Skip to main content

Posts

Showing posts with the label Bus

१. सस्तो खाना बल्खुबाट सुमो गुढेको करिब अढाई घन्टापछि देउराली भन्दा पर तलतिर गढीमा खाना खानको लागि रोकियो । सिटमा सँगै रहेका एकजना सिस्नेरी नपुग्दै देखि ड्राइभरलाई खाना खाने ठाउँ सोधिरहन्थे, उनको बोली सुन्दा सुन्दा मलाई पनि झर्को लागिसकेकोथियो । ड्राइभर पनि कुनै कुरा नसुनेको झैँ उडाइदिन्थे, म पनि ड्राइभरले ठिकै गरे भनेर मनमनै भन्थेँ। ती सिटका व्यक्ति यतै सिस्नेरीमा खाउँ, कुलेखानीमा खाउँ, देउरालीमा खाउँ भन्थे, ड्राइभरले गढीमा खाना खाने गरिएकोछ भन्दै गढीमा पुर्याए । बाटो हिँड्दा होटलमा प्राय: खाना खान मनलाग्दैन, खाजासम्म भने खाइन्छ । दश बज्दैथियो, भोक लागेजस्तो भयो, खाना नै खाउँ भनेर खाना खान बसियो, मैले माछा खाना मगाएँ । दाल, भात, तरकारी, अचार, माछा खाना निकै मिठो लाग्यो, थपेर नै बजाइयो । खानाको पैसा तिर्न काउन्टरमा पुग्दा माछा खानाको १६० रुपैयाँ भयो भने, मैले एउटा पानी पनि किने १५ रुपैँयामा । १६० रुपैँयाको खाना भन्दा, आफूलाई पोखरा जाँदा घाँसीकुवाको रेष्टुरेन्टमा एउटा २५० एमएल कोकको ५० रुपैँया तिरेर खाएको सम्झना भयो। नौबिसे/धार्केमा १८० रुपैँयाको खाजा चना/भुटेकोभात खाएक...

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो । साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो ...

पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन । मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन। दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान ...

प्याँप्याँ र ट्याँट्याँ को दोहोरी उस्तै छ भिड पनि फुटपाथ बाट हुँकिदैछन् बाइकवाला र स्कुटिवालीहरु सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   रातो र हरियो बत्ति एकैचोटि पिलिक्क बाटो काट्ने को हुल निस्कन्छ फुत्त न जेब्रा क्रसिङ न ट्राफिक लाइट गाडि ले हरन लाउँछ झ्वाट्ट !   कोलाहाल धुवाँ र धुलो फोहोर थुारिएको साँघुरो बाटो उकुसमुकुस साह्रै सकस समय को सँधै सत्यानाश !   वाइकवाला र निजी कारलाई सँधै हतार गाडि बढेपनि बाटो नबढ्दा जाम झेल्न सँधै लाचार सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   ( नोट: कथा लेख्ने प्रयास गर्दैथिँए, कविता जस्तो बन्दै गएछ तर यो कविता को व्याकरण मा मिल्यो कि मिलेन थाहा भएन । जे सुकै होस्, आफना मन मा उठेका भाव पोख्ने कोशिस गरेको छु है!)

हिजो आज त गाडि का खलासी पनि निकै चलाख भइसकेछन् यार, आइडि कार्ड को डेट नै पो हेर्छन् भन्ने कुरा अब पुरानो नै हुन थालिसक्यो । यातायात क्षेत्र मा जति नै कडाइ गर्न खोजेपनि, नक्कली कार्ड र नक्कली कार्डधारीहरु को बिगबिगि नै छ । हुन त विद्यार्थी ले आन्दोलन मार्फत सार्वजनिक यातायात का साधन मा ४५ प्रतिशत छुट पाउँछन् तर मन कुँडिने कुरा, यो सहुलिुयत यही काठमाडौँ आसपास मा मात्र देखिन्छ । काठमाडौँ बाट केही टाढा पुग्ने बित्तिकै कार्ड केही भ्यालु नै राखीँदैनन्, गाडिवालाहरु । हुन त काठमाडौँ बाट बाहिर जाने दैनिक दिवा तथा रात्री बसहरु ले पनि, भनेअनुसार विद्यार्थीलाई भाडा मा छुट दिँदैनन् । यति हुँदा हुँदै पनि यो आफैँ मा जटिल विषय बनेको छ, सहुलियत को लागि अधिकांश कार्डहरु नक्कली बनाइएकाछन् । जसले गर्दा सक्कली कार्डधारीहरु ले पनि छुट पाउँदैनन्, कहिलेकाँहि त आज शनिबार बिदा को दिन भनेर पनि छुट दिँदैनन्, गाडिवालाहरु ! खैर, आज मैले यो कुरा मा बहस गर्न खोजेको त होइन । मात्र म यहाँ आज आफूले खिचेको फोटो देखाउँदैछु । यहाँ एउटा फोटो ले भन्छ, ‘गाडि मा छुट लिने हो भने, भर्ना गरेको रसिद लिएर आउ’, अनि अर्को फोटो ले भन्...

