Skip to main content

Posts

Showing posts with the label April Fool

अघिल्लो वर्षको जनवरीमा लेखिएको " एउटा फेक ट्विटर एकाउन्टको नाममा " ब्लग  वर्षैभरि  अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु । १. म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"। २. एक जन...

कसैले भन्नै परेन, आज April 1 हो भनेर । म अस्ति देखि नै याद गरेर बसेको थिएँ ।  ब्लग मा केही न केही त लेख्नुपर्‍यो, केही हदसम्म दिमाग चाट्नुपर्‍यो भनेर सोचेर बसेको थिँए । आज १ तारिख मैले छोड्ने कुरै भएन, अत: अप्रिल फूल बनाउने आइडिया खोज्ने थाले ! अप्रिल फुल बनाउने त भनियो, तर के मा बनाउने साह्रै कन्फ्युजन मा परियो । अब राजनिति को बारेमा लेखौँ भने पत्याउने कुरा केही हुँदैन, सँधै को अप्रिल फुल । खै, कुनै प्लट नै पाइएन, अप्रिल फुल बनाउने ! अप्रिल फुल बनाउने १०१ आइडिया भएको किताब खोज्दा खोज्दा हैरान भएँ तर फेला पार्न सकिन । आइडिया खोज्दा खोज्दै ३ दिन बित्यो, तर केही आइडिया भेटिएन अप्रिल फुल मनाउन ? तपाई कतै अप्रिल फूल बन्नु त भएन ? तपाई सँग केही आइडिया भए सापटि दिनुस् न मलाई, अर्को वर्ष पैँचो तिरौँला । मेरो April Fool  बनाउने १०१ आइडिया कतै भेट्नुभयो भने भन्नुहोस है मलाई ! अप्रिल फुल त बन्नुभएन, मैले आइडिया दिन्छ भन्ने सोचेर त हेर्दै हुनुहुन्न मेरो ब्लग ! हा हा हा Happy April Fool 2010.