शीर्षक झ्वाट्ट पढ्दा, अहिलेको राजनितिक परिस्थितिको बारेमा लेखिएको ब्लग जस्तो लाग्नसक्छ, तर सुरु मै भनौँ यो ब्लग दिल भुषण पाठकले साहित्यकार जगदीश घिमिरे सँग टेलिभिजन कार्यक्रम ‘टफ टक’मा गर्नुभएको कुराकानीमा आधारित छ। केही महिना अघि प्रकाशित “सकस” आख्यानका सम्बन्धमा धेरै कुराहरु सुन्दै आएको भएपनि, पढ्ने मौका अहिलेसम्म जुरेको छैन । घिमिरेको आख्यान “सकस” पढ्न नै “सकस” छ भन्ने भनाइ सुनेको भएर पनि, सायद पढ्ने हिम्मत नजुटेकोहोला । तर युट्युबमा ‘टफटक’ हेर्दै गर्दा, र “सकस” को कुरा सुन्दै गर्दा लाग्यो, रणबहादुर शाह देखि अहिलेसम्म पनि समाज त उस्तै रहेछ, टाउके राजनिति उस्तै रहेछ, बर्बरता उस्तै रहेछ, क्रुरता उस्तै रहेछ । घिमिरेले “सकस”मा लेख्या कुरा त इतिहासका कुरा भए, तर आफ्नै समयकालमा बर्बरताको समाचार पढ्दा आफूलाई पनि “सकस” भएर आउँछ । दुई दिन सम्म सिस्नुपानी लगाउँदा नि प्राण नगएपछि, जिउँदै खाल्डोमा गाडेँ भनेर पिडकले बयान दिएको समाचार आयो, हत्या भएको आठ वर्षपछि । अनि प्रधानमन्त्री आफ्ना कार्यकर्ताको बचाउ गर्न लागिपरेकाछन्, कारवाही नगर्न निर्देशन दिइरहेकाछन्, ओहो कस्तो यो लोकतन्त्र । साँच्चै “टफ...