Skip to main content

Posts

Showing posts with the label Experience

खण्ड गर्न आन्दोलन ! अखण्ड राख्न आन्दोलन ! जाती, क्षेत्र, धर्म आदिका नाउँमा आन्दोलन ! संविधानमा सबैको माग समेट्न आन्दोलन, यसको नि पुरा हुनुपर्यो, उसको नि पुरा हुनुपर्यो ! सबैको समस्याको समाधान कसरी संविधानले दे'ला? अझ अर्को कुरा, यो नमिलेर र त्यो नमिलेर संविधान नबनेको भनिएको वर्षौँ भइसक्यो, अघिल्लो पटक'को संविधान सभा यही संघियताकै कुरो नमिलेर, खत्तम भयो । घोषणा गरिसकिएको प्रदेशहरुकै पनि भविष्यको योजना छैन, विकास निर्माण कसरी के गर्ने थाहा छैन, जनताको जिवनस्तर कसरी उकासिन्छ केही अनुसन्धान भएजस्तो लाग्दैन । संघियता भइसकेपछि सबै आफैँ ठिक हुन्छ भने जस्तो हिसाबले मात्र कुरा भइरहेकोछ। हालैका महिनाहरुमा आफू घरमा 'अनप्रडक्टिभ' भएको आभास भइरहेकोछ । कामहरु गर्छु भनेर थाती राखेको महिनौँ भइसक्यो । अफिसबाट घर फर्केपछि, घरमा बिताइने समयमा कसरी 'प्रडक्टिभ' बन्न सकिएला भनेर घोत्लिदाँ अनेक समस्याहरु देखिए, मलाई लाग्यो ती समस्याहरु समाधान भयो भने त म 'प्रडक्टिभ' भइहाल्छु । मैले धेरैपटक धेरैलाई भनेको पनि थिँए, घरमा आयो बत्ति हुन्न, बत्ति भएको बेला इन्टरनेट हुन्न,

अघिल्लो वर्षको जनवरीमा लेखिएको " एउटा फेक ट्विटर एकाउन्टको नाममा " ब्लग  वर्षैभरि  अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु । १. म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"। २. एक जन

छ वर्ष अघि सन् २००७ मा यो ब्लग सुरु गर्दा, आजको आफ्नो यो परिचय को कल्पना गरिएको थिएन । आफ्ना स्केच र विश्वविद्यालयको गृहकार्यलाई संग्रह गर्नको लागि सुरु भएको ब्लगले विस्तारै आफ्नो यो परिचय छोडेर, सबैको लागि सबैथोक बन्ने कोशिस गर्यो । सुरुवातका दिनमा रुपेश दाइ को निरन्तरको हौसलाले ब्लगलाई निरन्तरता दिएँ, आफ्ना मनमा उब्जिएका सबैकुरा ब्लगमा पोतियो । बिस्तारै फेसबुक र ट्विटरको लोकप्रियता बढ्न थाल्यो, अनि त्यही लहरमा लागियो । ब्लग, फेसबुक र ट्विटरबाट भुपेन्द्र दाइ को नजिक पुगियो अनि रुचीको रुपमा रहेको 'सोसल मिडिया' मेरो प्रोफेसनको रुपमा देखापर्यो । सोसल मिडियालाई सबैले आफू अनुकुल परिभाषित गरेकाछन् अनि आफू अनुकुल प्रयोग गरेकाछन् । जस्तो कि, पत्रकारिता क्षेत्रमा सोसल मिडियाले क्रान्ति ल्यायो भनिन्छ, अत यसलाई "नागरिक पत्रकारिता" को दर्जा दिइन्छ (अन्य पाटाहरु पनि छन्) । अनि यता डिजिटल मार्केटिङमा पनि सोसल मिडियाले धार नै परिवर्तन गराइदिएकोछ । यसबाट मैले निकालेको निचोड भनेको 'सोसल मिडिया'ले "कम्युनिकेसन"मा युगान्तकारी परिवर्तन ल्याइदियो । इन्टरनेट

