Skip to main content

Posts

Showing posts with the label Environment

हाम्रा सडकहरुमा आज 'पिच' राख्छन्, केही दिन र हप्तामै ती पिचहरु उप्किएर जान्छन् । अहिले वर्षाको मौसममा, अन्यत्रको कुरै छाडौँ, काठामाडौँकै सडकहरुमा हिँड्न गाह्रो छ । कमसल पिच, त्यसमाथि ढल तथा पानीको अवस्थित निकास, बाटो बिग्रन समय नै लाग्दैन । हाम्रा सडकहरुमा पाइला पाइलामा समस्या हुँदै गर्दा, नेदरल्यान्डमा एउटा कम्पनीले प्लाष्टिकबाट वातावरण मैत्री सडक निर्माण गर्ने योजना बनाउँदै रहेछ। उक्त वातारण मैत्री सडकले माइनस ४० डिग्रीको चिसो देखि ८० डिग्रीसम्मको तातो थेग्नसक्नेछ । "प्लास्टिक रिसाइकल" गरेर निर्माण गरिने यस किसिमको सडक, अहिले पिच गरेर बनाइने सडकको आयु ३ गुना बढि रहने दावी गरिएकोछ । उक्त सडक 'प्रिफेब्रिकेट' हुनेकारण, सडकहरु चाँडो चाँडो निर्माण गर्न सकिनेछ । ढल, केबल, पानीको लागि सडकको भित्री तहमा पाइपहरु बिच्छ्याउन मिल्छ । नेदरल्यान्डमा यो प्रयोग सफल भएको खन्डमा, प्लास्टिक'का सडकहरु अन्यत्र पनि चाँडै देख्न सकिएला । नेपाल जस्तो मुलुकमा यस किसिमको प्रविधी भित्रियो भने, सडक विस्तारको गति केही बढ्थ्यो कि? किनकी हाम्रोमा  २०२७ सालमा ग्राभेल गरेर बनाइएक

काठमाडौँमा फोहोर को समस्या नयाँ होइन । अनि सहरको यही फोहोर व्यवस्थापन गर्नु महानगरपालिको लागि सँधै टाउको दुखाइ को विषय बन्दै आएको छ । अझ झन् हामी काठमाडौँवासीको प्रवृति नै यस्तो छ कि, आफ्नो घरको फोहोर सँधै अरुलाई अप्ठ्यारो गर्ने गरी व्यवस्थापन गर्छौँ । काठमाडौँको बाटो दैनिकरुपमा नाप्दा बाटोमा विभिन्न किसिमका कुराहरु देख्न पाइन्छन् । बाटोमा देखिने कुराहरु कुनै रमाइला हुन्छन्, कुनै अप्रिय हुन्छन्, अनि बाटोमा देखिने केही कुराहरुले हामी मानवजातीलाई नै जिस्क्याइरहेका हुन्छन्, झस्काइरहेका हुन्छन् । अफिस जाने आउने क्रममा दशैँअघि बाटोमा यसप्रकार को सूचना देखेको थिँए । “कृपया यहाँ फोहोर फाल्न सख्त मनाही छ” , “सभ्य नागरिकको परिचय दियौँ” । एकव्यक्तिको घरसँगै रहेको पर्खालको छेउमा फोहोर फाल्ने गरिएको रहेछ । घरको पर्खालको छेवैमा फोहोर थुपारिएको थियो, अनि सायद घरधनीले हुनुपर्छ, फोहोर फालिएको स्थानलाई घेरेर, फोहोर नफाल्न आग्रह गरेको सूचना टाँसेका थिए । अस्तिको दिन (तिहार पछि) अफिसबाट घरतिर फर्किँदै थिँए । मेरो आँखा फेरि त्यही फोहोर फालिएको स्थानमा टाँसिएको सूचनामा गएर अड्कियो । फोहोर फाल्ने स

Kathamandu Cycle City 2020 ले आज नोभेम्बर २१, २००९ का दिन साइकल र्‍याली को आयोजना गरेको थियो । काठमाडौँलाई सन् २०२० सम्म मा साइकल मैत्री सहर को विकास गर्नु अभियान को मुख्य लक्ष रहेको छ । Kathamandu Cycle City 2020 ले आज गरेको साइकल र्‍याली मा प्रोफेसनल र ननप्रोफेसन गरि करिब २०० जना जति को सहभागिता रहेको थियो । बिहान ७ बजे र्‍याली सुरु गर्ने भनिएको भएपनि करिब ८ बजे र्‍याली सुरुभएको थियो । जावलाखेल मा Kathamandu Cycle City 2020 का एम्बास्डर समेत रहनुभएका साइकल यात्री पुष्कर शाह ले र्‍याली को उद्‍घाटन गर्नु भएको थियो । जावलाखेल बाट सुरु भएको र्‍याली लगनेखेल, पाटन दरबार स्क्वायर, पाटनढोका, कुपन्डोल, त्रिपुरेश्वर, जमल हुँदै, टुँडिखेललाई एक फन्को लाएर, न्युरोड हुँदै, वसन्तपुर मा पुगेर सभा मा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले, सबैले साइकल को महत्ता तथा वातावरण सम्बर्धन मा साइकल चढ्दा हुने फाइदाहरु को बारेमा चर्चा गर्नुभएको थियो । र्‍यालीका केही झलकहरु तल राखिएकाछन् :

