Skip to main content

Posts

Showing posts with the label Earthquake

नेपालमा मात्र होइन, पछिल्लो एक वर्षमा विश्वका विभिन्न ठाउँमा भूँइचालोहरु गइरहेकाछन् । भूँइचालो जानेबित्तिकै इन्टरनेट प्रयोगकर्ताहरु, भूकम्प कहाँ, कतिको गयो, के भयो भनेर भूकम्प सम्बन्धि जानकारी दिने साइटहरु, भूकम्प सम्बन्धि जानकारी दिने ट्विटर एकाउन्टहरु को खोजी गर्न थाल्छन् । भूकम्पकै जानकारी दिन भनेर, दर्जनौँ मोबाइल एप्सहरु पनि बनाइएकाछन् । तर अब भूकम्पबारे जानकारी लिन धेरै मेहेनत गर्नुपर्दैन, गुगलसर्चबाट सिधै भूकम्पबारे जानकारी लिनसकिन्छ । भूकम्पसँग सम्बन्धित उस्तै किसिमका शब्दहरु (earthquake, earthquake near me, etc.)  गुगलमा टाइप गरेर, भूकम्पबारे जानकारीहरु लिनसकिन्छ । नतिजामा सबैभन्दा माथि भर्खरैको ठूलो भूकम्पबारे, नक्सा सहित, कहाँ, कतिको भूकम्प गयो भनेर देखाउँछ । त्यस लगत्तैको कार्डमा गुगलले भर्खरैका अन्य भूकम्पहरु देखाउँछ । अंग्रेजी भाषाको साथसाथै नेपाली भाषा मा पनि गुगलमा सर्च गरेर भूँइचालो सम्बन्धि जानकारी लिन सकिन्छ । विश्वमा वर्षभरिमा करिब ५ लाख भूकम्पहरु जान्छन्, जसमध्ये करिब १ लाख भूँइचालो महशुस गर्न सकिन्छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्

भूकम्प लगत्तै गर्नुपर्ने उद्दार, राहत वितरण आदि कामहरु सकिएकोछ । अब हामीलाई पुरानै स्थितिमा फर्कनको लागि, महाभूकम्प पछि सृजित समस्याहरुको दीर्घकालिन समाधान खोज्नुपर्ने बेला आएकोछ । केही हप्ता अघिसम्म सबैको ध्यान उद्दार र राहतमा केन्द्रित थियो, तर अब समस्यालाई कसरी अवसरको रुपमा लिने, कस्तो पून: निर्माण गर्ने भनेर सोच्ने बेला आएकोछ । इन्डोनेसियामा २००४ मा आएको सुनामी तथा हाइटीमा आएको विनाशकारी भूकम्प पछि ति देशहरु पून:निर्माण गर्न 'इनोभेटिभ' आइडिया कम्पिटिसिन गरिएकोथियो । सोही शैली पच्छ्याउँदै, नेपालमा पनि भूकम्पबाट सृजित समस्याहरुको पहिचान गरि, त्यसको दीर्घकालिन समाधान खोज्न, पूल्चोक इन्जिनियरिङ क्याम्पस अल्मुनाई तथा जानकी टेक्नोलोजीको अगुवाइमा ' ह्याक द क्वेक - आइडिया कम्पिटिसन ' सुरु भएकोछ । शुद्ध खानेपानी, अस्थायी-स्थायी घर/आवास, सूचना, विद्युत, अत्यावश्यक स्वास्थ्योपचार सेवा आदि विभिन्न विषयमा कसरी दीर्घकालिन काम गर्न सकिन्छ भनेर आफ्ना 'आइडिया'हरु पेश गर्न सकिनेछ । उत्कृष्ट ३ आइडिया/योजनका प्रस्तावकलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ । आइडिया भन्

