Skip to main content

Posts

Showing posts with the label Friday Tech

गत नोभेम्बर २ मा, फेडोरा कम्युनिटि ले ‘Laughlin’ कोडनाम राखिएको फेडोरा को चौँधौ संस्करण सार्वजनिक गरेको छ । फेडोरा १४, धेरै नयाँ ‘फिचर’हरु को साथ मा आएको छ । ‘परफर्मेन्स’, ‘क्वालिटि’ आदि का हिसाब ले फेडोरा १४ उत्कृष्ट रहेको, फेडोरा कम्युनिटि ले बताएको छ । फेडोरा कम्युनिटिव्दारा जारी प्रेस विज्ञप्ति मा भनिएको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १४ सार्वजनिक गरेको छ ।  छ महिना कै अन्तराल मा फेडोरा ले आफ्नो नयाँ भर्सन को अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । The latest version of Fedora has cloud aspirations, decodes jpg files faster, includes SPICE – a useful protocol for virtualizing desktop PCs, and contains numerous enhancements of interest to developers. Fedora 14 includes several new features for developers, system administrators and open source enthusiasts including: Framework software for Spice, a rapidly advancing infrastructure for desktop virtualization New debugging features for developers, such as support for dynam

अस्ति अक्टोवर १० मा क्यानोनिकल लिमिटेड ले लिनक्स सिस्टम अपरेटिङ सिस्टम “उबन्टु १०.१०” सार्वजनिक गरेको छ । "Maverick Meerkat" कोड दिइएको Edubuntu 10.10 डाउनलोड को लागि उपलब्ध भइसकेको छ । क्यानोनिकल लिमिटेड का अनुसार Ubuntu 10.04 का धेरै कुराहरुलाई सुधार गरेर Ubuntu 10.10 निर्माण गरिएको छ । Ubuntu 10.04 गत अप्रिल मा सार्वजनिक गरिएको थियो । सामान्य भाषा मा भन्दा, उबन्टु ‘माइक्रोसफ्ट विन्डोज’ जस्तै अपरेटिङ सिस्टम हो तर फरक यस अर्थ मा छ कि, उबन्टु, खुला तथा स्वतन्त्र सफ्टवेयर हो ।  संसारभर, यस किसिम का खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग र माग बढ्दो रहेको छ । नेपाल का हक मा भने, तपाईहरुले क्यानोनिकल लिमिटेडलाई ईमेल गर्नु भयो भने, उबन्टु को डिभिडी तपाईले आफ्नै घर मा पाउनसक्नुहुन्छ । साथै, फोस नेपाल मार्फत काठमाडौँ बाट पनि डिभिडी लिन सक्नुहुन्छ । इन्टरनेट को स्पिड राम्रो छ भने, आफैँ ले ‘ईमेज फाइल’ डाउनलोड गर्नसक्नुहुन्छ । उबन्टु १०. १० मा नयाँ के छ? With version 10.10, Edubuntu builds on the work done in the previous version. Changes that occurred in Ubuntu 10.10 are als

मोजिल्ला ले भर्खरै मोबाइल को लागि फायरफक्स ४.० बेटा भर्सन ब्राउजर सार्वजनिक गरेको छ । फेनेन्स कोडनाम दिइएको, प्रोजेक्टलाई अहिले भने, फायरफक्स नै भनिएको छ । बेटा भर्सन निस्किएको ब्राउजर पुर्णत नोकिया ‘एन ९००’ तथा ‘एन्ड्रोइड २.० अथवा त्यसभन्दा माथि का’ फोनहरुलाई लक्षित गरेरर तयार पारिएको छ । हाललाई नयाँ भर्सन को वेव ब्राउजर, ‘आइफोन’ को लागि भने उपलब्ध छैन । साथै, ‘ब्ल्याकबेरी’ फोन को लागि पनि मोजिल्ला को कुनै योजना रहेको छैन । मोजिल्ला फाउन्डेसन ले भनेको छ, “मोबाइल को लागि बनाइएको नयाँ वेटा फायरफक्स ब्राउजर, डेस्कटप को लागि बनाइएको फायरफक्स ४.० ब्राउजर कै, मोबाइल संस्करण हो” । मोबाइल ब्राउजर मा पनि, एडवान्ड आदि को सुविधा रहेको छ । फायरफक्स ले मोबाइल  ब्राउजर को निर्माण मा आफ्नो पाइला बढाउँदै लगेको भएपनि, ‘ओपेरा मिनी’ ब्राउजर ले  नै मोबाइल मा आफ्नो कब्जा जमाएको छ । बेटा फेज मा भएको, फायरफक्स ४.० मोबाइल भर्सन ब्राउजर ले केही महिना मा फाइनल भर्सन सार्वजनिक गर्ने छ । डाउनलोड : Firefox 4.0 Beta for Mobile

