तिम्रो आकृतिको प्रतिबिम्ब खोज्दथेँ अन्धकारमा पनि। ढुकढुकी बन्द भएपनि, बाँच्न नचाहेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। क्षणिक भएतापनि तिम्रो हाँसोलाई आँखामा राख्न चाहेथें उघानको अनगिन्ती फूलहरुमध्ये सून्दर एउटा पाएथें। आखाँ केही रसाएपनि, आशु झार्न लागेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। म त भाग्यमानी नै रहेछु,तिम्रो तिरस्कार भए पनि पाएछु तिमीलाई खोज्दै हिडेथें,तर तिमी भित्रै नै हराएछु। त्यही तिरस्कार पिएर, बेहोस हुन रोजेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। -अनिल सिवाकोटी कुपन्डोल ! -- imgsrc: school-clipart.com

मनका कुराहरु बुझेर बुझ्नै नसकिने… खै कस्तो कस्तो… कहिले नसोचेको जस्तो… कहिले थाहा नपाएजस्तो… कति राम्रो र मिठो अनुभव । आत्मियता को गहिरो आभास अनि माया… केबल माया, के भइरहेछ पत्तो छैन । उनलाई देखेकी सम्म पनि छैन… तर भावनात्मक आभाषमा यति धेरै डुबेकी छु… आफैँलाई अचम्म लाग्छ, सायद यही नै हो माया । जताततै चारैतिर केवल उनको मात्रै आभास भइरहेछ… उनलाई मात्र सम्झिरहेकी छु… उनको कल्पनामा लिप्त भएकी छु । आफ्नै कल्पना को डुंगामा म तैरिरहेकी छु… साथमा छन् उनकै भावनाहरु, उनकै आभाषहरु र उनकै कल्पनाहरु… सपना देख्छु अत्याधिक र त्यही सपनामा मैले उनलाई देखेँ… कालोवर्ण, मृगनयनी आँखा… घुम्रेको कपाल, पिताम्बर को लुगा, मजुरको प्वाँख साथमा मुरली… उनी मेरा हुन, मेरा… ‘मेरो कृष्ण’… पूर्वकालमा जन्मेकी भएँ, सायद म नै राधा हुन्थेँ होला वा सायद म नै गोपिनीहरु माझ कुनै एक हुन्थेँ होला… तर अफसोच म अभागिनि, त्यसकाल मा मेरो अस्तित्व रहेन… तर आज यस समयमा म केवल उनलाई सम्झिरहेकी छु… यो प्रेम हो वा होइन… तर मलाई लाग्छ, सायद म माया मा फसेकी छु । कल्पना नै एउटा साहारा बनेको छ, उनको माया पाउन… मेरा कृष्ण, केबल मेरा कृष्ण… उन