१. सस्तो खाना बल्खुबाट सुमो गुढेको करिब अढाई घन्टापछि देउराली भन्दा पर तलतिर गढीमा खाना खानको लागि रोकियो । सिटमा सँगै रहेका एकजना सिस्नेरी नपुग्दै देखि ड्राइभरलाई खाना खाने ठाउँ सोधिरहन्थे, उनको बोली सुन्दा सुन्दा मलाई पनि झर्को लागिसकेकोथियो । ड्राइभर पनि कुनै कुरा नसुनेको झैँ उडाइदिन्थे, म पनि ड्राइभरले ठिकै गरे भनेर मनमनै भन्थेँ। ती सिटका व्यक्ति यतै सिस्नेरीमा खाउँ, कुलेखानीमा खाउँ, देउरालीमा खाउँ भन्थे, ड्राइभरले गढीमा खाना खाने गरिएकोछ भन्दै गढीमा पुर्याए । बाटो हिँड्दा होटलमा प्राय: खाना खान मनलाग्दैन, खाजासम्म भने खाइन्छ । दश बज्दैथियो, भोक लागेजस्तो भयो, खाना नै खाउँ भनेर खाना खान बसियो, मैले माछा खाना मगाएँ । दाल, भात, तरकारी, अचार, माछा खाना निकै मिठो लाग्यो, थपेर नै बजाइयो । खानाको पैसा तिर्न काउन्टरमा पुग्दा माछा खानाको १६० रुपैयाँ भयो भने, मैले एउटा पानी पनि किने १५ रुपैँयामा । १६० रुपैँयाको खाना भन्दा, आफूलाई पोखरा जाँदा घाँसीकुवाको रेष्टुरेन्टमा एउटा २५० एमएल कोकको ५० रुपैँया तिरेर खाएको सम्झना भयो। नौबिसे/धार्केमा १८० रुपैँयाको खाजा चना/भुटेकोभात खाएको याद आयो । रा

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो । साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो

खचाखच दर्शकहरुले भरिएको सर्वनाम थिएटरको हलभित्र एउटा मुर्ती मञ्चको विचमा विराजमान थियो । हलमा पसेको करिब १०-१५ मिनेटपछि नाटक सुरु भएको घोषणा गरियो, त्यसपछि अचम्म भो बिस्तारै मञ्चमा रहेको कपडाले बेरिएको सेतो मुर्ती चलमलाउन थाल्यो । अघि देखि मुर्ती हो भनेर मानिएको र मञ्चको बिच भागमा त्यस्तो मुर्ती किन राख्याहोला भन्ने सोचिराको बेला, केही मुखुण्डोधारीहरु आएर उक्त मुर्तिमा बेरिएको कपडा धमाधम खोलिदिए। नाटकमा मुख्य पात्र ‘पदम’ (राजकुमार पुडासैनी) को सहारामा अघि बढाइएको कथामा विच विचमा अन्य पात्रहरुको प्रवेश हुन्छ । ती सबै पात्रहरुको आ-आफ्नै कथा भएपनि, चुरो कुरो यही अभिनय, फिल्मी दुनियाँ र कलाकारितासँग नै जोडिएकोछ । सबै पात्रको धुन स्टार बन्ने हुन्छ, फिल्म खेल्ने इच्छा हुन्छ तर फिल्मी दुनियाँ बाहिरबाट सोचेजति सरल र सहज छैन । नाटकमा राजेश हमाल देखि रेखा थापासम्मको झल्को मिल्छ, आफूले हेरेका फिल्मका डाइलगहरु नाटकमा सुन्दा कतै आफू सिनेमाहलमा त छैन भन्ने सम्म लाग्छ । नाटकमा कलाकारले भोग्नुपर्ने समस्या र फिल्म उद्योगमा छाएको विकृतिहरु छताछुल्ल पारिदिएकोछ । नाटकमा कलाकारको पिडा दर्शाइएकोछ, तर ती

