Skip to main content

Posts

Showing posts with the label Interesting

गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् । जिराफ किन? फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ । प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको ...

Bhim Niroula's latest video ' Sunday Morning Love you ' is going viral on the internet. Sunday morning love is popular among Nepalis generating 350K+ views within a week, few are skeptical about his song though. Watch: Hitler Reacts to Sunday Morning Love As usual, our Hitler is not happy with Bhim Niroula, as Saturday has been missing from the song. Hitler becomes furious when an Officer tells him that Nepalis are using a new chemical weapon called 'Sunday Morning Love' to win the world war. Hitler orders Bhim to add Saturday Morning Love in his song. Hitler video is also going viral on the web after Sunday Morning Love. Hitler's reaction to Sunday morning love has been watched more than 30K times within two days.

१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित " सन्डे मर्निङ लभ यु " ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । गएको ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएकोछ भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ । रमाइलो शब्द, लय अनि कम्मर मर्काइ मर्काइ नाचेका कारण भिडियोले अनलाइनमा छोटो समयमै लोकप्रियता हासिल गरेकोहो । सिम्प्लिफाइ ३६० का अनुसार  यो भिडियोबारेमा ६ हजार भन्दा धेरै ट्विट गरिएकोछ।यो गितले कोलाभरी डी तथा ग्याङनाम स्टाइल झैँ अनलाइनमा तहल्का मच्चाउने आकंलन गरिएकोछ । भिडियोको चर्चा १-२ दिन यही गतिमा हुने हो भने संसार भरि यही सन्डे मर्निङको बारेमा चर्चा हुने कुरालाई नकार्न सकिन्न । लगभग ६ सयवटा भिडियो अपलोड गरेका भिम निरौलाको सबैभन्दा चर्चित गित नै यही बन्न पुगेकोछ । भिडियोमा लगातार कमेन्टको वर्षा भइरहेकोछ, अधिकांशले भिडियोबाट भरपुर मनोरन्जन लिएको उल्लेख गरेकाछन् । भिडियो भाइरल भएसँगै, "Sunday Morning Love You" भन्ने पेजहरु फेसबुकमा धमाधम बन्न थालेकाछन् यसका साथै "Bhim was born in Nepal" भन्ने भनाइहरु पनि अनलाइनमा...

अस्ति एकजना साथीले मेरो मोवाइल नम्बर सोध्नुभो । "नाइन, एट, फोर, वान...", त्यसपछि आफैँलाई आफ्नो नम्बर तत्काल याद आएन ।त्यसो त मलाई मेरो मोवाइल नम्बर याद नहुने होइन, तर त्यो दिन अचानक साथीले सोध्दा भन्न नसकेको मात्र हुँ । घर आइसकेपछि आफैँलाई जाँच्न मनलाग्यो । मोबाइलको कन्ट्याक्ट्समा हेरेँ लगभग ३ हजारको नाम रहेछ, गुगल प्लसको कन्ट्याक्ट सबै आएछ फोनमा । गुगललाई एकछिन मनमनै गाली गरेँ, मैले कन्ट्याक्ट सिन्क गरेको त थिएन तर पनि फोनमा देखियो । मेरो बाहेक कतिजनाको नम्बर आफूलाई आउँदोरहेछ भनेर जाँच्नखोजेँ । अहँ, मेरो आफ्नु नम्बर बाहेक अरु कसैको नम्बर सम्झन सकिँन । प्रविधीको विकास र प्रयोग सँगै नम्बरहरु बिर्सिएछ , पहिले दर्जनौँका फोन नम्बर मुखाग्र थियो । केही दिनपछि यो साइट मा केही रमाइला कार्टनुहरु देखेँ, आफैँलाई व्यङ्ग्य गरेको जस्तो लाग्यो । मोबाइलले झुठो बोल्न सिकाको कुरा त ५-६ वर्ष अघि नै यहाँ लेखिसकेकोछु ।  Life Before and After Mobile Phones माथिका कार्टुनहरुसँग तपाई कत्तिको सहमत हुनुहुन्छ? 

