Skip to main content

Posts

Showing posts with the label Haiku

आरोप लाग्यो प्रत्यारोप नि भयो बकवास रे ! आश्वासन नि भन्देको मात्र हो रे महत्वहिन ! गल्ति गरियो विश्वास र माया ले धोका भएछ ! बेफुर्सदी रे अब महत्व छैन खेलौना जस्तो ! माया र प्रेम अवस्था अनुकुल मलाई बाल ! जागिरदार आफ्नै संसार छ टाइमपास ! अब को प्रण छ मेरो आफ्नो बाटो सम्बन्ध छैन ! टाढा भाग्नुछ सपना टुक्र्याएर धन्यवाद है !

अनलाइन ब्लग र फेसबुक मिठो सम्बन्ध तिमी म, हामी तिखा नजरहरु घनिष्ठ मित्र चियो र चर्चो सँग सँगै हिँडेको प्रेमी प्रेमिका मनको कुरा उनलाई थाहा छ म पनि बुझ्छु एसम्एस बिग्रेको नेटवर्क झगडा पार्छ फुकेको मन धेरै परिवर्तन खुला सोचाइ फरक सोच निचोड त एउटै कस्तो अचम्म साथ रहनेछ सुन्ने र सुनाउने धन्यवाद है !

नेपाल बन्द टायर ढुंगामुढा सफल भयो ! इलेक्ट्रिकल मेकानिकल इयस भयो झडप ! उसले पेल्यो थर्कियोहोला उ त तर्सन्न है म ! तिम्रा समय भोली के होला के'था खेलौँ जुहारी ! साह्रै खन्चुवा हस्पिटल को बास पैसा खत्तम ! फेरी नि चर्चो नालिस हाल्दै छ रे लुकेर बस ! मुटुको टुक्रा बाँच्ने लक्षण छैन लुकेर बस ! चुपचाप उ भण्डार रित्तियो रे बहुलाएछ ! अँधेरी रात बेठेगान बिजुलि कठै विचरा ! घाँटि सुकेछ पाइला लम्कियो रे बिजुली छैन ! पसल थियो तर रित्तै वालेट नाटक गर्छौ ? दाजु चतुर सँगै थिए म पनि पैसा जोगाए ! मातृका नाम सँधै जंगल बास गुण्डाकै शैली ! इन्द्रजात्रा ले काठमाडौँ तनाव भोलि नि बन्द ? नोट: हाइकुको बारेमा धेरै जानकारी छैन । यहाँ प्रस्तुत गरिएका हाइकुहरु फेसबुक ग्रुपमा खेल्दा-खेल्दै, जिस्किँदा-जिस्किँदै लेखिएको हो । त्यसैले, यहाँ नबुझ्ने प्रसंगहरु धेरै होलान् । साथै, यससँगै सम्बन्धित हाइकुहरु "उजेली" को ब्लगमा पनि पढ्न पाउनुहुनेछ । दुबै मिलाएर पढ्दा चाँहि केहि बुझिएला कि ???