Skip to main content

Posts

Showing posts with the label Fun

ट्विटरमा सबैभन्दा धेरै "पपुलर" भएको फोटो, ट्विट, भाइन भिडियो आदिबाट आफ्नो ट्विट भिडियो बनाउन मिल्छ । भिजिफाइ सँगको सहकार्यमा, आफ्ना "पपुलर" फोटो, भाइन भिडियो, ट्विट, फलोअर आदिलाई समेटेर केही मिनेटमै फलोमी ( #FollowMe ) भिडियो बनाउनमिल्ने सुविधा ट्विटरले हिजोबाट सुरु गरेकोछ  । यति मात्र होइन भिडियोबाट, आफूले ट्विट गर्ने विषय र समय पनि थाहा पाउन सकिन्छ । भिडियो बनाउन, भिजिफाईमा ट्विटरबाट साइनइन गर्नुस । त्यसपछि भिजीफाईले अटोमेटिक रुपमा केही मिनेट भित्रैमा तपाईको ट्विटहरुको फलोमी भिडियो तयार पारिदिन्छ । भिडियो तयार भइसकेपछि, आवश्यकता अनुसार आफूले सम्पादन पनि गर्न मिल्छ । Hey @KakaBaa , @Lohsirk , @anantabrt , you've got a starring role in my video: https://t.co/wL9iSnup1a #FollowMe #Vizify — Aakar Anil (@aakarpost) June 13, 2013 फरक प्रसंग हिजो देखि ट्विटरले ट्विटर एनालिटिक्स सबैको लागि खुला गरेकोछ । आफ्नो कुन ट्विट कति "ईंगेजिङ" छ, कुन लिंक कति पटक क्लिक भयो, कति पटक रिट्विट भयो, मेन्सन भयो, फेव भयो आदि विविध कुराहरु यसबाट जान्न सकिन्छ ।...

हप्तादिन अघि टेलिभिजन पत्रकार दिल भुषण पाठकले लिएको प्रधानमन्त्री बाबुराम भट्टराईको अन्तरवार्ता सर्वाधिक चर्चित रह्यो । आफूले जनयुद्ध थाल्दा तेर्स्याइएका र आफूले भाषणमा गरिएका कुराहरु नै अन्तरवार्ताको रुपमा भट्टराईलाई प्रश्न सोधिएकोथियो, जसको चित्तबुझ्दो जवाफ उनले दिन सकेनन् । गतहप्ताको अन्तरवार्ता हिन्दी चलचित्र ‘नायक’ को शैलीमा भन्दै धेरैले तारिफ गरेका थिए, तर आज नभन्दै त्यही दुई भिडियोलाई रिमिक्स गरिएको एउटा रमाईलो भिडियो युट्युबमा  भेटियो । चलचित्र ‘नायक’ र बाबुराम भट्टराईको अन्तरवार्तालाई रिमिक्स गरेर बनाइएको भिडियोमा अनिल कपुरले अमरिश पुरी र दिलभुषणले बाबुराम भट्टराईलाई सोधेको प्रश्नको प्रकृति एउटै छ, अनि उनीहरुले दिएको जवाफ पनि उस्तै छ । ‘रियल लाइफ’बाट ‘रिल लाइफ’ देखाइएको त थाहा थियो तर यहाँ त ‘रिल लाइफ’को कुरा ‘रियल लाइफ’मै देखियो । बाँकी कुरा तलको भिडियोमा हेर्नुहोला: Anil Kapoor takes interview of PM Babu Ram Bhattarai (remix)

हामीलाई अहिलेसम्म सबैभन्दा बढि पिरोलेको कुरा भनेको 'बन्द' नै होला । बन्द, हडताल या भनौँ आन्दोलनको प्रकोप हामीले धेरै झेलेका छौँ । अब संविधान बन्छ है, बन्छ है भनेका बेला, धमिलो पानीमा माछा मार्ने धेरै निस्किए । कोही अखण्ड र कोही बिखण्डको माग लिएर सडकमा ओर्लिए । जातीयताको नाममा ओर्लनेहरुले त केही सिमित नेताहरुको निर्देशनमा कसैलाई बजाउन बाँकी राखेनन् बन्दको निहुँमा । बन्द हाम्रो दिर्घरोग त बनिसकेकै छ, तर अब यो कुरा अफलाइन र सडकमा मात्र सिमित छैन । हिजोआज त बन्दको कुरा गर्यो भने नि रमाइला नतिजाहरु देखिन्छन् गुगलमा । एक पार्टिका अध्यक्षलाई ई-वे मै बिक्री गर्न राखिएको सन्दर्भमका आज गर्न लागेको बन्दको कुरा अलि असरदार नहुनसक्छ । जब जब बन्दको हल्ला चल्न थाल्छ तब सबैलाई कौतुहलता जाग्न थाल्छ, आज बन्द हो वा होइन भनेर । साँच्चै भन्ने हो भने, फेसबुक र ट्विटरमा त उक्त बिहान आज बन्द हो कि हैन भन्दैमा बित्छ । यही कुरा गुगलमा खोजेर हेर्नु भा'को छ? यदि आज बन्द हो भन्ने खोजेर हेर्नुभयो भने तपाईलाई गुगलले थर्काउने छ । गुगलमा "आज नेपाल बन्द हो?" भनेर सर्च गर्नुभयो भने, उत्तर आउँछ ...

तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ । आइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ । खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् । यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका म...

A : Accept B : Birthday C : Comment D : Delete E : Events F : Facebook / Farmville / Friend G : Group H : Home I : Invite / Ignore J : Join K : L : Like M : Message N : News Feed O : Online / Offline P : Poke / Profile Q : R : Relationship / Request S : Status T : Tag U : Update V : Video W : Wall X : Y : Z : Zuckerberg Facebook has been fashion nowadays. A newly born baby may not have their birth certificate but their parents are keen enough to make their Facebook account. The day is not far when a kindergarten child will write his/her paper like one in picture. And who says Facebook decreases students grades?  They learn a lot :)   -- by Chandan P. Gupta

बोतल र बोटल मा फरक होला, अन्यथा बोतल भन्ने बित्तिकै सबैले, त्यही खोयाविर्के, तिनापाने लोकल या भनौँ बियर र भोड्का सम्झिँदैन थिए होला । बोतल र बोटल, एउटालाई नेपाली र अर्कोलाई अंग्रेजी भनेर मान्छेहरु भन्लान, उच्चारण को मात्र फरक हो भनेर ! तर मलाई त लाग्छ, यो उच्चारण को मात्र फरक हुँदै होइन ! बोत्तल भन्ने बित्तिकै, मान्छेहरु रक्सी नै सम्झिन्छन्, बोटल भन्दा, खै के सम्झिन्छन् थाहा छैन । हुन त  बोटल का पनि साइज अनुसार का नाम छन् ! कुनै पेट बोटल, कुनै जार, त कुनै मात्रै बोटल ! कुरै गर्ने हो भने, औषधीहरु पनि बोतल मै हुन्छन् ! हामीलाई अत्यावश्यक पानी पनि त बोतल मै हुन्छ ! तर त्यसलाई प्राय: ले बोटल नै भन्छन् ! अझ नेपाल मा कोकाकोला उत्पादन गर्ने कम्पनि को नाम नै ‘बोटलर्स नेपाल’ छ ! बोतल उही हो, तर नाम चाँहि फरक, एउटा बोत्तल अर्को बोटल !  आफूले “बोत्तल पुराण लेख्ने तयारी मा ! यसो आइडिया दिएर हेल्प गरौँ न हो” भनेर फेसबुक मा लेख्याँ थिँए, सबैले उही ट्वाँट,रक्सी, जाँड कै मतलब लाग्नेगरि कविता र कथा फुराए !  यो बोटल को बारेमा अर्को दिन कुरा गरौँला, आजलाई चाँहि बोत्तलदेव  को महिमा ग...

डेमोक्रेसी मेनु सुन्दा झट्ट अचम्म लाग्न सक्छ तर एउटा रेष्टुरेन्ट मा भने डेमोक्रेसी मेनु राखिएको रहेछ । डेमोक्रेसी मेनु मा, लोकतन्त्र खाजा, मल्टिपाट्रि क्वाँटि, अग्रगामी सेकुवा, जनक्रान्ति छोयला आदि राखिएकोहेछ । अस्ति शनिवार को दिन बबरमहल स्थित फल्चा मा ‘ काठमाडौँ बारक्याम्प २०१० ’ को आयोजना गरिएको थियो, त्यही फल्चा मा नै थरिथरिका मेनुहरु रहेछन् । डेमोक्रेसी मेनु मात्र कहाँ हुनु, पिस (शान्ति) मेनु पनि टाँगिएको रहेछ । राजनैतिक शब्द, या भनौँ नेपाल को राजनिति मा प्रचलित शब्दहरु लिएर फल्चामा खाना को मेनु बनाइएको रहेछ । देशमा नेताहरु ले कुर्सी को लुछाचुँडि  गरिरहेको बेला, मल्टिपार्टि क्वाँटि, अग्रगामी सेकुवा र जनक्रान्ति छोयला आदि रहेको डेमोक्रेसी मेनु मा तपाई पनि रमाउनुहोस् ! मेनु मात्रै हेरेर त के रमाइलो लाग्ला र खै ? अब प्रजातन्त्र र शान्ति मेनु देखेपछि उतै गएर टन्न बजाउँदा झनै रमाइलो हुँदो हो !!! :D

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

बाथरुम अथवा रेष्टरुम जे भने नि कुरा आखिर एकै हो ! यही कुरालाई ‘ट्वाइलेट’ भन्दा अलि अमिल्दो सुनिन्छ हिजो आज त ! सबै तिर हिजो आज प्राय: रेष्टरुम लेखिएको हुन्छ या शौचालय लेखिएको हुन्छ अनि सानो ‘चित्र’ पनि साथै दिइएको हुन्छ । तर ठाउँ अनुसार बाथरुम को संकेत पनि थरिथरि का हुँदा रहेछन् । वेवसाइटहरु डुल्दै जाने क्रम मा एउटा ब्लगमा पुगेँ, उक्त ब्लगर ले निकै मिहेनत गरेर खोजेर, थरिथरि का बाथरुम संकेत जम्मा पारेका रहेछन् । संकेतहरु देखेर एकछिन खुबै हाँसो उठ्यो, कति अजिव अजिव किसिम का संकेतहरु देख्दा ! खैर, जेहोस् मैले पनि त्यही बाथरुम का संकेतहरुलाई यहाँ राखेको छु । हामी विभिन्न ठाउँमा छरिएर रहेका छौँ, कहिले काँहि संकेत जानिएन भने फसाद पर्न सक्छ । अत: संकेत हेरेर मात्र बाथरुम छिर्ने गरौँ है ! कहिँ चाँहि हामी बाथरुम खोज्दै बसौँला, तर सँगै को संकेत चाँहि नबुझौँला, फसाद पर्न सक्छ ! केही थरिथरिका बाथरुम का संकेतहरु हेरौँ न त है ! सन्दर्भ स्रोत: टेक्निकल्ली पर्सनल

नववर्षाभिनन्दनम् ॥ सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु । मा कश्चित् दुःख भाग्भवेत् ॥   नयाँ वर्ष २०६७ को अवसर मा देश विदेश मा रहनुभएका समस्त नेपालीहरु मा हार्दिक मंगलमय शुभकामना ! साथै आमा को मुख हेर्ने दिन को पनि हार्दिक शुभकामना ! यहाँहरु को हरेक पल, सुखमय रहोस् ।   शुभकामना भरि - तारादेवी शुभकामना भरि हरेक श्वास मा तिम्रो दिर्घायु को कामना गर्न सकुँ म...शुभकामना भरि हरेक पल मा तिम्रो जिवन मा सुवास छर्न सकुँ म... शुभकामना भरि....आँखा का दुई घडा प्रित ले भरेको, हरेक बुँद ले अभिशेष देओस्, श्रद्धा भक्ति विश्वास मायाले उनेको, हर शब्द यो मंगल माला बनोस्...शुभकामना भरि   …. तारादेवी   Image Credit: Luna (Thanks to Luna ji for this lovely picture) Happy New Year 2067

कति सजिलो छ है, भन्नलाई ‘जे’ गरे नि भइहाल्यो नि ! साँच्चि भनेको यो जे, भन्ने शब्द ले त संसार नै खाएको छ । हामी नेपाली को बानि न पर्यो, जुनसुकै कुरा पनि ‘जे’ मा लगेर जोडिदिन्छौँ । पढ्ने देखी लिएर पढाउने अनि जागिरे देखि बेरोजगार, बच्चा देखि वृद्ध सबै ‘जे’ मा कुरा टुङ्ग्याउन खप्पिस छन् । भन्नेहरु ले, तपाईलाई ‘जे’ पनि भन्दिन सक्छन् । सायद तपाई कन्फ्युज हुनुहुँदै होला, के ‘जे’ पिटि कुरा गरिरा’को भनेर ! तर म साँच्चै भन्दैछु, ‘जे’ को महिमा विशाल छ । तपाईहरु दुई जना भेट हुनभयो, अनि रेष्टुरेन्ट जानु भयो भने, कुरा सुरु हुन्छ । के खाने ? अर्को को जवाफ हुन्छ, ‘जे’ खाए पनि भइहाल्छ नि ! तब तपाई सोध्न थाल्नुहुन्छ, यो हो ? त्यो हो ? यो खाने, त्यो खाने ? अघि ‘जे’ खाए पनि हुन्छ भन्ने को चित्त बुझाउन तपाईलाई साह्रै गार्हो हुन्छ । उसले यो भनेर तोकेर भन्दैन्, तपाई हरेक चिज सोध्नुहुन्छ उ अझै दोहोर्‍याइ रहन्छ, ‘जे’ खाए नि भै’गयो नि ! रेष्टुरेन्ट मात्र हैन, तपाई घर मा नि त्यही त हुन्छ नि ! भन्नेबेला ‘जे’ खाए नि हुन्छ भन्ने, पछि चाँहि यस्तो र त्यस्तो किन नपका’को भन्ने त तपाई को पुरानै आदत हो नि ! साथिहर...

