Skip to main content

Posts

Showing posts with the label Illusion

संसार अचम्मको छ, बाँच्नु पर्छ सबै देखिन्छ भन्थे हो रै’छ । सामसुङले ५ सेन्टका सिक्काहरुले भरिएको ट्रक एप्पल मुख्यालयमा पठाएर जरिवाना तिर्यो भन्ने हल्ला संसारभर फैलिरहेको बेला, नेपालमा चाँहि “दाङमा वन अधिकृतले कार्यालयबाटै गुगलम्याप हेरेर काठ तस्करी गर्दै गरेका तस्करहरुलाई पक्राउ गरे” भन्ने हल्ला फैलिएकोछ । हल्ला फैलिएको मात्रै त के भन्नु, नेपालका मुलधारका मिडियामा यस्तो नचाहिने र हुनै नसक्ने खबर’ले प्राथमिकता पाएकोछ ! कान्तिपुरमा ‘तस्करी रोक्न गुगल म्याप’ शीर्षकमा छापिएको समाचार यस्तो छ: दाङ, भाद्र १३ - जिल्ला वन कार्यालयले तस्करी रोक्न गुगल म्याप प्रयोगमा ल्याएको छ । यसको प्रयोग वन अधिकृत अरुण शर्मा पौडेलले शुक्रबार कार्यालयमै बसेर गरेका थिए । म्यापलाई सानो बनाएर हेर्दै जाँदा गोल्टाकुरी गाविसको कालितारामा काठ काटेको दृश्य देखियो । उनले तत्काल वन रक्षकको टोली पठाए । वनको टोली  २ घन्टा हिँडेर जंगलमा पुगेपछि काठ काट्दै गरेका एक व्यक्ति आरा, बञ्चरो र पाँच क्युफिट काठसहित पक्राउ परे । सोमबार दिउँसो पनि गुगल म्याप हेर्दै गर्दा पुरन्धारा गाविसका जंगलमा काठ काटिएका दृश्य देखिए ।...

Optical illusion वा दृष्टिभ्रम कहिलेकाँहि हुने रहेछ । केही दिन अघि दिक्क लागेर, facebook मा यही Optical illusion भन्ने quiz खेलेको थिएँ, ९ वटा मा ८ ओटा चाँहि मिलाएछु एउटा मा त मलाई नराम्रो सँगै दृष्टि भ्रम परेछ । दृष्टिभ्रम पार्ने चित्रहरु, फोटोहरु पनि गज्जब ले बनाइँदोरहेछ, हामी के सोचिराको हुन्छौँ, तर नियालेर हेर्ने हो भने ती फोटोहरुले अरु कुराहरु इंगित गरिरहेको हुन्छ । यस्तै दृष्टिभ्रम पार्ने केही फोटोहरु यहाँ राख्दैछु, फेसबुक तथा अन्य विभिन्न साइटबा साभार गरेर । सायद, दृष्टि भ्रम भनेको नि कुनै बिरामी हो कि भन्ने पनि लाग्छ कहिलेकाँहि । त्यहीँ प्रष्ट देखाइएको कुरा पनि आफूले चाँहि नदेख्दा, कहिले काँहि नमज्जा नि लाग्छ, हाहाहा । Optical illusion भनेर यहाँ यसको बारे चर्चा गर्न खोजेको नभइ, Optical illusion हुने/गराउने केही फोटोहरु देखाउन खोज्दैछु । यी नेटबाट खोजखाज गरिएका केही फोटो हेर्नुहोस् अनि, मुल्यांकन गर्नुहोस्, दृष्टिभ्रम कत्ति को रहेछ ? कतिवटा बाघ छ होला, यो फोटो मा ? हाँस र खरायो, दुवै छन् कि ? यो कुनै भाँडो हो वा कोही दुइजना को अनुहार हो ? अचम्म मानेर हेर्नुभा'को हो, ...