हिजो आज, टुविटर मा  टुविट खुबै देखिन्छ, ‘नयाँ ट्विटर’ बारे ! कोही नयाँटुविटर चलाउँदै भनेर टुविट गरिरहेकाछन् भने, कोही आफ्नो चाँहि किन नयाँ ट्विटर आएन भनेर, टुइट गरिरहेका भेटिन्छन् । कोही कोही चाँहि, यो नयाँटुविटर को लागि कतै साइन अप गर्नु पर्छ कि भनेर खोजिरहेका पनि देखिएको छ । आखिर के हो त नयाँ टुविटर ? ‘नयाँ टुविटर’ खासै केही होइन, त्यो हामीले चलाइराखेकै पुरानै टुविटर नै हो ! नयाँ टुविटर मा मात्र  डिजाइन परिवर्तन गरिएको छ अनि केही नयाँ ‘फिर्चस्'हरु थपिएको छ । नयाँ टुविटर को लागि कहिँ कतै साइन अप पनि गर्नु पर्दैन, कसैलाई रिक्वेष्ट र कम्प्लेन गरेर पनि हुँदैन । टुविटर ले बिस्तारै सबै प्रयोगकर्ताहरुलाई नयाँ टुविटर को ‘वेव इन्टरफेस’ उपलब्ध गराउने भएको छ । टुविटर का CEO ‘EV’ लाई नयाँ टुविटर को बारेमा धेरै गुनासा र रिक्वेष्ट गरेपछि हिजो उनले टुविटर मै भने, “Requests/complaints for #newtwitter have rendered my @ mentions kinda useless. I appreciate the interest, though. Soon, folks. Soon! :)” अत: नयाँ टुविटर चलाउन पाइएन भनेर धन्दा नमान्नुस, नयाँ टुविटर बिस्तारै तपाई को मा आउँदैछ । हालसम

“Competition Builds Quality” भन्ने थिमसहित “7th National Technological Festival LOCUS 2010” को सातौँ संस्करण IOE पुल्चोक क्याम्पस मा आज देखि  सुरु हुँदैछ । पुल्चोक क्याम्पस मा  इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर  इन्जिनियरिङ तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु को संस्था लोकस ले लोकस २०१० को आयोजना गरेको हो । लोकस आज र भोलि (सेप्टेम्बर १७  र १८) दुइ दिन सम्म, इन्जिनियरङ अध्ययन संस्था (पुल्चोक क्याम्पस) पुल्चोक मा चल्नेछ । LOCUS 2010 मा Software Competition , Hardware competition , Electrical event competition , Paper presentation , आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएकोछ । त्यसबाहेक Gaming Competition, Fastest Google Searching Competition,Coding Contest,Problem Solving Competition,3D Movie Show लगायत अन्य विभिन्न कम्पिटिसनहरु पनि समावेश गरिएको छ । Non-competitive events तर्फ भने Exhibition,Seminar/workshop/talk-program,+2 Expo आदि कार्यक्रमहरु सञ्चालन हुने भएको छ । कार्यक्रम मा MicroHydro, Robots, तथा विभिन्न अन्य प्रोजेक्टहरु को प्रदर्शनी गरिनेछ । LOCUS 2010 को उद्घाटन बिहान