पहिलो दिन आइतबार, उठेर खाजा, नास्ता खाएपछी ९:४५ बजे बाग्लुङ्ग बसपार्क पुग्यौँ। बाग्लुङ्ग पोखरामै भएको बाग्लुङ्गको लागि बस पाउने बसपार्क हो। हाम्रो यात्रा बसपार्क देखि नयाँपुलसम्मको मात्र थियो। नयाँपुलबाट हाम्रो पदयात्रा सुरु हुने तय थियो। म पदयात्राको लागि आफूलाई मानसिक रुपमा तयार गर्दै थिएँ। बसमा चढियो। दुई घण्टामा नायाँपुल पुग्दैथियौं हामी। बस डाँडाको जीऊभरि बनाइएको बाटोमा कुद्दै उकालो चढ्दै थियो। एक घण्टाजतिको यात्रा पछि हो मलाई हावाको चिसोपन बढिरहेको भान भयो। एकछिनमै हावा साह्रै चिसो भइसकेको थियो। म ज्याकेट निकालुँ कि ननिकालुँ भनि मनसँग सिँगौरी खेल्दै थिएँ। हावा किन त्यति चिसो भएको होला भनि गम्दै थिएँ म। सायद हिमाल हाम्रो नजिकै भएर होला- दिमागले तर्क गरिहाल्यो। एकैछिनपछि म चढेकै बसमा भएका अपरिचित यात्रुबाट थाहा भयो, हामि लुम्ले आइपुगेका रहेछौं। एक्कासि मन-मस्तिष्कमा ‘मुटु छुने लुम्लेको हावाले….मनै छुने लजालु मायाले’ भन्ने परिवेश साङ्गीतिक समुह (ब्याड) ले गाएको गीत याद आयो। पोखरा नेपालमा सवैभन्दा धेरै बर्षा हुने ठाँउ हो भन्ने थाहा थियो तर पोखराभित्र पनि लुम्लेमा चाहिँ धेरै वर्षा...

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई...

गएराती देखि बिहान अबेर सम्म लगातार पानी परिरह्‍यो । खडेरी लागेको र गर्मी बढेका कारण पनि धेरै पछि परेको पानीले धेरैलाई आड भरोसा दिएको छ । पर्दा फिटिक्कै नपर्ने अनि पर्दा अत्याधिक पर्ने भएका कारण आज केही ठाउँको जनजिवन प्रभावित रहे । काठमाडौँ मा त थुप्रिएको फोहोर अनि त्यस माथि परेको पानी का कारण सडक मा हिँडिनसक्नु भएको छ । त्यस्तै मनोहरा खोला किनारा मा बसोबास गर्ने सुकुम्बासीहरुलाई पनि बाढि ले प्रभावित गरेको छ । यसैगरि भक्तपुर को ठिमी क्षेत्रमा पनि हनुमन्ते खोला मा आएको बाढिका कारण जनजिवन अस्तव्यस्त बनेको छ । बाढि घरभित्र पसेको छ, अनि रोड बाट पनि बाढि बगेको छ । हिम इलेक्ट्रोनिक्स, श्रद्धा नर्सिङ क्याम्पस, सा:ख टोरस्टिल को डिपो, श्यामा श्यामा धाम जलमग्न देखिन्थे । त्यस्तै वनेपा को पश्चिमी छेउ मा रहेको पुण्यमति खोला मा बाढि आएका कारण दिउँसो केही घन्टा सडक अबरुद्ध भएको थियो । खोला बाट बग्नुपर्ने पानी सडक बाट नै बग्न थालेपछि, यातायात आवागमन ठप्प बनेको थियो । पछि बेलुका ४ बजे तिर देखि एक एक ओटा गर्दै पालै पालो गाडिहरु पास गराइएको थियो । बाढि प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन ...

