Skip to main content

Posts

Showing posts with the label Apple

करिव ४-५ महिना अघिको कफी भेटमा ब्रजेश दाइले आइप्याड आफ्नै घरबाटै चोरी भएको घटना सुनाउनु भएको थियो । त्यही समयताका आइफोनमा राखिएको ट्रयाकिङ डिभाइसको मद्दतले हराएको आइफोन भेटियो भन्नेबारे  गिजमोडोमा एउटा ब्लग पनि पढेकोथिँए ! नेपालमा सामान्यत: चोरी भएका मोबाइल, कम्प्युटर आदि इलेक्ट्रोनिक्स वस्तुहरु फेला पार्न सकिँदैन । अत: ब्रजेशदाइको चोरिएको आइप्याड अब भेटिँदैन भन्नेमा विश्वस्त थिँए । तर अलि अघि सिभिलमलमा भएको भेटमा ब्रजेशदाइले भन्नुभो, अब आइप्याड फेला पर्लाजस्तो छ । त्यसको केही दिनपछि नै चोरिएको आइप्याड ब्रजेशदाइको हातमा आइपुग्यो । चोरीभएको नौ महिना पछि आइप्याड भेटिनु चानचुने कुरा थिएन । के - कसरी भेटियो होला भन्ने कौतुहलता लागिरहेको थियो। मेरो कौतुहलता ब्रजेश दाइले नेपाल साप्ताहिकमा "बायाँ" फन्कोमा समेट्नुभएको रहेछ । आज त्यही आइप्याड भेटिएको कुरा नेपाल साप्ताहिकबाट साभार गरेर यहाँ राख्दैछु । चेतन भगत र चोरिएको आइप्याड जीमेलका स्प्याम अक्सर हेर्दै नहेरी एकमुष्ट उडाइदिने मेरो बानी छ। फेब्रुअरी २०१३ को दोस्रो साता खोइ किन हो, फोल्डर खोलेर सबै स्प्याम सरर्र हेर्दै थिएँ,

इन्टरनेटमा फैलिएको खबरहरुका कारण अहिले गफ गर्नेको लागि गज्जबको 'टपिक' मिलेकोछ । सामसुङले जरिवाना स्वरुप १ अर्ब डलर, एप्पललाई तिर्नुपर्ने भएकोछ । यहाँसम्म त ठिकै थियो तर पछिल्लो खबर अनुसार त, सामसुङले ५ सेन्टका सिक्काहरुले भरिएको ट्रकहरु मार्फत एप्पललाई जरिवाना तिर्यो भन्ने खबरहरु फेसबुक र ट्विटरमा छ्याप्पछ्याप्ति फैलिएकाछन् । खबरमा लेखिएकोछ, "Samsung paid Apple its $1bn fine by sending more than 30 trucks to Apple's headquarters loaded with nickels [5-cent pieces]". एप्पललाई सामसुङले गज्जब तरिकाले बिगो वापतको रकम तिर्यो भन्ने हल्लाका कारण कोही सामसुङको आइडियालाई स्यावासी दिइरहेकाछन् त कोही एप्पललाई अब त भेटिस नि शैलीले धारे हात लगाइरहेकाछन् । खबर आफैँमा रमाइलो र रोचक छ । तर खबर जति रमाइलो छ, त्यति नै यथार्थको धरातलबाट टाढा रहेकोछ । सिधा रुपमा भन्दा, यो एउटा झुटो खबर हो । रमाइलो 'अनिअन' शैलीको मेक्सिकन साइट ' एल्डेफर्मा ' नामक साइटबाट फैलिएको आशंका गरिएको यो खबरले अनलाइनमा भने राम्रै तहल्का मच्चाइरहेकोछ । खबर झूटो नै भएपनि अधिकांशले यही खबरलाई सह

‘एप्पल’ (Apple) का सह-संस्थापक (Co-Founder) तथा भूतपूर्व कार्यकारी प्रमुख (CEO), स्टिभ जब्स (Steve Jobs) को ५६ वर्ष को उमेर मा गएराती अमेरिकामा निधन भएको छ । म्याकिन्टोस् (Macintosh), आइपड (iPod), आइफोन (iPhone), आइप्याड  (iPad) जस्ता युगान्तकारी ग्याजेटहरुको निर्माण गरेर, चर्चाको शिखरमा रहेको ‘एप्पल’ ले एक कुशल अभिभावक गुमाएको छ भने, विश्वले एउटा दूरदर्शी व्यक्ति गुमाएको छ । सन् १९५५ मा सुरु भएको स्टिभ पल जब्स (Steve Paul Jobs) को जिवन सन् २०११ मा आएर टुङ्गिएको छ । स्टिभ को निधन पछि उनको परिवारले एप्पल मार्फत प्रेस वक्त्व्य जारी गर्दै, “परिवारहरु का विच शान्त वातावरण मा आज उनको को निधन भयो”  (Steve died peacefully today surrounded by his family) भनेर उल्लेख गरेकाछन् । सन् १९५५ को फ्रेवुअरी २४ मा सन-फ्रान्सिस्को मा जोन्ने (Joanne Schieble) र अब्दुलफत्ताह (Abdulfattah Jandali) को घरमा जन्म भएको उनलाई पल (Paul) र क्लारा जब्स (Clara Jobs) ले धर्मपु्त्र को रुपमा ग्रहण गरेका थिए । ओरेगन रिड कलेज (Oregon’s Reed College) को पढाइ विचैमा छोडेर स्टिभ जब्स क्यालिफोर्निया  फर्किए, जहाँ उनले