ब्लगर ले, ब्लगस्पट ब्लगहरु को लागि ‘ब्लगर स्टाट’ र ‘पपुलर पोस्ट’ ग्याजेट निर्माण गरेको छ ! ब्लगर स्टाट बाट ब्लग को भिजिट आदि का बारेमा जान्न सकिन्छ भने, त्यही ब्लग को स्टाट को आधार मा ब्लगर ले ‘पपुलर पोष्ट’ ग्याजेट को निर्माण गरेको छ ! वर्डप्रेस मा पहिले देखि भएपनि, ब्लगर ले भर्खर मात्र पपुलर पोष्ट ग्याजेट को निर्माण गरेको हो ! दैनिक, साप्ताहिक, मासिक तथा सम्पूर्ण समय को पेजभ्यु संङ्ख्याको आधार मा पपुलर पोष्ट ग्याजेट राख्न मिल्छ ! ब्लगर स्टाट को सुविधा ब्लगर मा उपलब्ध भइसकेको भएपनि, ‘पपुलर पोष्ट’ ग्याजेट हाललाई ‘ब्लगर ड्राफ्ट’ मा मात्र उपलब्ध छ ! ‘पपुलर पोष्ट’  सर्वाधिक माग गरिएको ग्याजेट थियो ! ‘पपुलर पोष्ट’  ग्याजेट राख्न को लागि, ‘ब्लगर ड्राफ्ट’ मा गएर डिजाइन मा जानुस् – त्यसपछि पेज इलिमेन्ट मा गएर - ‘एड ग्याजेट’ गर्नुस्, सबैभन्दा माथि तपाईले ब्लगर को ‘पपुलर पोस्ट’ तथा ‘ब्लगर स्टाट’ ग्याजेट भेट्नसक्नुहुन्छ ! ब्लगर स्टाट ले, तपाईले ब्लगर सुरु गरेदेखि कै ‘स्टाट’ दिन्छ भन्ने छैन ! ब्लगर का अनुसार, “The Blog’s stats gadget displays total page views of your blog and the

फेसबुक मा जोडिएर आएको शब्द, ‘बुक’, फेसबुक ले आफ्नै पेवा बनाएछ ! हिजो देखि इन्टरनेट मा फेसबुक  को पेवा ‘बुक’ को बारे को चर्चा आक्कासिएको छ । कुरा हो,  ठूलो ‘फेसबुक’ ले  सानो ‘टिचबुक’ माथि गरेको आक्रमण ! आफ्नो ‘बुक’ को सिको गर्दै, ‘टिचबुक’ साइट ले, नाम नै ‘टिचबुक’ राखेको भन्दै, फेसबुक ले निहुँ खोजेको छ ! फेसबुक ले  निहूँ  खोजेको मात्र हैन, ‘टिचबुक’ माथि मुद्दा नै हालिसकेको छ ! विभिन्न साइट र ब्लगहरु ले लेखिरहेका छन् : Teachbook is currently being sued by Facebook for trademark infringement — yes, the "book" part of its name. फेसबुक, अधिकांश मानिस को समय लुट्ने वेवसाइट हो भने, टिचबुक शिक्षकहरु को अनलाइन कम्युनिटि हो, जसले शिक्षकहरु को समय राम्रो काम मा खर्च गराउँछ । टिचबुक मार्फत शिक्षकहरु, सामुहिक रुपमा भेला भएर छलफल गर्छन्, कक्षा प्लान आदि बनाउँछन् । तर सोसल नेटवर्किङ साइट फेसबुक ले क्यालिफोर्निया को अदालतमा हिजो टिचबुक विरुद्ध ‘बुक’ को विषयमा मुद्दा दर्ता गरेको छ । हेर्दा, सामान्य लाग्ने घटना छ ! कपिराइट को प्रसंग नि उठ्ला तर के ‘बुक’ भन्ने कुरा, ‘फेसबुक’ को पेवा हो र ? के

इन्टरनेट हिजोआज हामी सबैले चलाउँछौ  तर के हामी इन्टरनेट को इतिहास को बारेमा जानकार छौँ त ? हामी इन्टरनेट बाट ईमेल पठाउँछौ, विभिन्न वेवसाइटहरु हेर्छौँ, अन्तर्क्रिया गर्छौँ । अहिले हामीलाई सोच्दा लाग्छ, इन्टरनेट नहुँदो हो त, हामी के गरिबसेका हुन्थ्यौँ होला ? एउटा कुरा अचम्म लाग्न सक्छ, विगत मा भएका विश्वयुद्ध को कारण नै इन्टरनेट को विकास यस तरिका ले भएको हो । विभिन्न नेटवर्कहरु मिलेर बनेको अर्को नेटवर्कलाई नै इन्टरनेट भनिन्छ ! सन् १९६० को दशक देखि इन्टरनेट अर्थात नेटवर्कहरु को विकास हुन थालेको हो । इन्टरनेट को इतिहास को बारेमा, आज युट्युब बाट एउटा भिडियो लिएर आएका छौँ, एकपटक हेर्नुहोस् धेरै कुरा थाहा हुनेछ !!   Watch Video: History of the Internet  

