Skip to main content

Posts

Showing posts with the label Cartoon

अस्ति एकजना साथीले मेरो मोवाइल नम्बर सोध्नुभो । "नाइन, एट, फोर, वान...", त्यसपछि आफैँलाई आफ्नो नम्बर तत्काल याद आएन ।त्यसो त मलाई मेरो मोवाइल नम्बर याद नहुने होइन, तर त्यो दिन अचानक साथीले सोध्दा भन्न नसकेको मात्र हुँ । घर आइसकेपछि आफैँलाई जाँच्न मनलाग्यो । मोबाइलको कन्ट्याक्ट्समा हेरेँ लगभग ३ हजारको नाम रहेछ, गुगल प्लसको कन्ट्याक्ट सबै आएछ फोनमा । गुगललाई एकछिन मनमनै गाली गरेँ, मैले कन्ट्याक्ट सिन्क गरेको त थिएन तर पनि फोनमा देखियो । मेरो बाहेक कतिजनाको नम्बर आफूलाई आउँदोरहेछ भनेर जाँच्नखोजेँ । अहँ, मेरो आफ्नु नम्बर बाहेक अरु कसैको नम्बर सम्झन सकिँन । प्रविधीको विकास र प्रयोग सँगै नम्बरहरु बिर्सिएछ , पहिले दर्जनौँका फोन नम्बर मुखाग्र थियो । केही दिनपछि यो साइट मा केही रमाइला कार्टनुहरु देखेँ, आफैँलाई व्यङ्ग्य गरेको जस्तो लाग्यो । मोबाइलले झुठो बोल्न सिकाको कुरा त ५-६ वर्ष अघि नै यहाँ लेखिसकेकोछु ।  Life Before and After Mobile Phones माथिका कार्टुनहरुसँग तपाई कत्तिको सहमत हुनुहुन्छ? 

बुज्यौ बुर्जुआ जनता हो, आज ता "अकबरेले" नि सलाम खायो, बाँचुन्जेल गाँजा खायो, चन्दन-खएर, गोलाई चपायो, अस्तिन क्या त, "बनबिरेले" गोली चलायो, "अकबरे"लाई ड्याङ्ग लायो, सोर्स-फोर्सले `सहिद` बनायो, हेर् त आज !! ये राता मकै!!  १२ तोपको गोली पायो, खादा, भत्ता, लाखौं कमायो !! थुक्क तेरो भाग्य नि के भनौ खोइ ? त्यो जाबो पनि सहिद? भो अब! ए बाबा!! थांगने हजुरबाको कोठे भित्तोमा, तेस्को आनुहर काठे फ्रेमको एक बित्तोमा, ट्वाल्ल-ट्वाल्लति गाँठे, अझै नि लाटीले कुन्नि के हेर्या जस्तो! जुम्सो, अझै कति रिसउठ्दो गरि झुण्ड्या छ भने, प्वाक्क मुखमा हानु जस्तो! उही इतिहास ढाँटने त हो, हाम्लाई थाहा छैन,  नत्र सहिद दिवसको दिन  'अकबरे' को बा' माघाँ गोरु नार्न जान्छु, भन्दै "बैद्य"को मा गफ हाल्न जान्छन् त ? वाहियातको सहिद, निल्नु न वोकेल्नु!! ए सुन् सुन्!! यसै भो तेस्सै भो, "सुन्तले" को परिवारले नि सार्है दुक्ख पायो, एस्लाई सहिद बनाउने परपंच तँ मिला, परेको म बेहोर्छू!! थोरै ...

तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ । आइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ । खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् । यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका म...

केयु क्याफे मा भर्खर छिरेको मात्र थिँए ! फोन आयो, सरिश्मा को फोन रहेछ । उनी भन्दैथिइन्, भोलि एउटा कार्यक्रम छ आउनुहोला है, यो युवा अभियान हो । मैले सोधेँ कस्तो कार्यक्रम हो, उनले भनिन टायर जुलुस ! ओहो, टायर जुलुस पो, लौ ठिकै छ मौका मिले आफू पनि टायर गुडाउन आउने कुरामा सरिश्मालाई आश्वस्त बनाएँ । परिक्षा झन् झन् नजिकिँदैछ, लाइब्रेरी मा बस्दा बस्दा अल्छि लागेर चिया खाने बाहानामा केही सिँढि ओर्लदैँ केयु क्याफे मा छिरेको थिँए । लाइब्रेरी नि भन्नुमात्र हल्लै बढि हुन्छ, रवि ले भन्यो । मैले भने पढ्ने नै भए, रिफ्रेन्स सेक्सन भित्र जानुपर्छ, म त त्यहीँ छु । खुब पढ्नेभइस्, रवि ले जवाफ लाइहाल्यो । केयु क्याफे बाट पश्चिम तिर आँखा डुलाएँ, हाम्रो होस्टल प्रस्ट ले देखिन्छ, त्यसभन्दा पछाडि एसओएस भिलेज र आइटिपार्क पनि देखिन्छ तर त्यो पश्चिम पट्टि को डाँडो बाट घाम डुब्न लागेको भएर, छाँया परेको छ । ए ! लौ आज को दिन पनि बितेछ, साथिहरु भन्न थाले, खै पढेर खाइएला जस्तो छैन । अर्को ले थप्यो, उसोभए खाएरै पढौँन त, उसले दुई प्लेट मम अडर दिहाल्यो । सबै हाँस्न थाले, कत्ति न ठूलो काम गरिस् भनेर ! साँच्चै हामी कु...