आज जेठ १५, गणतन्त्र दिवसको अवसरमा गुगल'ले आफ्नो होमपेजमा गुगल डुडल मार्फत नेपालको गणतन्त्र दिवस 'को सम्झना गरेकोछ । गुगल तथा गुगल नेपालको होमपेज मा उपलब्ध डुडल मार्फत, गुगलले नेपालीहरुको सहनशिलता र धैर्यताको प्रशंसा गर्दै, नेपालीहरु विश्वको लागि प्रेरणाको स्रोत हो भनेर उल्लेख गरेकोछ । आजको गुगल डुडलमा गुम्बा र मन्दिरलाई पछाडि धमिलो छायाँमा राखेर अगाडि मैनबत्ति बालिएको छ, जसले गणतन्त्र दिवस मात्र होइन, अहिले गएको महाभूकम्पलाई पनि इङ्गित गर्छ । गुगल होमपेजमा, डुडललाई क्लिक गरेपछि, रिजल्ट पेजमा गणतन्त्र दिवस सम्बन्धी सामाग्रीहरु देखिन्छन् । आजको 'नेपालको गणतन्त्र दिवस'को गुगल डुडल नेपालभरि google.com र google.com.np मा हेर्न सकिन्छ । गुगल क्राइसिस रेसपोन्स म्याप र पर्सन फाइन्डर सञ्चलान गरेको गुगल'ले उद्दार तथा राहत कार्यमा आफूले निरन्तर सहयोग गर्ने उल्लेख गरेकोछ । डुडलका बारे मा गुगल'ले यसो भनेकोछ: Today, we honor the strength and resilience of the people of Nepal. On May 28th, 2008, after decades of revolution and protests, Nepal became the Feder

म भूकम्पविद होइन तर आज बिहानबाट भारतिय अनलाइनहरु हिन्दु, हिन्दुस्तान टाइम्स आदिमा प्रकाशित भएका ठूला भूकम्प जानसक्ने भन्ने व्यहोराको समाचारका कारण फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालहरुमा भय व्याप्त भएको देखिएपछि यो ब्लग लेख्दैछु । हामी सबैलाई थाहा भइसक्यो, भूकम्पको भविष्यवाणी वैज्ञानिक, ज्योतिष लगायत कसैले पनि गर्न सक्दैनन् । बैशाख १२ तथा बैशाख २९ मा भुँइचालो गएका कारण त्रसित भएका हामी सामान्य जिवनमा फर्कन कोशिस गर्दैछौँ । तर च्याउसरी उम्रिएका अनलाइनमा प्रकाशित हुने सामाग्रीहरुका कारण हामी अझै भयभित छौँ। अघिल्लो हप्ता ज्योतिषहरुले गरेको भविष्यवाणीले हामीलाई भयभित बनायो, ज्योतिष विज्ञान फेल खायो, हामीले राहतको महसुस गर्यौँ । भूकम्प पछिका आफ्टरसक / पराकम्पन, सामान्य हो भनेर बुझिसकियो, यो अझै केही हप्ता, महिनासम्म आउन सक्ने रहेछ भनेर पनि बुझियो । तर अहिले फेरि विभिन्न मिडियामा USGS को 'आफ्टरसक' रिपोर्टको हवाला दिँदै प्रकाशित समाचारहरुका कारण भयभित देखिएका छौँ। भूकम्प गएदेखि USGS ले आफ्टरसकको सम्भाव्यता देखाउने किसिमका रिपोर्टहरु प्रकाशित गरिरहेकोछ, गतहप्ता मे १३ मा पनि प्र

भूँइचालो कहिले र कहाँ आउँछ भन्न सकिन्न । तर केही अनलाइन पोर्टल तथा सामाजिक सञ्जालहरुमा भने कहिले बिबिसी, कहिले सिएनएन, कहिले ज्योतिष त कहिले नासाको हवाला दिएर भूँइचालो यो समयमा यति म्याग्निच्युडको जान्छ भन्दै गलत सूचना प्रवाहित भइरहेकोछ । कतिले जानेर वा नजानेर यस किसिमका भ्रामक कुराहरु फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा ‘सेयर’ गर्ने गरेका कारण जनमानसमा आतंक श्रृजना हुनगएको छ । भूँइचालो कहिले र कहाँ आउँछ भनेर भविष्यवाणी गर्न नसकिएपनि, कहाँ गयो र के के भयो भने थाहा पाउन सकिन्छ तर यही सूचना - समाचारहरु पनि विभिन्न अनलाइन तथा सोसल मिडियामा ‘गलत’ तरिकाले प्रकाशन-प्रशारण भइरहेकोछ । हुँदै नभएको फोटो, भिडियो तथा विभिन्न अमुक स्रोतहरुको हवाला दिँदै झुटा सूचना तथा समाचार प्रकाशन प्रशारण भएको सन्दर्भमा यो ब्लग लेखिएको हो । उद्धार देखि राहत वितरण सम्बन्धी समाचार आदि पनि भ्रमपूर्ण रुपले आइरहेका कारण, ट्विटरमा भएका सरकारी स्रोतहरुबाट आएका सूचनालाई आधिकारिक मान्नु उचित देखिन्छ । भूकम्प गएसँगै नेपाल प्रहरी लगायत विभिन्न सरकारी र गैरसरकारी संयन्त्रहरु ट्विटरमा आएकाछन्, प्रकोप व्यवस्थापनको

