Skip to main content

Posts

Showing posts with the label Beli

Listen to Neelam Karki's Beli. धेरै समयको अन्तराल पछि, ब्लगमा आज हामीले श्रुति संवेगको अंकमा निलम कार्की ‘निहारिका’को कथा संङ्ग्रह “बेली”का केही कथाहरु लिएर आएकाछौँ । सदा झैँ, आज पनि कथावाचनमा अच्युत घिमिरे हुनुहुन्छ ! रत्न पुस्तक भण्डारले प्रकाशन गरेको निलम कार्की ‘निहारिका’को बेली कथासंङ्ग्रहमा अठार वटा कथाहरु सङग्रहित छन् ! आजको यस अंकमा ‘जेलमान्छे’, ‘उखुबारी’ र ‘बेली’ शीर्षकको कथा वाचन गरिएकोछ । सामाजिक विषयवस्तुमा कलम चलाउने कथाकार निलम कार्की निहारिका हाल अमेरिकामा बस्नुहुन्छ । उज्यालो नाइन्टि नेटवर्कबाट केही दिन अघि यो कथा प्रशारण भइसकेको छ! कार्यक्रम श्रुति संवेग उज्यालो नाइन्टि नेटवर्कबाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ मा प्रशारण हुन्छ ! यसअघि हामीले ३ वर्ष पहिले निलम कार्की निहारिका’को “हवन” कथासङग्रहका कथाहरु प्रशारण गरेका थियौँ ! हवन कथासंग्रहहको कथाहरु यहाँबाट डाउनलोड गरेर ( हवन –१ , हवन – २ ) सुन्नसक्नुहुन्छ ! Download: Neelam Karki’s Beli