I've been searching for some funny cartoons to refresh my mind. And of-course, I've found some in internet. So, I'm sharing some cartoons with you too. Matter is serious, but they makes us laugh.Hope you'll enjoy this cartoons.  'Okay your father managed to get a mouse. Now how do we use it?' Basically, a humorous or satirical drawing published in a newspaper or magazine is called cartoons. One Cartoon can say millions of word.In modern print media, a cartoon is a piece of art, usually humorous in intent. This usage dates from 1843 when Punch magazine applied the term to satirical drawings in its pages, particularly sketches by John Leech. The first of these parodied the preparatory cartoons for grand historical frescoes in the then-new Palace of Westminster. The original title for these drawings was Mr Punch's face is the letter Q and the new title "cartoon" was intended to be ironic, a reference to the self-aggrandising p...

यहाँ पनि मोबाइल कै कुरा । मोबाइल अर्थात अहिले हामीले भोगिरहेको नेटवर्क को समस्या । हुन त यहाँ कुरा गर्नलाई विषयको खाँचो छैन । विषय प्रशस्त छन्: जस्तो कि, यहाँ को लोडसेडिङ, अनि दिनैपिच्छे बन्द भैरहने बजार र राजमार्ग, डान्सबार को रात्रिजिवन मा बन्देज लागेपछि को अवस्था, क्यासिनो काण्ड,फुटपाथको आन्दोलन, अनि राजनितिक दाउपेचहरु, खानेपानीको समस्या, अनि बेला-बेला उपराष्ट्रपति को बोलि ले ल्याउने तरंग, अनि कोही लुटिइरहेका, कोही मरिरहेको अवस्था आदि ईत्यादी ! यहाँ समस्याको जालो मात्र देखिन्छ तर नेताले गर्ने प्रत्येक भाषण मा "नयाँ नेपाल" भन्ने शब्द हुन्छ, जुन सुन्दा साह्रै कर्णप्रिय लाग्छ तर व्यवहारमा लागु नभइदिनाले गर्दा हामीले मनको लड्डु घिउ सँग खाएर बस्नु बाहेक अर्को कुनै उपाय छैन । लोडसेडिङ को कुरा पुरानो भै'सक्यो भन्दा हुन्छ र अब लोडसेडिङ बाट पार पाउन कम्तिमा पनि ४-५ वर्ष कुर्नुपर्छ रे ! अनि बारम्बार हुनेगरेको बन्द को महिमा पनि कम छैन । तर एउटा कुरा चाँहि उदेक के छ भने, काठमाडौँ उपत्यका मा गरिएको बन्द १-२ दिन मै पारलाग्छ तर विभिन्न जिल्लामा हुने बन्दहरु भने निकै लामो समयसम्म लम्ब...

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---------------------------------- हामीहरुको महान चाड बडादशैँ को उपलक्षमा यस ब्लगका सम्पुर्ण शुभचिन्तक तथा देश विदेश मा रहनुभएका ब्लगर मित्रहरु तथा पाठकहरुमा "आकार" को तर्फबाट शुभ विजयादशमीको हार्दिक मंगलमय शुभकामना ! --------Happy Dashain-------- This cartoon says more than 1000's words about our reality. (click on photo for larger view) Note: This cartoon is created by ABIN and "Aakar Post" has got the permission to publish it. Please do not PUBLISH this card in any blog or website or by any means without permission. Thank You !

नेपाल को स्थिति यस्तै छ : गणतान्त्रिक राजतन्त्र समय साप्ताहिक मा चसक शीर्षक मा प्रकाशित अबिन को कार्टुन संघीय लोकतान्त्रिक गणतन्त्र पारित व्यवस्थापिका-संसद्ले अन्तरिम संविधान संशोधन गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने निर्णय गरेको छ । गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट हुनेछ । संसद्को दुई तिहाइले संविधानमा तेस्रो संशोधन पारित गरी मुलुकलाई गणतन्त्रात्मक राज्य बनाएको हो । सभामुख सुवास नेम्वाङले संविधानको तेस्रो संशोधन शुक्रबारै प्रमाणीकरण गरेका छन् । राजाले संविधानसभा चुनाव हुन नदिन गम्भीर व्यवधान गरेमा संविधानसभा निर्वाचनअगाडि नै गणतन्त्र कार्यान्वयन गर्न सक्ने व्यवस्थासमेत संशोधनमा छ । अन्तरिम संसद्ले दुई तिहाइबाट गणतन्त्र कार्यान्वयन गर्न सक्नेछ ।

भर्खरै माधब नेपाल ले दिएको अभिव्यक्ति माथि गरिएको ब्यङ्ग्य: समय साप्ताहिक मा प्रकाशित चसक शीर्षक को अबिन को कार्टुन । हिजोआज "कार्टुन" ब्यङ्ग्य माथि प्रहार गर्ने एक सशक्त माध्यम बनेको छ ।