Skip to main content

Posts

Showing posts with the label Google Doodle

विगत १७ वर्षमा गुगलको लोगो धेरै पटक परिवर्तन भइसक्यो । महिना दिन पहिले एल्फाबेटको घोषणा पछि, गुगलको लोगो फेरि परिवर्तन भएकोछ । पहिलेको झैँ निलो, रातो, पहेँलो र हरियो गरि चार प्रकारको रङ्गहरु प्रयोग भएको लोगोको बनोटमा स्यान्स सेर्‌फ समूह अन्तर्गतको 'प्रडक्ट स्यान्स' फन्ट प्रयोग गरिएकोछ। गुगलका सबै प्रडक्टमा गुगलको नयाँ लोगो प्रयोग हुनेछ, सानो ठाउँ तथा फेभिकनको लागि 'जि' मात्रै लेखिएको लोगो प्रयोग हुनेछ भने, मोबाइलमा सर्च गर्नुपर्दा 'डटहरु'को एनिमेसन देखिनेछ । गुगलको नयाँ लोगोको डिजाइनबारे विस्तृत कुरा यहाँबाट पढ्न सकिन्छ । गुगलको होमपेजमा गुगल डुडलको रुपमा गुगलको नयाँ लोगो राखिएको छ। गुगलको नयाँ लोगोलाई अधिकांशले मन पराएकाछन् ।

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App