भूकम्प आउँदा गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको आफ्नो ज्यान बचाउनु हो । भूकम्प आउँदा डेस्क, टेलबमुनि लुक्नुपर्छ, ढोका तल उभ्भिनुपर्छ आदि सुन्दै, पढ्दै र देख्दै आइरहेकाछौँ । संसार भरि नै भूकम्प आउँदा यस्तै गर्नुपर्छ भनेर सिकाइन्छ, पढाइन्छ । रेडक्रस लगायत विश्व समूदाय ले यसैलाई ज्यान बचाउने प्रमाणित सिद्धान्त मान्दै आइरहेकाछन् । आज एउटा नेपाली ब्लगमा, ‘यो तरिका त ज्यानमारा हो, ट्रयाङ्गल अफ लाइफ’ मात्र ठिक हो भने जसरी ब्लग लेखिएको रहेछ ।  ‘डाउग कप’ को  ‘विवादास्पद सिद्धान्त’ लाई आधिकारिक मान्दै, डेस्क, टेबल को तल भन्दा छेउ मा बस्नुपर्ने सुझाइएको छ । अझ भूकम्प आउँदा खाटमुनि हैन, खाटछेउ मा बस्नु भनेर सुझाइएको रहेछ । जति जति पढ्यो, उति उति उल्टो लाग्दैगयो, त्यहाँ लेखिएका कुराहरु । अपवादहरु जहिँ तहिँ हुन्छन् तर एक-दुइवटा ठाउँको उदाहरण दिँदै यही नै ठिक हो भनेर किटान गर्न सकिँदैन । भूकम्प आएको समयमा यस्तै गर्नुपर्छ, यस्तै हुनुपर्छ र यस्तै हो भनेर भन्न कठिन छ । यो ब्लगमा भूकम्प आउँदा यसै गर्नुस् भनेर सुझाव दिन त सक्दिन, तर ‘ट्रयाङ्गल अफ लाइफ’ सिद्दान्त भन्दै यसैको पछि नकुद्न आग्रह गर्छ

जब जमिन हल्लिँदै थियो, हामी (म र इश्वर ) नेपाल वायुसेवा निगम सुन्धारा अगाडि सडक को बिच बाटो मा थियौँ । पानी परेको कारण सयौँ मानिसहरु गाडी को पर्खाइमा थिए । नेपाल वायुसेवा निगम अगाडि पुग्दा ड्याम्म केही पड्केको आवाज झैँ आयो, आफू तल को जमिन हल्लिरहेको थियो, आफू अगाडि को विजुली को खम्बा अनि वायुसेवा को बिल्डिङ हल्लिरहेथ्यो । हल्लीखल्ली मच्चीहाल्यो, भूकम्प आयो, भुइँचालो आयो, उ हल्लिँदैछ, घर अझै हल्लिँदै छ । हामी रोडको बिचमा थियौँ । रोड को पश्चिमतिर रोड को आधि बाटो ढाकेका थिए मान्छेहरुले । हामी रोड को बिचमा थियौँ, खुल्ला आकाशमुनी थियौँ । मन मा कुनै किसिम को डर थिएन । सम्भवत पहिलोपटक भुँइचालो को आभास गर्दै थियौँ । सडक को बिचमा उभिएको हुँदा यता र उता कुद्नुपर्ने कुनै जरुरी थिएन ।  याद आयो अरु केही नभएपनि ट्विट गरिहाल्नुपर्छ । मोवाइलमा ब्राउजर मा ट्विटर नै खुलिरहेको थियो, हतार हतार भूकम्प आएको कुरा ट्विट गरियो, आफू मुनि को जमिन हल्लिनै रहेजस्तो लागिरहेथ्यो । तर त्यो ट्विट प्रकाशित हुन सकेन, जिपीआरएस चलेन, मेरो र इश्वर दुवैको । ६.९ रेक्टर स्केल को नेपाल को पूर्वी सिमानमा आएको भुइँचालो ले क

