Skip to main content

Posts

Showing posts with the label Gmail

फोन होस् वा इन्टरनेट, नेपाली भाषामा चलाउन खोज्ने, देवनागिरी लिपी मात्र बुझ्ने प्रयोगकर्ताहरुको सङ्ख्या नेपालमा उल्लेख्य मात्रामा छ । नेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ । हिजोबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो, गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो । जिमेल नेपाली भाषामा कसरी प्रयोग गर्ने? १) जिमेलमा 'साइन इन' गर्नुस् २) दायाँ छेउको 'गियर आइकन' क्लिक गर्नुस् ३) सेटिङ्स छान्नुस् ४) सेटिङ्स पेजको माथिल्लो भागमा 'जिमेल डिस्प्ले ल्याङ्गवेज' लेखिएको हुन्छ, त्यहाँको 'ड्रप डाउन' मेनुबाट 'नेपाली' भाषा छान्नुस् ५) पेजको तलको बटनबाट सेटिङ सेभ गर्नुस् अब तपाईको जिमेल एकपटक रिलोड हुनेछ, त्यसपछि जिमेल नेपाली भाषामा प्रयोग गर्नसक्नुहुन्छ । जिमेल नेपाली भाषामा भन्नुको मतलब तपाईले जिमेलमा स

फेसबुक ले भोलि सोमबार एक विशेष कार्यक्रम का बिच फेसबुक ईमेल को घोषणा गर्ने आशंका गरिएको छ । ‘टिटान’ नाम दिइएको भनिएको फेसबुक को ईमेल सेवालाई टेक्नोलोजी ब्लग तथा साइटहरुले ‘जिमेल किलर’ को संज्ञा दिएका छन् । हालको समय मा गुगल र फेसबुक का बिच देखिएको दौड तथा दुरी ले गर्दा, ‘जिमेल किलर’ को रुप मा फेसबुक को ईमेल सेवालाई प्रचार गरिएको छ । अधिकांश प्रयोगकर्ताले जिमेललाई अहिले सम्म को राम्रो ईमेल सेवा मान्दै आएकाछन् । इन्टरनेट मा प्रचार गरिएजस्तै, फेसबुक ले आफ्नो ईमेल सेवा सुरु गर्ने हो भने, यसको धेरै मार जिमेललाई पर्ने देखिन्छ, भनेर टेक्नोलोजी ब्लगहरु ले उल्लेख गरेकाछन् । हुन त अहिले कै स्थिति मा पनि, ईमेललाई केही हदसम्म, फेसबुक मेसेज ले विस्थापन गरिसकेको छ । हिजोआज धेरै जसो साथीभाइ बिच, सुचना आदान प्रदान फेसबुक मेसेज बाट नै हुने गरेको छ । सबैभन्दा, राम्रो फोटो प्रणाली भएको, राम्रो ‘इभेन्ट’ प्रणाली भएको फेसबुक ले चाहने हो भने, फेसबुक को ईमेल सेवा उत्कृष्ट हुने निर्क्यौल टेक पण्डितहरुले गरेकाछन् । फेसबुक ले ‘सर्च’, अनलाइन विज्ञापन,फोटो, ईभेन्ट, ईमेल आदि सबै क्षेत्रमा हात हाल्दै गर्दा

कुनै अरुलाई पठाइएको ईमेल तपाईको ईनबक्स आइपुग्यो भने तपाईलाई कस्तो लाग्छ ? या भनौँ तपाईले पठाएको ईमेल अरुलाई पुग्यो भने कस्तो महशुस हुन्छ ? अझ अरु कसैलाई पठाएका धेरै गोप्य कुराहरु तपाईले आफ्नो इनबक्समा सरासर आउन थाल्यो भने, तपाई के सोच्नुहुन्छ, के गर्नुहुन्छ ? आज म आफूले भोगेको कुरा चर्चा गर्दैछु । मेरो ईमेल [email protected] मा केही महिना देखि एउटा कम्पनीलाई पठाइको ईमेलहरु आउनथाले । हुन त सबैभन्दा पहिले गुगल ले नै आफ्नो ईमेल हो भनेर भेरिफाइ गर्नुभनेर एउटा इमेल पठाएको थियो । तर म निकै कन्फ्युजनमा परेँ, कारण आफूले नबनाएको ईमेल लाई किन आफ्नो भनेर भेरिफाइ गर्न लगाइरहेछ भनेर, अनि त्यस ईमेल को लिंकमा क्लिक गरिन, लाग्यो झुक्किएर मेरो इनबकक्स मा आइपुगेको होला । कारण कहिलेकाँहि, गुगलले मलाई दोहोर्‍याएर ईमेल पठाउने गरेको छ, पहिलो ईमेल झुक्किएर आएको भन्दै । न कसैले एकाउन्ट ह्‍याक गर्न लागेको हो कि भन्ने शंकाको कारण पनि मैले त्यो ईमेल भेरिफाइ गरिन । कुरा यत्तिमै टुंगिएको थियो । त्यो कुरा बिर्सिसकेको थिँए, तर केही दिनपछि मेरो ईनबक्समा एउटा कम्पनी को ईमेल आयो । मैले केही सोच्नै सकिन, किन यस्तो ईम