सय वर्ष अघिको प्रथम विश्वयुद्धको फोटोहरुलाई क्यानडामा रहेको एक ग्राफिक डिजाइनिङ कम्पनीले थ्रिडीमा सार्वजनिक गरेकोछ (सन् १९१४ देखि सन् १९१८, चारवर्षसम्म पहिलो विश्वयुद्ध चलेकोथियो)।टोरन्टो, क्यानडा स्थित फोटोग्राफी तथा डिजाइन कम्पनी "नर्ड वल्ड" (Nerds World) ले प्रथम विश्वयुद्धको फोटो खिचेको क्यामेरा र फोटो स्लाइडहरु गत वर्ष खरिद गरेको थियो । प्रथम विश्वयुद्धका फोटोका स्लाइडहरुलाई "थ्रिडि भ्युअर"बाट थ्रिडिमा हेर्न सकिने 'नर्ड वल्ड'ले साइटमा उल्लेख गरकोछ । 'नर्ड वल्ड'ले सार्वजनिक गरेका केही  "जिफ" (.gif) फोटोहरुलाई यहाँ राखेकोछु। पहिलो विश्वयुद्धमा फ्रान्सेली सेनाले फोटो खिच्न प्रयोग गरेको क्यामेरा । पहिलो विश्वयुद्धका फोटोहरु via The Verge 

हाम्रो पुस्ता इन्टरनेटमा झुमिरहेकोभएपनि, विश्वमा अझै पनि सबैको पहुँचमा इन्टरनेट पुगेको छैन। इन्टरनेट भएका ठाउँमा पनि भनेजस्तो स्पिड राम्रो छैन, त्यसमाथि इन्टरनेट अझै पनि महंगो नै छ । हाम्रै देशको कुरा गर्दा, काठमाडौँ लगायत केही शहरममा मात्र इन्टरनेटको पहुँच छ । काठमाडौँबाट अलिकति बाहिर लाग्ने बित्तिकै इन्टरनेटबाट बञ्चित हुनुपर्ने अवस्था छ । इन्टरनेट सबै ठाउँ र सबैको पहुँचमा सर्वसुलभ रुपमा पुर्याउन गुगलको ल्याब "गुगल एक्स" ले "लुन" नामक प्रोजेक्ट सुरु गरेकोछ । "लुन" प्रोजेक्ट अन्तर्गत, गुगलले बेलुनको माध्यमबाट इन्टरनेट सबैको घर घरमा पुर्याउने योजना ल्याएकोहो । बेलुनबाट इन्टरनेट, कुरा जोक झैँ लाग्न सक्छ, तर गुगलको प्रयोग सफल भएको खण्डमा केही वर्षभित्रैमा हामीले पनि बेलुन इन्टरनेट चलाउन सक्नेछौँ । गुगलका बेलुनहरु पृथ्वीको सतह भन्दा करिब २० किलोमिटर माथि रहनेछन् र हामीले साविकको स्थितिमा थ्रीजी सरहको इन्टरनेट स्पिड पाउनेछौँ । पृथ्वीको सतहभन्दा करिब २० किलोमिटर माथि रहने र बेलुनहरु आकाशमा घुमिरहने भएका कारण, पृथ्वीको जुनसुकै ठाउँबाट सहज तरिकाले इन्टरनेट ...

सन् १५०० यता विभिन्न भाषामा प्रकाशित भएका किताबहरुलाई गुगलले डिजिटाइज गरेर गुगल बुक्समा राखिदिएकोछ । ती पुराना एतिहासिक किताबहरुलाई ओसिआर, रिक्याप्चा आदि प्रविधिव्दारा गुगलले डिजिटाइज गर्दै आएकोछ । विकिपेडियाका अनुसार सन् १५०० देखि सन् २००८ सम्ममा प्रकाशित भएका करिब ५२ लाख किताबहरु गुगलले डिजिटाइज गरेर गुगल बुक्समा उपलब्ध गराएकोछ । ती डिजिटाइज गरिएका ५२ लाख किताबहरुमा रहेका अक्षर, शब्दहरु आदिको संख्या गुगल एनग्राम (ग्राफ) मा हेर्न सकिन्छ । विभिन्न भाषा तथा शब्दहरुमा रुची राख्नेका लागि गुगल एनग्राम उपयोगी रहेकोछ । गुगल एनग्राम मा कुन शब्द कहिले देखि प्रयोग गर्न थालियो, कुन समयमा धेरै प्रयोग गर्न थालियो, किन प्रयोग गरियो, कुन शब्द कहिले उत्तपति भयो भन्ने जस्ता विभिन्न जिज्ञासाहरुको समाधान भेट्न सकिन्छ । जस्तो कि विश्वयुद्द (World war) भन्ने शब्द सन् १९०० पछिका किताबहरुमा देख्न सकिन्छ । सन् १९०० देखि सन् १९५० बिचमा लेखिएका किताबहरुमा "वल्ड वार" शब्द धेरै प्रयोग भएकोछ । (पहिलो विश्वयुद्द सन् १९१४-१८ र दोश्रो विश्वयुद्ध १९३९-४५ मा भएको थियो) तर गुगल एनग्राममा भएका सबै ...

इन्टरनेटमा फैलिएको खबरहरुका कारण अहिले गफ गर्नेको लागि गज्जबको 'टपिक' मिलेकोछ । सामसुङले जरिवाना स्वरुप १ अर्ब डलर, एप्पललाई तिर्नुपर्ने भएकोछ । यहाँसम्म त ठिकै थियो तर पछिल्लो खबर अनुसार त, सामसुङले ५ सेन्टका सिक्काहरुले भरिएको ट्रकहरु मार्फत एप्पललाई जरिवाना तिर्यो भन्ने खबरहरु फेसबुक र ट्विटरमा छ्याप्पछ्याप्ति फैलिएकाछन् । खबरमा लेखिएकोछ, "Samsung paid Apple its $1bn fine by sending more than 30 trucks to Apple's headquarters loaded with nickels [5-cent pieces]". एप्पललाई सामसुङले गज्जब तरिकाले बिगो वापतको रकम तिर्यो भन्ने हल्लाका कारण कोही सामसुङको आइडियालाई स्यावासी दिइरहेकाछन् त कोही एप्पललाई अब त भेटिस नि शैलीले धारे हात लगाइरहेकाछन् । खबर आफैँमा रमाइलो र रोचक छ । तर खबर जति रमाइलो छ, त्यति नै यथार्थको धरातलबाट टाढा रहेकोछ । सिधा रुपमा भन्दा, यो एउटा झुटो खबर हो । रमाइलो 'अनिअन' शैलीको मेक्सिकन साइट ' एल्डेफर्मा ' नामक साइटबाट फैलिएको आशंका गरिएको यो खबरले अनलाइनमा भने राम्रै तहल्का मच्चाइरहेकोछ । खबर झूटो नै भएपनि अधिकांशले यही खबरलाई सह...

बाघचाल हामी नेपालीको लोकप्रिय दिमाग ख्याउने खेल ! २० वटा बाख्रा अनि ४ वटा बाघका साथ खेलिने ‘बाघचाल’ केही महिना देखि अनलाइनमा खेल्न थालिएकोछ । सेमिकलन डेभ्लपर्स’ले निर्माण गरेको बाघचालमा यो हप्ता “बाघचाल” टुर्नामेन्ट पनि सञ्चालन गरिएकोछ । अनलाइनबाघचालमा दुईजनाको खेल अरु’ले पनि हेर्न पाउँछन्, खेलाडिहरुले आपसमा कुरा गर्न पनि पाउँछन्, अरु कोही खेलाडी छैनन् र आफू एक्लै भइएकोछ भने कम्प्युटर सँग पनि खेल्न मिल्छ । अनलाइन बाघचालको गृहपृष्ठ (Home Page) मा अनलाइनमा चलिरहेको खेलहरुको विवरण देख्न सकिन्छ, त्यहाँबाट आफूले नयाँ खेल सुरु (create) गर्न सकिन्छ, या अरुले सुरु गर्न लागेको खेलमा प्रतिस्पर्धा पनि गर्न सकिन्छ, वा सकिएको खेलको ‘रिप्ले’ पनि हेरेर बस्न मिल्छ । त्यसबाहेक अनलाइन बाघचालको पब्लिक च्याटमा गएर बात मारेर बस्न पनि सकिन्छ । बाघचाल (Bagh Chal) मा बाघ र बाख्रा जनाउन बाघ र बाख्राको टाउका’को फोटो राखिएकोछ, जसबाट खेल्नेलाई एउटा रमाइलो अनुभव हुन्छ, खेलको दायाँ साइडमा कसको पालो हो, खेल सुरु भएको कति टाइम भयो, कति वटा बाख्रा बाँकी छन् भन्ने जानकारी देख्न सकिन्छ । खेलको पेज छोडेर अन्य पेजमा ...

