Skip to main content

Posts

Showing posts with the label Interview

शीर्षक झ्वाट्ट पढ्दा, अहिलेको राजनितिक परिस्थितिको बारेमा लेखिएको ब्लग जस्तो लाग्नसक्छ, तर सुरु मै भनौँ यो ब्लग दिल भुषण पाठकले साहित्यकार जगदीश घिमिरे सँग टेलिभिजन कार्यक्रम ‘टफ टक’मा गर्नुभएको कुराकानीमा आधारित छ। केही महिना अघि प्रकाशित “सकस” आख्यानका सम्बन्धमा धेरै कुराहरु सुन्दै आएको भएपनि, पढ्ने मौका अहिलेसम्म जुरेको छैन । घिमिरेको आख्यान “सकस” पढ्न नै “सकस” छ भन्ने भनाइ सुनेको भएर पनि, सायद पढ्ने हिम्मत नजुटेकोहोला । तर युट्युबमा ‘टफटक’ हेर्दै गर्दा, र “सकस” को कुरा सुन्दै गर्दा लाग्यो, रणबहादुर शाह देखि अहिलेसम्म पनि समाज त उस्तै रहेछ, टाउके राजनिति उस्तै रहेछ, बर्बरता उस्तै रहेछ, क्रुरता उस्तै रहेछ । घिमिरेले “सकस”मा लेख्या कुरा त इतिहासका कुरा भए, तर आफ्नै समयकालमा बर्बरताको समाचार पढ्दा आफूलाई पनि “सकस” भएर आउँछ । दुई दिन सम्म सिस्नुपानी लगाउँदा नि प्राण नगएपछि, जिउँदै खाल्डोमा गाडेँ भनेर पिडकले बयान दिएको समाचार आयो, हत्या भएको आठ वर्षपछि । अनि प्रधानमन्त्री आफ्ना कार्यकर्ताको बचाउ गर्न लागिपरेकाछन्, कारवाही नगर्न निर्देशन दिइरहेकाछन्, ओहो कस्तो यो लोकतन्त्र । साँच्चै “टफ...

विश्व मानचित्रमा नेपाल अत्याधिक भ्रष्टचार हुने मुलुकहरु को सुचीमा पर्दछ । भ्रष्टचारको यो काहालीलाग्दो सुचाङ्‍कलार्इ घटाउने सबैभन्दा सक्रिय भूमिका न्यायधीस एवं प्रहरी प्रशासनले खेल्नुपर्नेहुन्छ । जानकारहरुका अनुसार नेपालमा यिनै न्यायधीस र प्रहरी बढि भ्रष्ट छन् । यहि कारण भ्रष्टचारसम्बन्धी जतिसुकै कडा कानुन ल्याए पनि भ्रष्टचार कम हुन सकेको छैन । यद्यपि यहि भ्रष्टहरुका बीचमा केहि यस्ता न्यायधीस एवं प्रहरी अधिकृतहरु छन्‍, जसले विधिको शासन चलाउने प्रयास गरिरहेका छन् । यहाँ नेपाल प्रहरीका सबैभन्दा चर्चित प्रहरी अधिककृत एसएसपी रमेश खरेलको भित्री पाटो खोलिँदैछ, जसले १५ वर्षको कार्यकालमा कहिलै कुनै शक्तिको सामुन्ने झुकेनन्‍, न आफैँ कुनै गलत क्रियाकलापमा संलग्न भए । एसएसपी खरेलकी जीवनसाथी रञ्जु खरेल यसको साक्षी छिन्। श्रीमती रञ्जुले अश्विनी कोर्इरालासंग आफ्‍ना श्रीमान्‍ रमेश खरेलको भित्री पाटो खोलेकी छिन् । आफूलार्इ रमेश खरेलको श्रीमतीका रुपमा मुल्यांकन गर्दा कस्तो महसुस हुन्छ ? एउटा लक्ष्मण रेखा कोरिन्छ । म यस्तो व्यक्तिको श्रीमती हुँ, जसले कहिलै गल्ति गर्दैन भन्ने जनमानसमा छाप परेको छ । यस...