हाम्रो एउटा सपना छ, शान्त सडक, मुख्य सडकका दुइतिर फराकिला साइकलमार्ग अनि सिमित सवारीसाधन मात्र । काठमाडौंको स्वच्छ वातावरणमा साइकल यात्रीहरु आ-आफ्ना गन्तव्यतफ गुडिरहेका छन् । स्कूलतर्फ होस या कार्यालयतर्फ, विहान बेलुका, अनि पर्यटक हुन वा यात्रु निर्धक्कसाथ साइकल सयर गर्दै । जलवायु परिवर्तनको प्रसग संगै जोडिन आउछँ पृथ्वीको तापमान वृद्धि, हरितगृह प्रभाव अनि ओजनतहको विनाश । १९९७ को क्योटो प्रोटोकल (Kyoto Protocal) ले वातावरणलाइ प्रत्यक्ष असर पार्ने ग्रिन हाउस ग्यास (Green House Gases) GHG को मात्रालाइ सुन्तुलन राख्न मपदण्ड वनाइसकेको छ । प्रमुखत : GHG विकास निर्माणका कार्यहरु तथा यातायातका साधनवाट निस्कने गर्दछ । नेपालजस्तो देशमा विकास निर्माणका कार्यहरुले प्राथमिकता पाउनुपर्ने अवस्थामा तपाइ हामीमा एउटा जिम्मेवारी आउँछ कार्बन फुट प्रिन्ट (Carbon Foot Print) को न्यूनिकरण । अहिले Carbon Foot Print को न्यूनिकरण अन्तराष्टिय बहस वनेको अवस्थामा, नेपालमा पनि थुपै गोष्ठी, सम्मेलन भइरहेका छन् , तर ति कती सफल भए भन्ने कुरा विश्लेषण गर्नु आवश्यक छ । यही समस्याको समाधानको बाटो खोज्दा एउटा प्रसंग उठ्यो

Listen to World Cyclist Puskar Shah's experience in his own voice. विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना का साथ साइकल चढेर विश्व विजय गर्न ११ वर्ष अघि निस्किएका थिए पुष्कर शाह । दोलखा का पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययन को लागि भनेर काठमाडौँ आए, तर उनको मन काठमाडौँ मा अड्न सकेन, फलस्वरुप उनी विश्व साइकल यात्रा मा निस्किए । अनि साइकल यात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकल यात्रा सकिएको घोषणा गरे । काठमाडौँ साइकल सिटि सन् २०२० अभियान ले काठमाडौँ विश्वविद्यालय मा आयोजना गरेको एक कार्यक्रम मा उनै पुष्कर शाह आइएपुगेका थिए, अतिथि बनेर । उनी भन्दै थिए, हिमाल को माइनस ५ डिग्री तापक्रम देखि लिएर, मरुभुमी को ५० डिग्री तापक्रम मा दौडिएका क्षणहरु छन् । अनि फुटपाथ मा मस्त निदाएको रातहरु देखि लिएर, पाँच तारे होटल मा निन्द्रा नलागेका रातहरु छन् । हो, उनै पुष्कर शाह, जसले साइकल बाट विश्व विजय गरेको छ । आज उनकै यात्रा का रोचक अनुभवहरु हामी सुनाउँदै छौँ, उनकै आवाज मा । अफ्रिका मा लुटिएको क्षण देखि, मेक्सिको मा अपहरणमा परेका क्षणहरु उनी सम्झन्छन् । जिवन का ११ वर्ष साइकल को पाइडल खिया