'सर्च जायन्ट' गुगल र 'आइफोन'का निर्माता एप्पल बिच को सम्बन्ध चिसिँदै गएको कुरा 'सिलिकन भ्याली' मा तेस्रो विश्वयुद्द को रुपमा हेरिँदैछ । विगत मा एउटै साझा लक्ष्य बनाएर, माइक्रोसफ्ट को 'मोनोपोली' विरुद्ध खनिएका एप्पल र गुगल बिच को सम्बन्धमा हालै का दिनमा खटपट आएको कुरा गतहप्ता न्युयोर्क टाइम्स ले प्रमुुखताका साथ प्रकाशित गरेको थियो । दुई कम्पनी विच बढ्दै गएको तिक्तकता त छँदैछ, त्यसमाथि भर्खरै सार्वजनिक गरिएको एउटा सर्वेक्षण ले गुगलको वर्चश्वलाई तोड्दै एप्पललाई विश्वको सबैभन्दा 'महत्वपुर्ण ब्रान्ड' [Apple Now World’s Most Valuable Brand - Mashable ] को रुपमा चिनाएको छ । माइक्रोसफ्टलाई 'अनलाइन सर्भिस' र मोबाइल फोन दुवै क्षेत्रमा पछार्ने हेतुले विगतमा गुगल र एप्पल ले साझेदारी गरेका थिए । एप्पल ले पहिलो आइफोन बनाउँदा, दुवै कम्पनी को साझेदारीमा 'गुगल सर्च' र 'गुगल म्याप' लाई आइफोनमा राखिएको थियो । सन् २००७ मा एप्पलका 'स्टिभ जब्स' [Steve Jobs] र गुगल का 'इरिक स्मिथ' [Eric Schmidt] दुवै ले संयुक्त रुपमा पहिलो आइफ

एडोब ले अब आफ्नो ध्यान अब ‘एप्पल’ को उत्पादन तर्फ नहुने घोषणा गरेको छ । एप्पल का सिइओ स्टिभ जब्स ले, फ्ल्यास आइप्याड मा नराखिनु को कारण, एडोब फ्ल्यास प्रोपाइटरी सफ्टवेयर भएको बताएका थिए ! साथै, उनले एडोब फ्ल्यास सम्बन्धि अन्य विभिन्न नकरात्मक टिका टिप्पणीहरु गरेपछि, एडोब ले अब एप्पल तिर ध्यान नदिने घोषणा गरेको छ । करिब २ हप्ता अघि एप्पल का स्टिभ जब्स ले, एप्पल को ब्लग मा, एडोब फ्ल्यास सम्बन्धि आफ्ना धारणाहरु राखेका थिए । उनले एडोब फ्ल्यास को निकै आलोचना र नकरात्मक टिप्पणि गरेका थिए । जब्स ले आफ्नो धारणा सार्वजनिक गरेको केही दिन पछि नै, एडोब ले अब आफ्नो ध्यान अब ‘एप्पल’ को उत्पादन तर्फ नहुने घोषणा गरेको छ । एडोव ले आफ्नो ब्लग मा भनेको छ, एप्पल का सिइओ स्टिभ जब्स ले एडोब फ्ल्यास को बारेमा नकरात्मक टिप्पणि गरेका कारण, हामीहरु आफ्नो ध्यान एप्पल का उत्पादनहरु बाट हटाउन विवश छौँ । एडोवका चिफ टेक्नोटोजी अफिसर केभिन लिन्स ले ब्लग मा अगाडि थपेका छन्: हामीहरु एप्पल सँग मिलेर काम गर्न चाहन्थ्यौँ, फ्ल्यास को प्रयोग बाट एप्पल का “आइफोन” र “आइप्याड” मा निकै ठुलो चमत्कार ल्याउन सक्थ्यौँ तर विडम्वना,