जब उनी प्रधानमन्त्री भए, अधिकांश नेपालीले धेरै राम्रा कुराहरुको अपेक्षा उनीबाट गरे । आफूले नि खुबै वकालत गरियो, भ्याएजति ठाउँमा । मुस्ताङ गाडि चढ्ने देखि, ‘इकोनोमि क्लास’को हवाइ टिकटले उनको कद बढाउन मद्दत गर्यो । उनको सुरुवाती भनाइहरु, गरिएका भाषणहरु सुन्दा हेर्दा, उनलाई अविश्वास गर्ने ठाउँ कहिँ थिएन । अन्य राजनितिक दलहरुलाई पहिले देखि नै उनका कुरा नपचेको हुनसक्छ तर जनताको हिसाबले, हामीले हाम्रो ठाउँबाट हेर्दा बाराभले भनेका र गरेका हरेक कुराहरुलाई सकरात्मक अर्थमा हेरियो । हामी यो कारण पनि खुशी थियौँ कि, कम्तिमा यी प्रधानमन्त्री पहिलेका अरुजस्ता छैनन् । कोइराला, नेपाल, खनाल, दाहाल, आदि देखिसकेका हामीले भट्टराईबाट केही पृथक र केही राम्रा कामहरुको अपेक्षा राख्यौँ । तर आज सरकारको नेतृत्व गरेको करिब १ वर्ष हुँदै जाँदा उनी सबैतिर उनका अलोकप्रिय निर्णय र मिचाहा स्वभावका कारण आलोचित बन्दै गइरहेकाछन् । सत्तामा आफूलाई जोगाइराख्न, ईतिहासकै ठूलो मन्त्रीमण्डल बनाउने देखि लिएर संविधान भंग गर्ने सम्मका काम गरेबाट उनी आलोचित त भइरहेकाछन् नै, त्यसबाहेक अन्य विभिन्न दर्जनौँ निर्णयबाट पनि आफ्नो साख गुम...

वि. सं. २०४९-५० तिर ब्रोइलर को मासु खाँदा एड्स फैलिन्छ भन्ने भ्रामक हल्ला फैलिँदा व्यवसाय नगरौँ झैँ लाग्ने, प्रभात पोल्ट्रि फार्म तथा ह्याचरी उद्योग, बखुन्डोल धुलिखेल का बिष्णु शर्मा आफ्नो व्यवसायले २० वर्ष पार गर्दै गर्दा मख्ख छन् । वि. सं. २०४७ मा एक डेढ लाख को लगानि मा तिन दाजुभाइ ईश्वर, बिष्णु र नवराज ले सुरु गरेको पोल्ट्रि फार्म मा अहिले करोडौँ को लगानि छ भने मासिक चालिस-पचास लाख को कारोबार हुने गरेको छ । करिब ३० रोपनी क्षेत्रफल मा फैलिएको फार्म मा चल्ला उत्पादन का लागि नौ वटा सेड बनाइएको छ । सानो लगानि अनि पारिवारिक स्तर बाट सुरु गरिएको व्यवसाय मा अहिले उनले करिब ३५-४० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेकाछन् । व्यवसाय सुरु गर्दा ताका माउ कुखुरा ल्याउन समस्या परेको बताउँदै फार्म का बिष्णु शर्मा भन्नुहुन्छ,-‘उसबेला कुखुरा कहाँ बाट ल्याउने समस्या थियो, जानेकाहरु र थाहा पाएकाहरु पनि केही सल्लाह दिदैँनथिए, हामीलाई कुखुरा कहाँबाट ल्याउने, कसरी ल्याउने, कति ल्याउने आदि जस्ता कुरामा साह्रै नै समस्या परेको थियो’ । व्यवसाय को सुरुवात का दिन मा भारतबाट वर्षेनि मुस्किलले पाँच छ हजार मात...