काठमाडौँ विश्वविद्याल, कम्प्युटर इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गत रहेको Kathmandu University Computer Club (KUCC) को पहल मा IT Park मा KU IT MEET 2010 हुनेभएको छ । KU IT MEET 2010 सेप्टेम्बर १० देखि १२ सम्म ३ दिन, ‘आइटि पार्क बिजनेस कम्प्लेक्स, वनेपा’  मा  सञ्चालन हुनेछ । विगत को भन्दा पृथक र भव्य रुप मा आयोजना हुने, आइटि मिट मा विभिन्न विधाहरु समेटिनेछन् । हामीलाई प्राप्त जानकारी अनुसार, आइटि मिट २०१० मा निम्न विधाहरु समेटिने छन् । 1. Project Competition                         i. Software Competition                         ii. Hardware Competition/Demonstration 2. Project Management Competition 3. Business Incubation Workshop 4. Problem Solving Competition (Instant Programming) 5. IT Quiz 6. Googling 7. Designing                           i. Web Designing                           ii. Graphics 8. Insomnia 9. Gaming Competition 10. Tech Expo 11. Reverse Engineering Competition 12. 3 –D Movie Show काठमाडौँ विश्वविद्यालय कै

हामी इन्टरनेट को युग मा छौँ । इन्टरनेट त छँदै नै छ, साथ मा संसार मोबाइलमय नै भएको छ । हाम्रै देश को तथ्याङक ले पनि भन्छ, हाम्रो देश मा इन्टरनेट चलाउने ८० प्रतिशत भन्दा बढि मान्छेहरु, मोबाइल बाट नै इन्टरनेट चलाउँछन् । हिजो आज, च्याट गर्न र वेव सर्फ गर्न, फेसबुक चलाउन वा ट्विटर चलाउन पहिले को जस्तो साइबर धाएर कमै जान्छन् । हिजो आज अधिकांश त मोबाइल बाटै नेट चलाउँछन् । एनटिसी, एनसेल आदि को जिपिआरएस, थ्रीजी, एज नामक सेवा मार्फत हाम्रो मोबाइल इन्टरनेटमय बन्दै गएको छ । स्मार्टफोन, आइफोन बाहेक का अन्य मोबाइल प्रयोगकर्ताहरु, प्राय: ओपेरा मिनी तथा मोबाइल को आफ्नै ब्राउजर बाट इन्टरनेट को कुना चिहाइरहेका हुन्छन् । अरु केही नहेरेपनि, फेसबुक त जरुर हेर्छन् । तर के तपाई ले Snaptu एप्लिकेशन मार्फत इन्टरनेट चलाउनु भएको छ त ? आउनुहोस्, आज हामी यही Snaptu को बारेमा कुरा गर्दै छौँ । यो इन्टरनेटमय मोबाइल मा यो Snaptu तपाई को लागि बहुउपयोगी सावित हुन सक्छ । Snaptu के हो ? Snaptu एउटा मोबाइल एप्लिकेशन हो जसको इन्टरफेस ले स्मार्टफोन तथा आइफोन को झझल्को दिलाउँछ । स्नापटु यस्तो मोबाइल एप्लिकेशन हो, जसको माध्य

ब्लग छ, कम्प्युटर बाट धेरै ले हेर्छन् । हिजो आज फेसबुक धेरै ले मोबाइल बाट पनि चलाउने हुँदा, तपाई को ब्लगहरु मोबाइल बाट पनि हेर्न खोज्छन्, मोबाइल प्रयोगकर्ताहरु ! तर तपाई को ब्लग कम्प्युटर को लागि डिजाइन गरिएको हुँदा, मोबाइल मा तपाई को ब्लग लोड हुन धेरै समय लाग्छ, जसका कारण पैसा र समय दुवै को बर्बादी मात्र हुन्छ । साथै, कम्पयुटर को लागि डिजाइन गरिएको ब्लग, मोबाइल मा हेर्दा धेरै कुरा मिल्दैन । अर्को कुरा मोबाइल बाट हेर्ने पाठकहरु ‘साइडबार’ का विगेटहरु हेरेर बस्दैनन् । उनीहरुलाई नयाँ ब्लग के रहेछ भन्ने कुरा मात्र जान्ने इच्छाहरु हुन्छ । उनीहरु चाहन्छन्, ब्लगहरु क्रमैसँग मोबाइल को ब्राउजर मा देखियोस, चाँडो खुलोस, ब्लग सजिलो सँग पढ्न पाइयोस् । सायद तपाईहरु पनि यही सोच्नुहुन्छ होला, कुनै साइट मोबाइल मा खोल्नु पर्यो भने, तपाईहरुलाई चाँडो खुलोस, सजिलो सँग पढ्न पाइयोस् । अझ तपाईहरुलाई पनि आफ्नो ब्लग मोबाइल फ्रेन्डली बनाउने मन होला ! पक्कै पनि अहिले सबैकुरा मोबाइल मा अटाउन थालेको छ ।  मोबाइल बाट पनि तपाई को ब्लगहरु हेरिन्छन् भन्ने कुरा मा कुनै दुइमत छैन । तपाईलाई आफ्नो ब्लग को लागि मोबाइल साइट

