Skip to main content

Posts

Showing posts with the label Clock

Sundial Clock या भनौँ सौर्य घडि लाई विश्व को सबैभन्दा पुरानो घडि प्रविधि मानिन्छ । नेपाल मा पनि, काठमाडौँ घन्टाघर सँगै, छेउ मा सौर्य घडि रहेको छ । सौर्य घडि भएर पनि, अहिले कुनै उपयोग मा भने आएको छैन । एउटा भुलेको इतिहास झैँ भएर, त्रिचन्द्र कलेज को छेउ मा झोक्राएर बसिराको भान पर्छ । झार र घाँसहरु ले छोपिएको, अनि भएको घडि को पनि संरक्षण नगरिएको देख्दा दिक्क लागेर आउँछ । 'अजबगजब ब्लग' का नविन सर ले मैले घन्टाघर को फोटोहरु राखेको बेला भन्नु भएको थियो, त्याँ Sundial Clock छ । अनि म दोहोरिएर गएको थिँए खोज्न, Sundial Clock लाई । तर यस्को अवस्था देख्दा चाँहि विरक्त नै लाग्यो । लाग्यो, हामी केही कुरा पनि जोगाएर राख्न सक्दैनौँ । Sundial Clock को अवस्था मैले भन्नु भन्दा पनि, तल को फोटो मा हेरेर बुझ्नु होला है । खासमा, Sundial Clock मा समय कसरी हेरिन्छ भनेर कौतुहलता होला, तल को फोटोलाई नियालेर हेर्नुस् त्यहाँ विभिन्न कोणहरु मा धर्काहरु बनाइएका छन्, रोमन मा १ देखि १२ लेखिएका छन् । अनि समय हेर्नलाई चाँहि सूर्यलाई आधार बनाइन्छ । सूर्य जता छ, त्यस्कै आधारमा घडि हेर्दै यति बज्यो भनेर भन्न...

कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ । हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ । बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरिषक...