Skip to main content

Posts

Showing posts with the label CA Election

सोसल मिडियाको प्रयोगबाट अहिले नै कसैले नेपालमा चुनाव जिते भनेर भन्नु गलत प्रचार हुन्छ । तर सोसल मिडियाको अधिकतम प्रयोग भएको यो नेपालकै पहिलो चुनाव भने "संविधान सभाको दोस्रो चुनाव" हो। उम्मेदवार तथा मतदाताहरुले आफ्नो कुरा राख्न, सोसल मिडियाको राम्रैसँग प्रयोग गरे । सोसल मिडिया एनालिटिक्स कम्पनी सिम्लिफाई ३६० ले चुनावको समयमा सोसल मिडियाको अनुगमन गरेको थियो । सिम्लिफाइको रिपोर्ट अनुसार संविधान सभा निर्वाचनबारे सबैभन्दा धेरै बहस ट्विटरमा भएको थियो । त्यसो त #NepalVotes लेखिएका ट्विट मात्रै पनि ५० औँ हजार भन्दा धेरै गरिए, पछिल्लो १ महिनामा । रिपोर्टको सन्दर्भमा सिम्प्लिफाइ ३६० का सिइओ, भुपेन्द्र खनाल भन्छन् ,"सबैभन्दा धेरै डिस्कसन ट्विटरमा भएबाट पनि, ट्विटरको प्रयोग र महत्व नेपालीहरु माझ बढ्दै गएको प्रस्ट हुन्छ । त्यसबाहेक अन्तराष्ट्रिय क्षेत्रबाट पनि संविधान सभा निर्वाचनलाई निकै महत्वसाथ हेरिएको पाइयो।" Read: Nepal CA Election Happened Both in Ballot And in Social Media [Buzz Analysis Report] चुनाव अघि वैद्य समूहले नेपाल बन्द गरेको थियो भने ठाउँ ठाउँमा ...

अन्तिम समय मा आएर गरिएको दौडधुप स्वरुप, आर्यघाट मा पुगिसकेको 'संविधान सभा' फेरि ब्युँतेर आएको छ । २ वर्ष भनेर तोकिएको आयु लम्बिएर ३ वर्ष को भएको छ । जेठ १४ गतेको राती दलहरु ले मरेर, सहमति गरेका छन् । सहमति अनुसार, संविधान सभा को म्याद १ वर्ष थपिएको छ । प्रधानमन्त्री माधब कुमार नेपाल को राजिनामा को अडान मा माओवादी थियो भने, प्याकेज मा सहमति गर्ने अडान मा एमाले र कांग्रेस रहेका थिए । संविधान सभा को म्याद त थपियो तर के, यो थपिएको १ वर्षमा संविधान बन्ला त ? प्राय: सबै को चासो यसैकुरा मा गएर अल्झिएको छ । अनि साँच्चै, भन्ने हो सरकार का र हाम्रा कुनै पनि राजनितिक दलहरुका प्रतिबध्दता मा भर गर्ने ठाउँ कहिँ देखिँदैन । बितेको २ वर्ष, "हरुवा र जितुवा" भन्ने दोहोरी मै बित्यो । संविधान बनाउन भनेर गएका सबै पार्टिहरु, संविधान भन्दा पनि सरकार बनाउने र गिराउने तर्फ लागे । माओवादी को नेतृत्व मा रहेको सरकार ९ महिना मै ढल्यो, त्यसपछि एमाले को नेतृत्व मा सरकार बन्यो । सरकार त बन्यो तर यस्तो प्रकार ले बन्यो कि, सरकार मा हारेकाहरु को बहुमत भयो । जनता बाट चुनिएका कुनै पनि प्रतिनिधहरु सरकार मा...

विगत मा सबैभन्दा आलोचित व्यक्ति थिए गिरिजा प्रसाद कोइराला । तर आज तिनै कोइराला अब हामी सामु छैनन्, केबल छ त तिनका भनाइहरु । उनको निधन सँगै, शान्ति प्रकृया अनि संविधान निर्माण कार्य के हुन्छ होला भन्ने कुरा प्रत्येक नेपाली का मगज मा खेलिरहेका छन् । नेपाली कांग्रेस मात्र नभइ सम्पुर्ण पार्टि तथा जनताहरु ले एउटा अभिभावक गुमाएकाछन् । उनको उचाइ सुहाँउदो अन्य नेताहरु नभएबाट पनि सबैले उनलाई मानेका थिए अनि सबै उनकै भरमा थिए । कोइराला एउटा राजनितिक शक्तिकेन्द तथा राजनितिक खेलाडि भएबाट, जसरी पनि शान्ति प्रकृया टुंगो मा पुग्नेछ, जनता ले जसरी पनि नयाँ संविधान पाउनेछन्, भनेर सबै विश्वस्त थिए । तर अब चाँहि के हुन्छ त ? देशलाई समेटेर कसले अघि लैजाला भन्ने व्दिविधा सबै मा रहेको छ । समग्र मा भन्दा अब शान्ति प्रकृया अनि संविधान के हुन्छ, सबैको खुल्दुलि को विषय नै यही रहेको छ तर यसको प्रस्ट जवाफ कोही सँग छैन । ११ वर्षे जनयुद्ध लडेको माओवादी लाई राजनितिक मुलधार मा ल्याइ, शान्ति सम्झौता गराउन सफल भएपछि, कोइराला को चर्चा एकाएक चुलिएको थियो, उनी एकाएक नायक बनेका थिए । उनी भन्थे, ‘यो मेरो जिम्मेवारी हो, म ...

चुनाव त आइसक्यो,देशै चुनावमय भएको छ तर अब मलाई चुनाव प्रति रूची छैन,मलाई चुनाव को कुनै मतलब छैन भन्न मन लागेको छ । तर आफ्नो अधिकार को प्रयोग त सबैले गर्नैपर्छ अर्थात चुनाव मा भोट हाल्नै पर्छ । अन्यथा साँच्चै हो मलाई चुनाव चाहिएन,मलाई किन चाहियो र ? पहिले के भएको थियो अनि अब के नै हुन्छ र ? “जति जोगी आएपनि कानै चिरेका” जो आएपनि केही हुनेवाला छैन । जो आएपनि,जो गएपनि के मतलब ? रेडियो र टिभि ले चुनाव आयो,भोट हाल्नुपर्छ भनेर फुकेको फुकेकै छ अनि आचारसंहिता सबैलाई पालन गर्न पनि आग्रह गरिरहेको छ । तर अफसोच देशमा लोकतन्त्र न’भै मनपरितन्त्र छ,जसले जे गर्दा पनि हुन्छ अनि जे भने पनि हुन्छ,यहाँ कानुन नाम को केही चिज पनि छैन जस्तो छ । लगातार घटिरहेका घटना ले यीनै कुराहरुको संकेत गर्छ साथमा भविष्यमा यसले ठूलै दुर्घटना ल्याउने पक्का छ । हिजो भर्खर पनि चुनावी सिलसिलामा हिँडेका नेकपा एमालेका रामेछाप का उम्मेदवार देवशंकर पौडेल लगायत १ दर्जनलाई माओवादी कार्यकर्ता ले कुटपिट गरेका छन् । त्यस्तै हिजै राप्रपा को चितवन को चुनावी कार्यक्रमबाट केही राप्रपा कार्यकर्तालाई पनि अपहरण गरिएको छ । त्यस्तै सूर्यबहादुर...