केही दिन अघि कसैले मलाई सोधेथ्यो, ‘चल्ला पहिला कि अन्डा’ भनेर ! अनि यही प्रश्न विभिन्न सिरियल र चलचित्रहरुमा पनि सर्वाधिक सोधिएका प्रश्न हुन् । केही दिन यही प्रश्न को जवाफ पत्ता लगाउन, नेट मा घुम्ने क्रम मा, ‘अन्डा’ पहिले आयो भन्ने कुरा फेला पारेको थिँए । तर अस्ति को दिन मात्रै सिबिएस न्युज ले ‘बेलायती वैज्ञानिकहरु’ को हवाला दिँदै  लेख्यो, ‘अन्डा भन्दा पहिला चल्ला जन्मियो’ ! लामो अनुसन्धान पछि बेलायती वैज्ञानिकहरु ले, अन्डा भन्दा पहिले चल्ला आयो भन्ने निश्कर्ष निकालेकाछन् । यस अघि सम्म, हामी ‘अन्डा’ पहिले आयो भन्ने मान्यता राख्ने गर्थ्यौँ । बेलायती अनलाइन मेट्रो ले जनाए अनुसार  Sheffield University का  Dr Colin Freeman ले भने, “लामो समय देखि, अन्डा पहिले आयो भन्ने मान्यता स्थापित भएको थियो तर हामी ले वैज्ञानिक तवर बाट पुष्टि गर्यौँ कि, अन्डा भन्दा चल्ला पहिले आयो” । स्कटल्यान्ड र इंगल्यान्ड का अनुसन्धानकर्ताहरुले HECToR नाम को सुपरकम्प्युटर बाट ‘अन्डा’ र ‘कुखुरा’ मा गरेको अध्ययन बाट आश्चार्यजनक नतिजा निस्कियो, ‘प्रोटिन’ कुखुरा को कोष मा मात्र पाइयो । Edinburgh's Warwick Universit

Buzzom ले केही हप्ता पहिले गुगल क्रोम को लागि ‘Buzz Button’ नामक एक्सटेन्सन सार्वजनिक गरेको छ । साथै, फायरफक्स ब्राउजर का लागि केही महिना पहिले नै ‘Buzz Button’ नामक एडवान सार्वजनिक गरेको थियो । के हो Buzz Button ? Buzz Button एउटा यस्तो एक्सटेन्सन / एडवान हो, जुन Google Chrome र Mozilla Firefox मा राख्न सकिन्छ । जसका माध्यमबाट कुनै पनि साइटका लिंकहरुलाई एकै क्लिक मा विभिन्न सोसल नेटवर्क साइटहरु मा ‘सेयर’ गर्न सकिन्छ । अहिले त, इन्टरनेट मा सोसल नेटवर्क साइटहरु नै हावी भइरहेको छ । माइक्रो ब्लगिङ साइट टुइटर देखि फेसबुक र स्टम्बल अपअन, डिग लगायत विभिन्न सोसल नेटवर्किङ साइटहरु को प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । तपाई कुनै साइट को कुनै पेज भिजिट गर्दै हुनुहुन्छ । तपाईलाई त्यो पेज अरु सँग ‘सेयर’ गरुँ गरुँ झैँ लाग्छ । तर तपाईलाई ‘लिंक सेयर’ गर्न कै लागि हरेक पटक, फेसबुक, ट्विटर, स्टम्बल अपअन, डिग, माइस्पेस, याहु बज, गुगल बज, डिलिसियिस आदि मा गइरहन झन्झट लाग्छ । यही झन्झट बाट Buzz Button ले मुक्ति दिलाउँछ । तपाई जुनसुकै पेज हेर्नुस्, यदि तपाईलाई ‘लिंक’ सेयर गर्नु पर्यो भने, Buzz B

