Skip to main content

Posts

Showing posts with the label CrowdSourcing

भूकम्प लगत्तै गर्नुपर्ने उद्दार, राहत वितरण आदि कामहरु सकिएकोछ । अब हामीलाई पुरानै स्थितिमा फर्कनको लागि, महाभूकम्प पछि सृजित समस्याहरुको दीर्घकालिन समाधान खोज्नुपर्ने बेला आएकोछ । केही हप्ता अघिसम्म सबैको ध्यान उद्दार र राहतमा केन्द्रित थियो, तर अब समस्यालाई कसरी अवसरको रुपमा लिने, कस्तो पून: निर्माण गर्ने भनेर सोच्ने बेला आएकोछ । इन्डोनेसियामा २००४ मा आएको सुनामी तथा हाइटीमा आएको विनाशकारी भूकम्प पछि ति देशहरु पून:निर्माण गर्न 'इनोभेटिभ' आइडिया कम्पिटिसिन गरिएकोथियो । सोही शैली पच्छ्याउँदै, नेपालमा पनि भूकम्पबाट सृजित समस्याहरुको पहिचान गरि, त्यसको दीर्घकालिन समाधान खोज्न, पूल्चोक इन्जिनियरिङ क्याम्पस अल्मुनाई तथा जानकी टेक्नोलोजीको अगुवाइमा ' ह्याक द क्वेक - आइडिया कम्पिटिसन ' सुरु भएकोछ । शुद्ध खानेपानी, अस्थायी-स्थायी घर/आवास, सूचना, विद्युत, अत्यावश्यक स्वास्थ्योपचार सेवा आदि विभिन्न विषयमा कसरी दीर्घकालिन काम गर्न सकिन्छ भनेर आफ्ना 'आइडिया'हरु पेश गर्न सकिनेछ । उत्कृष्ट ३ आइडिया/योजनका प्रस्तावकलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ । आइडिया भन्

क्याप्चा “क्याप्चा”को बारेमा प्राय सबैले सुनेको हुनुपर्छ, धेरैपटक क्याप्चा “टाइप” पनि गर्नु भएकोहोला ! प्राय प्रयोगकर्तालाई क्याप्चा “टाइप” गर्न गाह्रो र झन्झटिलो लाग्छ । प्रयोगकर्तालाई झन्झटिलो लागेपनि सम्भावित ‘स्पाम’ प्रतिक्रिया, अपडेट आदिबाट बच्नको लागि साइट/ब्लगमा “क्याप्चा” प्रयोग गर्ने गरिन्छ । विकीपेडियाका अनुसार क्याप्चाले प्रयोगकर्ता मानव हो कि कम्प्युटर हो भनेर बताउँछ (A CAPTCHA is a program that can tell whether its user is a human or a computer) । क्याप्चामा लेखिएको अक्षर कम्प्युटर/रोबटले बुझ्न सक्दैन, क्याप्चामा लेखिएको अक्षर मानिसले मात्र पढ्नसक्छ ! रिक्याप्चा “रिक्याप्चा” पनि क्याप्चा नै हो । क्याप्चाले जस्तै “रिक्याप्चा”ले पनि स्पामरहरुबाट साइटलाई जोगाउन सहयोग गर्छ । यसका अतिरिक्त “रिक्याप्चा”को माध्यमबाट इन्टरनेटमा साधारण तर ठूलो काम भइरहेको छ । सायद धेरैलाई थाहा नहुनसक्छ, रिक्याप्चाको माध्यमबाट हामीहरु विश्वका पुराना पत्रिका तथा कितावहरुलाई “डिजिटाइज” (डिजिटल बनाउनु) गरिरहेकाछौँ । रिक्याप्चाले साइटलाई “स्पाम”बाट जोगाउनुको साथै बर्षौँ पुराना किताब र पत्रिकाह