Skip to main content

Posts

Showing posts with the label Innovation

Nepal's leading private telecommunication company Ncell has unveiled the "Ncell App Camp" -- a mobile app development competition for mobile app developers and enthusiasts. Mobile app developers and enthusiasts can take part in the competition for free by registering their teams and ideas around the four thematic areas -- Agriculture, Education, Tourism, and Corporate solution. The app can be created for any platforms, including Android, Apple iOS, Windows. The thematic winners would win a cash prize of Rs. 250,000 each, and the overall winner will bag additional Rs. 500,000 in cash along with Ncell sponsorship to participate in a similar overseas app camp. Read More on our Tech Blog >>

"मैले गुगल ग्लास प्रयोग गर्न थालेको दुई हप्ता भन्दा धेरै भयो ! गतहप्ता मैले गुगल ग्लास लगाएरै ५ वटा कार्यक्रममा बोलेँ, एयरपोर्टबाट ४ पटक ओहोरदोहोर गरेँ, सयौँ जनालाई मेरो ग्लास प्रयोग गर्न दिँए, सुत्ने समय बाहेक अरुबेला गुगल ग्लास बिरलै खोलेँ ।" प्रख्यात टेक्नोलोजी ब्लगर रोबर्ट स्कोबलले अब  जीवनका बाँकी दिनहरु गुगल ग्लास वा गुगल ग्लास जस्तै अर्को कुनै ग्याजेट विना कल्पना गर्न सक्दिन भनेर आफ्नो गुगल ग्लास अनुभव लेखेकाछन् । गुगल ग्लासको बारेमा जान्न चाहने साथीहरुलाई रोबर्टको कुरा रोचक लाग्न सक्ने भएकोले उनले गुगल प्लसमा लेखेको "गुगल ग्लास अनुभव"   तल जस्ताको तस्तै राखेकोछु । पहिले गुगल ग्लास बारे बनाइएको भिडियो हेर्नुहोस् । How it feels through Google Glass: Here's my review after having Google Glass for two weeks: 1. I will never live a day of my life from now on without it (or a competitor). It's that significant. 2. The success of this totally depends on price. Each audience I asked at the end of my presentations "who would buy this?&quo

हामीलाई डरलागेको वा गर्न नसक्ने जस्तो कुरा आफ्नो सामुन्ने आउँदा हामी नेपालीको मुखबाट फुत्कने शब्द हो, आबुई ! आबुई वा आब्बुइ वा अबुइ जे भने’पनि मैले भन्न खोज्या कुरा त बुझ्नु भो होला । म चैँ आबुई (Abui) भन्छु है । त्यही हामीभित्र रहको डर जनाउने शब्द ‘आबुई’लाई समेट्दै र हामी भित्रको शब्दको डर हटाउन ‘ आबुई डटकम’ आइपुगेकोछ । कुनै नेपाली शब्दको अर्थ आएन वा उखान टुक्काको अर्थ बुझ्न सकिएन भने अब त्यसको समाधान प्राय आबुई डटकममा भेट्न सकिन्छ । गतसाल पुषदेखि सञ्चालनमा आएको ‘आबुई डटकम’ नै ‘अनलाइन नेपाली शब्दकोष’ (Online Nepali Dictionary) हो। आबुई डटकममा नेपाली शब्दका अर्थका साथै नेपाली उखानहरुका अर्थ भेट्न सकिन्छ । नेपाली ब्लगका ब्लगर नेपाली ले निर्माण गरेको आबुई डटकममा दैनिक रुपमा एउटा शब्दलाई “आजको शब्द” भनेर त्यसको अर्थ दिने गरिएकोछ । आबुई डटकम कसरी चलाउने? आबुई डटकमको गृहपृष्ठमा टेक्स्टबक्स रहेकोछ । टेक्स्टबक्स माथि ‘शब्द कोरे कोरे जस्तो गरौँ’ भन्ने वाक्य राखिएकोछ, त्यहाँ भनिएजस्तै टेक्स्टबक्स भित्र गएर शब्द कोरे जस्तो गर्नुस अर्थात कुनै शब्द लेखेजस्तो गर्नुस्, तपाईले रोमनमा