United Nations को कार्यक्रम United Nations Volunteers (UNV) बाट नेपाली विद्यार्थी प्रज्वल बराल ले "Online Volunteering Award 2009 " जितेका छन् । गएको शुक्रबार UNV ले Online Volunteering Award 2009 को घोषणा गरेको हो । UNV का अनुसार शान्ति र विकास का लागि अनलाइन भोलियन्टियरिङ गर्ने उत्कृष्ट भोलियन्टियरहरुलाई यो अवार्ड प्रदान गरिएको हो । यस विषयमा गएको डिसेम्बर ५ को अनलाइन संस्करण मा ईकान्तिपुर लेख्छ: Online volunteer Prajwal Baral attracted people to run in the Sunfeast World 10K Bangalore Marathon 2009, to raise funds for the Indian NGO New Life. It said that Baral helped New Life raise awareness and a considerable amount of new funds for its projects such as medical assistance to children with disabilities and early learning centres for the children of vulnerable groups coordinating an effective internet marketing campaign. यसै मेसो मा United Nations Volunteers (UNV) को 'Online Volunteering Award 2009' जित्न सफल पहिलो नेपाली प्रज्वल बराल सँग हामी ले ईमेल अन्तर...

अपवाद ! हो कोहि पनि अपवाद हुँदैन । अनि रोग ले सानो ठूलो पनि भन्दैन, हो अपवाद केही अनि कोही पनि छैन । यस्तै वियषवस्तुलाई समेटेर बनाइएको एचआइभि सँग सम्बन्धि छोटो नेपाली चलचित्र "अपवाद" लिएर आएका छौँ । HIV Short Movie Competition मा एवार्ड जित्न सफल नेपाली छोटो चलचित्र "अपवाद" ले साँच्चै एउटा फरक कोण बाट विषयवस्तुलाई मज्जाले अगाडि बढाएको छ । Watch Nepali Short Movie: Apabad मैले यसै चलचित्रको सेरोफेरोमा रहेर, अहिलेको नेपाली चलचित्रका व्यस्त नायक राजबल्लभ कोइराला सँग, अनलाईन कुरा गरेको थिँए । सन्देशमुलक छोटो फिल्म खेल्दा आफूलाई निकै रमाइलो र नौलो अनुभव भएको नायक राजबल्लभ कोइरालाले बताए । नेपाली व्यवसायिक चलचित्र चाँहि यस्तो विषयवस्तुमा बनाउन सकिँदैन भन्दै उनले भने, यहाँ त मान्छेलाई बुझाउनै गाह्रो छ, कल्ले हेर्ने त्यस्तो चलचित्र । युवाहरुलाई लक्षित गरेर तयार गरिएको चलचित्र अपवाद, नेपाली टिभि च्यानलहरुबाट पनि प्रसारण भैसकेको जानकारी नायक कोइरालाले हामीलाई गराए । नेपाली चलचित्रहरुमा अहिले सर्वाधिक व्यस्त रहेका नायक कोइराला, ले सामाजिक सन्देश दिन को लागि यस्ता कुराहरु को अ...

आज विश्व मानव अधिकार दिवस । विश्व मा आधुनिकता सँगै मानवअधिकार उल्लंघन का घटनाहरु मा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । मूख्यरुपमा, राजनितिक आस्थाका कारण ले धेरै भन्दा धेरै मानवअधिकार उल्लंघन को घटना घटिरहेको छ । एम्नेस्टि इन्टरनेसनल बाट: Amnesty International has called on governments to make the 60th anniversary of the Universal Declaration of Human Rights a time for action not just for celebration. आउनुहोस्, हामी पनि मानवअधिकार दिवस को दिन मानवअधिकार कहिले उल्लंघन गर्ने छैन भन्ने प्रतिबद्धता गरौँ । यसका लागि तपाईहरु, यो तल को मैनवत्ति बाल्न सक्नुहुन्छ । अनि यो मैन बत्तिलाई कहिले निभ्न नदिनुहोस् । आउनुहोस्, यो मैनबत्ति कहिले निभ्न दिने छैन भनेर प्रण गरौँ । अन्त्यमा, मानवअधिकार दिवस को उपलक्ष्यमा सबैले सुख र शान्तिपुर्वक बाँच्न सकियोस भन्ने कामना गर्दछु ।