Skip to main content

Posts

Showing posts with the label Drama

हिजोआज विभेद विरुद्ध जहिँकहिँ आवाज उठ्ने गरेकोछ । तर हामीकहाँ केही संयन्त्रहरु यस्ता छन्, जहाँ विभेद विरुद्धका आवाज बाहिरसम्म आइपुग्दैनन्, माथिल्लो निकायसम्म पुग्दैनन्, ती आवाजहरु त्यसै दबाइन्छन्, त्यसै दबिएर जान्छन् । अपवादका रुपमा कहिलेकाँही ती विभेद विरुद्धका आवाजहरु विस्फोट हुन्छन् । ती आवाजहरु विस्फोटन हुँदा पनि अंधिकाश समय, 'सत्य के हो' भनेर खोज्ने प्रयत्न गरिँदैन । तर थिएटर भिलेज, उत्तरढोका, काठमाडौँमा चलिरहेको अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्शल'ले भने 'सैनिक संगठन' भित्र दबिएका आवाज र त्यसले निम्त्याएको अकल्पनिय परिणाम पछि, सत्यको खोजी गर्ने प्रयास गरेकोछ । सत्यको खोजी गर्ने टोलीको नेतृत्व नायक सुवास थापा उर्फ क्याप्टेन विकास पोखरेलले गरेकाछन् भने नायक राजेश हमाल उर्फ कर्नेल रुपक सिंहले 'कोर्ट मार्शल'कै नेतृत्व गरेकाछन् । एक सिनियर अफिसरलाई गोली हानेर हत्या गरेको र अर्को एकजनालाई घाइते बनाएको अभियोगमा रामबहादुर (सुदाम सिके) माथि कोर्ट मार्शल गरिन्छ । रामबहादुरले आफ्ना सिनियरको हत्या गरेको स्विकार गरिसकेको अवस्थामा यस विषयलाई अगाडी लानु...

खचाखच दर्शकहरुले भरिएको सर्वनाम थिएटरको हलभित्र एउटा मुर्ती मञ्चको विचमा विराजमान थियो । हलमा पसेको करिब १०-१५ मिनेटपछि नाटक सुरु भएको घोषणा गरियो, त्यसपछि अचम्म भो बिस्तारै मञ्चमा रहेको कपडाले बेरिएको सेतो मुर्ती चलमलाउन थाल्यो । अघि देखि मुर्ती हो भनेर मानिएको र मञ्चको बिच भागमा त्यस्तो मुर्ती किन राख्याहोला भन्ने सोचिराको बेला, केही मुखुण्डोधारीहरु आएर उक्त मुर्तिमा बेरिएको कपडा धमाधम खोलिदिए। नाटकमा मुख्य पात्र ‘पदम’ (राजकुमार पुडासैनी) को सहारामा अघि बढाइएको कथामा विच विचमा अन्य पात्रहरुको प्रवेश हुन्छ । ती सबै पात्रहरुको आ-आफ्नै कथा भएपनि, चुरो कुरो यही अभिनय, फिल्मी दुनियाँ र कलाकारितासँग नै जोडिएकोछ । सबै पात्रको धुन स्टार बन्ने हुन्छ, फिल्म खेल्ने इच्छा हुन्छ तर फिल्मी दुनियाँ बाहिरबाट सोचेजति सरल र सहज छैन । नाटकमा राजेश हमाल देखि रेखा थापासम्मको झल्को मिल्छ, आफूले हेरेका फिल्मका डाइलगहरु नाटकमा सुन्दा कतै आफू सिनेमाहलमा त छैन भन्ने सम्म लाग्छ । नाटकमा कलाकारले भोग्नुपर्ने समस्या र फिल्म उद्योगमा छाएको विकृतिहरु छताछुल्ल पारिदिएकोछ । नाटकमा कलाकारको पिडा दर्शाइएकोछ, तर ती...

आज हामीले एकजना साथि “ राजन कठेत ” को ६ दिन को डायरी लिएर आएका छौँ ! पढ्दा लामो लाग्नसक्छ भनेर मैले सबै डायरीलाई बेग्ला बेग्लै प्रकाशन गर्ने योजना अघि सारेको थिँए । तर राजन ले भन्यो, एउटै मा प्रकाशन गर्दा राम्रो ! मैले फेरि एकपटक पढिहेरेँ, आफूलाई पनि त्यस्तै लाग्यो, कारण यो सबै आपस मा सम्बन्धित छन् । अत: केही लामो भएपनि सबै डायरीलाई एकैपटक प्रकाशन गरेको छु है ! यो ब्लग मा एउटा गर्न लागिएको नाटक, कसरी गर्ने सुर कसियोम अनि के गरियो, कसरी नाटक पुरा भएन भनेर राजन को अनुभव लेखिएको छ । वैचारिक व्दन्द अगस्ट २२, २०१० आइतबार आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो । सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परि...