गत शुक्रबार ९.० रेक्टरस्केल को भुकम्प सँगै आएको सुनामी र त्यसपछि ‘न्युक्लियर प्लान्ट’, मा भएको विस्फोटन का कारण निस्किएको ‘विकिरण’हरुले जापान मा मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेकोछ । जापान को ‘न्युक्लियर पावर प्लान्ट’ एकपछि अर्को गर्दै पड्किन थालेपछि र त्यसलाई नियन्त्रण गर्न नसक्दा ‘प्लान्ट’ बाट निस्किएका हानिकारक ‘विकिरण’हरु ले मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेको हो । जापान को फुकुसिमा मा रहेका ती प्लान्टहरु मा लागेको आगो निभाउन र त्यहाँ भएको ‘रेडियोएक्टिभ’ पदार्थहरुलाई बाहिर निस्कन नदिन, जापानी सरकार ले हरेक प्रयत्न गरिरहेको छ, तर यति हुँदा हुँदै पनि, स्थिति नियन्त्रणमा आउन सकेको छैन । समस्या सुल्झनु को सट्टा समस्या झन् बढ्दो छ । हिजोसम्म 'स्थानिय’ समस्या मानिएको ‘विकिरण’ प्रभाव अब विश्वव्यापी समस्या बन्ने तरखरमा छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी ले अन्तराष्ट्रिय सात स्केलमा यस घटनालाई आणविक दुर्घटना को ‘पाँचौ’ ठूलो दुर्घटना भनेर भनिसकेको छ । हिजोसम्म ३० किलोमिटर भित्रको क्षेत्रमा विकिरणको प्रभाव रहेको भनिएपनि, आज बाट त लगभग २ सय ३० किलोमिटर टाढा रहेको ‘टोकियो’ शहरमा

In a latest edition BBC says “there is a new blast at Fukushima nuclear plant”   And in addition an experts on BBC says, “A disaster on the scale of Chernobyl in the 1980s is highly unlikely because the reactors are built to a much higher standard and have much more rigorous safety measures.” NOT TRUE ! “BBC FLASH NEWS : Japan government confirms radiation leak at Fukushima nuclear plants” But here is the latest story that hit an Internet after the damaging earthquake and Tsunami hit Japan on last Friday. Hoax called, “BBC FLASHNEWS : Japan government confirms radiation leak at Fukushima nuclear plants” is doing the round in an internet. The news spread out about the potential meltdown of Japan’s nuclear reactor in Fukushima due to the strong earthquake. BBC just said, “ Japan earthquake: New blast at Fukushima nuclear plant ” but some spammers were exaggerating this news. And now hoax called “BBC FLASHNEWS” is doing the round in an internet. People are posting this ‘f

Massive 8.9 rector scale Earthquake hits Japan this afternoon. And that massive earthquake triggered the Tsunami which has caused extensive damage in Japan. Till now 110 people found dead and according to C N N ,  200 to 300 bodies has just found in Sendai, Japan. Whereas, The official Kyodo news agency is reporting that about 88,000 people are missing. No wonder, Tsunami has caused an extensive damage in Japan. And Tsunami warning has been issued in other countries as well. BBC says, Tsunami warning has been  issued which covers Japan, the Philippines, Hawaii, the Pacific coast of Russia, Indonesia, Taiwan, Australia, New Zealand and also Central and South America, which can cause massive destruction. Till date, it is believed that all Nepalese are safe in Japan. In Facebook , one Friend from Japan Dinesh Raj Gyawali wrote, “Phone is dead, So I’m not 100% sure but till now I’ve not heard any bad news”. He further wrote, “Now Another earthquake of 3.0 rector scale".