इन्टरनेट का ट्विटर, ब्लग र वेवसाइट मा फैलिएको कुरालाई पत्याउने हो भने, गुगल ले फेसबुक को प्रतिस्पर्धि को रुपमा सोसल नेटवर्क साइट ‘गुगल मी’ निर्माण गरिरहेको छ । हुन त अहिले सम्म का गुगल का सोसल नेटवर्क का प्रयासहरु विफल भइसकेका छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु चाहन्छन्, गुगल को सोसल नेटवर्क तर्फ को कदम ले केही उपलब्धि हासिल गरोस् । पहिले त ईन्टरनेट मा चलेको हल्ला तिर नै जाउँ ! सोसल नेटवर्क ‘डिग’ का फाउन्डर केभिन रोज ले केही दिन अघि ट्विटर मा लेखेका थिए, ‘फेसबुक सँग प्रतिस्पर्धा गर्न, गुगल मी आउँदैछ” । अत्यन्तै विश्वस्त स्रोत बाट आएको कुरा भन्दै केभिन रोज ले ट्विट गरेपछि, इन्टरनेट मा गुगल मी को हल्ला फैलियो, भलै अहिले त्यो ‘टविट’ भने, उनले मेटिसकेका छन् । केभिन कै कुरामा सहमति जनाउँदै, फेसबुक का पुर्वअधिकारी डि एङ्गलो ले पनि, ‘गुगल मी’ हल्ला नभइ, वास्तव मै ‘गुगल मी’ आउँदैछ र अहिले धेरै जना ‘गुगल मी’ मै काम गरिरहेकाछन् भनेपछि, इन्टरनेट मा ‘गुगल मी’ को कुरा ले तरंग नै पैदा गराएको छ । एङ्गलो ले भनेका छन्, फेसबुक को बढ्दो लोकप्रियता र प्रयोग सँगै, गुगल झस्किएको छ र आफ्नो प्रभु

टुइटर माइक्रो ब्लगिङ साइट तर टुइटर ले लामो समय सम्म टुइटर चलाउने प्रयोगकर्ताहरु पाउन सकेको छैन ।  ६० प्रतिशत भन्दा बढि प्रयोगकर्ताहरु टुइटर मा साइन अप त गर्छन, तर २-३ दिन मै टुइटर बाट हराउँछन् । म टुइटर चलाउँछु, फेसबुक पनि चलाउँछु अनि अन्य सोसल नेटवर्किङ साइटहरु अर्कुट, लिङइन, देखि भर्खरै आएको ‘सोसल मेन्टल हेल्थ नेटवर्क’ र नेपाली फेसबुक ‘कनेक्ट फ्रेन्स’ , हाइफाइभ सबै चलाउँछु ! हुन त सबै सोसल नेटवर्किङ साइट को आफ्नै विशेषता छ तर यी सबै मध्ये मलाई टुइटर ले धेरै मोहनी लगाएको छ र म टुइटर नै धेरै चलाउँछु । टुइटर मा आफूलाई रमाइलो लाग्ने, र टुइटर असाध्यै मन पर्ने भएकोले आफ्ना साथिहरुलाई पनि टुइटर मा भेटियोस, आपस का कुराहरु टुइट गर्न पाइयोस भने झैँ लाग्छ । त्यसैले फेसबुक का आफ्ना नजिक का साथिहरुलाई भन्ने गर्छु, टुइटर मा भेटौँ न, टुइटर चलाउनुहोस् न ! म भन्छु, १४० क्यारेक्टर मा कुराकानी गरिने टुइटर मा कति धेरै मज्जा छ, धेरै रमाइलो पो छ त ! साथिहरु पनि, ‘ए ! रमाइलो नै पो छ क्यारे भनेर, टुइटर मा साइन अप गर्छन् । ३-४ दिन टुइटर मा झुल्किन्छन्, ३-४ दिन टुइटर मा झुल्किँदा पनि टुइटर मा नयाँ कुरा , रोच