युट्युबमा भिडियो कत्ति’को हेर्नुहुन्छ? गुगल’ले आफ्नो क्यास सर्भर नेपालमै राखेपछि यहाँबाट युट्युबमा भिडियो हेर्नेहरु’को सङ्ख्या बढिरहेकोछ । धेरै भिडियो हेर्ने बानी गर्नु भएको भए, कहिलेकाँही  कुनै कुनै भिडियो जम्मा ३ सय पटक हेरिएको  (Views) देखाइरहँदा पनि लाइक भने हजारौँ पटक गरिएको देख्नुभएको होला । सायद यसकै बारेमा जोक नि बनाउनु भएको’होला । जम्मा ३ सय पटक हेरिएको कुनै भिडियोले  हजारौँ हजार लाइक र डिसलाइक कसरी पाउँछ भन्ने कौतुहलता नि धेरै पटक लागेको होला । प्राय: युट्युब भिडियोहरुको भ्युज काउन्ट (view count) ३०१ मा गएर केही समयको लागि रोकिन्छ र केही समयपछि फेरि गणना गर्न सुरुहुन्छ । रिक्याप्चाको कथा थाहा पाउँदा जति अचम्ममा परिएको थियो, युट्युबको यो कथा थाहा पाउँदा पनि त्यति नै अचम्ममा परिएकोछ । भ्युज भन्दा धेरै लाइक हुनु वा भिडियो हेरिएको सङ्ख्या लामो समयसम्म ३०१ नै देखिरहनु युट्युब प्रयोगकर्तालाई अचम्भित तुल्याउने तथ्यहरु हुन् । कुनै कुनै भिडियोहरु अपलोड गर्ने बित्तिकै धेरैले हेर्ने गर्छन् या भनौँ भिडियो अपलोड गरेको केही क्षणमै ‘पपुलर’ हुनसक्छ, भ्युकाउन्टरले हेरिएको ...

हप्तादिन अघि टेलिभिजन पत्रकार दिल भुषण पाठकले लिएको प्रधानमन्त्री बाबुराम भट्टराईको अन्तरवार्ता सर्वाधिक चर्चित रह्यो । आफूले जनयुद्ध थाल्दा तेर्स्याइएका र आफूले भाषणमा गरिएका कुराहरु नै अन्तरवार्ताको रुपमा भट्टराईलाई प्रश्न सोधिएकोथियो, जसको चित्तबुझ्दो जवाफ उनले दिन सकेनन् । गतहप्ताको अन्तरवार्ता हिन्दी चलचित्र ‘नायक’ को शैलीमा भन्दै धेरैले तारिफ गरेका थिए, तर आज नभन्दै त्यही दुई भिडियोलाई रिमिक्स गरिएको एउटा रमाईलो भिडियो युट्युबमा  भेटियो । चलचित्र ‘नायक’ र बाबुराम भट्टराईको अन्तरवार्तालाई रिमिक्स गरेर बनाइएको भिडियोमा अनिल कपुरले अमरिश पुरी र दिलभुषणले बाबुराम भट्टराईलाई सोधेको प्रश्नको प्रकृति एउटै छ, अनि उनीहरुले दिएको जवाफ पनि उस्तै छ । ‘रियल लाइफ’बाट ‘रिल लाइफ’ देखाइएको त थाहा थियो तर यहाँ त ‘रिल लाइफ’को कुरा ‘रियल लाइफ’मै देखियो । बाँकी कुरा तलको भिडियोमा हेर्नुहोला: Anil Kapoor takes interview of PM Babu Ram Bhattarai (remix)

कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने  आसयको शीर्षक भएको लेख कुनै टेकब्लगमा देखे झैँ लाग्छ ! त्यो बेला, के नचाहिने कुरा गर्याहोला भनेर, उक्त लेखको शीर्षकमात्र पढेर छोडेको थिँए । अब फोटो प्रिन्ट गर्ने प्रिन्टरले कार नै प्रिन्ट गर्छ भन्दा कसरी पत्याउनु ! थ्रीडी नै प्रिन्टर भए नि, कागजमा कारको फोटो प्रिन्ट गर्ने होला भन्ने मलाई लागेको थियो ! तर अघि डुल्दै जाँदा ‘टेड’ को भिडियोमा पुगियो, भिडियो हेरेपछि पो, एकहप्ता पहिले देखेको ब्लग शीर्षक याद आयो ! अब हामीमाझ यस्तो प्रविधि आउँदैछ कि, कुनै कुरा अनलाइनमा सपिङ गर्यौँ भने, उक्त वस्तु/सामान नै हामी आफ्नो कम्प्युटरबाट डाउनलोड गरेर, थ्रिडी प्रिन्टरमा प्रिन्ट गर्न सक्छौँ ! कहिलेकाँही घरमा फोन हुँदा यस्तो पकाइराकोछु, मिल्ने भए यही फोनबाट पठाइदिन्थेँ भन्नुहुन्छ, तर अलि केही समयपछि यस्तो कुरा सम्भव नहोला भन्न सकिन्न ! मानौँ कि मलाई बाल्टिन चाहियो ! बाल्टिन चाहियो भने, बाहिर बजार गइरहनु पर्ने जरुरत नै छैन ! अनलाइनमा आफूलाई मन परेको बाल्टिन छान्यो, वा आफैँ बाल्टिन डिजाइन गर्यो, अनि प्रिन्टरबाट प्रिन्ट गर्यो !...

Today, I came across an amazing & magical video called ‘A Brand New Nepal’ on YouTube. Video is awesome which describes Nepal as a land of hope, a dreamland to live in. Video incorporates many adventurous & historic moments that we are proud of. Video was uploaded 2 days ago on YouTube and I hope this video will go viral on Facebook & Twitter across Nepali community. This video surely will give you a goosebumps. We’ve embedded that video below; watch it and if you like it, don’t forget to share it with your friends. Wonderful Nepal, Natural Nepal, Adventurous Nepal Wonderful Natural Nepal Here’s another video about Mountain biking through the world’s deepest valley in the shadow of the world’s highest mountains in the Nepalese Himalayas. Mountain bike tour in the Mustang region of Nepal Below is the trailer of Spanish movie “Katmandu, a mirror in the sky” which was filmed in Nepal. The movie is about Laia and her trip to Katmandu, all the thing...

क्याप्चा “क्याप्चा”को बारेमा प्राय सबैले सुनेको हुनुपर्छ, धेरैपटक क्याप्चा “टाइप” पनि गर्नु भएकोहोला ! प्राय प्रयोगकर्तालाई क्याप्चा “टाइप” गर्न गाह्रो र झन्झटिलो लाग्छ । प्रयोगकर्तालाई झन्झटिलो लागेपनि सम्भावित ‘स्पाम’ प्रतिक्रिया, अपडेट आदिबाट बच्नको लागि साइट/ब्लगमा “क्याप्चा” प्रयोग गर्ने गरिन्छ । विकीपेडियाका अनुसार क्याप्चाले प्रयोगकर्ता मानव हो कि कम्प्युटर हो भनेर बताउँछ (A CAPTCHA is a program that can tell whether its user is a human or a computer) । क्याप्चामा लेखिएको अक्षर कम्प्युटर/रोबटले बुझ्न सक्दैन, क्याप्चामा लेखिएको अक्षर मानिसले मात्र पढ्नसक्छ ! रिक्याप्चा “रिक्याप्चा” पनि क्याप्चा नै हो । क्याप्चाले जस्तै “रिक्याप्चा”ले पनि स्पामरहरुबाट साइटलाई जोगाउन सहयोग गर्छ । यसका अतिरिक्त “रिक्याप्चा”को माध्यमबाट इन्टरनेटमा साधारण तर ठूलो काम भइरहेको छ । सायद धेरैलाई थाहा नहुनसक्छ, रिक्याप्चाको माध्यमबाट हामीहरु विश्वका पुराना पत्रिका तथा कितावहरुलाई “डिजिटाइज” (डिजिटल बनाउनु) गरिरहेकाछौँ । रिक्याप्चाले साइटलाई “स्पाम”बाट जोगाउनुको साथै बर्षौँ पुराना किताब र पत्रिकाह...