विश्व खाद्य कार्यक्रम (World Food Program – WFP) को अनुसार भोकमरी (hunger) विश्वको सबैभन्दा ठूलो समाधान गर्न सकिने समस्या हो ! करिब १० करोड मानिसहरु अहिले खाद्यान्नको अभावमा भरपेट खान पाइराखेका छैनन् । क्लाइमेट चेन्ज (Climate Change) र बढ्दै गरेको जनसंख्याको कारणले गर्दा सन् २०५० सम्ममा यो संख्या दोब्बर भएर २० करोड पुग्ने अनुमान गरिएकोछ । यो समस्याको तत्काल समाधानको लागि विभिन्न किसिमका खाद्यान्न सहयोग कार्यक्रमहरु सञ्चालन भएपनि यसको दिर्घकालिन समाधान भने खाद्यान्न उत्पादन वृद्धि गर्नु नै हो । राम्रो सिँचाइ सुविधा उपलब्ध गराउन सके, आकाशे पानीमा भर परेर गरेको खेती भन्दा दुई देखि पाँच गुना सम्म बढि खाद्यान्न उत्पादन गर्न सकिन्छ ! तर धेरै जस्तो विकसित देशमा पानीको समस्या भएकोले सिँचाइ सुविधा उपलब्ध गराउन त्यति सजिलो भने छैन । यस्तै खाद्यान्नको समस्या नेपालले पनि भोगिरहेकोछ । नेपाल खाद्यान्न आयात गर्ने देशहरु मध्येमा परे पनि अरु देश जस्तो सुख्खा छैन, नेपालमा प्रशस्त खोलानाला छन्, नेपाल जलश्रोतमा धनि छ । तर नेपालको भौगोलिक वनावटको कारणले गर्दा विशेष गरी पहाडी भूभागमा सिँचाइ सुविधा पुर्याउ

फेसबुक, इन्स्टाग्राम, फ्लिकर, पिकासा लगायतका साइटहरुमा दैनिक लाखौँ फोटोहरु अपलोड हुने गर्छन् । यसका अतिरिक्त इन्टरनेटमा अन्य सयौँ फोटो सेयरिङ साइटहरु पनि छन् । भर्खरै पनि फेसबुकले फोटो सेयरिङ मोबाइल एप्स इन्स्टाग्रामलाई महंगो मुल्य तिरेर किनेकोछ । हामीले खिच्ने प्रत्येक फोटोले कुनै न कुनै कथा बोकेको हुन्छ, चाहे त्यो प्रोफेशनल क्यामराले खिचिएको होस् वा साधारण मोबाइलबाट खिचिएको होस् । हामीले ती फोटोका कथाहरु फेसबुक, ट्विटर, फ्लिकर, पिकासा, मुभी मेकर, आईफोटो आदि विभिन्न साइट र विभिन्न टुलहरु मार्फत सेयर गर्ने गरेकाछौँ । यही फोटोहरुको कथा भन्ने भन्ने मेसोमा नेपाली सफ्टवेयर ‘पिकोभिको’ पनि थपिएकोछ । मुभी मेकर, पिकासा, आईफोटो आदि चलाइरहेका प्रयोगकर्ताहरुलाई भर्खरै बजारमा आएको नेपाली सफ्टवेयर ‘पिकोभिको’ (Picovico) बारेमा भने खासै जानकारी नहुन सक्छ ! पिकोभिको (Picovico) फोटोहरुलाई भिडियो (Photos to Videos) मा छिटो र छरितो सँग बदल्ने फ्रि “वेब वेस्ड एप्लिकेशन” (Web based Application) हो, जसबाट सजिलोसँग आफूले चाहेको थिम (theme), संगित (Music) र शब्द (Text) राखेर फोटोहरुलाई भिडियोमा बदल्न सकिन्छ