जापान मा मिनि ब्लगिङ ‘ ट्विटर ’ को प्रयोग बढेको कुरा सार्वजनिक भएको छ । जापानीजहरु आफ्नो ट्वीटरलाई जापानिज स्वाद दिँदै, ट्विट गरिरहेकाछन् । सन् २००८ मा जापानिज भाषामा ट्विटर आएपछि, जापान मा युवाहरु विच ट्विटर लोकप्रिय भएको थियो । विशेषत: जापानिज युवाहरु ट्विटर तर्फ बढि आकर्षित भएको कुरा हालै को एक सर्वेक्षण ले देखाएको छ । अझ गतवर्ष अक्टोबर मा जापानीज भाषा मा मोबाइल भर्सन  ट्विटर आएपछि, ट्विटर को प्रयोग आश्चार्यजनक रुपमा बढेको थियो । प्राय: मोबाइल बोक्ने प्रत्येक युवाहरुले ट्वीटर को प्रयोग गरेका थिए । जापान मा ट्विटर यति सम्म लोकप्रिय भइसक्यो कि, राम्रो ट्विट कसरी गर्न सकिन्छ भनेर विभिन्न सेमिनारहरु पनि आयोजना गर्ने गरेको कुरा ‘एसोसिएटस् प्रेस’ ले आफ्नो अनलाइन संस्करण मा जनाएको छ । एक टिभि च्यानल ले त ट्विट मा भनिएका कुराहरु पनि प्रसारण गरिरहेको छ । त्यसो त टोक्यो बार मा ‘विश्वकप फुटबल’ सँगै ट्विट पनि प्रसारण भइरहेको छ । पप गायक, भुतपुर्व प्रधानमन्त्री देखि आमजनता र युवाहरु पागल (crazy) सरह ट्वीटर मा ट्विट गरिरहेकाछन् । जापान का कुल इन्टरनेट प्रयोगकर्ताहरु मध्ये १६.३ प्रतिशत ले ट्विटर क

विश्वकपको १९ औं संस्करण सुरु भइसकेको छ, दक्षिण अफ्रिका मा ! अनि सबै को ध्यान त्यही फुटबल मै तानिएको छ । खेलप्रेमी को त कुरै छाडौँ, कहिले खेल नहेर्नेहरु पनि World Cup भनेर उत्साहित भएका छन् । फुटबल खेल हुँदैछ, दक्षिण अफ्रिका मा, तर हामीहरु यहाँ फेसबुक मा मज्जा ले नै तातेका छौँ, मानौँ कि खेल हामी नै खेल्दैछौँ, या मानौँ नेपाल नै खेल्दैछ विश्वकप मा । यसो भन्दै मा हाम्रो उत्साहलाई नराम्रो भन्न खोजेको भने पक्कै होइन । सारा संसार भर नै सबैको हालत हाम्रो जस्तै भएको छ होला भन्ने कुरा हामीलाई अनुमान गर्न कुनै गाह्रो छैन । हुन पनि खेल को महाकुम्भ को चर्चा नगर्ने त को नै होला र ? क्लास मा साथिहरु विभिन्न देशका जर्सीहरु लाएर आउन थालेकाछन् । अनि फेसबुक मा पनि, सबैले आफ्ना प्रोफाइल फोटो मा, आफ्नो टिम समर्थित झण्डा वा जर्सी राखेका छन् ।  त्यति मात्र होइन, विश्वकप सम्बन्धि स्टाटस नलेख्ने मान्छे भेट्न निकै मुस्किल नै छ । कोही लेख्छन् अर्जेन्टिना त कोही ब्राजिल, अनि कसैले जर्मनी त कसैले पोर्चुगल लेखिरहेकाछन् भने केहीले चाँहि स्पनेलाई नि कम नआँक्न सुझाव दिइरहेकाछन् । सबै को आ-आफ्नै टिम छन्, अनि सबै आफ्नै

काठमाडौँ विश्वविद्यालय मा अध्ययनरत कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्षका विद्यार्थीहरुले काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) को वार्षिक कार्यक्रम अनुसार, सन् २०१० को लागि IT Express नामक वार्षिक म्यागजिन केहि दिन अघि सार्वजनिक गरेका छन् । विगत का वर्षहरु मा केयुसिसी एक्सप्रेस को नाम मा निस्कने गरेको म्यागजिन को, यसपटक देखि नाम परिवर्तन गरेर आइटि एक्सप्रेस राखिएको छ । पब्लिकेशन टिम का अनुसार, यो पहिलो राष्ट्रिय स्तर को म्यागजिन हो । ४४ पृष्ठ रहेको म्यागजिन का सबै पेजहरु ‘कलर’ मा रहेका छन् । “संस्कृत”लाई आवरण लेख बनाइएको म्यागजिन मा NITC का निर्देशक अनुप बास्कोटा देखि म्यागसेसे विजेता महाविर पुन सम्म का अन्तरवार्ता समेटिएको छ । साथै, अन्य विविध उपयोगी र जानकारी मुलक टेक्नोलोजी सम्बद्ध लेखहरु समावेश गरिएको छ । छापिएको म्यागजिन को प्रति सबैलाई सबैठाउँ मा उपलब्ध गराउन असम्भव नै छ तर पनि हामी ले यहाँहरु को लागि प्रिन्ट म्यागजिन को ‘डिजिटल’ प्रति डाउनलोड को लागि उपलब्ध गराएका छौँ । यहाँहरुलाई पनि टेक्नोलोजी मा रुचि छ र टेक जगत मा नयाँ कुराहरु के कस्ता भइरहेकाछन् भन्ने उत्सुकता ला

