हिजोआज सबैभन्दा सजिलो काम भनेको ‘बन्द’ गर्ने काम हो । बन्द गर्ने त सडकमा उर्लिहाल्छन्, अनि उनीहरुलाई सुरक्षा दिन र बन्द सफल बनाउन स्थानिय प्रशासन पनि लागिपर्छन् । जुनसुकै बाहनामा गर्न सकिने, प्रहरी प्रशासनले पनि सहयोग गर्ने, अनि निरिह जनतामाथि रवाफ देखाउन पाइने, सबैभन्दा सजिलो काम भनको “बन्द” हो । ईकान्तिपुरमा प्रकाशित सन्जोग मानन्धरको फोटो, फेसबुकका भित्ताहरुमा निरन्तर ‘सेयर’ भइरहेकाछन् । मैले के भन्नु, फोटो आफैँ बोलिरहेछ । एकजना मोटरसाइकल चालक केही नगर्नुस् भनेर ‘हात’ जोडिरहेकाछन्, बन्दकर्ताहरु ती मोटरसाइकल चालक माथि जाइ लाग्दैछन् । यो माथि’को फोटो सुन्दरीघाटमा सुकुम्वासीलाई बसाउने सरकार’को निर्णयको विरोधमा गरिएको बन्द’को हो । यस्ता ज्यादतिका दृश्यहरु आन्दोलनका नाम’मा गरिने बन्दमा सामान्य भइसकेकाछन्, भन्दा पनि परक नपर्ला । जनताको लागि भन्दै जनतालाई नै दुख दिने, जनता कै सम्पत्ति’को विनाश गर्ने यो कुन किसिमको आन्दोलन हो? बन्दकर्ताहरु त जनतालाई दु:ख दिने भइहाले, हिजोआज सुरक्षाकर्मीहरु पनि बन्दमा जनतालाई नै सास्ति दिन्छन् । बन्दकर्ताहरुलाई कारवाही गर्नुपर्ने बेलामा बन्दको दिन हिँड्न...