संविधान सभाको थपिएको १ वर्ष म्याद पनि आज सँकिदैछ । संविधान बनाउने त कुरै छाडौँ, आज अन्तिम दिन सम्म पनि दलहरु कुनै पनि सहमति मा पुग्न सकेका छैनन् । दलहरु अझै सहमति मा पुग्न बैठक मा बसिरहेकाछन् अनि नेपालीहरु अब के हुने हो, कसरी अगाडि बढ्ने हो नेपाली राजनिति, सोचमग्न भएका छन् । चिया पसलमा अब कर्फ्यु लाग्ने हो या संकटकाल लाग्ने हो कि भन्ने गफहरु पनि हुन थालेको छ । हुन त सबैलाई म्याद थपिन्छ नै भन्ने लागेको छ । तर पनि १-१ वर्ष म्याद थप्दा पनि किन समयमा संविधान बन्न सकेन भन्ने कुरा खोज्नुपर्छ भन्ने आवाजहरु पनि उठ्न थालेको छ । संविधान सभा भवन रहेको नयाँ वानेश्वरमा आज सुरक्षा व्यवस्था कडा पारिएको छ । यसै मेसो मा आज हामी भने, संविधान सभा का बारेमा नेपाली ट्विटोश्फेयर मा भइरहेका कुराकानीहरु यहाँ प्रस्तुत गर्दैछौँ । #CA28May ह्यासट्याग भएका ट्विटहरु यहाँ देख्न सकिन्छ । यस सम्बन्धि कुराहरु हामी नियमित प्रकाशित गरिरहने छौँ । ट्विटर मा नै चलिरहेका केही कुराकानीलाई हामीले 'स्टोरीफाइ' गर्ने कोशिस गरेका छौँ । [ View the story "Social Media Reaction on Constituent Assembly #CA28Ma...