सुरक्षा को कारण देखाउँदै, गुगल ले अब देखि आफ्ना कम्प्युटर सिस्टमहरुमा माइक्रोसफ्ट विन्डोज नगर्ने घोषणा गरेको कुरा, फाइनान्सियल टाइम्स ले जनाएको छ । ह्याकरहरु ले विन्डोज बाट नै गुगल का सिस्टम मा आक्रमण गरेको र पटक पटक गुगल का सिस्टमलाई ह्याक गरेको कारण, गुगल ले माइक्रोसफ्ट विन्डोज को प्रयोग नगर्ने घोषणा गरेको हो । गुगल ले माइक्रोसफ्ट विन्डोज को सट्टा मा “म्याक र लिनक्स” अपरेटिङ सिस्टमहरु आफ्नो सिस्टम मा राख्ने भएको छ । गएको जनवरी २०१० मा चिन बाट माइक्रोसफ्ट विन्डोज र माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर को प्रयोग गरेर ह्याकरहरुले गुगल को सिस्टम मा क्षति पुर्याएका थिए भने, केही मानवअधिकारवादी र पत्रकार का जिमेल एकाउन्टहरु ह्याक गरिएको थियो । पत्रिका ले जनाएअनुसार, गुगल का अधिकारीहरु ले यसलाई सुरक्षात्मक रणनिति भएको बताएकाछन् । उनीहरुले भनेका छन्, ‘गुगल का सर्भिसहरु को विश्वसनियता बढाउनलाई हामीले यो कदम चालेका हौँ, हामी के कसरी गर्छौ भन्ने कुरा मा भने प्रश्न नउठाउनुहोला’ । गुगल ले आफ्ना सिस्टम मा विन्डोज नराख्ने भनेको भएपनि, आफ्ना सिस्टमहरुलाई चाँहि गुगल ले विन्डोज मा निरन्तर परिक्षण गरिरहने

यदि मैले, फेसबुक मा ‘गाँजा’ खेति फस्टाउँदैछ भन्दा सायद यहाँहरुलाई पत्याउन गाह्रो पर्ला तर यथार्थ यही हो कि, फेसबुक मा ‘गाँजा’ खेति फस्टाइरहेको छ । चाहे तपाई पत्याउनुस् या नपत्याउनुस तर ‘आर फ्लोएड’ नामक कम्पनी ले फेसबुक मै गाँजा (Marijuana) खेति गरिरहेको छ, र फेसबुक प्रयोगकर्ताहरुलाई पनि गाँजा खेति गर्न उक्साइरहेको छ । साँच्चै हो, अहिलेसम्म करिब ५ लाख फेसबुक प्रयोगकर्ताहरु निर्धक्क गाँजा खेति गरिरहेकाछन् । फार्मभिल्ला लगायत खेलहरु बाट प्रभावित भइ ‘आर फ्लोएड’ कम्पनी ले फेसबुक को लागि ‘पटफार्म’ भन्ने एप्लिकेशन बनाएको छ, जसमा गाँजा खेति गर्ने काम धमाधम भइरहेको छ । धेरै नसोच्नुहोस्, यो गाँजा खेति गर्न तपाईसँग जमिन चाहिँदैन, मात्र तपाईसँग इन्टरनेट र फेसबुक चाहिन्छ । आफ्नो समय आफूलाई बढि भइरहेको छ भने, फेसबुक मा तपाईले पनि गाँजा खेति गर्नसक्नुहुन्छ । वास्तव मा यो गाँजा खेति वास्तविक खेति भने होइन । फेसबुक को “फार्मभिल्ला” खेलमा मा जसरी भर्चुअल अन्न उब्जाइन्छ, त्यसरी नै ‘पटफार्म’ मा पनि भर्चुअल रुपमा गाँजा खेति गरिन्छ । ‘गाँजा’ खेति को बारेमा स्पस्ट पार्दै ‘आर फ्लोएड’ कम्पनीले भनेको छ, “ह