Skip to main content

Posts

Showing posts with the label Cycle

Documentary Movie called “Sherpas - The True heroes of Mt. Everest” was Released at Kathmandu University, Dhulikhel Kavre, this evening. Documentary show was organized by Kathmandu Cycle City 2020 as a fund raising show for  Everest Peace Expedition 2010 led by Mr. Pushkar Shah, the world cyclist. Nearly 200 students watched documentary today at CV Raman Auditorium of Kathmandu University, Dhulikhel Kavre.  Along with this documentary a short documentary on, The world cyclist Mr. Pushkar Shah  was also screened in the program. The world cyclist Mr. Pushkar Shah is going to climb Mount Everest in this season. He is climbing  together with the flags of 150 different countries he visited through in his 11 year long journey on cycle for Peace and Prosperity of World.  All the Best to The world cyclist Mr. Pushkar Shah. I’ve watched this mind blowing documentary today at Kathmandu University. Documentary has highlighted the brave part of Sherpas. You...

Kathamandu Cycle City 2020 ले आज नोभेम्बर २१, २००९ का दिन साइकल र्‍याली को आयोजना गरेको थियो । काठमाडौँलाई सन् २०२० सम्म मा साइकल मैत्री सहर को विकास गर्नु अभियान को मुख्य लक्ष रहेको छ । Kathamandu Cycle City 2020 ले आज गरेको साइकल र्‍याली मा प्रोफेसनल र ननप्रोफेसन गरि करिब २०० जना जति को सहभागिता रहेको थियो । बिहान ७ बजे र्‍याली सुरु गर्ने भनिएको भएपनि करिब ८ बजे र्‍याली सुरुभएको थियो । जावलाखेल मा Kathamandu Cycle City 2020 का एम्बास्डर समेत रहनुभएका साइकल यात्री पुष्कर शाह ले र्‍याली को उद्‍घाटन गर्नु भएको थियो । जावलाखेल बाट सुरु भएको र्‍याली लगनेखेल, पाटन दरबार स्क्वायर, पाटनढोका, कुपन्डोल, त्रिपुरेश्वर, जमल हुँदै, टुँडिखेललाई एक फन्को लाएर, न्युरोड हुँदै, वसन्तपुर मा पुगेर सभा मा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले, सबैले साइकल को महत्ता तथा वातावरण सम्बर्धन मा साइकल चढ्दा हुने फाइदाहरु को बारेमा चर्चा गर्नुभएको थियो । र्‍यालीका केही झलकहरु तल राखिएकाछन् :

हाम्रो एउटा सपना छ, शान्त सडक, मुख्य सडकका दुइतिर फराकिला साइकलमार्ग अनि सिमित सवारीसाधन मात्र । काठमाडौंको स्वच्छ वातावरणमा साइकल यात्रीहरु आ-आफ्ना गन्तव्यतफ गुडिरहेका छन् । स्कूलतर्फ होस या कार्यालयतर्फ, विहान बेलुका, अनि पर्यटक हुन वा यात्रु निर्धक्कसाथ साइकल सयर गर्दै । जलवायु परिवर्तनको प्रसग संगै जोडिन आउछँ पृथ्वीको तापमान वृद्धि, हरितगृह प्रभाव अनि ओजनतहको विनाश । १९९७ को क्योटो प्रोटोकल (Kyoto Protocal) ले वातावरणलाइ प्रत्यक्ष असर पार्ने ग्रिन हाउस ग्यास (Green House Gases) GHG को मात्रालाइ सुन्तुलन राख्न मपदण्ड वनाइसकेको छ । प्रमुखत : GHG विकास निर्माणका कार्यहरु तथा यातायातका साधनवाट निस्कने गर्दछ । नेपालजस्तो देशमा विकास निर्माणका कार्यहरुले प्राथमिकता पाउनुपर्ने अवस्थामा तपाइ हामीमा एउटा जिम्मेवारी आउँछ कार्बन फुट प्रिन्ट (Carbon Foot Print) को न्यूनिकरण । अहिले Carbon Foot Print को न्यूनिकरण अन्तराष्टिय बहस वनेको अवस्थामा, नेपालमा पनि थुपै गोष्ठी, सम्मेलन भइरहेका छन् , तर ति कती सफल भए भन्ने कुरा विश्लेषण गर्नु आवश्यक छ । यही समस्याको समाधानको बाटो खोज्दा एउटा प्रसंग उठ्यो...

Listen to World Cyclist Puskar Shah's experience in his own voice. विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना का साथ साइकल चढेर विश्व विजय गर्न ११ वर्ष अघि निस्किएका थिए पुष्कर शाह । दोलखा का पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययन को लागि भनेर काठमाडौँ आए, तर उनको मन काठमाडौँ मा अड्न सकेन, फलस्वरुप उनी विश्व साइकल यात्रा मा निस्किए । अनि साइकल यात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकल यात्रा सकिएको घोषणा गरे । काठमाडौँ साइकल सिटि सन् २०२० अभियान ले काठमाडौँ विश्वविद्यालय मा आयोजना गरेको एक कार्यक्रम मा उनै पुष्कर शाह आइएपुगेका थिए, अतिथि बनेर । उनी भन्दै थिए, हिमाल को माइनस ५ डिग्री तापक्रम देखि लिएर, मरुभुमी को ५० डिग्री तापक्रम मा दौडिएका क्षणहरु छन् । अनि फुटपाथ मा मस्त निदाएको रातहरु देखि लिएर, पाँच तारे होटल मा निन्द्रा नलागेका रातहरु छन् । हो, उनै पुष्कर शाह, जसले साइकल बाट विश्व विजय गरेको छ । आज उनकै यात्रा का रोचक अनुभवहरु हामी सुनाउँदै छौँ, उनकै आवाज मा । अफ्रिका मा लुटिएको क्षण देखि, मेक्सिको मा अपहरणमा परेका क्षणहरु उनी सम्झन्छन् । जिवन का ११ वर्ष साइकल को पाइडल खिया...