तातो चुस्कीसँगै शुरु हुन्छ, हाम्रो कफी गफ गुलियो कफि, त्यसमाथि तिम्रो मिठो मुस्कान कति आनन्दित छ यो पल ! शिशिर यामको घामभन्दा प्रिय लाग्छ तातो कफी, अनि तिम्रो सामिप्यता साँच्चै रोज्न गाह्रो छ ! हाम्रो गफ कहिल्यै टुङ्गिन मान्दैनन समय बगिरहेछ, कफी सेलाउँदै जान्छ कतै हाम्रो सम्बन्ध पनि चिसिने त होइन ? तिमी छिट्टै सपना बुन्न थाल्छ्यौ कति सम्भव छन्, कति असम्भव अन्जान मै नटुटुन् तिम्रा सपनाहरु ! हतार नगर, अझ तिता यथार्थ सुनाउनु छ अनि कयौँ घुट्की लिनै छन् चिसो कफी अनि तिता स्वादहरु । -मुकुन्द भण्डारी बायोटेक तेस्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।