१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । १५ वर्ष सानो समय हैन । यही १५ वर्ष मा धेरै कुरा भइसके ! आफूले नि उहिले बच्चा बेला देखि नै समाचार मा ‘आङ सान सुकी’ भन्ने सुन्याँथिए । आफूलाई त नामै सुनेर अचम्म लाग्थ्यो कस्तो नाम होला, को होला भनेर ! अनि पछि त जहिले वर्मा को नाम सुन्यो कि, ‘आङ सान सुकी’ मात्रै याद आउँथ्यो । आज तिनै नेतृ सैनिक सरकार को नजरवन्द बाट मुक्त भइछिन् । संसार भरका टेलिभिजन, रेडियो र वेवसाइट मा आङसाङ सुकी नै छाइरहेकी छिन् । टुविटरमा त अझ, ‘आङ सान सुकी’ ट्रेन्डिङ टपिक नै बनिसकेको छ । ‘आङ सान सुकी’ सबैभन्दा धेरै पटक आफूले सुनेको नाम होला । सन् १९९१ नोबेल शान्ति पुरस्कार की बिजेता तथा प्रजातन्त्रवादी नेतृ को नजरवन्दमुक्त भएको घोषणा सँगै, संसार भर नै खुशीयाली छाएको छ । तर उनको यो रिहाइ का सम्बन्ध मा अहिले नै केही भनिहाल्न सक्ने ठाउँ छैन । साँच्चै भन्दा, सैनिक सरकार को कुरा मा भर गर्न सकिँदैन । विगत मा पनि, नजरवन्द मुक्त गर्ने भन्दा भन्दै नगरिएको धेरै घटनाहरु छन् । अन्त...