पचासको दशकमा बालखकालाँ पोखरा तिरका स्कुल स्कुल खुबै डुलियो। एउटा बर्ष यो स्कुल, अर्को बर्ष त्यो स्कुल, जाँ गएनी चिनेकै सर भेटिने, अनि साथी त कति हुन कति। त्यतिबेला फेसबुक भएको भए फ्रेन्ड लिस्ट भरिसक्थ्यो होला, नअटेर कल्लाई ‘डिलिट’ गर्ने कल्लाई राख्ने, दोधारमा भईंदो हो। तर प्रसंग स्कुलको होइन, स्कुल कम्पाउण्ड बाहिरको हो। हाम्रो स्कुल अगाडी नाङले ब्यापारीहरु पसल थापेर बस्थे, नाङलामा ‘आइटम आइटम’का मिठाइराख्थे, अनि पाउरोटीका ढ्वांग, कटन क्यान्डी वाला, चना चट्पटे, बेलाउती र सुन्तलाका डोके ब्यापारीहरु लाइन लागेर पसल थापेर बसेका हुन्थे। हाम्लाईजस्तै तिनलाई पनि कति खेर हाल्फ छुट्टीको घण्टी बज्ला भनेर ‘एक्साइटमेन्ट’ हुँदो हो। त्यसै त हामी कहलिएको गरिब देशका भुक्का विद्यार्थी, स्कुल’एज’मा त झन् सुक्को पैसा हूँदैनथ्यो, खाजा खान अड्कलेर दिएको पैसा बाहेक फाल्तु खर्च गर्ने पैसा हूँदैनथ्यो। स्कुल जाँदा आऊँदा एक दिन मिठाइ राखेको नाङलामा एउटा चारपाटे आकारको प्लास्टिकमा बेरिएको चीजमा आँखा पर्यो। सेतो रंगको, प्लास्टिकले बेरिएको दामी खालको थियो, मलाइ बर्फी जस्तोलाग्यो। जहिले त्यो देख्ने बित्तिकै मुख र

एक समय थियो, ट्विटरमा आफूले चिनेजानेको मान्छे भेट्नै गाह्रो । भेटिएर फलो गरिहालिए पनि आफ्ना चिनेजानेका साथिको ट्विट हेर्न हप्ता वा महिनौँ सम्म कुर्नुपर्थ्यो । सायद त्यसकारण पनि ट्विटर चलाउन मनलाग्दैन थियो । फेसबुकको भुक्तभोगी मलाई, ट्विटर साह्रै अप्ठ्यारो लाग्थ्यो, एक समय सबैले फेसबुकमा सोध्ने गर्थे, ‘तिमी कतिबेला चाँहि फेसबुकमा अफलाइन हुन्छौ?’ । न फेसबुकको जस्तो कमेन्ट गर्न मिल्छ न त अरु केही गर्न नै मिल्छ, “काला अक्षर भैँस बराबर” भने झैँ थियो ट्विटर आफ्ना’लागि । जम्मा १४० क्यारेक्टरमा लेखिएका केही कुराहरु टाइमलाइनमा देखिन्छन्, चिन्नु न जान्नु वा भनौँ आफूलाई कामै नलाग्ने ट्विट गर्नेलाई पनि फलो गरिएकोछ । सिधा रुपमा भन्दा ट्विटर बुझ्न साह्रै गाह्रो परेको थियो । तर चलाउँदै जाँदा, ट्विटरका आधारभुत सिध्दान्तहरु बुझिँदै गइयो, “लाइक माइन्डेड”हरुको नेटवर्क हो रहेछ, आफ्नो रुचि अनुसार फलो गर्नुपर्ने रहेछ, कुराकानी गर्दै जाँदा आफ्नो सर्कल बन्दै जाँदोरहेछ भन्ने थाहा भयो । म ट्विटर खासै चलाउँदैन थिए, यतिसम्म कि आफ्नो ब्लगपोस्ट पनि ट्विटरमा ट्विट गरिँदैन थियो । यसैबिच एउटा सोसल मिडिया तथा टेक्