काठमाडौँ भन्ने बित्तिकै हिजोआज, धुँवा धूलो उडेको, बाटोभरि फोहोर थुपारिएको, ढल बग्ने खोला, जाम हुने नाली, पानी नआउने धारा आदि इत्यादि याद आउँछ । हुन पनि हो, धुलो उडेको र फोहोर थुप्रिएको या भनौँ फोहोर को गन्ध ह्वास्स नाक मा ठोक्कियो भने, आँखा चिम्लेरै काठमाडौँ आइपुग्यो भन्ने जाने हुन्छ । चाहे वानेश्वर होस्, या न्युरोड वा दरबार मार्ग नै किन नहोस्, फोहोर को डंगुर भेटिन्छन्, बाटो भरि, फुटपाथ बाट हिँड्न पनि गाह्रो ! अझ खोला छेवैछेउ बनेको बाटो बाट त हिँड्छु भनेर नचिताएपनि हुन्छ । खोला कालो देखिन्छ, त्यसमाथि उस्तै नमिठो गन्ध, जति नै नाक थुनेपनि त्यसको गन्ध सिधै नाकबाट माथि मष्तिष्क मा पुग्छ । तर आज म एउटा अचम्म को कुरा देखाउँदैछु । जब मैले देखेँ म त छक्क परेँ, अरे यस्तो पनि हुन्छ काठमाडौँ मा ? काठमाडौँ को नाली मा पानी पनि बग्छ भन्ने कुरा थाहा थिएन, नाली भन्नेबित्तिकै फोहोर थुप्रिएर पानी नबग्ने नाली को याद आउँथ्यो तर जब यो देखेँ तब सबैतिर एकैनास हुँदैन रहेछ भन्ने लाग्यो । साँच्चै भन्दा, काठमाडौँ मा पहिलोपटक मैले यस्तो नाली देखेँ जहाँ संङ्लो पानि बगिरहेको थियो । यो देख्दा सपना हो कि, जस्तो पनि

फिनल्याण्डमा अवस्थित Silver Lining Creation ले बनाएको १:३० मिनेट को छोटो भिडियो आज राख्दैछु । मनोज भुषाल व्दारा निर्माण र निर्देशन गरिएको यो भिडियोले वातावरण मैत्री डेटिङ मार्फत कार्वनको प्रयोग घटाउनु पर्ने सन्देश दिएको छ । Global Warming अनि Climate Change को कुरा विश्वभर जोडतोड ले उठिरहेको सन्दर्भमा यो इकोलजिकल डेट निकै सान्दर्भिक देखिएको छ । भिडियोमा दुई युवक र एउटी युवती डेटमा जान तयार छन् । ती युवकहरु मध्ये एक चाँहि कारसहित युवतीलाई लिन आएकाछन् भने अर्का युवक साइकल लिएर युवतीसँग डेटमा जानका लागि युवती को घर अगाडि आएका छन् । युवती घरबाट बाहिर निस्कदाँ दुई युवकहरु देखेर कन्फ्युजनमा पर्छिन, को सँग डेट जाने भन्दै ! सायद तपाईहरुलाई पनि जान्ने कौतुहलता होला, ती युवती कुन युवकसँग डेटमा गइन् (?) भनेर ! हुन त, शिर्षक ले नै अनुमान लगाइसक्नु भयोहोला, ती युवती कोसँग डेटमा गइन भनेर तर पनि के भयो भन्ने कुरा भिडियो हेरेर थाहा पाउनुहोस् ! प्रस्तुत भिडियोमा जुन्को श्रेष्ठ, सोम चौलागाई र सुदिप जोशीको अभिनय रहेको छ । Watch An Ecological Date? : About this Video: This short film is a part of the Silv

Environment Parade 2009...'Your Planet Needs You ! Unite to combat climate change'...भन्ने नारा सहित वनेपाको विभिन्न भागहरुको परिक्रमा गरी, परेड सभा मा परिणत भएको थियो । KU, ECO ACTIVE FORUM,NSCS,FECAM,LEO CLUB OF KAVRE,BANEPA आदि को संयुक्त आयोजना मा गरिएको परेड केयु गेट देखि सुरु भइ, वनेपा को विभिन्न भागहरु परिक्रमा गरि सभा मा परिणत भएको थियो । साथै, समापन को अवसरमा सडक नाटक पनि देखाइएको थियो । कार्यक्रममा केयु का साथै, विभिन्न स्कुल का विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Wild Deer in City.Photographer Prem Tshering has taken some snaps of wild deer. Tshering-"This pics were taken while I was on my way to Banepa 25kms away from Kathmandu,wild deer in city area which indicates that forest area is destroying day by day.Save the forest,save animals life." Photographer: Prem Tshering Shrepa

ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज को कुरा भैरहेको छ, क्लासमा । अझ नविकरणिय उर्जा अर्थात Renewable Energy Source को बारेमा त क्लास मा लामै बहस हुने गरेको छ । हामी नविकरणिय उर्जा भन्ने च्याप्टर पढ्दैछौँ, क्लासमा । सर भन्नुहुन्छ, हामी भन्छौँ, हामीले नविकरणिय उर्जाको प्रयोगलाई बढावा दिनुपर्छ । त्यसको लागि हामी सर्वसुलभ जलविद्युत अर्थात बिजुली को प्रयोग गर्न सक्छौँ । खाना पकाउन, पानी तताउन बिजुलीको प्रयोग गर्ने हो भने, सस्तो पनि पर्न आउँछ, साथै वातावरण पनि जोगिन्छ । लाग्छ, हामी वातावरणविद हौँ र हामी अरुलाई उपदेश दिइरहेका छौँ । यहाँ सबैले वातावरण को बारेमा चासो राख्नु जरुरी छ, भन्दै । क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङ को विषयमा पनि निकै तातो बहस गरिरहेका छौँ । बिजुली बाट प्रदुषण नहुने भएकाले, डिजेल, पेट्रोल, ग्यास, मट्टितेल आदि को सट्टा मा बिजुली को प्रयोग गर्दा बढ्दैगएको ग्लोबल वार्मिङ लाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । खाना बनाउन, सिलिन्डर एलपि ग्यास को सट्टा मा बिजुली प्रयोग गर्दा कति फाइदा हुन्छ, आदि आदि कुराहरु कपि मा हिसाब गरिरहेका छौँ, क्याल्कुलेटर थिचिथिचि । थाहा पाइयो, हामी सँग कति

“जुन ५” अर्थात विश्व वातावरण दिवस मनाए उनीहरुले, भव्यताका साथ । भव्यता यसअर्थमा पनि कि, यो वर्ष एक हप्ता नै वातावरण दिवस मनाए उनीहरुले अनि कार्यक्रम मा देशका लब्धप्रतिष्ठित व्यक्ति अनि कम्पनिको पनि सहभागिता थियो । मान्नैपर्छ, कार्यक्रम निकै भव्य थियो । दिनहुँ वृतचित्र तथा नाटक, साथमा चित्रकला प्रतियोगिता, फोटो प्रतियोगिता, वृक्षारोपण, म्याराथन सबै भयो, एकसाता सम्म । जनचेतना जगाउने धेरै कामहरु भए, विश्वमा बढ्दै गएको तापमान तथा “ग्लोबल वार्मिङ” को विषयमा पनि धेरै चर्चा भयो । अझ नेपालको सन्दर्भमा भएकाले होला, आन्दोलन को निहुँमा टायर बाल्न नहुने तथा भौतिक संरचना नष्ट गर्न नहुने कुरा पनि जोडतोड ले उठेको थियो कार्यक्रमभरी । त्यस्तै पेट्रोलियम पदार्थको सट्टमा “बायोफ्युल” लाई प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा पनि उठ्यो । कार्यक्रम जति ठूलो थियो, त्यही अनुसार नै कार्यक्रम को बजेट पनि ठूलै थियो । कार्यक्रमको अन्तिम दिन कोषाध्यक्षले खर्चको विवरण तथा कार्यक्रमका लागि आएको बजेट को विवरण सार्वजनिक गरे । तर कार्यक्रम मा भएको खर्च भन्दा “डेढी” खर्च भएको विवरण कोषाध्यक्ष ले पेश गरेपछि, आक्रोशित समूहले आय

अनुत्तरित प्रश्न उसलाई अपहरण गरिएको धेरैदिन पछि उ मारियो भन्ने खबर आयो । घर परिवारलाई पत्याउन गाह्रो परेपनि आखिर उ मरिसकेकै थियो या भनौँ मारिइसकेको थियो । उ मारिएको र लाश सम्म पनि नपाएको विरोध मा चक्काजाम, बन्द, हड्ताल सबै गरियो । केहिदिन पछि हत्यारा का नाइकेले घटनाको सम्बन्धमा माफी माग्दै, परिवारलाई राहत दिने बताए । उता बाबुको हत्याले मर्माहत भएको १२ वर्षे छोरोले एउटा ठूलो मास अगाडि सम्बोधन गर्दै भन्यो- “जसले मेरो बाबु को हत्या गरेर राहत दिन्छु भनेको छ, म पनि त्यसै गर्न चाहन्छु, त्यसलाई मारेर म पनि राहत दिन्छु त्यसको परिवारलाई, के त्यो मर्न तयार छ ? के मैले त्यसको हत्या गर्न पाउँछु ?” उपस्थित दर्शकदिर्घाबाट ताली बज्यो । तर उसको प्रश्न भने अनुत्तरित नै रह्यो । ------------------------------------------------------------------------ वन्यजन्तु संरक्षणविद एक विदेशी नागरिक नेपाल आएका थिए, केही वर्ष पहिले । उनी वन्यजन्तुमा चाख राख्दारहेछन् साथै वन्यजन्तु संरक्षण सम्बन्धि लेखहरु लेख्दारहेछन्, विभिन्न पत्रपत्रिकाहरुमा । नयाँ-नयाँ जीवजन्तुबारे लेख लेख्न उनी नेपाल का वनजंगल चहारीरहन्थे । अस्ति