स्कुटरको मिटर मा आज १७,००० किलोमिटर पुरा भएको छ । विगत ३ वर्षदेखि सार्वजनिक यातायात फाट्टफुट्ट २-४ पटक मात्र चढेकी छु । स्कुटर चढ्ने एउटा आदत भइसकेको छ, त्यसकारण कुनै बेला बस चढ्नुपर्‍यो या हिँड्नुपर्‍यो भने धेरै गाह्रो लाग्छ । मानिस materialistic कति हदसम्म हुन्छ भन्ने कुरा म आफैँबाट प्रष्ट हुन्छ । अमेरिका जान ठिक्क परेकी म I-20 नि आएको तर म यही स्कुटर कै लोभले अमेरिका गइन । म अझै अचम्म मा नै छु, बाबाले स्कुटर किनिदिन्छु भनेकोले मैले अमेरिका जाने विचार नै त्यागिदिँए । जब स्कुटर किनियो… म त एक किसिमले खुशीले पागल नै भएकी (आजकल त नर्मल नै लाग्छ)… साइकल चलाउन नआउने मलाई ‘स्कुटर’ त के आउँथ्यो, एक महिना जस्तो त हेरेर मात्र बिताँए… स्कुटर चलाउने कल्पना मा… आज ३ वर्ष पुरा भइसकेको छ, स्कुटर सँगको यात्रा… जब स्कुटर चलाउन नआएर घरमै थन्किएको हुन्थ्यो र म बस चढ्थेँ, तब म हरेक बस चढाईलाई अन्तिम मान्थेँ र मनमनै खुब खुशी हुन्थेँ… नभन्दै त्यस्तै भयो, बस मा यात्रा गर्न निकै कम हुँदै गयो ! स्कुटर अस्ति सर्भिसिङ को लागि दिएकी थिँए, त्यतिखेर मलाई बस चढ्नुपरेको थियो… धेरै समयपछि बस चढ्दा निकै रमाईलो लाग्य...

बस अति नै भिड छ । पुतलीसडक चोक, बागबजार, डिल्लीबजार जाने सबै बाटोमा मान्छे नै मान्छे ले भरिएका छन् । मान्छे पनि कति हुन्, सबै आ-आफ्नै धुनमा मस्त र व्यस्त छन् । सदा, पुतलीसडक बाट कोटेश्वर जाने म, आज भने पुतलीसडक बाट चाबहिल तिर लाग्दैछु । नेपाल यातायात, काठमाडौँ मा सडक मा गुड्ने गाडिहरु मध्ये मलाई सबैभन्दा मन पर्ने ब्रान्ड ! चाइनिज गाडि नै हो क्यार, यो नेपाल यातायात का गाडिहरु, गाडि सानो सानो भएपनि, ठूला ठूला झ्यालहरु छन् । अनि, जोकोही ले अनुमान गरेभन्दा तेब्बर मान्छे एउटै गाडिमा चेपिएकाहुन्छन् । हुन त आफ्नो टाइम छ गाडि को, हरदम ड्राइभर घडि हेर्दै गाडि चलाउँछन् । अत: नेपाल यातायात चढ्दा प्राय: ढिलो हुँदैन, यदि धेरै ठूलो जाम मा फसिएन भने । आज म मात्र एक्लो छैन, मेरो साथ मा दाजु पनि हुनुहुन्छ, हामीलाई सुकेधारा पुग्न हतार छ । दाजुले बसपार्क जाउँ भन्दा भन्दै मैले नेपाल यातायात सुझाएँ । यो गाडि मा चढ्दा थाहा हुन्छ कि, खुट्टा मा पनि आँखा हुनु जरुरी छ भनेर । एउटा पाइला राख्न पनि धेरै सोच्नुपर्छ, यस्तो सकस हुन्छ कि, गाडि मा उभिँदा केही मा समाउनुपर्ने जरुरी हुँदैन । चारैतिर नै मान्छे बाट घेरिएका ...