'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म। हुन पनि म निकै फ्रस्टेड भैसकेको थिएँ, केहि महिना अघि अप्रत्यासित रुपमा घर फर्केको थिएँ। घर आउने खासै योजना नहूँदा नहूँदै कम्पनिले आकस्मिक निर्णय गरेर घर पठाएको थियो। त्यसैले मलाई केहि खल्लो लागि रहेको थियो, म’मा घर फिर्तीको जुन उमङ्ग हुनुपर्ने हो त्यो थिएन। कम्पनिले जनवरीमा कन्ट्रयाक्ट पायो भने बोलाऊँछ भन्ने गाइगुईं सुनेर झिनो आशा त थियो, तर भर लागेको थिएन। शुरुका लाहुरे दिन कलेज पढ्दा ताकाका दशैं छुट्टीका दिन जस्ता थिए, बिहान अबेरसम्म कुम्भकर्णको झैँ सुत्य

केही साता अघिसम्म एसएलसीको चर्चा र परिचर्चा थियो । करिब १० दिन जति पहिले एसएलसीको रिजल्ट निस्कियो , पोहोरको भन्दा अलि धेरै विद्यार्थी असफल भएछन्, असफल हुने केहीले आत्महत्या गरे । घर, परिवार अनि समाजले एसएलसीलाई फलामे ढोका (Iron Gate) भनेर भन्ने गरेकाछन्, अनि पास हुनेलाई संसार जिते झैँ हुन्छ अनि फेल हुनेलाई संसार सकिए झैँ लाग्छ । असफल हुँदा कति, कति गाह्रो हुन्छ भन्ने कुरा, जसले भोगिरहेकोहुन्छ, उसले मात्रै थाहा पाउनसक्छ । फेल भएकाहरुले त फेरि परिक्षा देलान् अब तर पास भएकाहरुलाई पनि अर्को चटारो थपिएकोछ, कुन कलेज पढ्ने, के पढ्ने? प्लस टु कलेजका विज्ञापनहरुले अहिले नेपालका सबै मिडियाहरु भरिएकाछन् । च्याउसरी कलेज खुलिरहेकाछन्, आकर्षक फोटो राखेर विद्यार्थी तान्ने कसरतमा सबै जुटिरहेकाछन् । कलेजका नामपनि थरिथरिका छन्, अनि सबैको दावी छ, गुणस्तरमा नम्बर १ कलेज हो । अरुलाई कस्तो लाग्छ भन्न सक्दिन, तर अहिले मलाई चाँही ति विज्ञापन र कलेजहरु देख्दा पारो तातेर आउँछ । कुनै पनि पत्रिका पढियो वा टिभि हेरियो भने अधिकांश ‘स्पेश’ प्लस टु का विज्ञापनहरुले खाइरहेकाछन् । बाहिर एकदम राम्रो भनेर देखाउन, निकै

नरेन्द्र रौले मेरा लागी बैशाख ९ गते एउटा नमिठो अतित बोकेर आइदिन्छ । स्मृतिमा गहिरोसँग बसेको त्यो दिन मनबाट कहिल्यै हराउने छैन । सधैँ सम्झाइरहने चिनो छ म संग । जो कहिल्यै मेटिने छैन । अनि सधैँ याद दिलाइरहने चोट छ म सँग जो कहिल्यै निको हुने छैन । यिनै बैशाखि दिनहरुमा पाँच वर्ष अघि सडक बेस्सरी तातेको थियो । स्थायी शान्ति, आशा र परिबर्तनको पक्षमा नेपाली जनताहरु शसक्त रुपले जुर्मुराएका थिए । गाउँ देखी शहर गहिरो निद्राबाट ब्युँझिएको थियो । नयाँ नेपाल बनाउने सपना बोकेर परिबर्तनको पक्षमा मुठ्‍ठिहरु उठेका थिए । सारा नेपालीहरुको आवाज शान्ति र गुमेका आफ्‍ना अधिकारका पक्षमा बुलन्द रुपमा गुञ्जिएको थियो । त्यही आशा, सम्भाबना र परिबर्तनको राजमार्गमा म पनि थपिएको थिएँ। बैशाखको चर्को गर्मी निकै बढेको छ । सारा जनताहरु सडकमा ओर्इरिएका छन्‍ । एकातिर तत्कालिन बिद्रोहि शक्ति माओबादी र अर्कोतिर राजाको प्रत्यक्ष निरंकुश शासनबाट जनताहरु आजित बनेका छन्‍ । दिनदिनै हत्या, हिंसा, बढ्‍दो छ । उकुसमुकुस हुने यस्तो परिस्थीतिबाट नागरिकहरु मुक्ति खोजिरहेका छन्‍ । त्यसैले मनमा