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

आज फेरि आकाश बाट गडाङ गुडुङ को आवाज आइरहेको छ । काकाकुल को जिवन त पानी परेपनि रहिनै रहन्छ तर पनि पानी पर्ने छाँटकाँट देख्दा मात्रै पनि, मन फुरुङ्ग हुन्छ । पानी को न्यास्रो त्यति सारो लागेको पनि हैन । फागुन महिना नै भएपनि पानी पर्यो भने चिसो बढ्छ, मलाई त्यो चिसो पनि चाहिएको छैन । मलाई पानी मा रुझ्न मन छैन, रुघाखोकी ले सताइहाल्छ । कहिलेकाँही रुझिने भएपनि, झरी मा भिज्दैमा ‘रोमान्टिक फिल’ पनि हुँदैन । अरुबेला गडाङ गुडुङ गरेको सुन्दा नै सातो जाने मलाई  तर आज फेरि आकाशमा कालो बादल मडारिएको देख्दा, गडाङ गुडुङ को आवाज सुन्दा, डर लागेको छैन, मलाई त वेपत्तै खुशी लागेको छ । बादल गडाङ गुडुङ गर्न थालेपछि पानी पर्छ नै जस्तो लाग्छ तर पनि ‘भुक्ने कुकुर ले टोक्दैन’ भनिने हुँदा, बादल देख्दै मा र गडाङ गुडुङ सुन्दैमा पानी पर्छ भन्ने त हुँदैन । तर पनि पानी पर्ने कुरा ले रमाइलो लाग्छ, ‘मेन्टोस मोमेन्ट’ भएर दिमाग को बत्ति जले झैँ, केही कुरा झ्वाट्ट सम्झना मा आउँछ । अत: आज पनि कालो बादल देख्ने बित्तिकै  पानी परिदियोस भने झैँ लाग्दैछ । कलकारखाना का मजदुर ले हड्ताल गरेको खबर पनि सुनिएन, कुनै कारखान...

केही दिन अघि, नेपाल को ‘आइटि’ क्षेत्र को अवस्था तथा यसले भोग्नुपरेका समस्या र समाधान अनि ‘आइटि’ को भविष्य र यसले देशको अर्थतन्त्र मा पार्ने प्रभाव बारे छलफल गर्न वनेपा को आइटि पार्क मा ‘बिबिसि वर्ल्ड ट्रष्ट’ को निर्माण मा बिबिसि रेडियो तथा कान्तिपुर टिभि ले ‘साझा सवाल’ नामक कार्यक्रम को आयोजना गरेको थियो । एक समयमा स्वर्गिय इन्द्र लोहनी ले चलाउने ‘बहस’ कार्यक्रम खुबै मन पर्थ्यो भने अहिले नारायण श्रेष्ठ ले सञ्चालन गर्ने ‘साझा सवाल’ कार्यक्रम उत्कृष्ट लाग्छ । आदरणिय दाजु, पत्रकार तथा साझा सवाल उत्पादन टिम का सदस्य दिपक भट्टराई को आग्रह स्विकार्दै कार्यक्रम मा सहभागी को रुपमा केही साथीहरु सहित आफूले उपस्थिति जनाइएको थियो । साझा सवाल प्राय: नियमित सुनिने र मन पर्ने कार्यक्रम भएपनि आफ्नो उपस्थिति भने पहिलो पटक थियो । करिब २ घन्टा को छलफल एकैछिन मा सकिएको झैँ भान भएको कार्यक्रम मा सहभागीहरु ले पर्याप्त समय भने नपाएको झैँ लाग्यो । कार्यक्रम को छलफल को केन्दविन्दु ‘आइटि’ भएको र सञ्चालन पनि आइटि पार्क मा आयोजना गरिएको ले, कार्यक्रम आइटि पार्क सँग पनि सम्बन्धित हुनुपर्छ भन्ने धारणा थियो । तर आ...