कसैले भन्नै परेन, आज April 1 हो भनेर । म अस्ति देखि नै याद गरेर बसेको थिएँ ।  ब्लग मा केही न केही त लेख्नुपर्‍यो, केही हदसम्म दिमाग चाट्नुपर्‍यो भनेर सोचेर बसेको थिँए । आज १ तारिख मैले छोड्ने कुरै भएन, अत: अप्रिल फूल बनाउने आइडिया खोज्ने थाले ! अप्रिल फुल बनाउने त भनियो, तर के मा बनाउने साह्रै कन्फ्युजन मा परियो । अब राजनिति को बारेमा लेखौँ भने पत्याउने कुरा केही हुँदैन, सँधै को अप्रिल फुल । खै, कुनै प्लट नै पाइएन, अप्रिल फुल बनाउने ! अप्रिल फुल बनाउने १०१ आइडिया भएको किताब खोज्दा खोज्दा हैरान भएँ तर फेला पार्न सकिन । आइडिया खोज्दा खोज्दै ३ दिन बित्यो, तर केही आइडिया भेटिएन अप्रिल फुल मनाउन ? तपाई कतै अप्रिल फूल बन्नु त भएन ? तपाई सँग केही आइडिया भए सापटि दिनुस् न मलाई, अर्को वर्ष पैँचो तिरौँला । मेरो April Fool  बनाउने १०१ आइडिया कतै भेट्नुभयो भने भन्नुहोस है मलाई ! अप्रिल फुल त बन्नुभएन, मैले आइडिया दिन्छ भन्ने सोचेर त हेर्दै हुनुहुन्न मेरो ब्लग ! हा हा हा Happy April Fool 2010.

In-rev systems ले भर्खरै GT Blind Search नामक पेज लन्च गरेको छ । Search Engine Comparator को स्लोगन सहित आएको GT Blind Search ले search रिजल्ट कम्पेयर गर्छ ।  तपाईको सबैभन्दा मन पर्ने सर्च इन्जिन कुन हो ? Google, Bing या Yahoo ? अहिले नै भन्नु भो, भने Google भन्न सक्नुहुन्छ तर GT Blind Search  बाट Search Engine Compare गर्नु भो भने, तपाई को choice फरक हुन सक्छ । सम्भवत: तपाईले आफ्नो सर्च इन्जिन नै बदल्न सक्नुहुन्छ । तपाइलाई मन पर्ने search engine को रिजल्ट तपाईलाई मन पर्दोरहेछ कि रहेनछ, त्यो पनि थाहा पाउनुहुन्छ, GT Blind Search  को माध्यमबाट ! अथवा या भनौँ, तपाईलाई सबैभन्दा मन परेको नतिजा को आधार मा तपाई ले आफ्नो सर्च इन्जिन यो रहेछ है भन्ने थाहा पाउन सक्नुहुन्छ । GT Blind Search  ले ३ वटा सर्च इन्जिन को नतिजा दिन्छ । Google, Bing र Yahoo को search नतिजाहरु तपाई ले एकैठाउँ मा पाउन सक्नुहुन्छ । के गर्ने ? तपाईलाई रमाइलो गर्न मन छ या आफ्नो सर्च इन्जिन को बारेमा जान्ने मन छ भने, GT Blind Search मा जानुहोस् । अनि त्यहाँ जुनसुकै कुरा टाइप गरेर सर्च गर्नुहोस् ।...

Sometime its a fun to surf internet to see craziest pictures. I’m posting some crazy and Funny Pictures Today. Some pictures are animated and some pictures are real. Hope you will enjoy it. Child with a Book. Don’t know what he is doing? Lord Buddha with Nepalese Citizenship certificate. Though picture is animated for fun, but fact is that, Buddha was Born in Nepal . Buddha was born around 563 B.C.  in Lumbini in modern day Nepal. His name was Siddhartha Gautam but later known as LORD BUDDHA (Gautam Buddha). This one is about story competition in some college…hehe… :P   Too much  Passengers in a small jeep.    Where is Driver ?  Seems driver sees nothing from his driving seat. Jeep In a Rapti Highway, Nepal.                                      ...