ट्वीटर चलाउँदा बेग्लै किसिमको रमाइलो हुन्छ, चाहे सूचना समाचार होस् वा सन्चो विसन्चो सोध्न होस् वा अन्य नयाँ कुरा थाहा पाउन वा साथी बनाउन नै होस्, हरपल हरक्षण ट्विटरमा भुलिरहन मनलाग्छ ! केही साथीहरुलाई भर्खरै पनि ट्विटर चलाउन आग्रह गरेँ, यो ट्विटर फेसबुक भन्दा के फरक छ, यसबाट के हुन्छ भन्ने किसिमको जवाफ पाँए ! मेरो सुझाव थियो, रेगुलर एक हप्ता जसरी नि चलाउ, आफैँ थाहा हुन्छ ट्विटर भनेको के हो भनेर ! अनि ट्विटर चलाउनेहरुलाई ट्विटर के हो भनेर, बुझाउनु पर्छ जस्तो पनि लाग्दैन ! माइक्रोब्लगिङ साइट ट्वीटरको बारेमा सबैको आ-आफ्नै किसिमको धारणा होला, अनि यसको प्रायोजनको कारण पनि सबैको लागि फरक-फरक नै होला । कोही ट्वीटर रमाइलोको लागि चलाउँछन्, कोही आफ्नो विचार प्रवाह गर्न चलाउँछन्, कोही सूचना तथा समाचारको लागि प्रयोग गर्छन्, कोही साथीसँग नजिक भइरहनको लागि प्रयोग गर्छन्, कोही आफ्नो व्यापार-व्यवसायको प्रचारप्रसारको लागि प्रयोग गर्छन् । ट्वीटर जसले जसरी पनि चलाउन सक्छ, राम्रो सँग चलाएको खण्डमा रमाइलो हुन्छ, राम्रो प्रतिफल निस्किन्छ ! ट्वीटरको दुरुपयोग गरेको खण्डमा प्रतिफल नराम्रो नै हुन्छ । १४० “

चलचित्र किन हेरिन्छ? भन्ने कुराको निश्चित जवाफ म सँग छैन ! कहिले के बहानामा हेरिन्छ, कहिले के बहानामा हेरिन्छ ! कहिले फ्लप भएको चलचित्र पनि राम्रो लाग्छ, कहिले अत्याधिक सफल भएको चलचित्र पनि मन पर्दैन ! कुनै चलचित्रको प्रोमो हेरेर, चलचित्र हेर्न जाउँ जाउँ लाग्छ भने कहिले आफूलाई मनपर्ने कलाकारले अभिनय गरेकोछ भनेर हेर्न गइन्छ ! भर्खरै पनि हलसम्म पुगेर नेपाली चलचित्र ‘लुट’ दोहोर्याएर हेरियो ! नेपाली चलचित्र कि त टिभीमा आउँदा कहिलेकाँही हेर्ने गर्छु, कि त आफूलाई पहिले नै मन खायो भने मात्र हलसम्म गएर हेर्छु ! टिभीमा पनि पुराना नेपाली चलचित्र आयो भने मात्र हेर्ने गर्छु, बिच तिरका चलचित्र खासै हेर्दिन र हेर्न मन पनि लाग्दैन ! नेपाली मात्र होइन, नब्बे दशकको हिन्दी चलचित्र पनि खासै हेर्न मन लाग्दैन ! कि त पुराना हिन्दी चलचित्र हेर्छु, कि त नयाँ हेर्छु ! अहिले पनि पुराना हिन्दी चलचित्र खोजेर हेर्छु, अझ राज कपुर, गुरु दत्तको चलचित्र त खोजी खोजी नै हेर्छु, त्यसबाहेक अमोल पालेकरका कमेडी चलचित्र पनि निकै मन पर्छ ! नेपाली चलचित्रको हकमा भने, अहिले बन्ने नेपाली चलचित्र भन्दा पहिलेका चलचित्र नै मनपर