If I knew it would be the last time that I see you walk out the door, I would give you a hug and kiss and call you back for one more. If I knew it would be the last time I'd hear your voice lifted up in praise, I would video tape each action and word, so I could play them back day after day. If I knew it would be the last time, I could spare an extra minute or two to stop and say "I love you," instead of assuming, you would know I do. If I knew it would be the last time I would be there to share your day, well I'm sure you'll have so many more, so I can let just this one slip away. For surely there's always tomorrow to make up for an oversight, and we always get a second chance to make everything right. There will always be another day to say our "I love you's", And certainly there's another chance to say our "Anything I can do's?" But just in case I might be wrong, and today is all I get, I'd like to say how muc...

डेमोक्रेसी मेनु सुन्दा झट्ट अचम्म लाग्न सक्छ तर एउटा रेष्टुरेन्ट मा भने डेमोक्रेसी मेनु राखिएको रहेछ । डेमोक्रेसी मेनु मा, लोकतन्त्र खाजा, मल्टिपाट्रि क्वाँटि, अग्रगामी सेकुवा, जनक्रान्ति छोयला आदि राखिएकोहेछ । अस्ति शनिवार को दिन बबरमहल स्थित फल्चा मा ‘ काठमाडौँ बारक्याम्प २०१० ’ को आयोजना गरिएको थियो, त्यही फल्चा मा नै थरिथरिका मेनुहरु रहेछन् । डेमोक्रेसी मेनु मात्र कहाँ हुनु, पिस (शान्ति) मेनु पनि टाँगिएको रहेछ । राजनैतिक शब्द, या भनौँ नेपाल को राजनिति मा प्रचलित शब्दहरु लिएर फल्चामा खाना को मेनु बनाइएको रहेछ । देशमा नेताहरु ले कुर्सी को लुछाचुँडि  गरिरहेको बेला, मल्टिपार्टि क्वाँटि, अग्रगामी सेकुवा र जनक्रान्ति छोयला आदि रहेको डेमोक्रेसी मेनु मा तपाई पनि रमाउनुहोस् ! मेनु मात्रै हेरेर त के रमाइलो लाग्ला र खै ? अब प्रजातन्त्र र शान्ति मेनु देखेपछि उतै गएर टन्न बजाउँदा झनै रमाइलो हुँदो हो !!! :D

केही दिन अघि कसैले मलाई सोधेथ्यो, ‘चल्ला पहिला कि अन्डा’ भनेर ! अनि यही प्रश्न विभिन्न सिरियल र चलचित्रहरुमा पनि सर्वाधिक सोधिएका प्रश्न हुन् । केही दिन यही प्रश्न को जवाफ पत्ता लगाउन, नेट मा घुम्ने क्रम मा, ‘अन्डा’ पहिले आयो भन्ने कुरा फेला पारेको थिँए । तर अस्ति को दिन मात्रै सिबिएस न्युज ले ‘बेलायती वैज्ञानिकहरु’ को हवाला दिँदै  लेख्यो, ‘अन्डा भन्दा पहिला चल्ला जन्मियो’ ! लामो अनुसन्धान पछि बेलायती वैज्ञानिकहरु ले, अन्डा भन्दा पहिले चल्ला आयो भन्ने निश्कर्ष निकालेकाछन् । यस अघि सम्म, हामी ‘अन्डा’ पहिले आयो भन्ने मान्यता राख्ने गर्थ्यौँ । बेलायती अनलाइन मेट्रो ले जनाए अनुसार  Sheffield University का  Dr Colin Freeman ले भने, “लामो समय देखि, अन्डा पहिले आयो भन्ने मान्यता स्थापित भएको थियो तर हामी ले वैज्ञानिक तवर बाट पुष्टि गर्यौँ कि, अन्डा भन्दा चल्ला पहिले आयो” । स्कटल्यान्ड र इंगल्यान्ड का अनुसन्धानकर्ताहरुले HECToR नाम को सुपरकम्प्युटर बाट ‘अन्डा’ र ‘कुखुरा’ मा गरेको अध्ययन बाट आश्चार्यजनक नतिजा निस्कियो, ‘प्रोटिन’ कुखुरा को कोष मा मात्र पाइयो । Edinburgh's Warwick...